भूतद्वारा आविष्ट हुनुको कारण उत्पन्न भएको उदासीनता हटाउने

SSRF द्वारा प्रकाशित प्रकारण-अध्ययन (case study) को मूल उद्देश्य, शारीरिक अथवा मानसिक समस्याको विषयमा पाठकलाई दिशादर्शन गर्नु हो, जसको मूल कारण आध्यात्मिक हुन सक्छ । जब समस्याको मूल कारण आध्यात्मिक प्रकृतिमा छ भने हामीले थाहा पायौं की आध्यात्मिक उपचारको समावेशीकरणले सामान्यतया राम्रो परिणाम दिन्छ । SSRF ले पारम्परिक चिकित्साको उपचारलाई निरन्तरता दिदै शारीरिक र मानसिक रोगको उपचारको लागि आध्यात्मिक उपचारको सल्लाह दिन्छ । पाठकहरूलाई उनीहरूको विवेक अनुसार कुनै पनि आध्यात्मिक उपचारको उपायहरु अपनाउन सुझाव  छ ।

१. प्रकरण

एलिजाबेथ २७ बर्षको सफल युवती हुन्, जसले अनुसन्धान र विकासको पेशामा राम्रो सफलता हासिल गरेकी छिन् । उनको जीवनभरि उनले लगभग एक वर्षमा ६ पटक हल्का देखि मध्यम स्तरको मान्सिक चिन्ताको अनुभव गर्दछ । उदासिनताको लागि ऊसँग कुनै स्पष्टीकरण थिएन । तल उनको आफ्नै शब्दमा, उनले सामना गरिरहेको उदासीनताको विवरण यस प्रकार छ ।

“म धेरै राम्रो परिवारबाट आएकी हुँ । मेरो आमाबुबाले मलाई सानै उमेरदेखिनै आत्मनिर्भर बन्न सिकाउनु भएको थियो ताकि म उहाँहरुमा धेरै निर्भर नहोस् । जब म पढिरहेको थिएँ उहाँहरूले मलाई प्रभावित गर्नु भयो की म जे गर्दैछु, म आफ्नो लागिनै गर्दैछु । यो कुराले मलाई जिम्मेवार हुन सिकायो । नतिजास्वरूप मैले स्कूलको परिक्षाहरुमा हासिल गरेको अंक सधै औसतभन्दा अधिक नै हुन्थ्यो ।”

“मैले मेरो अध्ययनको क्रममा काम गर्न शुरू गरें र यी दुई दायित्वहरू एकसाथ सजिलोसँग गर्न सकें । मैले मेरो काममा पनि उत्कृष्टता प्रदर्शन गरेर चाँडै स्थायी भूमिकाको प्रस्ताव पाएँ । म आर्थिक रूपमा स्वतन्त्र भएपछि, म भाषाहरुमा आफ्नो सीप बढाउने, असामान्य खेल र यात्रामा धेरै रुचि राख्न सक्षम भए । यद्यपि बाहिरी रूपमा मैले सफल छवि प्रक्षेपित गरे पनि, आन्तरिक रूपमा म उदासीनताको शिकार भईरहेको थिए, जसले मलाई एक पटकमा लगभग ६ हप्ताको अवधिसम्म एक वर्षमा कम्तिमा ६ पटक प्रभावित गर्दथ्यो । जब मैले मान्सिक चिन्ता किन भयो भनेर आत्मनिरीक्षण गर्दा, मैले केहि प्रकारणहरुमा मात्र यसको कारण थाहा पाउन सक्षम भएँ । साथै केहि प्रकारणहरुमा, मेरो जीवनमा भएका घटनाहरूले मलाई धेरै हदसम्म प्रभाव पार्दथ्यो । उदाहरणको लागी, मेरो विद्यालयीन जीवनमा मेरा साथीहरुले मसँग कुनै स्पष्ट कारण बिनानै धेरै महिनासम्म मसित कुरा गर्दैन्थ्यो । अर्को उदाहरण यो थियो कि मेरो प्रेमीले मलाई छोडेको कारण मैले आठ महिना भन्दा बढि मान्सिक चिन्ता भोगनु पर्यो । अर्को अवस्थामा, मान्सिक चिन्ताको कारण काममा मेरो हाकिम कस्तो हुनु पर्ने भन्ने अपेक्षाको कारण थियो । मलाई धेरै मान्सिक चिन्ताहरु सामना गर्ने बानी भएको थियो, जहाँ प्रायजसो अवस्थाहरुमा मलाई त्यसको कारणहरू थाहा हुँदैन थियो । जे होस् मेरो जीवनमा सबै कुरा भए पनि, मैले महसुस गरें कि केहि कुरा त पूर्ण छैन किनभने म उदासिनताबाट पीडित छु ।”

