आत्मजागरूकता व्यक्तित्व विकासको पहिलो चरण हो
विषयसूची
- आत्मजागरूकता व्यक्तित्व विकासको पहिलो चरण हो
- १. आत्माजागरुकताको महत्वको प्रस्तावना
- २. आत्मजागरूकता के हो ?
- ३. आत्मजागरूकता कसरी बढाउने – स्वयंको निरीक्षण गरेर
- ४. आत्मजागरूकता कसरी बढाउने – कसैले हामीलाई अभिप्राय दिन्छन् अथवा हाम्रो गल्ती बताउँछन्
- ५. आत्मजागरूकतालाई कसरी बढाउने – अरुको गल्ती निरीक्षण गर्ने र त्यपछि चिन्तन
- ६. हाम्रो सपनाले पनि हाम्रो बारेमा धेरै कुरा भन्न सक्छ
- ७. सारांश
१. आत्माजागरुकताको महत्वको प्रस्तावना
हाम्रो पहिलाको खण्डमा, महत्वपूर्ण पृष्ठभूमि, मानिसको व्यक्तित्व के ले बन्छ र स्वाभावदोषले कसरी एक मानवको रुपमा विकास हुने क्षमता कम गर्दछ यी बिषयहरुमा छलफल गर्यौं । हामी दुखी हुने सर्वाधिक प्रमुख कारण हाम्रो स्वभाव दोष हो । यदि प्रारब्धको कारण कसैले कष्ट भोग्नु पर्छ भने, त्यो व्यक्तिको स्वभाव दोषले उसलाई दुखी बनाउन महत्त्वपूर्ण भूमिका खेल्दछ । अझै अधिक महत्त्वपूर्ण कुरा, यदि कोही साँच्चिकै आध्यात्मिक विकासको खोजीमा हुनुहुन्छ भने स्वाभावदोषले गम्भिर रुपमा आध्यात्मिक विकासमा रोक पुराउँछ चाहे कुनै पनि आध्यात्मिक मार्गबाट अगाडि बढि रहनु भएको छ । जब व्यक्ति राम्रो मानसिक स्वास्थ्य तथा स्थिरता (अर्थात, कम स्वभाव दोष) अनुभव गर्दछ तब तीव्र आध्यात्मिक प्रगति गर्न सजिलो हुन्छ र साधनाको माध्यमद्वारा आदर्श व्यक्तित्व प्राप्त गर्न सकिन्छ ।
२. आत्मजागरूकता के हो ?
आत्म सुधार, व्यक्तिगत विकास अथवा आध्यात्मिक प्रगतिको उच्च लक्ष्यलाई प्राप्त गर्न समर्पित व्यक्तिको लागि स्वयंलाई बुझ्न आवश्यक हुन्छ । यो किन हुन्छ भने व्यक्ति स्वयंको कमिहरुलाई बूजे पछि मात्रै उसले त्यसमा सुधार गर्नको लागि आफ्नो ध्यान एकाग्र गर्न सक्छ ।
आत्मजागरूकताको परिभाषा :
- आत्मजागरूकता एउटा यस्तो क्षमता हो, जसले व्यक्ति आफ्नो आत्मविश्लेषण गर्न सक्छ ।
- यसमा आफ्नो क्षमता, गुण, कमि, दोष, धारणा, विचार, विश्वास, आदर्श, प्रतिसाद, प्रतिक्रिया, मनोवृत्ति, भावना तथा प्रेरणा बुझ्ने सम्मिलित हुन्छ ।
- यस प्रकार आत्मविश्लेषणमा व्यक्ति अरुद्वारा कसरी बुझिएको छ यो पनि सम्मिलित हुन्छ, तथा
- व्यक्तिको व्यवहार, प्रतिक्रिया तथा आचरणको आधारमा अन्य व्यक्ति उबाट कुन प्रकारले प्रभावित हुन्छ ।
मनोवैज्ञानिक आत्मजागरूकतालाई प्रायः दुई प्रकारमा विभाजित गर्दछ, सार्वजनिक अथवा निजी ।
