स्वयमको चारैतर्फ आएको अनिष्ट शक्तिद्वारा निर्मित कालो आवरणको आध्यात्मिक शुद्धि

के तपाईलाई थाहा छ; कालो उर्जा हटाउँदा तपाईलाई शारीरिक, मनोवैज्ञानिक र आध्यात्मिक स्तरमा यसले फ़ायदा पुराउछ ? यसले शारीरिक र मानसिक रोगहरू पनि कम गर्न सक्छ ।

स्वयमको चारैतर्फ आएको अनिष्ट शक्तिद्वारा निर्मित कालो आवरणको आध्यात्मिक शुद्धि

विषयसूची

१. कालो आवरणको परिचय

सानो उमेर देखिनै हाम्रो आमा बुबाले हाम्रो मनमा दिनमा न्यूनतम एक पटक नुहाउने संस्कार दृढ गर्नु भएको छ । यदि आवश्यक परेमा, कहिलेकाँही हामीले दिनमा दुई वा तीन पटक पनी नुहाउछौं । यसबाट हाम्रो देहको शुद्धि हुन्छ । यसबाट हामीलाई केही मात्रामा आध्यात्मिक लाभ पनि हुन्छ । दुर्भाग्यवश, धेरै व्यक्तिले यो कुरा सिकेका छैन्न् कि हामीले प्रतिदिन आफ्नो आध्यात्मिक स्तरमा पनि शुद्धि गर्न आवश्यक हुन्छ । कष्टदायक शक्तिको आवरण प्रतिदिन हाम्रो चारैतर्फ निर्माण हुन्छ । धेरै व्यक्तिले यसलाई देखन सक्दैन्न् किन भने यो सूक्ष्म हुन्छ, तर यसले हामीलाई शारीरिक, मानसिक एवं आध्यात्मिक स्तरमा प्रभावित गर्दछ । यो लेखमा हामीले, कुनै व्यक्ति माथि कष्टदायक शक्तिको आवरण भएमा कसरी चिन्ने तथा त्यसलाई कसरी हटाउने, यसको केही व्यावहारिक सूत्रहरु दिएका छौं । यो प्रतिदिन स्नान गर्नु जतिकै महत्वपूर्ण हुन्छ । अथवा त्यो भन्दा पनि अधिक महत्वपूर्ण हुन्छ ।

२. कष्टदायक शक्तिको आवरण हुँदा अनुभव एवं संकेत – कसरी जान्ने कि हाम्रो चारैतर्फ आवरण निर्माण भएको छ ?

कुनै व्यक्ति कष्टदायक शक्तिको आवरणबाट प्रभावित छ या छैन, यसलाई यथार्थ रूपमा जान्न हेतु छैठौं इन्द्रियको क्षमता हुनु आवश्यक छ ।

यद्यपि, कष्टदायक शक्तिको आवरण हुनको केही शारीरिक/मानसिक संकेत अगाडी दिईएको छ ।

  • शरीरमा भारीपन महसुस हुनु
  • अल्छीपन महसुस हुनु
  • यदि सम्पूर्ण शरीरमा कष्टदायक शक्तिको आवरण निर्मित भएमा, हामीलाई आफ्नो चारैतर्फ कसैको अस्तित्त्व अनुभव हुन सक्छ । हामीले आफ्नो चारैतर्फ कुनै प्रकारको कोश (sheaths) अनुभव गर्न सक्छौं ।
  • यदि शरीरको कुनै विशिष्ट स्थानमा कष्टदायक आवरण आएको छ भने, त्यो स्थानमा कष्टदायी लक्षण पनि देखिन सकिन्छ । उदाहरणको लागि :
    • यदि कसैको टाउकोमा आवरण आएको छ भने, उसलाई यस्तो लाग्न सक्छ कि कसैले उसको टाउको माथिबाट दबाई रहेको छ अथवा उसलाई आफ्नो टाउको माथि मुकुट अथवा टोपी भएको अनुभव हुन सक्छ । यस कारणले व्यक्ति भ्रमित हुनको साथ उसको सोच्ने-बुझ्ने एवं निर्णय लिने क्षमता पनि घट्न थाल्दछ ।
    • यदि आँखामा आवरण छ भने, हामी आँखाको अगाडी एउटा सूक्ष्म आवरण (पर्दा) अथवा दृश्य धमिलो देख्न सक्छौं ।
    • यदि छातीमा आवरण भएमा, हामीलाई लाग्न सक्छ कि कसैले हाम्रो श्वास प्रक्रियामा बाधा निर्माण गर्ने प्रयास गरिरहेको छ अथवा हामीलाई छातीको वरीपरि असहजता अनुभव हुन्छ ।

