ब्रह्माण्डको शक्तिको पदक्रम

ब्रह्माण्डमा ६ स्तरका शक्तिहरु छन् । जसरी जसरी शक्ति सूक्ष्म हुदै जान्छ, त्यो अधिक शक्तिशाली हुन्छ । आउनुहोस् हामी प्रत्येक शक्तिको विषयमा बुझौं ।

१. शारीरिक (स्थूल) : यो ब्रह्माण्डको शक्तिहरु मध्ये सबै भन्दा तल्लो स्तरको शक्ति हो, किनकि यो सर्वाधिक स्थूल छ । उदा.

अ. रोग दूर गर्नको लागि औषधि – जस्तै रोगको किटाणु मार्नको लागि औषधि (एंटिबायोटिक) इत्यादि

आ. मार्नको लागि स्थूल अस्त्र

इ. आर्थिक शक्ति

ई. राजनीतिक शक्ति

साधरण व्यक्तिको नियन्त्रण केवल शारीरिक शक्तिमा हुन्छ ।

यो शक्ति मर्यादित हुन्छ अनि केवल स्थूल स्तरमा कार्य गर्छ । उदाहरणको लागि, यदि कोही व्यक्ति आफ्नो लक्ष्य देख्न सक्दैन भने स्थूल अस्त्र त्यस लक्ष्यसम्म पुग्न सक्दैन ।

२. स्थूल अनि मन्त्र : जब हामी स्थूल (पञ्चभौतिक) एवं मन्त्र (सूक्ष्म) एकै साथ प्रयोग गर्छौ तब अधिक प्रभावकारी हुन्छ । पूर्वकालमा मन्त्र उच्चारण गरेर धनुष छोड्थ्यो । यस्तो गर्नाले बाणमा शत्रुको नाम अङ्कित हुन्थ्यो, अनि बाण आफ्नो लक्ष्य पता लगाउथ्यो चाहे पातालमा लुकेको अनिष्ट शक्ति किन नहोस् । बाणको साथ सूक्ष्म-शक्ति जोड्नाले यस्तो हुन्थ्यो । आयुर्वेदमा मन्त्रको उच्चारण गर्दै औषधि बनाउने यही उद्देश्य हो । यस प्रकार भूत उतारन मन्त्रको साथ कालो दाल, कागती, सुर्इ आदि वस्तुका प्रयोग गरिन्छ । तर कहिले काहि स्थूल एवं सूक्ष्म-मन्त्र एकत्रित गर्दा पनि कार्य सम्पन्न हुदैन । यस्तो भएमा अगाडिको चरणमा बताए अनुसार सूक्ष्म अर्थात अधिक शक्तिशाली मन्त्रको प्रयोग गर्नु पर्छ ।

३. केवल मन्त्र (सूक्ष्म) : केवल विशिष्ट मन्त्र (अधिक शक्तिशाली) को प्रयोगले शत्रुको नाश गर्न सकिन्छ । यी मन्त्रका उपयोग विभिन्न कार्य साध्य गर्नको लागि पनि हुन्छ, जस्तै विवाह, धन प्राप्ति इत्यादि ।

४. सम्पर्क (contact) : यस भन्दा पनि उच्च स्तर सम्पर्क हुन्छ । आध्यात्मिक दृष्टिले अत्यधिक उन्नत व्यक्ति (७० प्रतिशत आध्यात्मिक स्तर भन्दा माथि), जुन वस्तुलार्इ स्पर्श गर्छ, त्यस वस्तुमा कुनै पनि अनिष्ट शक्ति (भूत, प्रेत, पिशाच इ.) नष्ट गर्ने सामर्थ्य हुन्छ । यहा सम्पर्क केवल स्पर्शमा मात्र सिमित हुदैन । निम्नलिखित कुनै पनि माध्यमले जब व्यक्ति कुनै उन्नत पुरुषको सम्पर्कमा आउछ, तब उनलार्इ विविध प्रकारका लभ मिल्छन् । जस्तै, जब कुनै उन्नत पुरुष –

  •  हाम्रो स्मरण गर्छ ।
  •  कुनै पनि कार्य हामीले गरेका छन् त्यसको परीक्षण गर्छ ।
  •  हाम्रो परिस्थिति अथवा समस्याका बारेमा अवगत गराउछ ।
  •  जब उहाँ तपार्इसँग दूरभाषमा (फोनमा) सम्पर्क गर्छ ।

५. सङ्कल्प : ७० प्रतिशत आध्यात्मिक स्तर भए पछि जब सन्त प्राप्ति हुन्छ, तब मनोलय हुन्छ अनि बुद्धिको पनि लय हुन थाल्छ अनि विश्वमन तथा बुद्धि अर्थात र्इश्वरसँग सम्मिलित हुन जान्छ । सन्त साधना गर्दै-गर्दै ८० प्रतिशत आध्यात्मिक स्तर अगाडि जान्छ तब मन निविचार स्थितिमा आउछ । त्यस समय उन्नत पुरुषको मनमा विचार मात्र आएमा कि ‘यो कार्य होस्’, त्यो कार्य सम्पन्न हुन जान्छ । अरु केही गर्न आवश्यक पर्दैन । यो सङ्कल्प केवल र्इश्वर इच्छाले हुन्छ । सन्दर्भ लेख पढ्नुहोस् ‘सङ्कल्प क्रिया को प्रकिया’

६. अस्तित्व : यो उच्चतम स्तरमा आध्यात्मिक दृष्टिले उन्नत पुरुषले (९०% आध्यात्मिक स्तर अगाडि) सङ्कल्प गर्नु पनि आवश्यकता पर्दैन । उनको निकटता, मात्र उपस्थिति अथवा सत्सङ्गले मात्र नै कार्य हुन्छ, जस्तै कुनै शिष्यको आध्यात्मिक उन्नति आफै हुनु अथवा कसैलार्इ हुने अनिष्ट शक्ति (भूत, प्रेत, पिशाच इ.) को कष्ट दूर हुनु । यसलार्इ हामी सूर्यको उदाहरणबाट बुझ्न सक्छौं, सूर्य उदाउदा सबै जाग्छ अनि फूल फक्रिन्छ, इत्यादि । यो केवल सूर्यको अस्तित्वले हुन्छ । सूर्य कसैलार्इ उठ भन्दैन न त फूलार्इ फक्रिनु भन्छ । ९० प्रतिशत आध्यात्मिक स्तर अगाडिको उन्नत सन्त यस प्रकारले विशिष्ट कार्य गर्न सक्छ ।