स्वयम सूचना के हो ?

स्वयम सूचना के हो ?

पछिल्ला दुई अध्यायमा हामीले व्यक्तित्व दोष हटाउने (PDR) प्रक्रिया शुरू गर्‍यौं र स्वाभावदोष कसरी चिन्ने भन्ने बारेमा जानकारी राख्यौं । स्वाभावदोष निर्मूलन (PDR) प्रक्रियाको अर्को चरण भनेको हाम्रो स्वाभावदोष हटाउनु हो, र हामी एउटा यस्तो प्रविधिमा जानेछौं जसले हामीलाई यो विभागमा सफल हुन सक्षम बनाउछ ।

१. परिचय

हामी एउटा जोडिएको संसारमा बस्छौं जहाँ हाम्रो सामूहिक कार्य र मनोवृत्तिले समाज र वातावरणमा प्रभाव पार्दछ । आधुनिक विज्ञानले मानव शरीरको रचनालाई बुझ्नको लागि ठूलो कदम लिएको छ तर हाम्रो चेतनाको गहिरो पक्षलाई बुझ्ने सम्बन्धमा विज्ञान त्यति सफल भएको छैन । कुन कुराले मानव व्यवहार नियन्त्रित हुन्छ र हामी जुन कार्य गर्छौं त्यो हामी किन गर्छौं ?

हामी सबै समाजबाट प्रतिबन्धित छै कि हाम्रो अन्तमनको भावनाहरु प्रकट गर्नको लागि, जसमा दु:ख वा तनावको केही प्रकार समावेश हुन्छ । हामी देखाउन सक्दो प्रयास गर्दछौं कि हाम्रो जीवन नियन्त्रणमा छ तर के गर्ने यदि हामी साचिकै नियन्त्रणमा छैन र हामी भित्र रुपमा कमजोर भइरहेका छौं ? के यो अवस्था र भ्रमबाट बाहिर आउने कुनै तरिका छ जुन हामी सबै फरक-फरक हदसम्म भाग लिन्छौं ? जब हामी तनाव पैदा गर्ने कारक हेर्दछौं, आन्तरिक रूपमा यो व्यक्तिको स्वाभाव दोषको कारण हुन्छ । हाम्रो व्यक्तित्वमा भएको कमजोरीहरु विभिन्न समस्या र दु:ख पैदा गर्दछन् ।

२. हाम्रो मनमा भएका संस्कारहरुले हाम्रो समग्र अवस्था निर्धारित गर्दछ

हामी मध्ये धेरै व्यक्तिहरु अत्यधिक तनावको अनुभव गर्छौं र विभिन्न नकारात्मक भावनाहरु प्रदर्शन गर्दछौं जब कठिन परिस्थितिहरुको सामना गर्दछौं वा परिसथितिहरु सोचेको जस्तो अगाडि बढ्दैनन् । हामी बौद्धिक रूपमा जान्दछौं कि रिसाउनु हुँदैन, ईर्ष्यालु हुनु हुँदैन, सानो कुरामा दु:ख मान्नु हुँदैन अथवा जब हामीले सोचेको कुरा भएन भने उदास अथवा निरास हुनु हुँदैन । प्रतिकूल परिस्थितिको सामना गर्नुपर्दा पनि हामी सन्तुलित र सहज हुन चाहन्छौं । परिस्थितिमा केहि सामान्य प्रतिक्रिया हेरौं ।

  • जब मैले सोचेको जस्तो हुँदैन, म रीसाउन थाल्छु ।
  • जब मैले मेरो साथीको नयाँ जगुआर गाडी देखें, म ईर्ष्याको कारण हरियो भए ।
  • जब मेरो हाकिमले मेरो मेहनतको कदर गर्नु हुँदैन, म सोचार्इमा डुबे कि मैले जति प्रयास गरे पनि हाकिमको लागि मेरो प्रयास कहिले पनि राम्रो हुँदैन ।