साधनाबाट, कष्टदायक शक्तिको आवरण बुझ्ने सूक्ष्म क्षमता प्राप्त हुन्छ । जब त्यस्तो व्यक्तिले कष्टदायक शक्तिको आवरणले युक्त व्यक्तिलाई हेर्दछ, तब उसलाई त्यो व्यक्तिको अनुहार स्पष्ट रूपले देखिदैन । त्यो व्यक्ति उसलाई धुंधला देखिन्छ । कालो आवरणबाट युक्त व्यक्तिको निकट आउदा, व्यक्तिलाई सूक्ष्म दबाव, वाकवाकी एवं कहिलेकाँही दुर्गन्धको  अनुभव हुन सक्छ ।

. वर्तमान कालमा व्यक्ति माथि कष्टदायक शक्तिको आवरण कति छ ?

कष्टदायक शक्तिको आवरणको तीव्रता केवल अति जागृत छैठौं इन्द्रियको माध्यमबाट बुझ्न सकिन्छ । जोसँग अति जागृत छैठौं इन्द्रियको क्षमता छ, उसलेनै आवरणको मात्रा दृश्यको रूपमा देख्न सक्षम हुन्छ । जो सूक्ष्म स्पन्दन प्रति सम्बेदनशील छन्, उनीहरुले  वास्तवमा आफ्नो सूक्ष्म मोटर अङ्गको माध्यमबाट आफ्नो हातको सहायताले व्यक्ति माथि भएको आवरणको मात्रा अनुभव गर्न सक्छन् । कष्टदायक शक्तिको आवरणको परीक्षण गर्ने व्यक्तिको आध्यात्मिक स्तर जति धेरै हुन्छ, त्यतिनै सहि परिणाम प्राप्त हुन्छ ।

तल दिईएको तालीकामा, हामीले विभिन्न व्यक्ति माथि हुने कष्टदायक शक्तिको आवरणको एउटा अनुमान देखाएका छौं ।

व्यक्तिको प्रकार औसत आवरण (सेमी वा मिटरमा) अधिकतम आवरण (सेमी वा मिटरमा)
वर्तमान समयमा एउटा औसत व्यक्ति २० सेमी ३० सेमी
एउटा औसत व्यक्ति (जसलाई धेरै कष्ट छ या जो नकारात्मक ऊर्जाद्वारा ग्रसित छ) १.५ मीटर ४ मीटर
साधक (समष्टि साधना गर्ने) ३ सेमी ५ सेमी
साधक (जो समष्टि साधना गर्दछ तथा जसलाई तीव्र कष्ट छ अथवा जो अनिष्ट शक्तिको नियन्त्रणमा छ) २ मी ५ मी

आंकडाको स्रोत : जून २०२० मा भारतको गोवा स्थित महर्षि अध्यात्म विश्वविद्यालयद्वारा अति जागृत छैठौं इन्द्रियको माध्यमबाट गरिएको आध्यात्मिक अनुसन्धान

टिप्पणीहरू :

  • विश्वको लगभग ५०% जनसंख्या केही हदसम्म नकारात्मक उर्जाले प्रभावित छन्  ।
  • विश्वको लगभग ३०% जनसंख्या नकारात्मक उर्जाको नियन्त्रणमा छन् ।
  • समष्टि साधना अर्थात समाजको आध्यात्मिक उन्नति हुनमा सहायता गर्नको लागि गरिने साधना । उच्च स्तरीय अनिष्ट शक्तिहरुले यस्तो साधकहरुलाई आक्रमण गर्दछन् र आध्यात्मप्रसार र समाजमा सकारात्मकता बढाउन बाधा निर्माण गर्दछन् । यस्तो साधकहरुलाई अनिष्ट शक्तिद्वारा आक्रमण भए पनि ईश्वरबाट दैवीय संरक्षण प्राप्त हुन्छन् ।
  • केही साधक आफ्नो साधना आरम्भ गर्नु भन्दा पनि पूर्व देखिनै अनिष्ट शक्तिको नियन्त्रणमा हुन्छन् । अनिष्ट शक्तिहरुले त्यो साधकको साधनामा बाधा निर्माण गरेर उनीहरु माथि अधिकाधिक आक्रमण गर्दछन् । तर, निरन्तर साधनारत रहनाले, उनीहरु माथि अनिष्ट शक्तिको नियन्त्रण घट्न थाल्दछ । समष्टि साधनाले यस्तो साधकहरुलाई ईश्वरकृपा प्राप्त भएर समयमा नै अनिष्य शक्तिको कष्टको निबारण हुन्छ ।

