A2 स्वयम सूचना शैली

A2 स्वयम सूचना शैली

. A2 प्रकारको स्वयम सूचनाको परिचय

हामी मध्य धेरैले भविष्यको बारेमा चिन्ता गर्दै आफ्नै मनमा धेरै समय बिताउँछौं, विगतका घटनाहरूलाई दोहोर्याउँदै, अरुले हाम्रो बारेमा के भन्यो र धेरै जसो हामीलाई असन्तुष्ट र दिक्क लाग्ने जीवनका भागहरू माथि हाम्रो ध्यान केन्द्रित हुन्छ । नकारात्मक विचारहरू, भावनाहरू र प्रतिक्रियाहरू यती तीव्रताका साथ आउँदछन् कि हामी तिनीहरूमा समाहित हुन्छौं । यो दिइएको तथ्य हो कि कुनै पनि घनिष्ठ सम्बन्धमा असहमति हुन्छ । यद्यपि, शब्द वा असहमति जस्तो लाग्ने सरल आदानप्रदान हाम्रो भावनात्मक सीमा भित्र हुँदैन, तब हाम्रो समस्या सुरु हुन्छ । जब यस्तो हुन्छ, हामी कुराकानीलाई यसरी प्राब्लय राख्ने प्रयास गर्दछौं की म सही छु, बरबराउँछौं, पीडादायक चीजहरूलाई निकाल्ने, विगतलाई कोटाउने, आदि  । यसले असन्तुष्टि र थप तर्कहरू निम्त्याउँछ, र यस कारणले अर्को व्यक्ति चुप लाग्छ । यस प्रकारको प्रतिक्रियाहरूले हामीलाई कच्चा महसुस गराउँदछ र कोहि पनि गलत हुन सक्छ भनेर स्वीकार गर्न चाहँदैनन् । जब हामीमा प्रतिक्रिया हुन्छ (अव्यक्त वा व्यक्त) हाम्रो व्यवहारमा बिलकुलै औचित्य महसुस गर्दछौं र हामी सँधै अरु व्यक्तिले गलती गरेको महसुस गर्दछौं । हाम्रो लागि आत्मनिरीक्षण गर्नको लागि कुनै ठाउँ हुँदैन ।

यद्यपि यस प्रकारको तर्क भएपछि तपाईलाई कस्तो लाग्दछ ? सत्य यो हो कि जब हामी क्रोधित हुन्छौं, तब हामी धेरै दुखि र अस्थिरता महसुस गर्दछौं । हामी शक्तिहिन, थकित महसुस गर्छौं र हामी लडाई गर्ने वा पछि हटने प्रतिक्रियामा हुन्छौं । हामीमध्ये धेरैजसो संघर्ष गर्दछौं कि कसरी मनको यस नकरात्मक ढाँचाबाट टाढा जाने र मनलाई प्रतिक्रियाबाट मुक्त गर्ने । के अनियन्त्रित मनलाई शुद्ध गर्ने कुनै तरिका छ ? प्रतिक्रियाहरू हाम्रो अवचेतन मनको संस्कारहरुबाट आएका नकारात्मक असरहरू हुन् । प्रतिक्रियाहरू माथि विजय पाउन यहाँ एउटा आध्यात्मिक शैली छ – A2 प्रकारको स्वयम सूचनाहरु जसले प्रतिक्रियाहरूलाई बदल्न र उचित प्रतिक्रियाहरूको साथ नकारात्मक सोचको ढाँचालाई बदल्न सहयोग गर्दछ । यी स्वय सूचनाहरु समर्पित अभ्यासको साथ दोहोराउँदा, अवचेतन मनमा स्वाभाव दोषको प्रभावहरू कम हुन्छ र हामी हल्का महसुस गर्छौं । यसले हाम्रो दिन-प्रतिदिनको सुख र आराममा धेरै फरक पार्न सक्छ ।

2. A2 स्वयम सूचना शैलीको परिभाषा

कृपया नोट गर्नुहोस् : गलत कार्य र प्रतिक्रिया बीचको भिन्नता बुझ्नको लागि, कृपया A1 स्वयम सूचना शैली लेखको खण्ड ४ हेर्नुहोस्

