स्वाभाव दोष विरुद्ध स्वाभावगत गुण

स्वाभाव दोष विरुद्ध स्वाभावगत गुण

. वांछित विशेषता विरुद्ध अवांछित विशेषता

पहिलको ट्युटोरियलमा हामीले हेर्यौं कि अधिकतर व्यक्तिमा बीस देखि तीस प्रमुख गुणहरुले कसरी उनको मुख्य स्वभाव बनाउँछ ।
यस विशेषतालार्इ दुर्इ श्रेणिमा बाड्न सकिन्छ :

१. वांछित (सद्गुण) विशेषता : जस्तै परिश्रम गर्ने, ईमानदारी तथा सत्यनिष्ठता

२. अवांछित (अवगुण, दोष) विशेषता : जस्तै झूठ बोल्ने, हठ गर्ने

वांछित विशेषतालार्इ सद्गुण भन्दछ अनि अवांछित विशेषतालार्इ स्वभावदोष । विशेषतालार्इ यी दुर्इ वर्गमा बाडिएको छ । सद्गुणबाट कुशलक्षेम आउँछ अनि यसले व्यक्ति तथा उनको पररस्पर सम्बन्धमा पूर्णतः सकारात्मक प्रभाव पर्दछ । अर्कोतर्फ जसमा दोष हुन्छ, उनलार्इ तथा उनीसँग सम्बन्धितलार्इ मानसिक कष्ट हुन्छ ।

. स्वभाव दोष तथा गुणको विश्लेषण गर्ने

एक अध्ययनले भन्छ कि अंग्रेजी भाषामा लगभग अठारह हजार शब्द छन्, जुन व्यवहारको विविध रूपलार्इ दर्शाउदछ । त्यस मध्य हामीले १०० सामान्य मुख्य दुर्गुणों (प्रकार १) को चयन गर्यौं अनि त्यहिसँग सम्बन्धित १०० सद्गुणका (प्रकार २) को चयन गर्यौं । हाम्रो स्वभावदोष निर्मूलन खण्डमा तपार्इले यो सूची पाउन सक्नुहुन्छ, जसले तपार्इ आफ्नो विश्लेषण स्वयं गर्न सक्नुहुन्छ । सामान्यतः प्रकार १ मा सामान्य दृष्टिकोणले अवांछित विशेषताहरु छन् । जबकि प्रकार २ मा वांछित विशेषताहरु सम्मिलित छन्, उदाहरणको लागि प्रकार १ मा अशिष्टता को लागि सम्बन्धित वांछित विशेषता प्रकार २ मा विनम्रता छ । व्यक्तिको वांछित विशेषताहरु थाहा हुनाले उनको शक्तिको स्रोतको ज्ञान हुन्छ, जसको सहायताले उनी आफ्नो समस्याहरुमा विजय प्राप्त गर्न सम्भव हुन सक्छ । वांछित विशेषताहरु थाहा हुनाले व्यक्ति जुन समस्यामा छ त्यति बेला उनको स्वाभिमान जागृत गर्नमा मद्धत गर्दछ ।

. केहि अपवाद

ध्यानमा राख्नको लागि अन्य सूत्र पनि छ, जसले हामीले पहिला उल्लेख गरेको कुरालार्इ कमजोर पार्दैन । प्रत्येक व्यक्तिको सन्दर्भमा विशेषता वांछित छ अथवा अवांछित, यो भिन्न हुन सक्छ, जस्तै आज्ञाकारिता, विनम्रता, उग्र नहुने इत्यादि एउटा सेवकको लागि वांछित विशेषता हुन सक्छ; तर यदि कोहि कुनै कम्पनीको मुख्य कार्यकारी अधिकारी (सीईओ) हो, भने यो गुण उसको लागि अवांछित विशेषता बुझ्न सक्छौं । अधिकतर व्यक्तिको लागि शंकालु वृत्ति एक अवांछित विशेषता हुन सक्छ; तर अपराधिक विभागमा जोडिएको अधिकारीको लागि यो वांछित विशेषता हुन जान्छ ।