एक दिन, मेरो एउटा साथीले मलाई स्पिरिच्युअल साइन्स रिसर्च फाउंडेशन (SSRF) सँग परिचय गराई दियो जसको मार्गदर्शनमा उनी साधना (आध्यात्मिक अभ्यास) गरिरहेकी थिईन् । त्यहाँ आध्यात्ममा सिकाइएका अवधारणाहरू वास्तवमै विश्वव्यापी थिए र यो कुरा मेरो लागि आकर्षक थियो । मैले पनि आफ्नो साधना सुरु गरें र त्यसको लगत्तै मे २००२ मा, म मेरो साथीसँग भारतको गोवामा सएसआरएफ आश्रममा अध्यात्म बारे सिकनको लागि गएँ, तर मलाई यो कुरा थाहा थिएन कि उहाँहरुले मलाई मेरो उदासीनताको बारेमा उत्तर दिनु हुनेछ ।

२. आध्यात्मिक निदान

जब एलिजाबेथ आश्रममा आइपुगीन, एक उच्च स्तरको सन्तद्वारा आध्यात्मिक निदान र आध्यात्मिक उपचार सत्रमा उपस्थित हुने अवसर प्राप्त भयो । त्यसपछि, एलिजाबेथले भनिन्, “गोवामा आध्यात्मिक निदान र उपचार सत्रको क्रममा, मलाई थाहा भयो कि म अनिष्ट शक्ति (भूत, पिशाच, नकारात्मक ऊर्जा आदि)  द्वारा आविष्ट छुँ, जुन उपचार सत्रको समय दृश्यात्म रुपमा प्रकट हुन थाल्यो । पहिलो पटक मलाई यो पनि सचेत गराइयो कि मलाई आविष्ट (कबजा) गरेको अनिष्ट शक्ति (भूत, पिशाच नकारात्मक ऊर्जा आदि) मेरो अज्ञात उदासीनताको कारण हो ।”

यो निदान र उपचार सत्रको समयमा खिचेको एलिजाबेथको तस्वीर हो । ध्यान दिनुहोस् यसमा अनौंठो ‘चिउंडो माथि, मुख खुल्ला’ मुद्रा एलिजाबेथको व्यवहार भन्दा धेरै भिन्न छ ।

भूतद्वारा आविष्ट हुनुको कारण उत्पन्न भएको उदासीनता हटाउने

यो आध्यात्मिक निदान सत्र पछि मात्र एलिजाबेथमा भएको अनिष्ट शक्ति (भूत, पिशाच, नकारात्मक ऊर्जा आदि) प्रकट हुन थाल्यो । त्यतिबेला सम्म यो समस्या निराशाको रूपमा मात्र देखिन्थ्यो ।

“प्रकटीकरणको समय मलाई मेरो छाती र घाँटीको क्षेत्रमा फुलेको महसुस हुन्थ्यो, (पछि मैले थाहा पाए कि ती स्थानहरुमा नाग अर्थात अनिष्ट शक्ति (भूत, पिशाच, नकारात्मक ऊर्जा आदि) ले आफ्नो स्थान बनाएका छन्) । मेरो मुख त्यस समय अधिक खुल्ला रहन्थ्यो र केहि शक्ति मेरो मुखबाट बोल्दथ्यो । यी सबै लक्षणहरू घट्दथ्यो जब मेरो प्रकटीकरण रोकिन्थ्यो ।

वास्तवमा एलिजाबेथको मानसिक अशान्तिको मूल कारण के थियो ?

