नाइलनबाट निर्मित कपडाको आध्यात्मिक प्रभाव

यस लेखलाई राम्रोसँग बुझ्नको लागि हामी तपाईलाई निम्न लेखहरुसँग परिचित हुन सुझाव दिन्छौं :

. सत्व, रज, तम – ब्रह्माण्डको ३ सूक्ष्म मूलभूत तत्वहरु 

. सात्विक जीवन अवधारणाको प्रस्तावना (दैनिक जीवनमा आध्यात्म)

. कसरी लुगा लगाउने ? – हामीले लगाउने लुगाको आध्यात्मिक प्रभाव

. नाइलन कपडा (लुगा) को आध्यात्मिक पक्षहरुको परिचय

नाइलनको कपडा अधुनिक समयमा अलमारीको एउटा अनिवार्य हिस्सा बनेको छ । यसको प्रयोगको सूची विविध रहेको छ र यसमा महिलाहरुको लागि मोजा (स्टॉकिंग्स), ट्र्याक प्यान्ट, खेलकूदको लुगा, छोटो पतलून, मोजा र वायुरोधी ज्याकेट (विंडब्रेकर) सम्मिलित छन् । तथापि प्रत्येक लुगा केवल भौतिक स्तरमा मात्रै नभएर आध्यात्मिक स्तरमा पनि आफ्नो विशेषता र गुणको समूहको साथ आउँदछ । लुगा लगाएपछि, लुगामा भएको प्रधान सूक्ष्म आध्यात्मिक स्पनदनले हाम्रो आध्यात्मिक स्तरलाई प्रभावित गर्दछन् ।

यदि लुगा सत्व प्रधान छ भने आध्यात्मिक स्तरमा यसले हाम्रो सहायता गर्दछ । यदि लुगा तम प्रधान छ भने आध्यात्मिक स्तरमा हामीलार्इ लुगाबाट हानि हुन्छन् । आध्यात्मिक स्तरमा नकारात्मक प्रभाव प्राय: मनोवैज्ञानिक र शारीरिक स्तरको प्रावाहमा प्रभाव पार्दछ । उदाहरणको लागि कसैले अशान्त मन, माइग्रेन अथवा अष्पष्ट सोच अनुभव गर्न सक्छन् ।

यस लेखमा हामी नाइलन लुगाको आध्यात्मिक गुण र यसले हामीमा पार्ने प्रभावहरु अध्ययन गर्नेछौं ।

. नाइलनबाट बनेको कपडा (लुगा) मा आध्यात्मिक अनुसन्धान

नाइलनको लुगा मानव निर्मित र रसायन युक्त हुन्छ । फलस्वरूप दिव्य सिद्धान्तणलाई आकर्षित गर्ने र बनाइ राख्ने क्षमता प्रतिबन्धित हुन्छ । जसले गर्ना नाइलन कपडाहरु रजतम प्रबल हुन्छन् । आध्यात्मिक आयामबाट भूतहरुजस्ता अनिष्ट शक्ति रजतम प्रधान हुने कुनै पनि वस्तुहरु तर्फ आकर्षित हुन्छन् । वास्तवमा यस प्रकारको लुगा लगाउने व्यक्तिमाथि अनिष्ट शक्ति (भूत, राक्षस, पिशाच, आदि) द्वारा सूक्ष्म आक्रमण गर्ने तीव्रता उच्च हुन्छ ।

यस पक्ष लगायत सकारात्मक स्पनदनबाट चार्ज हुने क्षमता सीमित भएको हुनाले, नायलनको लुगाहरुलाई प्रभावित गरेर मानिसहरुलाईप्रभावितगर्नअनिष्ट शक्तिलाई सजिलो माध्यम न्द उदाहरणको लागि, यदि एउटी स्त्रीले नाइलनको मोजा लगाउँछिन् भने, उनी अनिष्ट शक्तिद्वारा सजिलै प्रभावित हुन सक्छिन् ।

