सबै भन्दा उत्तम सुत्ने दिशा (पूर्व – पश्चिम)

सबै भन्दा उत्तम सुत्ने दिशा (पूर्व – पश्चिम)

१. परिचय – पश्चिम दिशामा खुट्टा राखेर सुत्ने

शान्त निन्द्रा कसरी पाउने, यो लेखमा पश्चिम दिशामा खुट्टा राखेर सुत्दा हुने प्रभाव अध्ययन गर्नेछौं । कसरी आनन्दसँग सुत्ने यो अध्ययन पूर्णतया आध्यात्मिक दृष्टिकोणबाट हो । यसले हामी योग्य निर्णय लिन सक्छौं कि शान्त निन्द्रा पाउनको लागि हामीले कुन दिशामा खुट्टा राखेर सुत्नु पर्छ ।

१.१ शान्त निन्द्रा कसरी पाउने, यस विषय माथि गरिएको आध्यात्मिक अनुसन्धान– पश्चिम दिशामा खुट्टा राखेर सुत्दा हुने प्रभाव

SSRF को साधकहरु जोसँग उच्च छैठौं इन्द्रिय छ उनीहरुले निन्द्राको विविध सुत्ने तरिकाहरुमा अनुसन्धान गरे । उनीहरुले पत्ता लगाउन खोजे पश्चिम दिशामा खुट्टा राखेर सुत्नाले कस्तो प्रभाव हुन्छ र सुत्नको लागि कुन दिशा सबै भन्दा योग्य हुन्छ । पश्चिम दिशामा खुट्टा राखेर सुत्ने प्रभाव र सुत्नको लागि सबै भन्दा उचित दिशा, माथि प्राप्त सूक्ष्म ज्ञानलाई प.पू. डॉ आठवलेज्यूद्वारा प्रमाणित गरिएको छ ।

२.पश्चिम दिशामा खुट्टा राखेर सुत्ने – आध्यात्मिक प्रभाव

२.१ ईश्वरको क्रिया तरङ्गहरुको लाभ

ईश्वरको क्रिया तरङ्ग पूर्व-पश्चिम दिशामा रहन्छ । यी दुवै दिशाहरुको बीचमा यी तरङ्गहरुको गतिविधि हुन्छन् । पश्चिम दिशामा खुट्टा राखेर सुत्नाले हामी ईश्वरको क्रिया तरङ्गहरुको अधिक लाभ प्राप्त गर्न सक्छौं । यसले हामीलाई कार्य/क्रिया गर्नको लागि बल प्रदान गर्दछ ।

२.२ देहको पन्चप्राण शक्ति सक्रिय हुने

क्रिया तरङ्गहरु देहमा सन्चार हुनाले, नाभीको स्तरमा स्थित पन्चप्राण सक्रिय हुन थाल्छ । यो पन्चप्राण उपप्राणको माध्यमले सूक्ष्म वायु उत्सिजर्त हुन थाल्छ । पश्चिम दिशामा खुट्टा राखेर सुत्नाले हाम्रो प्राणदेह र पन्चप्राणमय कोषको शुद्धि हुन्छन् । यसले व्यक्तिलाई बल र स्फूर्ति प्रदान गर्दछ ।

२.३ सात्विक तरङ्गहरुको लाभ

सूर्योदयको समय पूर्व दिशाबाट सात्विक तरङ्गहरु (माथि उल्लेखित गरिएको तरङ्गहरु बाहेक) प्रक्षेपित हुन्छ । जब हामी आफ्नो खुट्टा पश्चिम दिशामा राखेर सुत्छौं तब हाम्रो टाउको पूर्व दिशातर्फ हुन्छ फलस्वरूप यो सात्विक तरङ्गहरु वातावरण देखि ब्रह्मरन्ध्र (सात कुण्डलिनी चक्रहरु खोल्दछन् ) द्वारा हाम्रो देहमा सजिलैसँग प्रवेश गर्दछ । यो कुण्डलिनीको सातौ चक्रले सहस्रार चक्रलाई खोल्दछ । यी सात्विक तरङ्गहरु ग्रहण गर्नाले हामी पनि सात्विक बन्दछौं र हाम्रो दिनको आरम्भ अधिक सात्विकताबाट हुन्छ । आफ्नो दिनको आरम्भ सात्विकताबाट गर्नको लागि हामीले खुट्टा पश्चिम दिशामा राखेर सुत्नु पर्छ ।

२.४ घडीको दिशामा देहको चक्र

ईश्वरको क्रिया तरङ्ग र सात्विक तरङ्ग अतिरिक्त, सबै सप्ततरङ्ग पनि पूर्व दिशाबाट आउदछ । जब हामी आफ्नो टाउको पूर्व दिशामा राखेर सुत्दछौं तब हामी सप्ततरङ्गको अधिक लाभ लिन सक्छौं । यसको प्रभावबाट हाम्रो देह चक्र इच्छित दिशा अर्थात घडीको दिशातर्फ घूमन थाल्दछ । परिणामस्वरूप, हाम्रो सबै शारीरिक क्रियाहरु राम्रोसँग हुन्छन् । शरीरको चक्र एउटा सूक्ष्म अमूर्त प्रणाली हो जसमा सबै स्थूल र सूक्ष्म प्रकार्यहरू हुन्छ ।

२.५ निन्द्रासँग सम्बन्धित रज तम कणहरु घटेर जाने

जब हामी आफ्नो खुट्टा पश्चिम दिशा र टाउको पूर्वमा राखेर सुत्दछौं, तब कुण्डलिनीको सात चक्रहरुद्वारा १० प्रतिशत अधिक सप्ततरङ्गहरु ग्रहण हुन्छ । जब चक्रहरु सप्ततरङ्गबाट प्रभावित हुन्छन् तब घडीको दिशामा घुम्न थाल्छ यसले व्यक्तिलाई आध्यात्मिक स्तरमा लाभ हुन्छ । तसर्थ निन्द्राको अवस्थामा देहमा उत्पन्न हुने सूक्ष्म मूल रज तम कणबाट व्यक्तिलाई कुनै पनि कष्ट हुँदैन । त्यसैले ऊ राम्रोसँग सुत्न सक्छ ।

३. सारांश

हामी माथि दिएको विवरणबाट बुझ्न सक्छौं की शान्त निन्द्रा लिने दृष्टिले पूर्व-पश्चिम दिशा, अर्थात पश्चिम दिशामा खुट्टा राखेर सुत्न सबै भन्दा उत्तम हुन्छ ।