SSRF को सूक्ष्म सम्वेदन विभागमा यस्तो साधकहरु छन्, जसमा सूक्ष्म विश्व देख्न सक्ने क्षमता छन् एवं सूक्ष्म विश्वको चित्र (सूक्ष्म चित्र) बनाउन सक्छन् । साथै आध्यात्मिक उपचार पनि बताउन सक्छन् । यस विभागका केहि साधकहरूलाई ईश्वरीय ज्ञान प्राप्त हुन्छन् तथा केहि साधक ईश्वरीय कलाको मार्ग अपनाउँछन् । SSRF को अनुसन्धान गतिविधि मुख्यतया यो विभागबाट गरिन्छ ।

अध्यात्मशास्त्र अनुसार कुनै पनि समस्या या बिरामीको आध्यात्मिक कारणहरुको दुई पक्षहरु हुन्छन्:

  1. सामान्यत: यो तम घटकमा बृद्धिको साथ सत्व गुणको कमिको कारणले हुन्छ । (तीन सूक्ष्म तत्वहरूको  बारेमा थप पढ्नुहोस्) ।

  2. अधिक विशिष्ट स्तरमा हेर्ने हो भने, यो एउटा विशिष्ट कारक, जस्तै विशेष अनिष्ट शक्ति (भूत, प्रेत, पिशाच आदि) को आक्रमणको कारणले हुन्छ ।

SSRF को सूक्ष्म-विभाग को एउटा साधिक, सुश्री अनुराधा वाडेकरले एलिजाबेथको सूक्ष्म निदान सत्रको समय उनको सूक्ष्म परीक्षण गर्यो तथा उनीद्वारा निर्मित सूक्ष्म-ज्ञानमा आधारित चित्र निम्नानुसार छ :

भूतद्वारा आविष्ट हुनुको कारण उत्पन्न भएको उदासीनता हटाउने

यो अनुराधाले वास्तवमा देख्नु भएको सूक्ष्म ज्ञानमा आधारित कम्प्युटर-द्वारा बनाएको रेखाचित्र हो ।

भूतद्वारा आविष्ट हुनुको कारण उत्पन्न भएको उदासीनता हटाउने

सूक्ष्म-ज्ञानमा आधारित चित्र तथा सूक्ष्म-ज्ञान विभागको साधकद्वारा गरिएको सूक्ष्म परीक्षणले एलिजाबेथको मूल समस्या थाहा पायो ।

एउटा सूक्ष्म कालो नाग, एक प्रकारको अनिष्ट शक्ति (भूत, राक्षस, पिशाच आदि) ले एलिजाबेथलाई आविष्ट (कबजा) गरेको थियो । यसले मुटुको केन्द्र (आनाहत-चक्र) र घाँटीको केन्द्र (विशुद्ध चक्र) मा आफ्नो स्थान बनाएको थियो । यसले एलिजाबेथलाई आफ्नो कडा पकडमा समाहित गरेको र उनको मुखबाट प्रसारित भईरहेको कालो उर्जाले एलिजाबेथलाई छोपेको थियो । यसैले एलिजाबेथमा कष्टको लक्षणहरु जस्तै मुख खुल्ला रहने, घाँटी दुख्ने, शारीरिक थकान, आदि देखिन्थ्यो ।

३. आध्यात्मिक उपचार र पुनः ठिक हुने मार्ग

त्यहि पत्ता लगाउने सत्रको समयमा, विभिन्न आध्यात्मिक उपचार पनि प्रदान गर्दथ्यो ।

“जब आध्यात्मिक उपचारहरू लागू गर्दथ्यो, म तुरुन्तै चिचाउन र छटपटाउन थाल्दथे । मैले पछि बुझेँकि यो मभित्र भएको अनिष्ट शक्ति (भूत, राक्षस, राक्षस, पिशाच, आदि) लाई कष्ट हुदथ्यो त्यसकारण अनिष्ट शक्तिहरु छटपटाउन थाल्दथ्यो । प्रकटीकरण एक महिना सम्म कम भयो । ममा प्रकटीकरण फेरि देखा पर्यो भने कुन उपायहरू गर्नुपर्छ भनेर मार्गदर्शन गरियो ।”

सूक्ष्म कालो नागको कारण एलिजाबेथको समस्या गम्भीर र दीर्घकालीन थियो र यसको लागि लामो समयसम्म तीव्र आध्यात्मिक उपचारको आवश्यक्ता पर्दथ्यो । दुर्भाग्यवस समय र जागिरको अवरोधको कारण उसले उपचारहरुलाई बीचमै छाडेर आफ्नो काममा फर्किनु पर्‍यो ।