४. कालो आवरणको प्रकार एवं लक्षण

कष्टदायक शक्तिको आवरण बिभिन्न रूपमा प्रकट हुन सक्छ र व्यक्तिमा अगाडी दिएको  अनुसार लक्षण उत्पन्न हुन सक्छ ।

  • हाम्रो टाउको वरिपरि एउटा गोलो धेरा/मुकुट भएको जस्तो महसुस हुन्छ
  • हाम्रो आँखा माथि पट्टी भएको महसुस हुन्छ
  • शरीरलाई कम्बलले बेरिएको महसुस हुन्छ
  • यो शरीरको अगाडि वा पछाडि मात्र उपस्थित हुन्छ । यो शरीरको माथि वा तल्लो आधा भागमा पनि उपस्थित हुन सक्छ । अन्य समयमा, यसले सम्पूर्ण शरीर माथि आवरण ल्याउन सक्छ ।
  • यो धेरै पातलो रूपमा फैलिन्छ र अन्य समयमा यो एउटा रबर जस्तो बनावटको हुन्छ  ।

५. व्यक्तिको चारैतर्फ कष्टदायक शक्तिको आवरण कसरी निर्माण हुन्छ ?

अनिष्ट शक्ति कुनै व्यक्तिको चारैतर्फ कष्टदायक शक्तिको आवरण निर्माण गरेर त्यो व्यक्तिको सोच्ने अथवा कार्य गर्ने क्षमता दुवैलाई प्रभावित गर्ने, उनीहरुलाई आक्रमण गर्ने, तथा उनीहरु माथि नियन्त्रण गर्ने उद्देश्यले गर्दछन् । व्यक्तिलाई बाहिरबाट प्रभावित गर्दछ । (अर्कोतर्फ, कष्टदायक शक्तिको केन्द्र, व्यक्ति माथि उच्च स्तरको नियन्त्रण प्राप्त गर्न अथवा उसलाई आविष्ट गर्ने उद्देश्यले उसको शरीर भित्रनै एउटा नियन्त्रण बिन्दु निर्माण गर्दछ ।)

कष्टदायक शक्तिले कसलाई आक्रमण गर्न सक्छ र कालो शक्तिको आवरण निर्माण गर्छ ?

अनिष्ट शक्ति प्रायः स्वयम समान अथवा स्वयम भन्दा कम आध्यात्मिक बल (जुन व्यक्तिको आध्यात्मिक स्तरसँग सम्बन्धित हुन्छ) भएको व्यक्ति माथि आक्रमण गर्दछन् ।

त्यसैले, एउटा सामान्य व्यक्ति (जसको आध्यात्मिक स्तर २० प्रतिशत हुन्छ) उनी माथि कनिष्ट स्तरको अनिष्ट शक्तिले सहजतासँग उसको चारैतर्फ कालो शक्तिको आवरण निर्माण गर्न सक्छ । तर, ५० प्रतिशत आध्यात्मिक स्तरको व्यक्ति माथि निम्न स्तरीय अनिष्ट शक्तिहरुले आक्रमण गर्न सक्दैन्न् तथा उनीहरु माथि केवल समान बल भएको अनिष्ट शक्तिले आक्रमण गर्न सक्छ ।

जब साधक साधना गर्दछन्, उनीहरुको चारैतर्फ एउटा सुरक्षा कवच बन्न थाल्छ । यसले अनिष्ट शक्तिको लागि साधकहरुको चारैतर्फ कालो शक्तिको आवरण निर्माण गर्न कठिन हुन्छ ।

कालो शक्तिको आवरण निर्माण गर्नुको कारण के हो ?

कष्टदायक शक्तिको आवरण प्रायः व्यक्तिको शारीरिक, मानसिक अथवा आध्यात्मिक प्रक्रियामा बाधा निर्माण गर्नको लागि एउटा अल्पकालिक उद्देश्यले उसको चारैतर्फ निर्मित गरिएको हुन्छ ।

शारीरिक स्तरमा :

  • कुनै शारीरिक कार्यको क्षमतालाई घटाउदछ – उदहारणको लागि कसैको घाटिको चारैतर्फ कष्टदायक शक्तिको आवरण निर्माण गरेर उसको गाउने क्षमतामा कमि ल्याउने ।
  • रोगग्रस्त अङ्गको रोगलाई बढाई दिन्छ ।
  • रोग थाहा पाउने (निदान गर्ने) क्षमतामा अवरोध ल्याउदछ – उदाहरणको लागि, एक्स-रे मा यदि कुनै विशिष्ट समस्या देखिने छ भने, अनिष्ट शक्ति कष्टदायक शक्तिको आवरणद्वारा एक्स-रे गर्दा रोगलाई लुकाई दिन्छ, फलस्वरूप, चिकित्सकको लागि यो बुझ्न गारो हुन्छ की रेागीलाई के भैरहेको छ । सन्दर्भको लागि यो लेख पढ्नुहोस् – रोग निदान गर्ने समयमा अनिष्ट शक्तिद्वारा निर्माण गरिने बाधा
  • औषधि अथवा उपचार प्रक्रियाको प्रभावलाई घटाउदछ । उनीहरुले औषधिमा पनि कालो शक्तिको आवरण निर्माण गर्न सक्छन् ।

