नकारात्मक विचारहरूको रोकथाम – C1 स्वयम् सूचना शैली

नकारात्मक विचारहरूको रोकथाम - C1 स्वयम् सूचना शैली

. C1 स्वयम् सूचना शैलीको परिचय

२००५ मा, नेशनल साइन्स फाउन्डेसनले एक दिनमा व्यक्तिहरूलाई आउने विचारहरुको संख्याको बारेमा अनुसन्धान गरिएको एउटा लेख प्रकाशित गर्यो । यो अनुमान छ कि औसत व्यक्तिलाई एक दिनमा १२,००० देखि ६०,००० विचारहरु आउँछन् । ती मध्ये, ८०% नकारात्मक हुन्छन्  र ९५% विचारहरू ठिक अघिल्लो दिनको विचारहरु दोहरिन्छ र ती मध्ये पनि ८०% नकारात्मकनै हुन्छन् ।(nsf.gov, 2005, as cited in Antanaityte, tlexinstitute.com) .

यो अनुसन्धानको आधारमा, नकारात्मक विचारहरूको प्रतिशत चिन्ताजनक छ र यो कुराको पनि संकेत हो कि विश्व वर्तमान नकारात्मक अवस्थामा किन छ । यस्तो  किनभने प्रत्येक गलत कार्यको पछाडि स्वाभाव दोष र अहंबाट उत्पन्न एउटा गलत विचार हुन्छ । त्यस्ता नकारात्मक विचारहरूले हाम्रो कार्यहरू, सम्बन्धहरू, विश्वको दृश्य र वातावरणलाई पनि प्रभाव पार्दछ । थप रूपमा, नकारात्मक उर्जाहरूले व्यक्तिमा नकारात्मक विचारको प्रतिकूल प्रभाव बढाउँछ । माटोपानीको आध्यात्मिक अनुसन्धान पढ्नुहोस्, जसले समाजमा नकरात्मकताको संकेत दिन्छ ।

प्रत्येक व्यक्तिको मनमा चलिरहेको विचारहरूको मात्रा, टोक्यो, जापनको शिबूयाको मान्छे हिड्ने बाटो (zebra corrsing, बाँयातर्फ देखाएको चित्र) जस्तै हो । हाम्रो विचारहरु लाखौं व्यक्तिसँग मिल्दोजुल्दो छ जुन हिड्ने बाटोमा (zebra corrsing) अनियमित रूपमा आउँछ र जान्छ ।

हाम्रो मनमा द्रुत गतिमा चल्ने विचारहरू मध्य कुनै एकलाई समात्न या औंल्याउन गाह्रो हुन्छ । जब हामी केहि महत्त्वपूर्ण काममा ध्यान केन्द्रित गर्नु खोज्छौं तब हामी केहि हदसम्म सचेत हुँन्छौं कि कति धेरै विचारहरूको संख्याले हाम्रो ध्यान अलमलाई दिन्छन् । हामी हाम्रो विचारहरुसँग राम्ररी सचेत हुन्छौं जब उनीहरु केही तनावपूर्ण परिस्थितिको कारण बलपूर्वक दोहरिन्छन् र हामी सोच्दछौं कि यो कहिले समाप्त हुन्छ ।

दिनभरि हाम्रो मनमा आईरहने अविरल विचारहरूले हाम्रो ऊर्जा लिन्छ । यद्यपि नकारात्मक बिचारहरु र भावनाहरु हुन्, विशेष गरी जब दोहरिन्छन्, त्यसले हामीलाई शक्तिहिन र थकाईदिन्छ । यो सामान्य ज्ञान हो ।

यो कुरा सामान्य रूपमा बुझ्न सकिन्दैन, की हाम्रो सबै विचारहरु र भावनाहरू, नकारात्मक सहित, हाम्रो अवचेतन मनमा भएको संस्कारहरुबाट उत्पन्न हुन्छन्, जसले हामी सबैलाई अद्वितीय (unique) व्यक्तित्व (personality) प्रदान गर्दछ । हाम्रो मनमा भएका गहिरो संस्कारहरु धेरै जीवनकाल देखि संचित भएर रुप लिएको हो । तिनीहरू विचारको रूपमा सचेत मनमा लगातार आवेगहरू पठाउँछन् । हामी मध्ये अधिकांशको लागि, यी आवेगहरू समुद्री छालहरू जस्तै हुन् जो किनारमा आईरहन्छन् ।