केहि बर्षहरूमा, अर्थात् जुन २००२ देखि २००५ सम्म प्रकटीकरण समय-समयमा देखा पर्न थाल्यो । सूक्ष्म नागको कहिलेकाँही शारीरिक रूपमा दिनको ८ घण्टा, वा कहिलेकाँही दिनको २४ घण्टासम्म प्रकटिकरण हुदथ्यो । सूक्ष्म नागको बढ्दो प्रकटीकरणको मुख्य कारण थियो एलिजाबेथले साधना (आध्यात्मिक अभ्यास) आरम्भ गर्नु । यसको परिणाम स्वरूप उनी भित्र सत्तव घटक बढेको थियो, सूक्ष्म नागले उनी भित्र अप्ठ्यारो महसुस गरेको कारण प्रकट हुदथ्यो ।

“जून २००२ मा, सूक्ष्म नाग बारम्बार प्रकट भएर मलाई सताउन थाल्यो । म काम गरिरहेको हुनाले, बिहान ९ बजे देखि लिएर बेलुकाको ५ बजे सम्म प्रकटीकरण मेरो लागि अत्यधिक असुविधाजनक र अप्ठ्यारो हुन्थ्यो । साँझ म तुलनात्मक रूपमा आध्यात्मिक रूपमा शुद्ध वातावरणमा हुन्थे, अर्थात् अन्य साधकहरुसँग हुन्थे त्यसैले अझ अधिक प्रकट हुन्थ्यो । यसैले लगभग मेरो सारा दिन  प्रकट भएको कारणले बर्बाद हुन्थ्यो । मैले लगभग मेरो पहिचाननै गुमाइसकेको थिएँ, किनकि मैले मेरो सामान्य प्रकृति भन्दा पूर्ण रूपमा भिन्न व्यवहार गर्दथे ।

“त्यस्तो अवस्थामा मैले अप्रत्याथित रुपमा व्यावसायिक यात्रामा अर्कै देश जानु पर्यो । त्यस समयमा नागले मेरो व्यक्तिगत जीवनमा विभिन्न तरिकाहरूले प्रभाव पारि धेरै समस्याहरूको सिर्जना गर्न थाल्यो । उदाहरणको लागी यदि म विश्रामको समय घूम्न जाने विचार गरे भने, म कहाँ जाने भनेर स्थान निस्चित गर्न सक्दिन थिएँ र नागले नै म काहाँ जाने भनेर निर्णय गर्दथ्यो । पूरा सम्मेलन  म प्रकटीकरणको स्थितिमा चिउंडो माथि राखेर बस्दथे  (अघिल्लो फोटोमा देखाएको जस्तो) । म, अनिष्ट शक्ति (भूत, राक्षस, शैतान, पिशाच, आदि) को प्रभावमा तन्नालाई परिश्रमपूर्वक निश्चित तरिकाले दोबारदथे, शौचालय पनि म विशेष पद्धतिले जान्थे जब मलाई देख्ने कोहि पनि हुँदैन थियो । मेरो जीवनमा मेरो कुनै नियन्त्रण रहेको थिएन । ”

” अगस्त २००२ मा, प्रकटीकरण मेरो साथी र सहकर्मीको समय र ध्यानलाई असर पार्ने गरी नकारात्मक बन्न थाल्यो । कहिलेकाँही प्रकटीकरण आक्रामक, जबरजस्ती र क्रोधले भरिएको हुन्थ्यो , एक या दुई पटक नागले मेरो माध्यमबाट एउटा मित्रलाई शारीरिक चोट पनि पुर्यो । मलाई न त कुनै चासो थियो न त मैले अरूसँग अर्थपूर्ण सम्बन्ध राख्न सक्थें । म बाहिरी संसारबाट पूर्ण रूपमा अलगै रहन्थे । यो झन्डै छ महिनासम्म जारी रह्यो । जब म परिवार या समाजमा भएका व्यक्तिहरूको उपस्थितिमा प्रकटीकरण हुन्थ्यो, ती प्रकटीकरणहरु हल्का हुन्थ्यो । यो प्राय: कुराकानीको रूपमा हुन्थ्यो (मेरो आफ्नै बोल्ने तरिकाबाट यो खासै फरक थिएन) या नाग यो प्रदर्शित गर्ने प्रयत्न गर्दथ्यो कि अरूलाई आर्शिवाद दिन चाहन्छ ।

“२००५ को मे महिनामा मलाई सौभाग्यवश पुन: व्यवसायबाट छुट्टी मिलाएर भारतको आध्यात्मिक उपचार सत्रमा भाग लिन सक्षम भएँ । यस पटकको आध्यात्मिक उपचार पछि, मेरो मानसिक स्थितिमा उल्लेखनीय सुधार देखाइ दियो । मलाई लाग्यो कि विजय हुने मनोभाव म मा जागृत भएको छ । यद्यपि केहि मात्रामा मानसिक कष्ट त्यति बेला पनि व्याप्त थियो, मलाई बोध भयो कि म कष्टलाई पराजित गर्न सिकिरहेको छुँ ।  लामो अवधिसम्म म कष्ट र निराशाबाट मुक्त थिएँ । ”

आध्यात्मिक उपचार सत्रमा एलिजाबेथमा परिवर्तनहरू ल्याउन वास्तवमा के भयो ?