मनोवैज्ञानिक र बौद्धिक स्तरमा :

  • व्यक्तिको क्रोध, लतको व्यवहार, भावनात्मकता, नकारात्मक विचार, इत्यादि जस्तो स्वभावदोषमा वृद्धि हुन्छ ।
  • व्यक्तिको बौद्धिक सामर्थ्य एवं निर्णय लिने क्षमतालाई न्यून गर्दछ

आध्यात्मिक स्तरमा :

  • व्यक्तिको आध्यात्मिक उन्नति गर्ने इच्छालाई न्यून गर्दछ
  • व्यक्तिलाई शारीरिक अथवा मानसिक स्तरमा प्रभावित गरेर उसलाई अध्यात्म प्रसार गर्नबाट रोक्दछ

अनिष्ट शक्तिले कालो आवरण कहाँ बनाउन सक्छ ?

  • अनिष्ट शक्तिको लागि, कुनै व्यक्तिलाई शारीरिक स्तरमा प्रभावित गर्न सबै भन्दा सरल मार्ग हो त्यो व्यक्तिको अथवा उसको कुनै विशिष्ट अङ्गको चारैतर्फ कालो शक्तिको आवरण निर्माण गर्नु । विशेषरूपले जब उसको कुनै अङ्गमा रोग लागेको छ । कालो शक्तिको आवरणले रोगमा वृद्धि गर्न सक्छ अथवा उसलाई ठीक हुनबाट रोक्न सक्छ ।
  • मनको संस्कारको चारैतर्फ कालो आवरण निर्माण गर्न सक्छ, फलस्वरूप व्यक्तिको क्रोध, नकारात्मक सोच, इत्यादि स्वभावदोषहरुमा वृद्धि हुन्छ ।
  • व्यक्तिको चक्रहरुलाई प्रभावित गर्न सक्छ । यस्तो गर्दा, कालो शक्तिको आवरणले सम्बन्धित अङ्गहरुमा सूक्ष्म ऊर्जाको प्रवाह प्रभावित हुन्छ । यद्यपि यो आक्रमण गर्न अधिक कठिन हुन्छ, शरीर माथि भएको आक्रमणको तुलनामा चक्र माथि हुने आक्रमणलाई हामीले सजिलोसँग बुझ्न सक्दैनौं । एउटा सामान्य व्यक्तिको लागि, प्रायः तलको तीन चक्रहरु (विशेषरूपले स्वाधिष्ठान अथवा मणिपुर चक्र) माथि आक्रमण हुन्छ । अनिष्ट शक्तिले यी चक्रहरुलाई कालो शक्तिको आवरणले प्रभावित गरेर, व्यक्तिमा सम्भोग गर्ने इच्छा, भोजन प्रति लोभ इत्यादि इच्छाहरु अधिक बढाइदिन्छ । यस प्रकारले अनिष्ट शक्तिहरुले व्यक्तिलाई प्रभावित अथवा त्रस्त गर्न सक्छन् । साधकको सम्बन्धमा, उनिहरुलाई साधना गर्नबाट रोक्नको लागि सामान्यतया माथिको ४ चक्रहरुमा आक्रमण गरिन्छ । (माथिको ४ चक्रहरु आध्यात्मिक उन्नतिसँग सम्बन्धित हुन्छ, जबकि तलको ३ चक्रहरु सांसारिक इच्छासँग सम्बन्धित हुन्छ) ।

विभिन्न चक्रहरुको चारैतर्फ यदि कालो शक्तिको आवरण निर्माण भएमा के हुन सक्छ, यो तल दिएको तालिकामा दर्शाईएको छ ।