हामीले स्वयम् सूचना लेखको श्रृंखलामा, विभिन्न शैलीहरू समावेश गरेका छौं जसले हाम्रो अवचेतन मनमा भएको दोषको हानिकारक संस्कारहरुलाई सक्रिय रूपमा हटाउन मद्दत गर्दछ । तर, C1 स्वयम् सूचना शैलीले फरक दृष्टिकोण लिन्छ । नकारात्मक प्रभावहरूलाई हटाउनुको सट्टा यसले नकारात्मक विचारहरूलाई बलपूर्वक सचेत मनसम्म पुग्न दिदैन । यो लेखमा, हामी कसरी विचारहरुलाई रोक्ने र कसरी यो शक्तिशाली शैलीको प्रयोग गर्ने बारे व्याख्या गर्नेछौं ।

. C1 स्वयम् सूचना शैलीको परिभाषा

C1 स्वयम् सूचना शैलीलाई मन्त्र या जप शैली” पनि  भनिन्छ । यसले सचेत मनमा नकारात्मक विचारहरूलाई प्रवेश गर्नबाट रोक्न प्रयोग गरिन्छ । यस शैलीमा त्यस्ता विचारहरूलाई रोक्नको लागि ईश्वरको नाम जप प्रयोग गरिन्छ । ईश्वरको नामसँग धेरै सकरात्मक उर्जाहरु हुन्छ, जसले नकारात्मक विचारहरू हटाउन मद्दत गर्दछ । जब धेरै अवधिसम्म यसलाई प्रयोग गरिन्छ, यो शैलीले अवचेतन मनमा सकरात्मक ‘नामजप केन्द्र‘ सिर्जना गर्न मद्दत गर्दछ, जसले सचेत मनमा सकारात्मक आवेगहरू निरन्तर प्रक्षेपित गरिरहन्छ ।

जब कोहि एकाग्रताका साथ नामजप गर्दछ, तब केवल नामजपको आवेग सचेत मनमा जान्छ किनभने यो सबै भन्दा बलियो आवेग हो । अन्य सबै नकारात्मक आवेगहरू ईश्वरको नामको जपबाट उत्पन्न हुने आवेगको तुलनामा कम हुन जान्छन्, त्यसैले चेतन मनमा प्रवेश गर्नको लागि शक्ति गुमाउँछन । तसर्थ, नामजप गरेर, नकारात्मक विचारहरु या भावनाहरूलाई मनमा प्रवेश गर्नबाट रोक्न सक्षम हुन सक्छ ।

यसले कसरी काम गर्छ भन्नेर तपाइँलाई उदाहरण दिन, मानौं हामीसँग डोरीको एउटा टुक्रा छ । यदि हामी यसको छेउमा लामो डोरी राख्छौं भने, तब डोरीको मूल टुक्राले आफ्नो महत्त्व गुमाउनेछ । त्यसैगरि, जब “नामजप केन्द्र” अधिक दृढ हुन्छ, समकालीन रूपमा अन्य प्रभावहरूले सचेत मनलाई कम प्रभाव पार्दछ । त्यसकारण, नियमित रूपमा C1 स्वयम् सूचना शैलीको अभ्यास गरेर र आफ्नो नामजप बढाउँदा अवचेतन मन आध्यात्मिक तवरमा शुद्ध हुन्छ र स्वभाव दोषहरूको संस्कारहरू हटाउन सजिलो हुन्छ । C1 स्वयम् सूचनाले अत्यधिक विचारहरू कम गर्न मद्दत गर्दछ, जसले हामीलाई शान्त र नियन्त्रणमा रहन मद्दत गर्दछ ।

. C1 स्वयम् सूचना शैली बनाउनको लागि ढाँचा

C1 स्वयम् सूचना मनलाई सकारात्मकतातिर निर्देशित गर्न प्रयोग गरिन्छ जब यो निष्क्रिय हुन्छ या कुनै रचनात्मक गतिविधिमा संलग्न हुँदैन । स्वयम् सूचनाले मनलाई ईश्वरको नाम जपमा या सकारात्मक वाक्य या वाक्यांश दोहोर्याउनको लागि निर्देशन दिन्छ ।