पवित्र छडीबाट आध्यात्मिक उपचार गरिरहँदा, SSRF को सुश्री अनुराधा वाडेकरद्वारा निर्मित सूक्ष्म-ज्ञानमा आधारित चित्रको सन्दर्भ लिदा यो बुझ्न सक्यौं कि आध्यात्मिक उपचार सत्रमा के घटित भयो ।

सूक्ष्म ज्ञानमा आधारित रेखाचित्रलाई हेर्न यहाँ क्लिक गर्नुहोस् ।

यो कम्प्युटरद्वारा चित्रण गरिएको सूक्ष्म ज्ञानमा आधारित चित्र हो जुन हामीले सूक्ष्ममा देख्यौं ।

भूतद्वारा आविष्ट हुनुको कारण उत्पन्न भएको उदासीनता हटाउने

आध्यात्मिक उपचारको बारेमा विवरणहरू:

  • आध्यात्मिक उपचार सत्रमा प्रयोग गरिएको उपकरणहरु मध्य एउटा उपकरण पवित्र छड़ी थियो (जयासमिनबाट बनेको हुनाले यसलाई चमेली  पनि भनिन्छ )।
  • पवित्र छड़ीमा स्वाभाविक ५% सत्तव प्रबलता छ र यसको मुख्य रूपमा सत्व घटकले २०% दिव्य चेतना (चैतन्य) ईश्वरीय स्रोत आकर्षित गर्न सक्छ ।
  • जसरी सूक्ष्म-ज्ञानमा आधारित रेखाचित्रमा स्पष्ट हुन्छ, सूक्ष्म-उपचारहरूको परिणामको कारण, उच्च स्तरको सन्तको उपस्थितिको फाइदाले गर्दा र पवित्र छड़ी (चमेली छड़ी) को साथ आध्यात्मिक उपचारको सहयोगमा, ईश्वरीय चेतनाको प्रवाह एलिजाबेथमा प्रसार भएको थियो ।
  • पवित्र छडीबाट निस्केको ईश्वरीय चेतनाको प्रभावबाट बच्नको लागि एलिजाबेथको वरीपरि देखिएको कालो आवरण सूक्ष्म नागले आफ्नै सुरक्षाको लागि सिर्जना गरेको थियो । नाग ईश्वरीय चेतनासँग लड्न कोशिस गरिरहेको थियो । जब पवित्र छडीको ईश्वरीय चेतनाबाट नागलाई कष्ट हुन्छ, तब एलिजाबेथलाई छोडिदिन्छ र सात्त्विक  पवित्र छडी बिरूद्ध लड्न थाल्छ ।
  • पवित्र छडीको आध्यात्मिक उपचार अतिरिक्त, सूक्ष्म-ज्ञानमा आधारित रेखाचित्रमा चित्रण गरिए अनुसार एलिजाबेथलाई अन्य आध्यात्मिक उपचारहरूको फाइदा भएका छन् जस्तै :
    • प्रार्थना
    • पवित्र विभूति लगाउने
    • तीर्थ छर्किने
    • उच्च स्तरको सन्तको सान्निध्य प्राप्त हुने

तसर्थ, आध्यात्मिक उपचारले नाग बिरूद्ध लड्न र त्यसलाई भगाउनको लागि विशेष कार्य गर्यो । यो लगायत एलिजाबेथले २००२ देखि निरन्तर गरिरकहेको साधना (आध्यात्मिक अभ्यास) ले सत्तव घटक वृद्धि गर्न योगदान पुर्यो । यसरी एलिजाबेथलाई सूक्ष्म-नागको कष्टबाट छुटकारा प्राप्त भयो ।

