कसरी आध्यात्मिक उन्नति गर्ने – व्यावहारिक मार्गदर्शन

कसरी आध्यात्मिक उन्नति गर्ने – व्यावहारिक मार्गदर्शन

१. आध्यात्मिक उन्नति के हो?

आध्यात्मिक उन्नतिको अर्थ हो स्वयंमा विद्यमान आत्मा अथवा ईश्वरीय तत्वको अनुभव गर्ने । आध्यात्मिक उन्नति, साधना को परिणाम हो । यो परिभाषा अध्यात्म विज्ञानको सिद्धान्त माथि आधारित छ र यसको विस्तृत विवेचन हाम्रो लेख आध्यात्मिक स्तरमा गरिएको छ ।

२. शीघ्र आध्यात्मिक उन्नति गर्नको लागि वर्तमान कालको महत्त्व

जसरी हामीले राम्रो विरुद्ध नराम्रोको युद्ध लेखमा वर्णन गरेको थियौं कि वर्ष १९९९ – २०२३ को समय दुई युगको सन्धिकाल हो । यो कालमा हामी कलियुगको अन्धकारमय युग (छोटा कलियुग) देखि आध्यात्मिक रूपले राम्रो युग (सानो सत्ययुग) मा जादैछौं । यो २३ वर्षको सन्धिकाल, अध्यात्मको छः मूलभूत सिद्धान्तमा आधारित कुनै पनि प्रकारको साधना गर्नाले अत्यधिक लाभ हुन्छ; किन की विपरीत कालमा पनि साधना गर्ने साधकलाई ईश्वर आध्यात्मिक उन्नतिको फल प्रदान गर्नु हुन्छ ।

वास्तवमा २३ वर्षको सन्धिकालमा, प्रत्येक वर्ष गरिएको साधना, अन्य कालमा ५० वर्षसम्म गरिने साधना समान हुन्छ । मनुष्यको जीवनकालमा यदि ५० वर्षको वयस्क समय मान्ने हो भने, यी २३ वर्षमा गरेको साधना १००० वर्ष भन्दा पनि अधिक वर्षको साधना समान हुन्छ । अर्को तरिकाले हामी यस प्रकार बुझ्न सक्छौं, २० जन्महरुको साधनाको लाभ हामी केवल एक जन्ममा लिन सक्छौं ।

३. कसरी आध्यात्मिक उन्नति गर्ने?

आफ्नो आध्यात्मिक यात्रा आरम्भ गरेपछि, यो कुरा महत्त्वपूर्ण हुन्छ की हामी आफ्नो साधना निरन्तर बढाउदै जानु पर्छ ।

जो साधक आफ्नो समय व्यर्थ गर्न चाहादैनन् तथा आजीवन साधना गर्न चाहान्छन् तल दिएको तालिकामा व्यावहारिक जानकारी दिएको छ ।