१. सार्वजनिक आत्मजागरूकता : यो प्रकार तब प्रदर्शित हुन्छ जब व्यक्तिलाई भान हुन्छ कि उ अरु व्यक्तिहरुको अगाडी कस्तो देखिन्छ । सार्वजनिक आत्मजागरूकता प्रायः त्यो परिस्थितिमा देखा पर्दछ, जब व्यक्ति ध्यानको केन्द्र बन्दछ, जस्तौ प्रस्तुतीकारण दिई रहदा वा साथीहरुको समुहमा कुरा गर्दा । यो प्रकारको आत्मजागरूकता प्रायः व्यक्तिलाई सामजिक नियमहरु पालन गर्न बाध्य गर्दछ । जब हामीलाई भान हुन्छ कि कसैले हामीलाई हेरी रहेको छ, हाम्रो मूल्यांकन गरिरहेको छ, तब हामी प्रायः सामाजिक रूपले स्वीकार्य तथा इच्छित आचरण गर्नको लागि प्रयास गर्दछौं । संक्षेपमा, हामी हाम्रो सर्वोत्तम आचरण दर्शाउछौं, जुन सम्भवतः हाम्रो वास्तविक व्यक्तित्वको प्रतिबिम्ब हुँदैन। सार्वजनिक आत्मजागरूकतले ‘मूल्यांकन चिन्ता’ निम्त्याउन सक्छ, यसले व्यक्ति तनावग्रस्त, उत्सुक वा चिन्तित हुन जान्छ कि अन्य व्यक्तिले उनलाई कसरी बुझ्दछ ।
२. निजी आत्मजागरूकता : यो तब हुन्छ, जब व्यक्ति स्वयंको केहि पक्षहरुसँग सचेत हुन्छ; तर केवल निजी स्तरमा । उदाहरणको लागि, आफ्नो अनुहार ऐनामा हेर्नु निजी आत्मजागरूकताको एउटा प्रकार हो । जब कुनै महत्त्वपूर्ण परीक्षाको लागि अध्ययन गर्न भूलेपछि पेट दुख्न थाल्छ अथवा तपाई जसलाई मन पराउनु हुन्छ, उसलाई देखेपछि हृदयमा भावनाहरु उठेको भान हुनु पनि आत्मजागरूकताको राम्रो उदाहरण हो । आफ्नो परिवारको व्यक्ति तथा मित्र हाम्रो व्यक्तिगत जीवनको केहि पक्षहरुसँग परिचित हुन्छन् किनभने हामी उनको अगाडी जस्तो छौं त्यसरी नै प्रस्तुत हुन्छौं । त्यसैले, हामीलाई सहायता गर्न र मूल्यांकन गर्न उनीहरुले महत्वपूर्ण योगदान दिन्छन् ।
जसरी हामी स्वयंको बारेमा तथा अरुले हामीलाई कसरी जान्छन्, यो अधिक जान्ने प्रयास गर्छौं, हामी आफ्नो गुण विशेषताहरुको धेरै पक्षहरुलाई राम्रो सँग बुझ्न सक्छौं । त्यसैले हामी आफ्नो स्वभाव दोष हटाउनको लागि राम्रो स्थितिमा हुन्छौं तथा हाम्रो शक्ति केमा छ, यो बुझ्न सक्छौं । अगाडिको अनुच्छेदमा, हामी स्वयंमा आत्म जागरूकता बढाउनको लागि केहि मार्ग हेर्नेछौं ।
३. आत्मजागरूकता कसरी बढाउने – स्वयंको निरीक्षण गरेर
आफ्नो व्यक्तित्व बुझ्नको लागि हामीले आफ्नो मनको प्रकृतिलाई बुझ्न आवश्यक हुन्छ । मन दुई भाग मिलेर बनेको हुन्छ – चेतन मन तथा अवचेतन मन । अवचेतन मन विशाल हुन्छ र यसमा विद्यमान संस्कारहरुलाई खोज्न तथा त्यसको विश्लेषण गर्न सरल हुँदैन । दिनमा प्रायः धेरै पटक मन विस्फोट हुन्छ र केहि घटनाहरु तथा परिस्थितिमा नकारात्मक प्रतिक्रिया दिन्छौं । परिणामस्वरूप व्यक्ति केहि मात्रामा अस्वस्थता र भावनाहरु जस्तै असुरक्षा, डर अथवा क्रोध अनुभव गर्दछ । हामी मध्ये धेरैले दैनिक जीवनमा केही समय रोकेर आत्मविश्लेषण