A2 स्वयम सूचना शैली, जसलाई प्रतिक्रिया प्रतिस्थापन शैली पनि भनिन्छ, हामीलाई हाम्रो मनको गलत प्रतिक्रियालाई सहि प्रतिक्रियाको साथ प्रतिस्थापित गर्न सक्षम गर्दछ । यसले प्रतिक्रियालाई पार गर्न मद्दत गर्दछ जहाँ हामी अस्थायी घटनाको कारण हुने गलतीको लागि मुख्य रूपमा जिम्मेवार हुन्छौं । यहाँ प्रतिक्रियालाई भडकाउने घटनाको अवधि यो निस्चित गर्न महत्वपूर्ण छ कि A2 शैलीको चयन गर्ने किन नगर्ने । यहाँ प्रतिक्रियाको अवधि विचार गरिदैन । उदाहरणको लागी, यदि काममा एउटा व्यक्तिले कसरी हामी कफी मगहरु राख्ने भनेर सिकाउँदछ र हामीलाई यसको बारेमा घण्टैसम्म प्रतिक्रिया आइरहन्छ भने हामी अझै पनि A2 शैली छनौट गर्छौं, किनभने घटनाको अवधि जसले हाम्रो प्रतिक्रियालाई भडकायो, यहाँ हाम्रो सह-कार्यकर्ताले भन्यो कि कसरी कफी मग साफा र व्यवस्थित राख्ने, यो छोटो छ ।

A2 स्वयं सूचना शैली प्रयोग गरेर प्रतिक्रियाहरु हटाउनुहोस, जब घटनाको अवधि छोटो हुन्छ l A2 स्वयम सूचना शैली कसरी प्रयोग गर्न सकिन्छ भनेर तलको एउटा उदाहरण हेर्यौं ।


उदाहरण : जब रोसांगलको बाबाले एउटा संगीत कन्सर्टमा नजान र त्यसको सट्टामा अध्ययन गर्नु भन्नु भयो तब उनलाई प्रतिक्रिया आयो बाबाले कहिले पनि संगीत कार्यक्रममा जान दिनु हुँदैन ।

यो गलतीमा, घटना, वा रोसांगलको बुबाले उसलाई संगीत कन्सर्टमा जानु भन्दा अध्ययन गर्नु, यो केही मिनेटसम्म मात्र भयो । यद्यपि, रोसांगल प्रतिक्रियामा हुन सक्छिन् र एक दिन अथवा धेरै दिनसम्म आफ्नो बुबासँग कुरा नगर्न सक्छिन् । त्यसैले हामी A2 स्वयम सूचनाको शैली प्रयोगमा ल्याउछौं ।

.१ A2 स्वयम सूचना बनाउने ढाँचा

यसको ढाँचा हो :

प्रतिक्रियालाई उत्तेजित गर्ने घटना + वांछित प्रतिक्रियाको साथ प्रतिस्थापन

त्यसोभए, माथि उल्लिखित गलतीको लागि, तलको स्वयम सूचना प्रयोग गर्न सकिन्छ ।

A2 स्वयम सूचना शैली

  • स्वयम सूचना सुरु गर्दा “जब” बाट थालिन्छ र त्यसपछि गलतीको त्यो अंश आउँदछ, जुन वास्तविक उत्पेरक हो (यहाँ हो बाबाले रोसांगललाई संगीत कार्यक्रममा नजानको लागि भन्नुभएको) ।
  • यसपछि, रोसांगलको बाबा सहि हुनुहुन्छ भन्ने महसुस भएपछि, इच्छित प्रतिक्रिया प्रतिस्थापन गरिन्छ (यहाँ हो रोसांगल बुबाले भनेको मान्ने र अध्ययन गर्ने) ।
  • A2 स्वयम सूचना शैली अरुको आलोचना गर्ने, चिढचिढापन, छिटै रिसाउने, झगडालु स्वभाव, पश्चताप नगर्ने प्रकृति, जिद्दी, शंकालु, श्रेष्ठता, गर्व, आदि जस्ता गलतीहरू हटाउन प्रयोग गर्न सकिन्छ ।