यसको उपयोग साधकको २ वर्ष देखि अधिक कालको प्रयासलाई मूल्यांकन गर्ने सकिन्छ ।

  पहिलो महिना तेस्रो महिना छैठौ महिना एक वर्ष दोस्रो वर्ष
अध्ययन SSRF को जालस्थल (वेबसाइट) को केहि अंश SSRF को जालस्थल (वेबसाइट) को अधिक अंश जालस्थल (वेबसाइट), साधकको लागि मार्गदर्शन, ग्रंथ (अध्यात्मको प्रस्तावना, अध्यात्म) जालस्थल, साधको लागि मार्गदर्शन, अन्य ग्रंथ (शिष्य, गुरुकृपा, नामजपको लाभ इत्यादि)
आध्यात्मिक उपचार प्रतिदिन नून-पानीले उपचार, बसेर १५ मिनेट नामजप गर्ने इसको साथमा, न्यास, धूप, बसेर ३० मिनेट नामजप गर्ने साथै नित्य बक्साबाट उपचार, नित्य वास्तुशुद्धि गर्ने, बसेर ६० मिनेट नामजप गर्ने यसको साथमा देवी-देवता हरुको चित्र द्वारा आध्यात्मिक उपचार गर्ने यथासम्भव सबै उपचारहरु गर्ने
नामजप १ घण्टा प्रतिदिन अन्य गतिविधिहरुको समय २ घण्टा प्रतिदिन अन्य गतिविधिहरुको समय प्रतिदिन ३ घण्टा अथवा त्यो भन्दा  अधिक अन्य गतिविधिहरुको समय ४ घण्टा/स्वयंबाट हुने नामजप अन्य गतिविधिहरुको समय ५-६ घण्टा/स्वयं बाट हुने नामजप अन्य गतिविधिहरुको समय
सत्संग कुनै बेला साप्ताहिक साप्ताहिक, सत्संग को तैयारी गर्ने साप्ताहिक अथवा धेरै पटक (अन्तर्गत स्तरको सत्संग) साप्ताहिक अथवा धेरै पटक (स्वभावदोष निर्मूलनको लागि सत्संग)
सत्सेवा २ घण्टा प्रति सप्ताह ५ घण्टा प्रति सप्ताह १० घण्टा प्रति सप्ताह अथवा सत्सेवाको लक्ष्य पूरा गर्ने सत्सेवा को  लक्ष्य पूरा गर्ने
त्याग व्यष्टि साधनाको उपरोक्त प्रयास गर्न जे आवश्यक हुन्छ व्यष्टि साधना को उपरोक्त प्रयास गर्न जे आवश्यक हुन्छ साधना बढाउन आफ्नो जीवनशैलीमा केहि कुराको त्याग साधना बढाउन आफ्नो जीवनशैलीमा अधिक त्याग सत्सेवाको लागि त्याग, मायाको केहि  गतिविधिहरु बाट स्वयंलाई अलग राख्ने, जस्तै  – मनोरंजन, बैठक इत्यादि
प्रीति थोरै प्रयास (जस्तै: सत्सेवामा लागेका अन्य साधकहरु प्रति) ध्यानपूर्वक प्रयास
भाव कहिले-काहि प्रार्थना तथा कृतज्ञता कुनै बेला प्रार्थना तथा कृतज्ञता एवं व्यष्टि साधनाको लागि प्रतिदिन २० ध्यानपूर्वक प्रार्थना तथा कृतज्ञता ३० अथवा त्यो भन्दा अधिक, सत्सेवा तथा आध्यात्मिक उपचारको समयमा  निरन्तर प्रार्थना, कृतज्ञता व्यक्त गर्ने, आरती ५० अथवा त्यो भन्दा  अधिक प्रार्थना तथा कृतज्ञता व्यक्त गर्ने एवं भाव बढाउने अन्य प्रयासहरु गर्ने
स्वभावदोष निर्मूलन लेख तथा ग्रंथ (स्वभाव दोष निर्मूलन) को  अध्ययन गर्ने, आफ्नो त्रुटिहरु  लेख्ने तथा त्यसमा स्वयंसूचना लिने प्रतिदिन गलतिहरु (३-५) लेख्ने  तथा (३-५) स्वयंसूचना दिने
अहं निर्मूलन ग्रंथ पढने (अहं निर्मूलनको लागि साधना)

तालिकामा दिएको चरण वर्तमान काल हेतु उपयुक्त साधनाको अनुरूप छ । साधकलाई हुने अनिष्ट शक्तिको अवरोध यो विचार पनि यसमा सम्मिलित छ ।

माथि दिएको तालिका सम्बन्धि प्रश्नहरुको उत्तर सरलतासँग प्राप्त गर्नको लागि हामीलाई ‘प्रश्न सोध्नुहोस्’ अथवा SSRF को ऑनलाईन सत्संगको सुविधाको लाभ उठाउनुहोस् । तालिकामा उल्लेख गरिएको शब्दहरु जस्तै – नून-पानी, न्यास, बक्सा इत्यादिको विस्तृत जानकारीको लागि यो पृष्ठको माथि दायातर्फ गएर ‘खोज बक्स’  (search box) मा यी शब्दहरु लेखेर प्राप्त गर्न सक्नु हुन्छ ।

४. कसरी आध्यात्मिक उन्नति गर्ने? – सारांश

हाम्रो आध्यात्मिक उन्नति अनेक आध्यात्मिक घटकहरु माथि निर्भर गर्दछन्, जस्तै – आध्यात्मिक स्तर जहाँदेखि हामी साधना आरम्भ गर्छौं, यो जीवनमा भोग्ने प्रारब्धको मात्रा, हामी कुन मात्रामा अनिष्ट शक्ति द्वारा प्रभावित छौं, हामीमा विद्यमान आध्यात्मिक गुण, साधकतत्व इत्यादि ।

यहाँ बताएको साधनाको चरणहरु निष्ठापूर्वक अपनाएमा साधनामा आउने कुनै पनि समस्याको सामना गर्न सहायता मिल्ने छन् तथा जीवनको उद्देश्य  अर्थात आध्यात्मिक उन्नति गर्नमा सहायता हुन्छ ।