तलको तालिकाले स्वास्थ्यमा लाभ (सुधार) भएको देखाउँदछ जुन २००२ मा पहिलो आध्यात्मिक उपचारबाट शुरू भयो । जबकि सुरुमा मानसिक चिन्ताको लक्षणहरू बढ्दै गए पनि यो मुख्यतया अनिष्ट शक्ति (भूत, राक्षस, पिशाच आदि) को कारणले भएको थियो जुन एलिजाबेथले गरेको साधनाबाट सुक्ष्म-नागलाई हुन गएको कष्टले भएको थियो । साधनाको कारण एलिजाबेथमा बृद्धि भएको आध्यात्मिक ऊर्जाले मे २००५ को आध्यात्मिक उपचारको प्रभावकारिता बढाउन मद्दत गर्यो ।

निराशाको आक्रमणहरु मे २००२  भन्दा अघि जून २००२-जुलाई २००३ जुलाई २००३-मे २००५ मे २००५-डिसेम्बर २००५
वार्षिक आवृत्ति निरंतर ३-४ १-२
प्रत्येक आक्रमणको कालाअवधि ३ हप्ता १२ महिना ४ हप्ता २ हप्ता
तीव्रता हल्का देखि मध्यम क्लिनिकल डिप्रेशन मध्यम देखि तीव्र मध्यम देखि हल्का

एलिजाबेथको वर्तमान बुझ्न सक्ने छमता :

“परिणामस्वरूप, मेरो परिवारले ममा सकारात्मक परिवर्तनहरू देख्न थालेका छन् । तर  उनीहरु सूक्ष्म आयाममा विश्वास गर्दैनन् त्यसैले उनीहरूले आध्यात्मिक अभ्यास द्वारा भएको परिवर्तनलाई श्रेय दिदैनन् । ”

“यो स्पष्ट छ कि आध्यात्मिक अभ्यास बिना म अत्यन्तै सफल शैक्षिक र व्यवसायिक दृष्टिकोले जीवन जीउदथे; तर पारस्परिक सम्बन्ध तथा निराशाको साथ अन्धकारमा नै डुब्दथे । भाग्यवस मैले एउटा समाधान फेला पारें जसले एकैसाथ मलाई राम्रो व्यक्तित्व प्रदान गर्नुको साथ-साथै सूक्ष्म आयाममा नकारात्मक उर्जाहरू विरुद्ध पूर्ण रूपमा मलाई रक्षा गर्दछ । “

४. सारांश

  • यो घटनाबाट ज्ञात हुन्छ कि बाहिरबाट देखा पर्ने लक्षणहरु जस्तै मानसिक रोग, वास्तवमा आध्यात्मिक रोगको प्रकटीकारण हुन सक्छ ।

  • धेरैजसो समयमा, जसरी हामीले एलिजाबेथको मामलामा देख्यौं, प्रकटीकरणको बारेमा समाजलाई ज्ञात हुँदैन वा समाज उनलाई मानसिक रोगको संज्ञा दिन्छ ।

  • समाजमा यस्ता धेरै घटनाहरू छन् जहाँ धेरै मानिसहरु अनिष्ट शक्ति (भूत, राक्षस, पिशाच आदि) द्वारा दिएको यातनाबाट पीडित छन् र उनिहरुलाई यसको आध्यात्मिक निदान एवं मूलभूत आध्यात्मिक कारणहरुको उपचारको खाचो छ ।

  • अनिष्ट शक्तिको प्रकटीकरणको उदाहरण :

    • तन्ना विशिष्ट पद्धतिले परिश्रमपूर्वक बनाउन समय दिनु

    • एलिजाबेथको व्यावसायिक यात्राको समयमा विशिष्ट पद्धतिले शौचालय जाने, मनोचिकित्सक अनियन्त्रित जुनूनी विकार (OCD) को श्रेणीमा राखेर उपचार गर्दछ । नतिजा स्वरूपमा, सहायता पनि केवल मानसिक आयाम सम्म सीमित हुन्छ । स्पष्ट रूपमा, सहायता पनि केवल एउटा मानसिक स्तरमा मात्रै सीमित हुन्छ र यसले पूर्ण रुपमा उपचार गर्न सक्षम हुँदैन ।
  • यदि समाज मानसिक रोगको यस आध्यात्मिक कारण बारे सचेत भएमा, हामीले पर्याप्त र सहि समयमानै कदम चाल्न सन्छौं र प्रभावित व्यक्तिलाई उनीहरूको संकटबाट स्थायी रूपमा राहत दिन सक्छौं ।

सन्दर्भ लिनुहोस् : हाम्रो जीवनमा कठिनाईहरुको मूल कारणहरु