. आध्यात्मिक परिप्रेक्ष्यबाट नाइलन कपडा (लुगा) को गुणहरुमा आध्यात्मिक अनुसन्धान

यस खण्डमा, हामीले छैठौं इन्द्रिय दृष्टि भएका पूज्य श्रीमती योया भ्यालीज्यूले बनाउनु भएको सूक्ष्मज्ञानमा आधारित रेखाचित्र साझा र्नेर्छौं भगवानको कृपा धेरै वर्षको नियमित आध्यात्मिक अभ्यासले, पूज्य योया आध्यात्मिक आयाम देख्न सक्षम हुनुहुन्छ, जसरी हामी भौतिक आयाम देख्न सक्छौं आध्यात्मिक ज्ञानमा आधारित रेखाचित्रहरू बनाउँनु भएर पूज्य योयाले आध्यात्मिक आयामलाई हेर्ने आफ्नो अद्वितीय क्षमता हामीसँग साझा गर्नु भएको छ सूक्ष्मज्ञानमा आधारित पू. योयाको सबै रेखाचित्रहरु प्रकाशित हुनु अघि परम पूज्य डा. आठवलेज्यूले प्रमाणीकरण गर्नु हुन्छ ।

सूक्ष्मज्ञानमा आधारित यस रेखाचित्रको शुद्धता ८०% छ जुन एउटा औसत सूक्ष्म या दावेदार कलाकारको क्षमता भन्दा धेरै माथि छ ।

पू. योयाज्यूले जे अनुभव गर्नु भयो त्यसको साथ सूक्ष्मज्ञान माथि आधारित चित्रको विवरण निम्नलिखित छ :

  • नाइलनको कपडा सात्त्विक प्रकृतिको हुँदैन । नायलन कपडाको बनावट राम्रो हुदैन । नायलन कपडा सिंथेटिक फायबरबाट बनाइन्छ । त्यसैले यसमा सूक्ष्म कष्टदायक शक्तिको कण निर्मित हुन्छ र यो लुगाको सबैतर्फ सक्रिय रूपमा संरक्षित हुन्छ ।

  • तदनुसार वातावरणमा विद्यमान कष्टदायक शक्ति कपडातर्फ आकर्षित हुन्छ

  • कष्टदायक शक्ति भन्दा अतिरिक्त, नाइलनको लुगामा अनेक प्रकारको नकारात्मक स्पनदनहरु हुन्छन् । तिनीहरु आपसमा मिश्रित हुन्छन् र तीव्र गतिले सक्रिय हुन थाल्छन् र निरन्तर सक्रिय रूपमानै रहन्छन् । परिणामस्वरुप, नाइलन वस्त्र धारण गर्ने व्यक्ति व्याकुल र भ्रमित हुन्छ ।

  • जब नाइलनको कपडामा विभिन्न रंग दिन र त्यसमा डिजाइनहरु छाप्न रासायनिक प्रक्रिया गरिन्छ, त्यसमा विद्यमान कष्टदायक शक्तिको अनुपात १.५ प्रतिशत सम्म बढन सक्छ ।

नाइलनको कपडाको सूक्ष्मपरीक्षण गर्ने समयमा पूज्य योयाले आफ्नो मनोभाव यस प्रकार व्यक्त गर्नु भयो ।

‘‘मलाई नाइलनको लुगा सात्त्विक छैन भन्ने लाग्यो । जब मैले कपडा हातमा लिए मेरो टाउको दुख्यो र रजतम प्रधान भएको महसुस गरें । म कापन थाले र मेरो हातमा घोचेको अनुभव भयो ।’’

. नाइलन कपडा लगाउने बारे प्रमुख बिन्दुहरु

माथि लेखमा दिए अनुसार, सबै भन्दा उत्तम हुन्छ कि, मानव निर्मित कपडा जस्तै नाइलन कपडाहरु लगाउनबाट यथा सम्भव टाढा रहनुहोस् । कपास, रेशम र ऊन जस्ता सामग्रीहरु प्राकृतिक र सत्त्व प्रधान हुन्छन् । नियमित साधना जस्तै नामजपले हामीलाई आध्यात्मिक सुरक्षाकवच प्राप्त गर्नमा सहायता गर्दछ, जसले सूक्ष्म जगतको हानिकारक तत्त्व देखि हाम्रो रक्षा हुन्छन् । नियमित साधनाले हामीलार्इ सात्त्विक के हो र तामसिक के हो भन्ने भित्री समझ प्राप्त गर्न मद्दत गर्छ । यसलाई बुझ्न थालेपछि थप सात्त्विक जीवन व्यतीत गर्नको लागि परिवर्तन गर्न सरल हुन्छ ।