गर्दैनौं की हाम्रो मनमा त्यो परिस्थितिमा त्यस्तो भावना किन आयो । वास्तवमा, व्यक्तिको दैनिक जीवनको परिस्थितिमा मनको स्थिति तथा घटना माथि नकारात्मक ढङ्गले प्रतिक्रिया दिएको माध्यमबाट व्यक्तिको प्रकृतिको बारेमा जान्नको लागि संक्षिप्त जानकारी प्राप्त हुन्छ । यदि कोही आफ्नो दृष्टिकोण प्रति सतर्क तथा उद्देश्य केन्द्रित हुन्छ भने, मनमा खुलेको झ्यालबाट मार्ग पछयाउन सक्नुहुन्छ । परिणामस्वरूप, यो प्रक्रियाद्वारा व्यक्ति अधिक आत्मजागरूक हुन थाल्दछ कि उनको मन कसरी कार्य गर्छ तथा विभिन्न परिस्थितिहरुमा मनले कस्तो प्रतिक्रिया दिन्छ । यसलाई मेटाकग्निशन भनिन्छ, जसको अर्थ हो आफ्नो विचार प्रक्रियाको भान हुनु तथा बुझ्नु । यो विशिष्ट प्रकारको स्व-विकास आफ्नो देह तथा मानसिक स्थिति प्रति भान हुने जसमा विचार, कृत्य, धारणा, अनुभव तथा अरुको साथ कुराकानी सम्मिलित हुन्छ । त्यसैले यो नकारात्मक भावना तथा प्रतिक्रियाबाट निस्किनको लागि पहिलो चरण हो ।
व्यक्ति सामान्यतः अवचेतन मनमा स्वभाव दोषको संस्कारको कारणनै परिस्थिति तथा घटनामा नकारात्मक ढङ्गले प्रतिक्रिया दिन्छ ।
एउटा उदाहरण हेर्यैं, एनेटको मालिकले जब उसको सहकर्मीको प्रशंसा गर्नु भयो तब उनि व्याकुल हुन थालिन् । उसले त्यो घटनालाई दिन भरि सोचन थालिन जसले उसको व्याकुलता अझै बढ्न थाल्यो । उनी नकारात्मक विचारहरुमा डुबेकी थिईन, मैले जति परिश्रम गरे पनि ममाथि कहिले ध्यान जादैन । संक्षेपमा, एनेटको दिन राम्रो गएन । राम्रो निन्द्रा उपरांत उनले यो बिषयलाई बिर्से र आफ्नो दैनिक जीवनमा व्यस्त हुन थालिन । वैकल्पिक रुपमा, यदि एनेटले आफ्नो व्याकुलताको भावना प्रति सतर्क भएको भए तथा आत्मविश्लेषण गरेको भए, किन उसलाई त्यस्तो लाग्यो तब उसले आफ्नो मन भित्र हेर्न र बुझ्न सक्थिन कि कुन स्वभाव दोष प्रकट भयो, जसको कारण उनि व्याकुल भईन । त्यसपछि, उसले भविष्यमा यस्तो घटनाको कारण हुने व्याकुलतालाई हटाउन सक्छिन र अधिक समाधान उन्मुख हुन सक्छिन् ।
जसरी एनेट त्यस्तो परिस्थितिमा आफ्नो विचार तथा भावनाको आत्मविश्लेषण गर्न अधिक सत्तर्क हुन थालछिन्, तब उनी आत्मजागरूक हुने अगिलो चरणमा जान्छिन् । उदाहरणको लागि,
- उसलाई भान हुनु भन्दा अगाडी कति समयसम्म व्याकुलता भयो ?
- के उनी त्यसमाथि रोक लगाउनमा सक्षम हुन सक्छिन् तथा व्याकुलताको विचारलाई नियन्त्रित गर्न सक्छिन् ?
- के उ स्वयंको बारेमा तथा आफ्नो स्वभाव दोष अधिक बुझ्नको लागि र अझ गहराईमा जानको लागि प्रयास गर्छिन ?
- यस प्रकारको व्याकुलता कहाँ उत्पन्न हुन्छ र यसमा को सम्मिलित छन् ?