२.२ प्रतिक्रियाहरू विभिन्न प्रकारका प्रतिक्रियाहरूको बारेमा

प्रतिक्रिया कुनै पनि अप्रिय जवाफ हो जुन हामी दिईएको स्थितिलाई स्वीकार गर्न सक्षम हुँदैनौं । सामान्यतया, हामी केवल क्रोधको सन्दर्भमा प्रतिक्रियाको बारेमा सोच्ने गर्दछौं । जहाँसम्म, हाम्रो मनले कुनै परिस्थितिमा व्यक्तिप्रति वा अन्तरक्रियाको बेलामा नकारात्मक भावनाहरू महसुस गर्दछ, यसलाई पनि एउटा प्रतिक्रिया मानिन्छ ।     उदाहरणको लागि मन दु:खाउने भावना, अत्यधिक भावनात्मक, ईर्ष्यालु, अहंकारी, आदि यसमा समावेश छ ।

गलत विचारहरू, भावनाहरू वा कार्यहरू प्रतिक्रियाको एउटा अंश हुन् । तिनीहरू एउटा गल्तिमा संयोजनमा हुन सक्छन् वा ती मध्ये एउटा मात्र हुन सक्छ । उदाहरणको लागी: ‘जब म लामो दिनको कामपछि घर पुगें र ओछ्यानमा अखबार र कपडाहरू देखें, म सोच्न थालें की मेरी श्रीमती मधुले किन कोठा मिलाउन ध्यान दिईन् । म धेरै थाकेको छु, र मैले यो कार्य यति ढिलो गर्नुपर्छ र उनी टेलिभिजन हेर्न र समय खेर फाल्न व्यस्त छिन् । मैले यसको बारेमा रीसपूर्वक कुरा गरें । यहाँ, विचार, भावना र गलत कार्यहरू गलतीको अंश हो ।

प्रतिक्रियाहरु विभिन्न प्रकारका हुन सक्छन् । तिनीहरु अभिव्यक्त वा अव्यक्त हुन सक्छन् । व्यक्त अनि अव्यक्त प्रतिक्रियाका उदाहरणहरु तल दिएका छन् ।

एउटा अभिव्यक्त प्रतिक्रिया तब हुन्छ जब हामी शारीरिक वा मौखिक रूपमा प्रतिक्रिया दिन्छौं जुन हाम्रो इच्छा विपरीत हुन्छ । उदाहरणको लागी :

  • जब म एउटा ट्राफिक जाममा फसेको थिएँ, म रिसाए र अन्य चालकहरू माथि चिच्याए र लगातार गाडीको हर्न बजाइरहे ।
  • जब मेरो श्रीमान्ले मलाई मन पर्ने तातो-तातो बाफ उडेको कफी दिनु भएन जुन मलाई मन पर्छ, मलाई प्रतिक्रिया आयो र मैले उहाँलाई भने कि म कफी पिउँदिन किनभने कफी मनतातो छ ।

एउटा अव्यक्त प्रतिक्रिया तब हुन्छ जब दिईएको अवस्थामा हामीसँग आन्तरिक प्रतिक्रिया हुन्छ र हामी त्यसलाई व्यक्त गर्दैनौं । हामी यसलाई केवल मनमा राख्छौं र यसको बारेमा सोचि रहन्छौं । अव्यक्त प्रतिक्रियाहरू अधिक हानिकारक हुन्छन् किनकि यसले हाम्रो मानसिक उर्जा खपत गर्दछ । जब हामी व्यक्त गर्दैनौं वा त्यसबारे समाधान प्राप्त गर्दैनौं, तिनीहरू अत्यन्त चरम सीमामा पुग्न सक्छ । यदि अव्यक्त प्रतिक्रियाहरू सम्बोधन गरेन भने र त्यस माथि कार्य गरेन भने, यसले हाम्रो अवचेतन मनमा स्वाभाव दोषको प्रभाव बढाउन सक्छ । जब प्रतिक्रिया व्यक्त गरिन्छ यसको शक्ति कम हुन्छ र मन हल्का महसुस गर्दछ । व्यक्त गर्नाले समाधान पनि प्राप्त हुन्छ ।