निम्नलिखित C1 स्वयम् सूचनाको केही विशिष्ट उदाहरणहरू हुन् ।

स्वयम् सूचना : ‘जब म कुनै उपयोगी विचार या कुराकानीमा व्यस्त हुँदिन, तब म <एउटा नाम, एउटा शब्द या वाक्य> दोहोर्याउन थाल्छु ।’

स्वयम् सूचना : ‘जब म कसैसँग कुरा गरिरहेको हुँदिन या जब मलाई अनावश्यक विचारहरू आऊछन्, म नामजप गर्न शुरू गर्छु’।

. C1 स्वयम् सूचनाको उपयोग र फाइदाहरु

</h1>

C1 स्वयम् सूचनाले मनमा धेरै सकारात्मक प्रभाव पार्दछ । यो शैली उपयोगी छ :

  • मनमा आउने विचारहरु या भावनाहरूको संख्या कम गर्न सहयोग गर्दछ
  • नकारात्मक र दोहोरिने अनावश्यक विचारहरू मनमा आउनबाट रोक्दछ
  • नकारात्मक विचारको स्वरुपहरु र लगातार एक पछि अर्को गर्दै आउने विचारहरूलाई तोड्छ
  • मनलाई सकरात्मक रूपमा संलग्न गर्दछ
  • मानसिक ऊर्जाको संरक्षण गर्दछ यसले तनाव-सहिष्णुता बढाउँछ र त्यसैले यो सबै मानसिक रोगहरूमा उपयोगी हुन्छ ।

हरेक दिन धेरै पटक हामी एक्लै हुन्छौं । हामी सांसारिक गतिविधिहरुमा व्यस्त हुन्छौं जस्तै खाना पकाउनु, सफा गर्नु, ड्राइभिंग गर्नु, नुहाउनु आदि । तर मन सक्रिय हुन्छ । आंशिक रूपमा, गरिरहेको कार्यमा केन्द्रित हुन्छ, र एकै समयमा अन्य अनावश्यक विचारहरूमा पनि डुबीरहेको हुन्छ । जब हामी कसैसँग कुराकानी गरिरहेका हुन्छौं, हाम्रो मन भड्किन्छ र अन्त कतै तिर हुन सक्छ । C1 स्वयम् सूचनाले नामजपलाई सजिलो बनाउँदछ, र यसको परिणाम स्वरूप मनलाई वर्तमान क्षणमा राख्दछ ।

प्रत्येक दिन C1 स्वयम् सूचना अन्य स्वयम् सूचनाहरुको साथ लिन सकिन्छ ।

. C1 स्वयम् सूचनाको शैलीको थप उदाहरणहरू

</h1>

निम्नलिखित केहि अन्य उदाहरणहरू हुन् कसरी C1 स्वयम् सूचना बनाउन सकिन्छ ।

  • ‘जब ममा चन्चल, चिन्तित, अस्थिर या नकारात्मक विचारहरू आउँदछ, म ईश्वरको नामजप उच्चारण गर्न थाल्छु ।’
  • ‘जब चन्चल, चिन्ता, पिर या मन खलबलिने या नकारातमक घटनासँग सम्बन्धित अनावश्यक विचारहरु आउँछ, म ईश्वरको नामजप गर्न थाल्छु ।’

यहाँ, अन्तमा ईश्वरको नाम जप गर्नुको सट्टा, निम्न तरिकाले स्वयम् सूचना बनाउन सकिन्छ ।

‘जब चन्चल, चिन्तित, अस्थिर या नकारात्मक विचारहरू आउँछ, म त्यसलाई रोक्नेछु र ओम नमो भगवते वासुदेवाय जप गर्न थाल्छु।’

  • जब अनावश्यक विचारहरु, भावनाहरु वा स्वाभावदोषको कारण कृत्य हुन्छ म सचेत हुनेछु र भगवानको नामजप गर्न शुरू गर्नेछु ।
  • जब म कुनै रचनात्मक गतिविधिमा संलग्न हुँदिन, म यस बारे सचेत हुनेछु र ईश्वरको नामको जप गर्न थाल्छु ।
  • जब म कसैसँग कुनै उपयोगी कुराकानीमा संलग्न हुँदिन या मेरो मनमा अनुपयुक्त विचारहरू आउँछन्, म महसुस गर्नेछु कि स्वाभाव दोषहरूको प्रभाव हटाई वांछित गुणहरूको प्रभाव बनाउन र अवचेतन मनमा गुणहरु सुदृढ पार्न, ईश्वरको नाम जप गर्नु फाइदाजनक हुन्छ । त्यसैले मँ ‘ओम नमो भगवते वासुदेवाय’ यो नामजप शुरू गर्नेछु ।