यस्तो किन हुन्छ भने हाम्रो मनले हामी माथि नियन्त्रण गर्छ र यसले हामी कस्तो छौं यसको समग्र स्थिति निर्धारित गर्दछ – हाम्रो विचारहरु, भावनाहरु, कार्यहरु र प्रतिक्रियाहरु । अवचेतन मन मा स्वाभावदोषको संस्कारको कारण असंख्य विचारहरु सचेत मनमा जान्छन् र सचेत मन यी गलत आवेगको प्रभावमा पर्दछ र त्यस अनुसार कार्य गर्दछ । उदाहरणको लागी, हामी महसुस गर्न सक्छौं – ‘म तातो-तातो कफी चाहान्थे, तर मेरो श्रीमान्‌ले मलाई मनतातो कफी दिनुभयो ।’ त्यसपछि मेरो अवचेतन मनमा भएको क्रोधको संस्कारको कारण, गलत आवेग सचेत मनमा जान्छ र भन्छ – ‘अब रिसाऊ । उहाँ सँधै यस्तो गर्नु हुन्छ । म यस्तो व्यवहार अब सहन सक्दिन ।’ स्वाभाव दोष क्रोधको तीव्र आवेगले गर्दा चेतन मनले गलत कार्य गर्दछ र हामी रिसाउँछौं । यो किन हुन्छ भने मनलार्इ कुनै पनि गलत आवेगसँग लडार्इ गर्नको लागि सकारात्मक उत्प्रेरणा दिईएको हुँदैन ।

त्यसैले, स्वयम सूचना दिएर, हामी अवचेतन मनको नकारात्मक प्रभावबाट आउने नकारात्मक आवेगलाई रोक्न अवचेतन मनलाई एउटा सही परिप्रेक्ष या सकारात्मक सुझाव दिन्छौं । माथिको कफीको उदाहरणमा, यसले सचेत मनलाई बुझ्न सहयोग गर्दछ कि यसरी रिसाउनु हुँदैन । यस्तो जागरूकता जसले यो गलत छ र यसले अरूलाई चोट पुर्‍याउँछ भन्ने सोचले गर्दा हाम्रो गलत व्यवहार, सोचाइ या गलत कार्य र अन्ततः नकारात्मक संस्कार या स्वाभावदोषमाथि विजय हासिल गर्न सहयोग गर्दछ ।

३. मनको नकारात्मक प्रवृत्तिलाई हटाउन आध्यात्मिक उर्जा चाहिन्छ

मनको नकरात्मक प्रभावलाई हटाउन, इच्छायुक्त सोच मात्रै पर्याप्त हुँदैन । किन भने नकारात्मक संस्कारहरु हाम्रो अवचेतन मनमा निहित छन्, त्यसैले त्यसलाई अवचेतन मनको स्तरमा सम्बोधन गर्न आवश्यक हुन्छ । स्वाभावदोष निर्मूलन प्रक्रियामा परम पूज्य डॉ. आठवलेज्यूको संकल्प छ र यसको परिणाम स्वरूप ईश्वरीय चेतना (चैतन्य) प्रक्रियाको प्रत्येक चरणमा उपस्थित छ । तसर्थ, जब हामी स्वयम सूचना लिन्छौं, स्वयम सूचना बाहेक, दिव्य चेतना (चैतन्य) हाम्रो अवचेतन मनमा प्रवेश गर्दछ र हाम्रो व्यक्तित्वमा द्रुत परिवर्तन ल्याउँदछ । धेरैले अनुभव गरेका छन् कि उनिहरूको स्वाभावदोष कम भयो र अन्ततः नियमित रूपमा स्वयम सूचना लिदा दोषलाई पराजित गर्न सकछम भए ।

४. स्वयम सूचना के हो ?

स्वयम सूचना एउटा यस्तो सकारात्मक सुझाव हो जुन अवचेतन मनलाई गलत विचार, भावना, कार्य, प्रतिक्रिया अथवा दुवैको लागि दिर्इन्छ । स्वयम सूचना लिएर हामी आफ्नो मनलाई आफैले बनाएको सकारात्मक सूचना दिन्छौं जसले नकारात्मक संस्कार प्रतिरोध गरि दोषलाई अन्ततः तटस्थ पारदिन्छ ।

उदाहरणहरू

  • गलती / कमी – रिस : जब मेरो आमाले मलाई मेरो बहिनीसँग तुलना गर्नुभयो की कसरी बहिनिले पढाईमा म भन्दा राम्रो गर्दै छे म आमासँग रिसाए ।
  • गल्ती / कमी – ईर्ष्या: जब मैले मेरो साथी जोनको नयाँ जगुआर गाडी देखें, म ईर्ष्याको कारण हरियो भए ।
  • गल्ती / कमी – असुरक्षा (मन दुख्नु): जब मेरो हाकिमले मेरो कडा परिश्रमको कदर गर्नु भएन, मैले सोचे कि अन्ततः मैले जतिसुकै प्रयास गरे पनि कहिले राम्रो हुँदैन ।

