उपहार दिने एवं लिने एक आध्यात्मिक परिप्रेक्ष्य

१. उपहार दिने एवं लिने आध्यात्मिक परिप्रेक्ष्य – प्रस्तावना

उपहार दिने एवं प्राप्त गर्ने एक प्रकारले सबै संस्कृतिमा छ। । सम्भवतः हामीले जीवन भरि उपहार दिएका एवं लिएका होलान्, त्यस समय हुन सक्छ उपहार दिने एवं प्राप्त गर्दा आध्यात्मिक प्रभाव पूर्णतया जानेका थिएन्न् । यस लेखमा, हामी उपहार दिने एवं प्राप्त गर्दा विभिन्न पक्षहरुको आध्यात्मिक दृष्टिकोणले वर्णन गरेका छौं ।

. जब हामी उपहार दिन्छौं अथवा लिन्छौं तब आध्यात्मिक स्तरमा के हुन्छ ?

दिने कृत्यले अरुको विचार गर्नमा सहायता मिल्छ । जब हामी अरुको बारे सोच्छौं एवं अरुलार्इ स्वयं भन्दा पहिला राख्छौं, त्यस समय हामी स्वयं सम्बन्धी आफ्नो विचार एवं त्यसबाट उत्पन्न अहं पनि घट्दछ, यस्तो विशेष रूपले तब हुन्छ जब दिने, यो कृत्य अपेक्षा बिना गरेको हुन्छ । यस प्रकार, जब हामी उपहार मनपराउँछौं अथवा मनपराउँदैन, कृतज्ञताको साथ स्वीकार गर्छौं, तब हामी आफ्नो विचारलार्इ न्यून गर्छौं एवं फलस्वरूप हाम्रो अहं पनि क्षीण हुन्छन् । यो उपहार दिने एवं प्राप्त हुदाको आध्यात्मिक फार्इदा हो ।

द्यपि, कर्मको आध्यात्मिक सिद्धान्त अनुसार, जब हामी उपहार दिन्छौं अथवा स्वीकार गर्छौं :

  • हामी अन्य व्यक्तिको साथ या लेन-देनको हिसाब निर्माण गरिरहेका हुन्छौं अथवा पूरा गरि रहेका हुन्छौं ।
  • उपहारको प्रकार एवं उपहार दिनु पछाडिको उद्देश्य अनुसार हामी पुण्य अथवा पापार्जन गर्छौं ।

उपहार दिने एवं लिने एक आध्यात्मिक परिप्रेक्ष्य

कर्मको आध्यात्मिक सिद्धान्त प्रारब्ध एवं लेन-देनको नियम यो लेखमा वर्णित छ ।

‘लेन देन’ को निर्माण, चाहे सकारात्मक होस् अथवा नकारात्मक एवं पुण्यकारक होस् या पापकारक, यसले हामीलार्इ जन्म एवं मृत्युको चक्रमा  नै उलझाएर राख्छन् । त्यसैले, अन्य शब्दमा यदि कोही उपहार दिएर पुण्यार्जन गर्छन्, तब उनीलार्इ यो जन्म अथवा आउने जन्ममा त्यस व्यक्तिबाट त्यही मात्रामा सुख प्राप्त गर्नु नै पर्छ । । जबसम्म हामी आफ्नो सबै सन्चित कर्म पूर्ण गर्दैनौं, तबसम्म हामी जन्म एवं मृत्युको चक्रबाट मुक्त हुन सक्दैन्न् एवं आफ्नो जीवनको वास्तिवक उद्देश्य प्राप्त गर्न सक्दैनौं ।

२.१ के यो सम्भव छ कि उपहार दिदा अथवा प्राप्त गर्ने समय लेन-देन हिसाब अथवा पुण्य/पाप निर्माण नहोस् ?

हो, उपहार आदान-प्रदान ले लेन-देन अथवा पुण्य/पाप को निर्मिति नहोस् यो सम्भव छ ।

  • हामी सबैमा ईश्वरीय तत्व हुन्छन्, जसलार्इ आत्मा भनिन्छ । जब हामी यस अनुभूतिमा मग्न हुन्छौं एवं आफू भित्र ईश्वरलार्इ तत्परताले अनुभव गर्छौं, तब त्यो अवस्थामा हामी द्वारा गरिने कुनै पनि कार्यले लेन-देन अथवा पुण्य/पाप को निर्मिति हुँदैन्न् ।
  • यदि हाम्रो ‘नामजप अखण्ड एवं गुणात्मक रूपले उच्चतम स्तरको छन् तब पुनः, हामी द्वारा गरिएका कुनै पनि कार्यले लेन-देन अथवा पुण्य/पाप को निर्मिति हुँदैन्न् ।
  • जब हामी यो भावको साथ उपहार दिन्छौं अथवा प्राप्त गर्छौं कि हामी भित्रको ईश्वरनै उपहार प्रदान अथवा प्राप्त गरिरहेका छन् तथा उहाँनै उपहार प्राप्तकर्ता / दाता हुनुहुन्छ ।
  • जब हामी बिना अपेक्षा उपहार आदान-प्रदान गर्छौं ।

तथापि व्यावहारिक स्तरमा, हामी सबै मानिसहरुलार्इ माथि बताएका मुद्दाहरु प्रत्येक समय अनुभव गर्न धेरै कठिन हुन्छन् । त्यसैले, प्रायः सबै स्थितिमा जब हामी उपहार प्रदान/प्राप्त गर्छौं तब लेन-देन हिसाब निर्मित अथवा पूर्ण हुन्छन् ।

३. कुन प्रकारको उपहार छनोट गर्नुपर्छ ?