चक्रको चारैतर्फ छाएको कालो आवरण प्रभाव
सहस्रार-चक्र आध्यात्मिक रूपले उन्नत व्यक्तिको लागि ईश्वरसँग जुडनमा अवरोध निर्माण गर्दछ ।
आज्ञा-चक्र उच्च बुद्धिको कार्यमा अवरोध निर्माण हुन्छ, जसको प्रयोग व्यक्तिको लागि, अन्य व्यक्तिको लागि तथा विश्व भन्दा परे सबैको आध्यात्मिक लाभको लागि गर्न सकिन्छ ।
विशुद्ध-चक्र सांसारिक बुद्धिको कार्यमा अवरोध उत्पन्न हुन्छ ।
अनाहत-चक्र मनलाई अस्थिर बनाइदिन्छ । भावनाशीलतामा वृद्धि हुन्छ ।
मणिपुर-चक्र भोजन तथा अन्य सांसारिक इच्छाहरुको लागि लोभ ।
स्वाधिष्ठान-चक्र अत्यधिक यौन चाहना

६. वर्तमान समयमा कालो शक्तिको आवरण कति पटक हटाउनु पर्छ ?

हामी वर्तमान कालमा आध्यात्मिक रूपले धेरै प्रतिकूल समयमा छौं, जुन वर्ष २०२३ सम्म रहन्छ, त्यसैले हाम्रो परामर्श यो छ कि कालो शक्तिको आवरण हटाउनको लागि धेरै पटक प्रयास गर्नुहोस् । हामीले कालो शक्तिको आवरण कति पटक हटाउनु पर्छ, यसको जानकारी तलको तालिका दिएका छौं ।

व्यक्तिको प्रकार एउटा व्यक्तिले कालो ऊर्जाको आवरण कति पटक हटाउनु पर्छ
वर्तमान समयमा सामान्य व्यक्ति    २ पटक (बिहान र साँझ)
सामान्य व्यक्ति (जसलाई तीव्र कष्ट छ अथवा जो अनिष्ट शक्तिद्वारा आविष्ट छ)             ६ पटक (प्रत्येक केही घण्टामा)
साधक (जसले समष्टि साधना गर्दछ ) ४ पटक
साधक (जसले समष्टि साधना गर्दछ तथा जसलाई तीव्र कष्ट छ अथवा जो अनिष्ट शक्तिद्वारा आविष्ट छ ) ८ पटक

जुन साधकले समष्टि साधना, अर्थात समाजको आध्यात्मिक उन्नति हुनमा सहायताको लागि साधना गर्दछन् उनीहरुको शीघ्र गतिमा आध्यात्मिक उन्नति हुन्छन्, साथै यस्तो साधकहरुलाई अनिष्ट शक्तिले आफ्नो लक्ष्य बनाउदछन् तथा उनको आध्यात्मिक पथमा बाधाहरु निर्माण गर्ने प्रयास गर्दछन् । त्यसैले उनीहरुले धेरै पटक कालो शक्तिको आवरण हटाउनु पर्छ ।

७. कसरी कालो ऊर्जाको आवरणलाई हटाउने

तयारी

प्रत्येक आध्यात्मिक कृतिको प्रारम्भ ईश्वरको प्रार्थना गरेर हुनुपर्छ । कालो शक्तिको आवरण हटाउनको लागि अगाडी दिईएको प्रार्थना गर्न सक्छौं ।

‘हे ईश्वर, हजुरको कृपाले, मेरो शरीरमा आएको सूक्ष्म कालो ऊर्जा राम्रोसँग हटाउन सकोस् । म जुन आवरण हटाउन गईरहेको छु त्यसबाट कोही पनि प्रभावित नहोस् । नकारात्मक ऊर्जाले गर्दा मैले भोगिरहेको समस्यालाई चाँडो भन्दा चाँडो हटाउन सकोस् ।’

कालो ऊर्जाको आवरण हटाएपछि कृतज्ञत ब्यक्त गर्न नबिर्सनुहोस् ।

७.१ पद्धति १ : नामजप गर्नु

भावसँग ईश्वरको नामजप गर्नाले सकारात्मक शक्ति आकर्षित/उत्पन्न हुन्छ । ईश्वरको नामजपबाट उत्पन्न आध्यात्मिक शक्तिले कुनै पनि कालो शक्तिको आवरणलाई नष्ट गर्न सक्छ  । यो पद्धतिको लाभ यो हो कि यसलाई कुनै पनि समयमा गर्न सकिन्छ ।

आध्यात्मिक अनुसन्धानबाट हामीलाई ज्ञात भएको छ कि कालो शक्तिको आवरण हटाउनको लागि अगाडी दिईएको ईश्वरको कुनै पनि एउटा नामजप गरेर प्रारम्भ गर्न सक्छौं ।

  • श्री गुरुदेव दत्त
  • ओम नमो भगवते वासुदेवाय
  • श्री दुर्गादेव्यै नम:

प्रत्येक १ महिनाको लागि माथि दिएको ईश्वरको नामजपहरु गरेर प्रारम्भ गर्न सक्छौं । यदि पहिलो नामजप जुन कि श्री गुरुदेव दत्त हो, त्यो नामजप ४ हप्ता सम्म गरेर पनि राहत नपाए ४ हप्ता उपरान्त ईश्वरको अर्को नामजप गर्नुहोस् जुन हो ॐ नमो भगवते वासुदेवाय ।

हामीले ३ नामजपहरु दिनुको कारण जसरी चिकित्सकले लक्षण परिर्वतनको आधारमा औषधि परिवर्तन गरिदिनु जस्तै हो । यदि कसैलाई उपरोक्त नामजपबाट ३ महिना उपरान्त पनि लाभ भएन भने, तब कुनै आध्यात्मिक रूपले उन्नत व्यक्तिसँग परामर्श लिनु पर्छ अथवा SSRF को लाईव च्याट (Live chat) सुविधाको माध्यमबाट सम्पर्क गर्नुहोस् ।

कृपया ध्यान दिनुहोस् कि कालो शक्तिको आवरण निकाल्न तल भनिएको कुनै पनि पद्धतिको साथ ईश्वरको नामजप गर्नुपर्छ ।

७.२ पद्धति २ : हातको प्रयोग

आफ्नो चारैतर्फ आएको कालो शक्तिको आवरण हटाउने एउटा तरीका हो आफ्नो हातबाट आवरण निकाल्ने । यो पद्धतिको लाभ यो हो कि यसलाई कुनै पनि समय गर्न सकिन्छ ।

स्वयमको चारैतर्फ आएको अनिष्ट शक्तिद्वारा निर्मित कालो आवरणको आध्यात्मिक शुद्धि

स्वयमको चारैतर्फ आएको अनिष्ट शक्तिद्वारा निर्मित कालो आवरणको आध्यात्मिक शुद्धि

स्वयमको चारैतर्फ आएको अनिष्ट शक्तिद्वारा निर्मित कालो आवरणको आध्यात्मिक शुद्धि

हातको सामान्य क्रिया : माथि देखाईएको चित्रको सन्दर्भ लिनुहोस् । हातबाट कालो शक्तिको आवरण हटाउनको लागि, हातलाई सामान्य रूपले हल्लाउनुस जस्तो कि तपाई आफ्नो चारैतर्फ कष्टदायक शक्तिलाई हातले समातेर त्यसलाई टाडा फ्याक्दै हुनुहुन्छ । वैकल्पिक रुपमा तपाई आफ्नो हत्केला र औंलाको प्रयोग गरेर आफ्नो शरीरबाट कष्टदायक शक्तिको आवरण झार्न सक्नु हुन्छ अथवा त्यसलाई टाडा धकेल्न सक्नु हुन्छ । हाम्रो औंला एवं हत्केलाबाट नीरन्तर प्राणशक्ति प्रक्षेपित हुन्छ, जसले हाम्रो हातको गतिद्वारा कालो शक्तिको आवरण हटाउन सहायता गर्दछ ।

कहाँबाट आरम्भ गर्ने : यदि तपाई कालो शक्तिको आवरण (जसले भारीपन अथवा कष्ट निर्माण गर्छ) शरीरको कुनै विशिष्ट भागमा अनुभव गर्दै हुनु हुन्छ भने, तपाई त्यही भागबाट आरम्भ गर्नुहोस् । उदाहरणको लागि, यदि तपाईलाई टाउकोको चारैतर्फ भारीपन अनुभव भैरहेको छ भने, त्यही बाटनै आरम्भ गर्नुहोस् ।

यदि कालो शक्तिको आवरण शरीरको केवल एउटा भाग माथि मात्रै आएको छ भने, जस्तो की केवल छातीमा, तब हामी उपरोक्त बताए अनुसार त्यसलाई हटाउन सक्छौं । तर, यदि आवरण शरीरको ठुलो भागमा छाएको छ जस्तो की टाउको देखि छातीसम्म, तब हामीले यसलाई चरणबद्ध रुपमा तल देखि माथि सम्म हटाउनु पर्छ । उदाहरणको लागि, २-३ मिनेटको लागि छातीबाट आवरण निकाल्नुहोस् र त्यसपछि बिस्तारै टाउकोतर्फ जानुहोस् ।

अनिष्ट शक्तिले तपाईलाई समस्या निर्माण गर्नको लागि कुन चक्र प्रभावित गर्न सक्छ, यो जानकारी हेतु खण्ड ५ को तालीका हेर्नुहोस् । त्यसपछि माथि बताए अनुसार त्यो चक्रको वरीपरि कालो शक्तिको आवरण हटाउने प्रयास गर्नुहोस् ।