हरेक गलत विचार या भावनाको लागि मनलार्इ सकारात्मक सुझाव या परिप्रेक्ष्य दिनाले त्यसले नकारात्मक भावना र मनको अशान्तिलाई रोक्न सहयोग गर्दछ र मनलाई सही दिशा दिन्छ ।

स्वयम सूचना – रिस: “जब मेरो आमाले मलार्इ बहिनीसँग तुलना गर्नु हुन्छ कि बहिनीको पढार्इ राम्रो भइरहेको छ म महसुस गर्छु कि आमाले मेरो भलाईको लागि यस्तो कुरा भन्नु भएको हो र उहाँ चाहनु हुन्छ कि म आफ्नो बहिनीबाट सिकेर पढाई राम्रो गर्न सकोस्, त्यसैले म शान्त रहन्छु ।”

स्वयम सूचना – ईर्ष्या: “जब म जोनको नयाँ जगुआर गाडी देखेर ईर्ष्यालु हुन्छु, म यो बारे सचेत हुन्छु र महसुस गर्छु कि उसले यसको लागि कडा मेहनत गरेको छ र ऊ यसको लागि योग्य छ । म उसलाई समर्थन गर्छु, उसको सफलतामा रमाउँछु र म उसको लागि खुशी हुन्छु ।”

स्वयम सूचना – असुरक्षा: “जब मेरो हाकिमले मेरो कामको कदर गर्नु हुदैन र म रिसाउछु, म याद राख्नेछु कि यो एउटा सिक्ने प्रक्रिया हो र माथि पुग्नको लागि जहिले पनि उतार-चढाव हुन्छ, त्यसैले म भगवानलाई आफ्नो प्रयासमा लागिरहनेको लागि बल प्रधान गर्न प्रार्थना गर्छु । ”

स्वयम सूचनाले हाम्रो स्वाभाव दोषमाथि विजय पाउन सहयोग गर्दछ, जब हामी अरुको स्वाभाव दोषको कारण तनावमा हुन्छौं अथवा परिवर्तन गर्न नसक्ने जीवनको कठिन परिस्थितिको सामना गर्दछौं । स्वयम सूचनाले केवल वर्तमान परिस्थिति या नकारात्मकताको सामना गर्न सहयोग गर्दैन, यसले लत र बाल्यावस्थाको आघात जस्तो लामो समयसम्म रहेको समस्याहरुको लागि पनि उपयुक्त हुन्छ । स्वयम सूचना लिदा, हामी दैनिक सत्रमा सकारात्मक सूचना दोहोर्याउछौi जसले नकारात्मक संस्कारलाई कम गर्न सहयोग गर्दछ । स्वयम सूचना लिएर नकारात्मक संस्कार कम गर्नाले स्वचालित (automatically) रूपमा विपरित गुणवत्ता बढदैन र हामीले गुण विकास गर्नको लागि प्रयास गर्न आवश्यक हुन्छ । उदाहरणको लागी, स्वयंसूचना लिएर क्रोध कम गर्नाले ममा अरूको लागि माया स्वचालित रूपमा बढ्दैन । यो समान छ कि एउटा बिरामी व्यक्ति औषधि सेवन गरेर निको हुन्छ, तर उनको शरीरको अंग स्वत: बडी बिल्डर (bodybuilder) को जस्तो विकास हुँदैन । यदि व्यक्ति आफ्नो शरीरको मांसपेशि विकास गर्न चाहन्छ भने, उसले त्यसको लागि उचित व्यायाम गर्नु पर्छ । त्यस्तै गरी, यदि मेरो क्रोध स्वयम सूचना लिएर कम भए पनि मैले अरूप्रति प्रेमको गुण विकास गर्न आफैले सचेत प्रयास गर्नुपर्छ ।

विश्वमा कुनै पनि यस्तो समस्या छैन जुन स्वयं सूचना लिएर हटाउन सकिदैन । -परम पूज्य डॉ. आठवले

५. पुष्टि (affirmation) र स्वयं सूचनामा के फरक छ

मनोचिकित्सकहरुले मान्सिक चिन्ता र अन्य धेरै पुरानो दोषहरु हटाउनको लागि बिरामीलाई पुष्टि दिन्छन् र प्रत्येक बैठक (session) को लागि हामीले धेरै पैसा तिर्नु पर्ने हुन सक्छ । मनोचिकित्सकले प्रायः बिरामीलाई पुष्टिकरण दिन्छन्, तर बिरामीहरुलार्इ उनीहरुको दोष बुझ्न र उन्मुलन गर्नमा कमै सहयोग मिल्दछ । स्वभावदोष निर्मूलन प्रक्रिया व्यक्तिगत आवश्यकता अनुसार बनाइन्छ र यसको प्रभावकारीता पुष्टिकरण दिने भन्दा पनि बढी हुन्छ । थप रूपमा, स्वभावदोष निर्मूलन प्रक्रियामा आध्यात्मिक उर्जा थपिएको हुनाले यसको प्रभावकारिता अझै बढ्दछ ।