सामाजिक दायित्वको कारण, यो ज्ञात हुँदा हुँदै पनि लेन -देन को हिसाब निर्मित हुन्छ एवं पुण्यार्जन/पापार्जन हुन्छ, हमीले उपहार दिनै पर्छन् । उपहार छनैट गर्ने समय आध्यात्मिक परिप्रेक्ष्यले, निम्नलिखित पक्षहरुलार्इ हामीले ध्यानमा राख्न सक्छौं । :

  • ज्ञानको उपहार: यस्तो उपहार जुन अध्यात्म एवं साधनाको ज्ञान प्रदान गर्दछन्, ती आफ्नो प्रियजनलार्इ दिने उच्चतम स्तरको उपहार हुन्छन् । (यो महत्वपूर्ण छ कि त्यो ज्ञान, साधनाको  ६ मूलभूत सिद्धान्त अनुसार होस्) । निम्न तालिका अन्य प्रकारको उपहारको साथ यस प्रकारको उपहारको महत्वको तुलना दर्शाउँछन् ।
    उपहारको प्रकार प्राप्तकर्ताको लागि समयको सन्दर्भमा महत्व
    पुष्प केही घण्टा
    खाद्य पदार्थ (चाकलेट, केक आदि) केही दिन
    वस्त्र केही माहिना
    इलेक्ट्रोनिक उपकरण केही वर्ष
    आभूषण अनेक वर्ष
    आध्यात्मिक ज्ञान युक्त पुस्तक यस जन्म एवं आउने जन्मसम्म
  • सात्त्विक उपहार विरुद्ध असात्त्विक उपहार : सात्त्विक उपहार दिनु सधैं उत्तम हुन्छ; किन कि यसले व्यक्तिको सात्विकतामा वृद्धि गरि आध्यात्मिक स्तरमा व्यक्तिलार्इ सहायता गर्छ । सात्त्विक उपहार हुन् अध्यात्मविषयक पुस्तक, आध्यात्मिक उपचारको साधन जस्तै SSRF को घूप, सात्त्विक पदार्थबाट निर्मित जप माला, ईश्वरको नामजपको CD इत्यादि । सात्त्विक उपहार प्रायः व्यक्तिमा अन्तर्मुखता बढाउँछ जुन आध्यात्मिक उन्नतिको लागि आवश्यक हुन्छ । राजसिक एवं तामसिक उपहार प्रायः व्यक्तिको ध्यान बाह्य जगतमा केन्द्रित गर्नमा वृद्धि गर्छ एवं उनीलार्इ आध्यात्मिक उन्नतिको विचारबाट टाढा राख्छ ।

यहाँसम्म कि उपहारलार्इ लपेट्न प्रयोग गरिने बस्तु (wrapping) एवं सजावट उपहारको सात्त्विक अथवा तामसिक प्रकृति वृद्धि गर्न सक्छ। । उदाहरणको लागि:

  • लपेट्न प्रयोग गरिने कागज (wrapping paper) को रङ्गको सम्बन्धमा
    • पहेलो, श्वेत, नीले रङ्ग अधिक सात्त्विक हुन्छ ।
    • रातो, गुलाबी एवं खैरो राजसिक
    • हरियो एवं रातो रङ्ग रज-तमप्रधान
    • कालो एवं भूरा तामसिक हुन्छ
  • प्रयुक्त कागजको रचना सम्बन्धमा, कृत्रिम सामग्रिको तुलनामा प्राकृतिक सामग्रि अधिक सात्त्विक हुन्छ ।
  • सजावट सम्बन्धमा, तल दिएको चित्रमा हामी तपार्इलार्इ उपहारमा प्रयोग हुने सजावटको दुर्इटा नमूना देखाउँछौं । प्रत्येकलार्इ एक मिनटको लागि हेरिरहनुहोस् एवं महसुस गर्नुहोस् तपार्इलार्इ कस्तो अनुभव हुन्छ अनि कुन सजावट तपार्इलार्इ अधिक सात्त्विक लाग्छ । उत्तर यस लेखको अन्तिमा दिएको छ ।

उपहार दिने एवं लिने एक आध्यात्मिक परिप्रेक्ष्य

कृपया सन्दर्भको लागि खण्ड – तीन सूक्ष्म मूलभूत तत्व एवं हाम्रो जीवन शैली  पढ्नुहोस्

४. लेन देन को हिसाबको मात्रा के ले निर्धारित गर्छ ?