७.३ पद्धति ३ : उपचार गर्नमा समर्थ त्यस्तो उत्पादनको प्रयोग गर्ने

विशिष्ट आध्यात्मिक उपचार गर्ने उत्पादनले सकारात्मकता उत्पन्न गरेर नकारात्मक स्पन्दनलाई नष्ट गर्दछ । अगाडि केही उदाहरणहरु दिएका छन् ।

पद्धति ३ अ : नबालेको एसएसआरएफको धूप

स्वयमको चारैतर्फ आएको अनिष्ट शक्तिद्वारा निर्मित कालो आवरणको आध्यात्मिक शुद्धि

हामीले नजलाएको SSRF द्वारा निर्मित धूपको उपयोग गरेर पनि आफ्नो चारैतर्फ आएको कालो शक्तिको आवरण जसरी हातले हटाउछौं त्यसरी नै धूपबाट हटाउन सक्छौं । यसको लागि SSRF द्वारा निर्मित कुनै पनि सुगन्दित धूपको उपयोग गर्न सकिन्छ; किनभने उनीहरु सबै विशेष रूपले आध्यात्मिक उपचारको उद्देश्यले बनाएको हुन्छ । यहाँ, कालो शक्तिको आवरण निकाल्नको लागि धूप शरीरमा माथि देखि तल सम्म लहराउन सकिन्छ । जसरी धूपलाई शरीरको चारैतर्फ लहराईनछ, तब कालो शक्तिको आवरणको विघटन हुन थाल्छ ।

यो उत्तम हुन्छ कि एउटै धूप धेरैपटक उपयोग नगर्नुहोस्; किनभने निरन्तर उपयोगले त्यस माथि कालो शक्तिको आवरण निर्माण हुन सक्छ । धूपलाई बगी रहेको पानिमा रीति अनुसार प्रवाहित गर्न अथवा त्यसलाई अनुष्ठानिक रूपमा व्यवस्थित गर्न सुझाव दिइन्छ ।

  • यदि तपाई यसको उपयोग दिनमा एक पटक गर्नु हुन्छ भने, तब SSRF द्वारा निर्मित नजलेको धूपको उपयोग ३० दिनसम्म कालो शक्तिको आवरण हटाउन हेतु प्रयोग गर्न सक्नुहुन्छ ।
  • यदि तपाई दिनमा ५ देखि ७ पटकसम्म घूपको उपयोग गर्नु हुन्छ भने, तपाई अधिकतम १० दिनसम्म उपयोग गर्न सक्नु हुन्छ।
  • यदि तपाईलाई लाग्छ कि धूपले काम गरिरहेको छैन, तब नयाँ धूपको उपयोग गर्न सक्नु हुन्छ ।

कृपया ध्यान दिनुहोस् उपचार पद्धति हेतु, हाम्रो परामर्श छ कि केवल SSRF द्वारा निर्मित धूपको उपयोग गर्नुहोस्, किनभने यो विशेष रूपले आध्यात्मिक उपचार गर्नको लागि नै बनाएको हो । प्रभामण्डल एवं ऊर्जा स्कैनरबाट गरिएको परीक्षणबाट, SSRF द्वारा निर्मित धूपहरुले यी आध्यात्मिक उपचारक विशेषताको पुष्टि गर्दछन् । हामी कुनै अन्य धूपको बारेमा भन्न सक्दैनौं; किनभने हामीले त्यसमाथि आध्यत्मिक अनुसन्धान गरेका छैनौं । हामीले पायौं कि बजारमा उपलब्ध केही धूपहरुले नकारात्मक स्पन्दन पनि प्रक्षेपित गर्न सक्छन्, त्यसैले आध्यात्मिक उपचारमा कुनै लाभ हुँदैन ।

पद्धति ३ आ : गोमूत्रको उपयोग गर्ने

स्वयमको चारैतर्फ आएको अनिष्ट शक्तिद्वारा निर्मित कालो आवरणको आध्यात्मिक शुद्धि

जब कुरा निर्जीव बस्तुबाट आध्यात्मिक उपचार गर्ने विषय आउँछ, तब गोमूत्र  (लोकल गाईको मूत्र) सबै भन्दा शक्तिशाली आध्यात्मिक उपचार साधनहरु मध्ये एउटा मान्न सकिन्छ । किनभने यसमा ईश्वरीय चैतन्य आकर्षित गर्ने क्षमता हुन्छ, जसले आध्यात्मिक उपचार गर्ने क्षमता प्रदान गर्दछ । स्नानको जलमा गोमूत्रको केही थोपा हालनाले हाम्रो चारैतर्फ आएको कालो शक्तिको आवरण हट्दछ । कृपया गोमूत्र माथि लेख हेर्नुहोस ।