४. आत्मजागरूकता कसरी बढाउने – कसैले हामीलाई अभिप्राय दिन्छन् अथवा हाम्रो गल्ती बताउँछन्
“राउल संगीतको स्वरलाई कम गर” राउलको बाबाले चिचाउदै भन्नु भयो । ‘‘यो घरमा तिमीसँग बस्दा एक क्षणको पनि शान्ति छैन, जहिले पनि ठुलो स्वरमा संगीत चलिरहेको हुन्छ ।’’ राउल मनमनै चिढचिढ हुँदै तथा क्रोधसँग संगीतको ध्वनिलाई सानो गर्छ ।
अन्य व्यक्तिबाट आफ्नो कृत्य तथा आफ्नो जीवनको बारेमा नकारात्मक अभिप्राय सुन्नु कहिले पनि सरल हुँदैन । यस्तो समयमा, उनीहरु मलाई किन बुझ्न सक्दैनन्, म त्यस्तो त छैन तथा म यसको बारेमा सुन्न चाहदिन यस्तो विचार प्रायः हाम्रो मनमा आउँछन् ।
मानौ राउल थोरै समय रोकेर परिस्थितिलाई वस्तुगत रुपमा हेर्यो: उसले सायद एक वा दुई चीज जान्ने थियो । जब अरु व्यक्ति हामीलाई हाम्रो बारेमा आफ्नो विचार भन्दछन्, त्यो जतिनै कठोर किन न होस्, यसले हामीलाई यो कुराको संकेत दिन्छ की हामी अन्य व्यक्तिद्वारा कुन प्रकारले बुझेका छौं । यदि कसैलाई हाम्रो कृत्यले कष्ट हुन्छ भने, उसको कारण प्रमुखताले हाम्रो स्वभाव दोषनै हुन्छ जसको कारण हामीबाट भएको कृत्यले अन्यलाई दुष्प्रभावित गर्दछ ।
५. आत्मजागरूकतालाई कसरी बढाउने – अरुको गल्ती निरीक्षण गर्ने र त्यपछि चिन्तन
जेरेमी तथा रूथ घरको कामहरु लिएर वाद-विवाद गर्दै थिए । रूथ भनि रहेकि दिइन् जेरेमी घरमा पर्याप्त सहायता गर्दैन जबकि जेरेमी घरको काम समयमा नगर्नुको कारणहरु दिईरहेको थियो । जब उनीहरुको मित्र मार्कले तिनीहरुको बहस सुने, उसलाई भान भयो कि उ पनि जेरेमी जस्तै छ । एउटा तेस्रो व्यक्तिको रूपमा तथा भावनात्मक रूपमा सम्मिलित नभई, मार्क तटस्थतासँग देख्न सके कि जेरेमीको बहाना बचपना र तर्कहीन थियो र त्यसले श्रीमती रूथलाई क्रोधित बनाई रहेको थियो । यस्तो परिणाम देखेपछि, मार्कले मनमानै आफ्नो आलस्य हटाउन र आफ्नी श्रीमतीलाई घरमा कुनै बहाना नबनाई सहयोग गर्ने संकल्प गरे ।
यो एउटा उदाहरण हो कि कसरी कुनै परिस्थिति, जसमा अरु व्यक्तिहरु सम्मिलित भएको देखेर स्वयंको बारेमा एउटा ठुलो सिक लिन सकिन्छ । जुन परिस्थितिमा व्यक्ति स्वयं भावनात्मक रुपमा लिप्त छैन, त्यसमा अधिक तटस्थ हुन्छ र सिक्ने क्षमता अधिक हुन्छ ।
६. हाम्रो सपनाले पनि हाम्रो बारेमा धेरै कुरा भन्न सक्छ
कहिलेकाँही हाम्रो अवचेतन मनमा विद्यमान दृढ संस्कार सपनामा यो सीमासम्म आउछ कि हामी त्यो सपना स्मरण राख्न सक्छौं र हाम्रो मन बारे सिक्न पनि सक्छौं ।
एउटा साधिकालाई सपना आयो कि उनी भाषणको लागि मञ्चमा जानु अघि डर अनुभव गरिरहेको थियो । उनी पसिना-पसिना भएर उठे र एक घण्टासम्म सुत्न सकेन । यस प्रकारको सपनाको महत्त्व आत्मविश्लेषण गर्नको लागि अनमोल हुन्छ । किनभने यसले हाम्रो अवचेतन मनको भित्रको गहिरो संस्कार र सूक्ष्म दुर्बलता माथि प्रकाश दिन सक्छ ।
७. सारांश
- आत्मजागरूक हुनु स्वभाव दोष निर्मूलनको लागि पहिलो चरण हो ।
- आफ्नो गल्तीलाई निरीक्षण गरेर, अरुसँग स्वयंको बारेमा अभिप्राय सोधेर, अरुको गल्तीको निरीक्षण तटस्थताले गर्नु तथा केहि सपनाको माध्यमद्वारा आत्मजागरूकता निर्मित गर्न सकिन्छ ।
- जब कोही भावनात्मक रूपले अस्थिर, व्याकुल अथवा उदास हुन्छ, तब गहिराई देखि आत्मविश्लेषण गर्न हेतु सतर्क हुनु पर्छ किन भने यस्तो समयमा जुन स्वभाव दोष प्रकट भई रहेको छ त्यसको सन्दर्भमा सहज जानकारी मिल्दछ ।
- हामी आफ्नो बारेमा सिक्नको लागि तत्पर हुनु पर्छ तथा अरुसँग आफ्नो बारेमा अभिप्राय लिनको लागि साहस गर्नुपर्छ । यसले हामी तटस्थ भएर आफ्नो गल्तीको निरीक्षण गर्न सक्छौं तथा राम्रो परिवर्तनको लागि व्यावहारिक समाधान खोज्न सक्छौं ।