यसको मुख्य पक्ष यो हो कि उपहार दिने व्यक्ति कति प्रतिशत धन प्राप्तकर्तालार्इ प्रदान गर्छ, यसैले तिनीहरु बीच निर्मित भएको लेन देनको मात्रा निर्धारित हुन्छ ।

निम्न रेखाचित्र यो वर्णन गर्छ कि, कुनै व्यक्ति द्वारा कुनै अन्यलार्इ उपहारस्वरूप दिएको धनको मात्राले उनीहरु बीच लेन-देन को मात्रा निर्धारण कुन प्रकार हुन्छ ।

उपहार दिने एवं लिने एक आध्यात्मिक परिप्रेक्ष्य

प्रायः हामी सबै विकसित छैटौं इन्द्रियले युक्त हुँदैन्न् । यस कारण हामी कहिले पनि जान्दैनौं कि हामी कुनै नयाँ लेन-देन निर्माण गरिरहेका छौं अथवा पुरानो पूरा गरिरहेका छौं । अतः हामले पुण्य अथवा पापको पक्षहरुमा अधिक ध्यान केन्द्रित गर्न आवश्यकता हुन्छ । पुर्ण्याजन एवं पार्पाजन दुर्इ महत्वपूर्ण पक्षहरुमा निर्भर गर्छ :

उपहारको प्रकार अनुसार, जस्तै सात्विक, राजसिक अथवा तामसिक, उपहार दिने व्यक्ति पुण्य अथवा पार्पाजन गर्छ । यो उपहार दिदा उत्पन्न हुने लेन – देन भन्दा अलग छ ।

१. उपहार दिनुको उद्देश्य : यदि उपहार दिनुको उद्देश्य अन्य व्यक्तिको आध्यात्मिक उन्नति हो, भने कुनै लेन-देन निर्माण  हुँदैन । यस प्रकारको उपहारको उदाहरण अध्यात्म विषयक पुस्तक हुन्छ जुन साधनाको छः मूलभूत सिद्धान्त अनुरूप हुन्छ, जुन प्रत्यक्ष आध्यत्मिक उन्नतिमा योगदान दिन्छ । कुनै उद्देश्यले दिएको उपहार को परिणाम लेन देनको निर्माण अथवा त्यसलार्इ भोग्नु पर्ने रूपमा हुन्छ । यहाँ, कुनै पुण्य अथवा पार्पाजन हुँदैन । यद्यपि, यस्तो उपहार दिएर व्यक्ति आध्यात्मिक रूपले उन्नत हुनेछ ।

२. दिएको उपहारको प्रकार : सात्त्विक उपहार जस्तौ देवताको सात्त्विक चित्र जुन आध्यात्मिक उन्नतिमा आवश्यक योगदान गर्दैन, यसको परिणाम पुण्यार्जनको स्वरूपमा हुन्छ । यस्तो यस कारण कि अध्यात्मविषयक पुस्तक समान, देवताको चित्र व्यक्तिलार्इ साधना एवं तत्पश्चात उनको आध्यात्मिक उन्नति हुनको लागि अगाडिको चरणको मार्गदर्शन गर्न सक्दैन । तुलनात्मक स्तरमा, यो +३० हुन्छ ।

राजसिक उपहार जस्तै वस्त्र, सुगन्ध, उपन्यास, इलेक्ट्रोनिक खेल, आदिले पापार्जन हुन्छन् । तुलनात्मक स्तरमा, यसले -१० पापार्जन हुन्छ ।

तामसिक उपहार जस्तै मदिरा, तेज़ स्वरमा सङ्गीत (हेवी मेटल म्यूजिक) आदिले पापार्जन हुन्छन् । तुलनात्मक स्तरमा, यसले -३० पापार्जन हुन्छ ।

५. सर्वोच्च उपहार के हो ?

सर्वोच्च उपहार, एउटा व्यक्तिलार्इ ईश्वर द्वारा दिन सकिन्छ । त्यो उपहार जीवन हो, जसमा व्यक्ति साधना (छः मूलभूत सिद्धान्त अनुसार) गर्ने अवसर प्राप्त गर्छ एवं ईश्वरको कृपा सम्पादित गर्छ ।

साधकको दृष्टिकोण बाट, गुरु को कृपा सर्वोच्च उपहार हो, यसले उनलार्इ ईश्वर प्राप्तिको पथमा अगाडि लिएर जान्छ जुन उनको जीवनको मूल उद्देश्य हो ।

सजावटको गाठो (bow) मा गरिएको सूक्ष्म-प्रयोगको उत्तर : सजावट ‘अ’ सजावट ‘आ’ भन्दा अधिक सात्त्विक छ ।