आदर्श रूपमा, समाधान प्राप्त गर्ने दृष्टिले प्रतिक्रिया रहित व्यक्त गर्नुपर्छ ।

अव्यक्त प्रतिक्रियाहरूका केहि उदाहरणहरू :

  • जब मेरो साथी टियाले टिप्पणी गर्यो कि मैले बनाएको नयाँ परिकार त्यति स्वादिलो ​​छैन, मलाई आन्तरिक प्रतिक्रिया आयो कि उनी धेरै चोसे छ ।
  • जब काममा तलबको वार्षिक बृद्धि भएको घोषणा गरियो, मैले मेरो सहयोगी मार्कले म भन्दा अधिक तलबमा बृद्धि भएको थाहा पाए, मलाई आन्तरिक प्रतिक्रिया आयो कि मार्क जहिले पनि मालिकलाई चापलुसी गर्छ र त्यसैले यस्तो भयो । म कहिले पनि त्यस्तो व्यवहार गर्न सक्दिन ।
A2 स्वयं सूचना शैली दुबै व्यक्त र अव्यक्त गलत प्रतिक्रियाहरुको लागि प्रयोग गर्न सकिन्छ जहाँ घटनाको अवधि छोटो हुन्छ l

३. कसरी जान्नेकी A2 स्वयम सूचना शैलीको छनौट गर्ने ?

A2 शैलीको छनौट गर्नको लागि कसरी जान्ने भनेर एउटा दृश्यको प्रतिनिधित्व अगाडि दिइएको छ ।

A2 स्वयम सूचना शैली

हामी तलको गलतीलाई व्यावहारिक उदाहरणको रूपमा लिनेछौं कसरी A2 शैली चयन गर्ने भनेर वर्णन गर्दछ ।

उदाहरण :

जब एमाले मेरो मालिकको अगाडि मैले काम गरेको प्रोजेक्टको लागि सुधारको बुँदाहरू साझा गरिन, मलाई रीस उठ्यो कि उसले मलाई कम देखाउन खोज्दै छिन् ।

उदाहरणको विश्लेषण :

  1. स्वयम सूचना निर्धारित गर्नको लागि पहिलो सोध्नु पर्ने प्रश्न हो – कसको स्वाभाव दोष मुख्यतया परिस्थितिमा तनावको कारण हो वा गलतीको लागि जिम्मेवार को हो । यहाँ म स्वयम हो किनकि एमाले प्रोजेक्टलाई अझ राम्रो बनाउन सहयोग गरिरहेकि छिन् तर मेरो गलतीहरूको कारण मैले प्रतिक्रिया दिइरहेको छु ।
  2. हामीले सोध्ने अर्को प्रश्न हो, ‘के यो गलती गलत कार्य, विचार वा भावना हो अथवा एउटा गलत प्रतिक्रियाबाट भएको हो ?’ यहाँ एम्माप्रति प्रतिक्रिया हो ।
  3. अन्तमा, हामी सोध्छौं कि यदि प्रतिक्रियालाई उत्तेजित गर्ने घटना छोटो अवधिको हो अथवा लामो अवधिको हो । यस अवस्थामा, एम्माले केहि मिनेटको लागि मेरा गलतीहरू भनेकी थिइन, त्यसैले यो एउटा छोटो समयको घटना हो ।

त्यसैले, विश्लेषणको आधारमा, A2 स्वयम सूचना प्रयोग गर्न सकिन्छ ।

स्वयम सूचना यसरी लेख्न सक्छौ :

जब एमाले मालिकको अगाडि मैले काम गरेको प्रोजेक्टको लागि सुधारको मुद्दाहरु दिन्छन् म महसुस गर्ने छु कि यी सुधारहरूले मेरो काम अझ राम्रो बनाउन मद्दत गर्नेछ र म शान्तपूर्वक परिस्थितिलाई स्वीकारर्नेछु र सुधारको कार्य गर्नेछु ।