९०-९५% परिस्तिथिहरुमा समस्याको मूल कारण हाम्रो आफ्नै दोषहरुको कारण हुन्छन् न कि अरुबाट/बाहिरबाट, त्यसैले स्वयम सूचनाले हामीलाई ९०-९५% सम्म मदत गर्न सक्छ । तुलनात्मक रुपमा, पुष्टिकरणले हामीलाई २५-३०% सम्म मदत गर्न सक्छ । अझै पनि पुष्टिकरणको केहि फाइदाहरु छन् जस्तै यसले हामीलाई अझै सकारात्मक बनाउछ, आफ्नो लक्ष्य हासिल गर्नको लागि कडा परिश्रम गर्न प्रोत्साहित गर्दछ ।

अर्को मुख्य कुरा हो कि स्वयं सूचना लिँदा हाम्रो प्रारब्ध र कर्मलाई कम गर्न सहयोग गर्दछ । यस्तो किन हुन्छ भने हाम्रो कर्म अवचेतन मनमा संस्कारहरुको रूपमा भण्डार भएको हुन्छ र स्वयं सूचनामा भएको आध्यात्मिक उर्जाले यी संस्कारहरु कम गर्न प्रत्यक्ष रूपमा कार्य गर्दछ । अर्कोतर्फ, पुष्टि लिँदा हाम्रो कर्म कम हुँदैन । कर्मले हाम्रो व्यक्तित्व दोष मार्फत हाम्रो जीवनमा खेल्दछ । उदाहरणको लागी, मानै म मा भावुक हुने संस्कार छ र म दु:खि हुन्छु जब भावुक संस्कार प्रकट हुन्छ । जब मेरो साथीले मलाई धोका दिन्छ, म दु:खि हुन्छु र दु:खको अनुभव गर्दछु । यस्तो अवस्थामा यो मेरो प्रारब्धमा हुन सक्छ कि म आफ्नो साथीबाट धोका पाउनेछु, तर प्रारब्धको कारण मैले अनुभव गरेको दु:ख चै भावुक स्वाभाव दोषको कारणले हुन्छ । भावनात्मकताको लागि मैले स्वयं सूचना लिए पछि भावनात्मकताको संस्कार कम हुन्छ र त्यसपछि मलाई यो घटना देखि खासै दु:ख लाग्दैन जुन पहिला भावनात्मकताको कारण प्रकट हुन सक्दथ्यो ।

थप रूपमा, जब स्वभाव दोष कम हुँदै जान्छ, तब व्यक्तिले अनुभव गर्ने पीडाको अवधि पनि घट्न थाल्छ । त्यसैले यदि स्वभाव दोषको संस्कार अधिक छ भने, उदाहरणको लागि यदि ममा क्रोध स्वाभव दोष छ र यो संस्कार अधिक दृड छ भने, तब मैले धेरै दु:ख को सामना गर्नु पर्छ । जब रिसको स्वाभव दोषको प्रभाव कम हुँदै जान्छ, मैले प्रारब्धको कारण अनुभव गर्ने दु:ख को अवधि पनि कम हुँदै जान्छ ।

यस बाहेक, नियमित स्वयं सूचना लिदा प्रतिकूल प्रारब्ध सिर्जना गर्ने सम्भावना कम गर्दछ । स्वभाव दोषहरुको कारण अधिक प्रतिकूल प्रारब्धको सिर्जना हुन्छ । उदाहरणको लागी, यदि ममा अरूको आलोचना गर्ने स्वाभव दोष छ भने, म अरुलाई धेरै आलोचना गरेर चोट पुर्‍याउँछु, र उनीहरु निराश हुन्छन् । तब म पापको भागिदार बन्छु किन कि मैले अरुलार्इ चोट पुर्याएको छु । स्वयम: सूचना लिएर, अरूको आलोचना गर्ने मेरो स्वाभाव दोष कम हुन्छ तब मेरो व्यवहार परिवर्तन हुन्छ र म अरूलाई बढी बुझ्छु । यसले नयाँ प्रतिकूल कर्म वा प्रारब्ध सिर्जना गर्ने सम्भावना कम गर्नमा सहयोग हुन्छ ।

