how-to-improve-concentration-while-chanting

१. नामजप गर्ने समय मनको एकाग्र कसरी बढाउने – प्रस्तावना

जब हामी नामजप प्ररम्भ गर्छौं हाम्रो मुख्य समस्या हुन्छ, मनमा आउने अनावश्यक विचार । यी विचार मुख्यतः नामजपप्रति मनमा शंका अथवा अन्तर्मनमा विद्यमान संस्कारको कारण आउछ । यो लेखमा नामजप गर्दा मनको एकाग्रता बढाउन हेतु केहि व्यावहारिक सुझाव दिएको छ । ध्यान रहोस् कि नामजपमा एकाग्रता हाम्रो ध्येय (साध्य) हो, साधन होइन ।

२. नामजप गर्दा मनको एकाग्रता कसरी बढाउने ?

नामजपको गन्ती गर्नुहोस् : यसको लागि जपमाला अथवा गणकयन्त्र (काऊंटर) को उपयोग गर्ने सक्छौं । यसले मन एकाग्र हुनमा सहायता मिल्छ ।

जप उच्च आवाजमा गर्नुस् : नामजप गर्ने समय जब मन अन्त जान थाल्छ, तब जप उच्च आवाजमा गर्नुहोस् अथवा नामजपको सीडी (C.D) लगाउन उपयोगी हुन्छ । जब अनावश्यक विचार घट्छ र केहि मात्रामा मनको एकाग्रता साध्य हुन्छ तब नामजप मन-मनै गर्न सक्छौं ।

नामजपको गति बढाउनुहोस् : मनको एकाग्रता बढाउनको लागि हामीलाई केहि समय मजपको गति बढाउन सक्छौं तथा एकाग्रता साध्य भएपछि गति घटाउन सक्छौं ।

शान्थ स्थानमा नामजप गर्नुहोस् : यदि मन एकाग्र हुनमा कठिनाई छ भने शान्त स्थानमा नामजप गर्ने कोशिश गर्नुहोस् अथवा त्यस्तो जग्गा जसले ज्यादा  सात्त्विकता तान्न सक्छ जस्तौ प्राकृतिक स्थानमा, धार्मिक उपासना गरेको स्थान ।

सुतेर उठेपछि तथा सुत्नु पूर्व नामजप गर्नुहोस् : सुतेर उठेपछि तथा सुत्नु पूर्व मनमा सांसारिक विचार अल्प हुने कारण यी समयहरुमा मन सजिलै एकाग्र हुन सक्छ ।

नामजपलाई श्वाससँग जोडनुहोस् : ‘श्वासको साथ नामजप जोड्नुहोस्’, यो लेखमा भनेका छौं जब हामी श्वास लिन्छौं, तब वातावरणबाट विचार हाम्रो दिमामा प्रवेश गर्दछ । नामजपलाई श्वासको साथ जोड्नाले, यो विचारहरुले हामीमा हुने प्रभाव घट्दछ ।

नामजप मुद्राको साथ गर्नुहोस् : दुवै हातको चोर आैंला र बुढी आैंलाको टुप्पालाई जाड्नुहोस् । यसलाई मुद्रा भनिन्छ । यसबाट विचार न्यून भएर नामजपमा एकाग्रता आउछ ।

स्वयंसूचना : स्वयंसूचनाको अर्थ हो; आचरण, विचार, प्रतिक्रिया (दृष्टिकोण) अथवा शारीरिक स्थितिमा सकारात्मक परिवर्तन ल्याउन आफ्नो मनलाई सुझाइएको उपचारात्मक वाक्य अथवा दृष्टिकोण ।

नामजपको लागि स्वयंसूचना : स्वयंसूचना नियमित दोहराउदा नामजप गर्दा एकाग्र क्षमता बढ्दछ । तपाईले स्वयंसूचनाको वाक्य रचना यस प्रकार गर्न सक्नुहुन्छ – “जब मेरो मन निरर्थक विचारमा भट्किन आरम्भ हुन्छ, तब मलाई त्यसको भान तुरुन्त हुन्छ र नामजपमाथि मन केन्द्रित गर्छु ।”स्वयंसूचना लिने पद्धति यस प्रकार छ –