  • दृष्टिकोण, हाम्रो बनोट, व्यक्तित्व र मनलाई के राम्रो लाग्छ वा के सजिलैसँग स्वीकार्य हुन्छ यस अनुसार फरक हुन सक्छ । स्वीकार्य दृष्टिकोण छनौट गर्नाले छिटो सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्दछ ।
  • A2 शैलीको लागि स्वयम सूचनामा दोष उल्लेख गर्नु पर्दैन । उदाहरणको लागि, हामीले यसरी स्वयम सूचनालाई बनाउन आवश्यक हुँदैन “जब एम्माले मालिकको अगाडि मेरो परियोजनाको लागि सुधारको बिन्दुहरू साझा गर्छिन र म रिसाउँछु …”
  • यसको अपवाद हो यदि हामीमा दोषको बारेमा जागरूकता छैन भने त्यस्तो अवस्थामा स्वयम सूचना उल्लेख गर्दै जागरूकता विकास गर्न सकिन्छ ।

यो पूर्ण विश्लेषण तलको चित्रमा देखाएको छ :

A2 स्वयम सूचना शैली

४. A2 स्वयम सूचनाको उदाहरणहरु

यो खण्डमा, हामी तपाईलाई परिस्थितिहरूको विभिन्न उदाहरणहरू प्रदान गर्दछौं जहाँ एक सामान्यतया प्रतिक्रिया हुन सक्छ । तलको स्लाइडशो मा छ

  1. गलती
  2. विश्लेषण
  3. सुझाव गरीएको स्वयम सूचना

कृपया ध्यान दिनुहोस्, हामीले प्रत्येक गलतीको लागि वैकल्पिक स्वयम सूचनाहरु प्रदान गरेका छौं । यस्तो किन गरेको भने कुनै व्यक्तिको व्यक्तित्व अनुसार उनीको मनले अन्य केहि दृष्टिकोणप्रति बढी ग्रहणशील हुन सक्छ ।

5. निष्कर्ष

एउटा व्यक्तिको जीवनमा कुनै न कुनै समयमा माथिको उदाहरण जस्तै परिस्थितिको सामना गर्नु परेको होला । यस्तो परिस्थितिमा प्रतिकूल प्रतिक्रिया देखाएको पनि हुन सक्छ, जसले शामिल भएको अन्य व्यक्ति र स्वयम लाई दुख्को अवस्थामा ल्याउन सक्छ । पछि हाम्रो आचरण फर्केर हेर्दा, हामीलाई इच्छा हुन्छ कि परिस्थितिलाई त्यो भन्दा राम्रोसँग समालेको भए, तर परिस्थितिले हामीमा भएको नराम्रोपन बाहिर निकालिदियो । त्यस्ता प्रतिक्रियाहरू र विस्फोटहरुले दीर्घकालीन नतिजा हुन सक्छ र हाम्रो सम्बन्धलाई अपूरणीय रूपमा क्षति पुर्याउन सक्छ । जबकि हामी सबै आशा गर्छौं कि हामीले आफ्नो गलतीबाट पाठ सिक्न सक्छौं, तर वास्तविकतामा, अर्को पटक परिस्थिति आफैंमा प्रस्तुत हुन्छ, दुर्भाग्यवस, इतिहास पनि फेरी दोहरिन्छ । यस्तो देखिन्छ कि हामी जटिल चक्र भित्र छौं, जसको कुनै मार्ग छैन ।

A2 स्वयम सूचना शैलीको सहायताले हामीलाई मार्ग पत्ता लगाउन मद्दत गर्दछ । यसले हामीलाई हाम्रा गलतीहरूबाट पाठ सिक्न र हाम्रो स्वाभाव दोषहरु पहिचान गर्न मात्र मद्दत गर्दैन तर यसले हाम्रो मनलाई उचित प्रतिक्रिया व्यक्त गर्न पनि प्रशिक्षण दिन्छ । जब हामी स्वभाव दोष निर्मुलन प्रक्रिया जारी राख्छौं र A2 स्वयम सूचना लिन्छौं, हामी स्थिर रहन सक्षम हुन्छौं र विभिन्न घटनाहरूमा सही प्रतिक्रिया दिन सक्छौं । अभ्यासको माध्यमबाट, सकारात्मक प्रभावहरू हाम्रो मनोवृत्तिमा समाहित हुन्छन् र हामी अझै  राम्रोको लागि परिवर्तन हुन्छौं ।