जब मन त्यहाँ हुँदैन तब व्यक्तिले आफ्नो प्रारब्धलाई पार गर्न थाल्छ । यो मनको कारणले नै हो कि पीडा महसुस गर्ने ।

त्यसैले, स्वयं सूचना लिएर हामी कुनै घटनाबाट हुने पीडालाई कम वा प्रारब्धको कारण हुने पीडा हटाउन सक्छौं, तर यो पुष्टिकरबाट सम्भव हुँदैन । जब हामी सात्त्विक  हुन्छौं, हाम्रो व्यवहार राम्रो हुन्छ र हामी प्रतिकूल प्रारब्धको सिर्जना गर्दैनौं ।

६. स्वयं सूचना बनाउनको लागि दिशानिर्देश

१. सरलता: स्वयं सूचना सरल भाषासीमित शब्द प्रयोग गरेर बनाउनु पर्छ । उदारणको लागि, के तपाईले कुनै पाठको पूरा शीट अथवा कुनै जटिल स्प्रिडशिट हेर्ने कोशिश गर्नुभएको छ ? के त्यसलार्इ हेर्न वा पढ्न मन लाग्छ ? हाम्रो मनले सामान्यतया यसलाई पढ्नको लागि केही प्रतिरोध गर्छ वा तुरुन्तै अस्वीकार गर्दछ । यस्तो किन हुन्छ भने मनलाई सजीलो र सरल कुरा मन पर्छ । त्यस्तै मनलाई स्वयं सूचना दिँदा सूचना सरल र सीमित संख्याका शब्दहरु प्रयोग गर्नु पर्दछ, जसले गर्दा मनलाई सन्देश प्राप्त गर्न सजिलो हुन्छ ।

२.जहिले सब्दबाट सुरू गर्नुहोस्: स्वयं सूचना सामान्यतया ‘जहिले’ यो शब्दबाट सुरु हुन्छ,  यसले भविष्य कालमा हुने विशेष घटनालाई संकेत गर्दछ । जहिले यो शब्द प्रयोग गर्दा मनलाई सतर्कता पनि दिन्छ ।

उदाहरणको लागि, गल्तीको उदाहरण हेर्यौं : “मलाई अल्छी लागिरहेको थियो र हिंड्न जानको लागि ढिलार्इ गरें ।”

स्वयं सूचना बनाउँदा घटनालाई भविष्य कालमा दर्साउनु पर्छ – निम्नानुसार बनाउन सक्छौं – “जहिले मलार्इ हिड्न जानको लागि ढिलार्इ गर्न मन लाग्छ … ।” त्यसपछि हामी यसलार्इ रोक्नको लागि के गर्ने थप्छौं ।

३. सकारात्मकता: स्वयं सूचना जहिले पनि सकरात्मक हुनु पर्छ । नगर्नुहोस्, होईन, गर्दैन, गर्न सक्दैन, यी शब्दहरु प्रयोग नगर्नुहोस् । उदाहरणको लागि, हामीले भन्नु हुँदैन, “म रिसाउदिन ।” यसको सट्टा हामी भन्न सक्छौं, “म शान्त रहनेछु ।” यसको कारण हो  मन विद्रोही स्वभावको हुन्छ र जब हामीले हाम्रो मनलाई केही कुरा नगर्न भन्छौं भने मनले त्यही कुरा गर्न चाहान्छ, तर जब हामी सकारात्मक कुरा भन्छौं भने मन सजिलै ग्रहणशील हुन्छ ।

४.विशिष्ट: स्वयं सूचना विशिष्ट हुनु पर्दछ र सामान्यीकरण गरिको हुनु हुँदैन । जस्तै “जब मानिसहरुले मलाई हेर्छन् र म लजालु हुन्छु” यसको सट्टा हामीले विशिष्ट घटना बताउनु पर्दछ, जुन हो, “जब मेरीले मलाई हेरिन् र म लजाए “। “मानिस” लाई सामान्य तरिकाले उल्लेख गर्दा त्यति असर हुँदैन जति विशिष्ट स्वयं सूचनाले प्रभाव पार्दछ । मन सहि भावना थाहा पाउन सक्षम हुँदैन यदि स्वयं सूचना सामान्य छ भने जसरी यो घटनामा मेरीको नाम सुन्दा हुन्छ । यस्तो हुन सक्छ किन भने मलाई मेरी मन पर्छ, र जब उसले मलाई हेर्छे, एउटा आकर्षणको भावना म माथि आउन थाल्दछ । अर्को उदाहरण हुन सक्छ, म भन्दा वरिष्ठ जोनले मलाई स्कूलमा जिस्काएर दिक्क पार्दथ्यो र म त्यस कारण अत्यन्त दुःखी भएँ । यहाँ जोनको उल्लेख गरिएको क्षण, मलाई ती सबै घटनाको सम्झना आउँदछ जहाँ जोनले म सित राम्रो व्यवहारहरु देखाएन र मलाई उप्रति क्रोध आउन थाल्छ । जब अरू कसैको नाम उल्लेख गर्छ तब यस्तो भावना आउॅंदैन ।