स्वयम् सूचनाको अन्तिम भाग परिवर्तन गरेर हल्का भिन्नता ल्याउन सक्छौं । ईश्वरको नाम जप गर्नुको सट्टा, सकारात्मक वाक्यहरु प्रयोग गरि स्वयम् सूचना समाप्त गर्न पनि सक्छौं । त्यस्ता स्वयम् सूचनाहरुको उदाहरणहरू तल दिइएका छन् ।

  • ‘जब म विगतका घटनाहरू बारे सोचेर दु:खी हन थाल्छु, म दोहर्याउँनेछु, म अहिले वर्तमानमा छु, म सन्तोष र शान्त छु’ ।
  • ‘जब मलाई अवांछनीय विचारहरू आउछन् , जसले मलाई चिन्तित बनाउँछ, म दोहर्याउँनेछु म आनन्दी, खुसी र शान्त छु’ ।

C1 स्वयम् सूचनाको लागि यो सुझाव छ कि, मनलाई केहि दोहोर्याउँन निर्देशन दिंदा, यो उत्तम हुन्छ यदि ईश्वरको नाम जप गर्छौं । जब सकारात्मक वाक्यांश हुन् यसबाट मनोवैज्ञानिक लाभ हुन्छ । तर, जब ईश्वरको नामजप गर्ने, स्वयम् सूचना लिइन्छ, व्यक्तिले मनोवैज्ञानिक लाभको साथ आध्यात्मिक लाभ पनि प्राप्त गर्दछ ।

ईश्वरको नामको जपबाट ईश्वरीय उर्जाले अवचेतन मनमा नकारात्मक प्रभावहरूलाई हटाउँछ । साथै, नयाँ नकारात्मक संस्कारहरू गठन हुँदैन । यसले मन अझै स्थिर बनाउँछ, समग्र तनाव कम हुन्छ र हामी शान्त महसुस गर्छौं ।

. जपले कसरी कार्य गर्दछ र C1 स्वयम् सूचनाको क्रियाविधि

अवचेतन मनमा सबै भन्दा शक्तिशाली संस्कारहरु र केन्द्रहरूले बलियो विचारहरूको सिर्जना गर्दछन्, र यिनीहरु हुन् जुन सचेत मनमा प्रवेश गर्छन् । कुनै पनि एउटा समयमा, सचेत मनमा केवल एउटा विचारलाई मात्र अनुमति दिन सक्ने क्षमता हुन्छ र यो सँधै सबै भन्दा बलियो विचार हुन्छ ।

जब हामी ईश्वरको नाम जपिरहन्छौं, अन्य संस्कारहरू र मनमा भएका केन्द्रहरूले थोरै ध्यान पाउँदछन् । तिनीहरुको लगातार बेवास्ता हुँदा, अन्य केन्द्रहरूको सामर्थ्यमा कमि आउछ र अन्ततः तिनीहरूको अवस्थित लोप हुँदै जान्छन् ।

कृपया सन्दर्भ लेख पढ्नुहोस्: ‘जपले कसरी अवचेतन मनलाई विक्षेपण विधिमार्फत प्रभाव पार्छ

. निष्कर्ष

हाम्रो मनमा धेरै जीवनकालदेखि जम्मा भएको नकारात्मक संस्कारहरुलाई आफ्नै बलबाट हटाउन गाह्रो हुन्छ । ईश्वरको नाम जप गर्नु भनेको ईश्वरको सहायता लिनु र ईश्वरीय दिव्य शक्ति पहुँच गर्नु जस्तै हो । परिणाम रूपमा, नकारात्मक प्रभावहरूको शक्ति कम गर्न सजिलो हुन्छ । स्वयम् सूचनाहरु सकारात्मकता अनुभव गर्न र हाम्रो व्यक्तित्वमा दिगो परिवर्तनहरू ल्याउन प्रयोग गरिने र परीक्षण गरिएको विधि हो । C1 स्वयम् सूचनाहरुले व्यक्तिको ऊर्जा संरक्षण गर्दछ र मनलाई सकारात्मक रूपमा संलग्न गर्दछ ।