नामजपलार्इ श्वाससँग जोड्दा के लाभ हुन्छ ?

१. प्रस्तावना

SSRF साधनाको  आधारस्तम्भको रूपमा ईश्वरको नामजप गर्ने सल्लाह दिन्छ । ईश्वरको नामलार्इ आफ्नो श्वाससँग जोड्नाले व्यक्तिलार्इ अनेक लाभ हुन्छ अनि साधनाको रूपमा उनको नामजपको गुणात्मक हुन थाल्दछ ।

२. नामजपलार्इ श्वाससँग जोड्दा प्रभाव

साधनामा प्रगति अनुसार नामजप साधनाको चरण एवं महत्त्व :

नामस्मरणको विभिन्न पक्षहरु महत्त्व
केवल ईश्वरको नामजप गर्ने १०%
नामजपलार्इ श्वाससँग जोड्ने ३०%
केवल श्वासमा ध्यान केन्द्रित गर्ने ५०%
नामजपको परिणाम अनुभव गर्ने २ (उदाः भाव, चैतन्य, आनन्द, एवं शान्तिको अनुभूति हुने) ७०%
केवल आफ्नो अस्तित्वको भान हुने तथा म अनि ईश्वर अलग हौं, यस्तो लाग्ने ९०%
म अनि ईश्वर एक हौं, यस्तो भान हुने १००%

टिप्पणी :

  • यस्तो यस कारण हो कि अन्ततः हामी ईश्वरको नामजपको भौतिक (स्थूल) पक्ष पार गर्दै अगाडी जानुपर्छ ।
  • हामीलार्इ महसुस हुन्छन् कि जसरी-जसरी हाम्रो आध्यात्मिक प्रगति हुन्छन्, साधनाबाट हुने अनुभूति अझै महत्वपूर्ण हुँदै जान्छन् । मूलतः साधनामा प्रगति हुनुको साथ हाम्रो ध्यान ईश्वरको (नामको) सूक्ष्म पक्षमा केन्द्रित हुन थाल्दछन् ।

३. नामजपलार्इ श्वाससँग जोड्दा के लाभ हुन्छ ?

३.१ अयोग्य विचारमा कमी हुने

आजकल वायुमण्डलमा रज-तम गुणमा वृद्धि भएको छ । यसको एउटा कारण हो, वर्तमान समयमा मनुष्यको कम आध्यात्मिक स्तर । जुन व्यक्तिमा रज-तम अधिक हुन्छ उनीमा अनावश्यक विचार जस्तै क्रोध, र्इर्ष्या, लोभ इत्यादि का विचार अधिक हुन्छन् । यी अयोग्य विचार एकत्रित भएर सूक्ष्म अमूर्त स्तरमा वातावरण दूषित गर्दछ ।

यी अयोग्य  दूषित विचार और त्यसबाट उत्पन्न स्पन्दन हाम्रो श्‍वासबाट सूक्ष्म रूपमा भीत्र प्रविष्ट भएर मानसिक स्तरमा हामीलार्इ विचलित गर्दछन् । जब हामी नामजपलार्इ श्वासको साथ जोड्छौं, तब वायुमण्डलमा विद्यमान अनावश्यक विचार हामी भीत्र प्रवेश गर्न अवरुद्ध हुन जान्छन् ।

परिणामत: व्यक्ति मानसिक शान्ति, इच्छाहरुमा कमी, मानसिक स्वास्थ्यमा वृद्धि एवं आनन्द तथा सुख को उच्चतम स्तरको अनुभूति अपेक्षाकृत तीव्र गतिले प्राप्त गर्दछ ।

३.२ वर्तमानमा रहने

अधिकांशत: हाम्रो विचार अतीतको घटना अथवा भविष्यसँग सम्बन्धित हुन्छन् । यो विचार अन्य सम्बन्धित विचारहरुलार्इ उत्पन्न गर्दछन् । जसले हाम्रो ध्यान एवं आसक्ति, पञ्च ज्ञानेन्द्रिय, मन तथा बुद्धिसम्म नै सीमित रहन जान्छन् । उदा. कोही आउने परीक्षाको कारण तनाव हुन सक्छन् अथवा अतीतको कुनै पीडाको अनुभवको कारण ।

आध्यात्मिक उन्नतिको एउटा मुख्य पहलू यो हो कि अतीतलार्इ भूलेर एवं भविष्यको चिन्ता छोडेर, वर्तमानमा रहेर ईश्वर प्राप्तिको ध्येय साध्य गर्नु । साधनाको उच्चतम स्तरमा व्यक्ति कालानुभूति भन्दा टाढा हुन जान्छ अनि मात्र ईश्वरको अस्तित्व अनुभव गर्दछ । तब न कुनै अतीत हुन्छ अथवा न कुनै वर्तमान, उनलार्इ प्रत्येक क्षण मात्र ईश्वरसँग एकरूप भएको भान रहन्छ ।

नामजपलार्इ श्वाससँग जोडेर त्यसमा ध्यान केन्द्रित गर्दा हामी वर्तमानमा रहन सिक्छौं ।

३.३ अखण्ड नामस्मरण

हामी दिनभर निरन्तर श्वास लिइ रहन्छौं, अनि जब श्वासको साथ नामजपलार्इ जोड्छौं, तब यसले नामजपको निरन्तरतामा वृद्धि हुन्छ । यसले हामीलार्इ निम्न प्रकारले सहायता हुन्छ :

  • दिनभर धेरै ईश्वरलार्इ सम्झिने
  • ईश्‍वरीय शक्तिको अधिक अनुभव गर्ने

३.४ वातावरणको शुद्धीकरण हुने

जब हामी ईश्वरको नाम लिदै श्वास छोड्छौं, तब वातावरण आध्यात्मिक शुद्धि हुन्छ ।

४. श्वासको साथमा नामजप गर्न सहायक सूत्र

सामान्य रूपले श्वास लिनुहोस्, श्वास लिने अनि छोड्दा नामजपलार्इ जोड्ने प्रयास गर्नुहोस् । व्यक्ति श्वासको कारण जीवित रहन्छ, नामले गर्दा होइन । अतएव श्वासमा ध्यान दिने अनि श्वाससँग नामलार्इ जोड्ने । नामजपको गतिको साथ श्वासलार्इ नजोड्नुहोस् ।

४.१ श्वासको साथ नामजप जोड्ने उदाहरण

निम्नांकित चित्रमा व्यक्तिको श्वासको साथ ईश्वरीय नामजपको विविध पहलुहरुका स्पष्ट प्रस्तुतीकरण गरिएका छन्, जो यो दर्शाउँछ कि ईश्वरको नामको कुन अंशको जप श्वास लिने एवं छोड्ने समय गर्नुपर्छ ।

नामजपलार्इ श्वाससँग जोड्दा के लाभ हुन्छ ?