५. एक पटकमा एउटा दोष : कुनै एउटा घटनामा एक भन्दा बढी स्वभाव दोष समावेश हुन सक्छ तर हामी स्वयं सूचना एउटा दोषको लागि मात्र दिन्छौं । एउटा उदहारण लिन सक्छौं, – ‘ जब मेरो साथीले मेरो प्रोजेक्टमा मद्दत गरेन जुन उसले पहिला नै मसँग प्रतिक्षा गरेको थियो तब म भावुक र निराश भए ।’ यहाँ दोषहरु: अपेक्षा, नकारात्मक विचार र भावनात्मकता हुन सक्छन् । तर स्वयं सूचना बनाउदा हामी ती मध्ये एउटा दोष छान्न सक्छौं । हामी त्यो दोषलार्इ छनौट गर्न सक्छौं जसले हाम्रो लागि र अरुलार्इ सबै भन्दा ज्यादा प्रभावित गर्दछ ।

६. बारम्बार दोहरिने दोषहरु चयन गर्नुहोस् : जब एउटा दोषको लागि एक भन्दा बढि घटनाहरु घटिरहन्छन् भने हामीले स्वयं सूचनाको लागि एउटा मात्रै घटना लिनु पर्छ जुन घटना हाम्रो जिवनमा प्राय घटिरहन्छ । उदारणको लागि मानौ म मेरो स्वाभाव दोष क्रोधमा काम गर्दैछु र यो असंख्य तरीकाहरुमा प्रकट भइरहेको छ । तर सबै भन्दा बढि प्रकटीकरण हुन्छ – ‘जब मेरो छोरा गृहकार्य गर्नुको सट्टा टेलिभिजन हेर्छ तब म क्रोधित हुन्छु ।’ किनकि यो प्रतिदिन हुन्छ । त्यसैले म यो अभिव्यक्तिमा काम गर्नको लागि चयन गर्छु ।

७. ३ स्वयं सूचनाबाट सुरु गर्नुहोस् : सुरु गर्न प्रत्येक दिन ३ स्वयं सूचना सत्र लिनुहोस् । स्वयं सूचना लेख्नुहोस् र त्यसलाई दिनमा ५ पटक पढ्नुहोस यदि तपाई याद गर्न सक्नु हुँदैन भने । पछि हामी प्रतिदिन ५ स्वयं सूचना सत्र लिन सक्छौं । हामी यसलार्इ अर्को खण्डमा विस्तृत रुपमा व्यख्या गर्ने छौं ।

७. निष्कर्ष

हामी हाम्रो भावनाहरु सँग धेरै संघर्ष गर्छौं, तर हामी कुनै समाधान खोज्दैनौं । यो धेरै उपचारहरुको प्रयास गर्नु, परामर्शको लागि पैसा खर्च गर्ने बाबजुद हो । स्वयं सूचना लिनु आध्यात्मिक स्तरमा एउटा समाधान हो, जसले हाम्रो नकारात्मक भावनाको मूल जरालार्इ सम्बोधन गर्दछ । धेरै मानिसहरुले १० मिनेट स्वयं सूचना नियमित रूपमा लिएर महत्वपूर्ण राहत र स्थायी खुशीको अनुभव गरेका छन् । मानिसहरु जसलाई स्वयं सूचनाबाट फाइदा भएका छन् उनीहरुको गवाही यो लोखको आउने श्रृंखलामा दिनेछौं । हामीलाई आशा छ की तपाई पनि स्वयं सूचना र स्वाभाव दोष निमूर्न प्रक्रिया जान्नको लागि समय निकाल्नुहुनेछ जसले गर्दा तपार्इ पनि सकारातमक अनुभवहरु लिन सक्नुहुनेछ ।