१. १-२ मिनेटसम्म नामजप गर्नुहोस् ।

२. स्वयंसूचना मन-मनै लगातार ५ पटक दोहोर्याउनुहोस् ।

३. कृतज्ञता व्यक्त गर्नुहोस् ।

यो पुरै प्रक्रिया दिनमा ३-५ पटक दोहोर्याउनुहोस् ।

दृष्टिलाई स्थिर राख्नुहोस् : नामजप गर्ने समयमा दृष्टि कुनै वस्तु अथवा बिन्दुमाथि स्थिर राख्नुहोस् । यसले मनलाई एकाग्र गर्नमा सहायता मिल्दछ ।

आँखा बन्द गरेर नामजप गर्नुहोस् : बाहिरको आकर्षणले मनमा विचारको संख्या बढ्दछ । त्येसैले आँखा बन्द गरेर नामजप गर्नाले मनको एकाग्रता बढ्दछ । यदि कसैलाई निन्द्रा आउन थालो भने, आँखा खुला राखेर नामजप गर्न ठीक हुन्छ ।

आफ्नो अगाडी उपास्य देवताको चित्र राखेर नामजप गर्नुहोस : जुन उपास्य देवताको नामजप गर्ने हो, उनको प्रतिमा अथवा चित्र अगाडी राख्न सक्छौं । यसले उहाँको रूपमाथि मन केन्द्रित गर्नमा सहायता मिल्दछ ।

नामजप गर्दा देवता अथवा गुरुको स्मरण गर्नुहोस् : यसले भाव बढाउनमा सहायता हुन्छ देवता अथवा गुरुप्रति भक्तिभाव हुनुको कारण नामजप अधिक एकाग्रता पूर्वक हुन्छ । यसको अतिरिक्त भक्तिभाव बढाउन हेतु प्रयत्न गर्नाले पनि नामजपको गुणात्मकतामा वृद्धि हुन्छ ।

प्रार्थना : पुनः-पुनः आर्तभावले प्रार्थना गर्नुहोस् – “ हे परमप्रिय ईश्वर, नामजपमा मन एकाग्र हुनको लागि कृपया मेरो सहायता गर्नुहोस । ”

आध्यात्मिक उपाय : वर्तमान वायुमण्डलमा रज-तमको मात्रा अत्यधिक छ । यसको प्रभावले हाम्रो शरीरमा अशुद्धता बढ्दछ, जसले हाम्रो मनमा अनावश्यक विचारको संख्या बढ्दछ । नुन-मिश्रित  जलमा खुट्टा डुबाउने, आफ्नो वरपर बाकस राख्नुहोस् अथवा धुप जलाउने जस्तो आध्यात्मिक उपाय गर्नाले नामजपमा बाधक कालो आवरण घट्न थाल्छ ।

नियमित अभ्यास : जब हामी नामजप गर्छौं, तब बिस्तारै-बिस्तारै विचारको संख्या घट्न थाल्छ र एकाग्रता बढनमा सहायता मिल्छ ।

गुरुकृपा : आफ्नो प्रयत्नले अनावश्यक विचार पूर्णतः रोक्नु अथवा त्यसमाथि नियन्त्रण गर्न सम्भव हुँदैन । विचार पूर्णतः रोक्नको लागि अंततः गुरुकृपाको आवश्यकता हुन्छ ।

३. सारांश – नामजप गर्दा कसरी एकाग्र बढाउने

एकाग्र मनले नामजप गर्दा हामीलाई अधिक आनन्द मिल्छ । एकाग्रतासँग नामजप गर्नाले अन्तर्मनमा नामजपको संस्कार दृढ हुन्छ र ईश्वरबाट अधिक सुरक्षा प्राप्त हुन्छ ।

यदि एकाग्रतासँग नामजप गर्न सक्दैन भने पनि नामजप निरन्तर गर्दै जानु लाभप्रद हुन्छ । यसको नियमित अभ्यासले नामजप गर्दा मनको एकाग्रता आफै साध्य हुन्छ । नामजपमा एकाग्रता बढोस्, यसको लागि तपाईले ६ महिनाको अवधिमा नामजपमा एकाग्रता बढाउने ध्येय राख्न सक्नु हुन्छ ।