पद्धति ३ इ : खाली बाकस (बक्स) बाट उपचार गर्ने

खाली बाकसको उपचार माथि हाम्रो लेखमा, हामीले भनेका छौं कि कसरी साधारण खाली बाकसद्वारा आध्यात्मिक उपचार गर्न सकिन्छ ।

स्वयमको चारैतर्फ आएको अनिष्ट शक्तिद्वारा निर्मित कालो आवरणको आध्यात्मिक शुद्धि

आध्यात्मिक अनुसन्धानबाट हामीलाई ज्ञात भएको छ कि हाम्रो चारैतर्फ खाली बाकस (बक्स) राखेर ईश्वरको नामजप गर्दा स्वयमको चारैतर्फ निर्मित कालो शक्तिको आवरण हटाउनको लागि उपयोगी तरीका हो । यो आध्यात्मिक उपचार सबै भन्दा शक्तिशाली ब्रह्माण्डीय तत्त्व अर्थात आकाशतत्त्वको माध्यमबाट हुन्छ, जुन बाकसको खाली स्थानमा व्याप्त हुन्छ । यो आध्यात्मिक उपचारको लागि ईश्वरसँग प्रार्थना गरेर प्रारम्भ गर्नुहोस्; हे भगवान मेरो चारैतर्फ आएको कालो आवरण बाकस (बक्स) को खाली भागमा तानिएर नष्ट होस् ।

यो आध्यात्मिक उपचारमा उपयोग गरिएको खाली बाकसलाई सूर्यको धूपमा केही घण्टा राखेर अथवा बकासको खुला भाग एवं बाकसको वरिपरी ५-७ पटक SSRF द्वारा निर्मित धूप लहराउनु/धुमाउनु होस् ।

पद्धति ३ ई : नुन मिश्रित पानीको उपचार

नुन मिश्रित जलको उपचार १५ मिनटको एउटा साधारण तर शक्तिशाली उपचार हो, जसले शरीरबाट अनिष्ट शक्तिलाई हटाउनमा सहायता गर्दछ ।

 https://www.youtube.com/watch?v=93J6e179US8&feature=emb_logo

नुन पानीको उपचारमा पूर्ण जानकारीको लागी यहाँ क्लिक गर्नुहोस्

पद्धति ३ उ : परात्पर गुरु डॉ. आठवलेज्यू द्वारा संकलित धार्मिक ग्रन्थको उपयोग

परातपर गुरुद्वारा संकलित गर्नु भएका पवित्र ग्रन्थहरुमा ज्ञानको ऊर्जासँग सम्बन्धित सकारात्मक आध्यात्मिक ऊर्जा प्रचुर मात्रामा व्याप्त छ । आभा र ऊर्जा स्क्यानरहरू प्रयोग गरेर हामीले यी पवित्र ग्रन्थहरुमा धेरै प्रयोगहरु गरेका छौं । हाम्रो खोजहरूले यो कुरा संकेत गर्दछ कि पवित्र ग्रन्थहरु सकारात्मक उर्जाको भण्डार हो ।

यही कारणले, हामी आफ्नो चारैतर्फ आएको अनिष्ट शक्तिको आवरणलाई यो धार्मिक ग्रन्थको उपयोगबाट पनि हटाउन सक्छौं । तपाई यो उपचार पद्धति ३ ए मा भने अनुसार गर्न सक्नुहुन्छ जसमा एसएसआरएफद्वारा निर्मित धूपको प्रयोग गरेको छ, त्यही पद्धति समान तपाई धार्मिक ग्रन्थको प्रयोग गर्न सक्नु हुन्छ ।

कहिलेकाँही, अनिष्ट शक्तिहरुले उच्च स्तरीय सन्तद्वारा रचित धार्मिक ग्रन्थको चारैतर्फ पनि कालो शक्तिको आवरण निर्मित गर्न सक्छ । त्यसैले धर्मिक ग्रन्थको उपयोग पश्चात यसको आध्यात्मिक शुद्धि गर्नु पर्छ । शुद्धि निम्नलिखित पद्धतिद्वारा गर्न सकिन्छ :

  • SSRF द्वारा निर्मित प्रज्वलित धूप चारैतिर घुमाउनुहोस् र ग्रन्थलाई धूपबाट निस्केको धुवाँले ढाकि दिनुहोस् ।
  • यदि SSRF द्वारा निर्मित धूप उपलब्ध छैन भने, तपाई ग्रन्थलाई ३० मिनेट सूर्यमा राख्न सक्नु हुन्छ तथा ईश्वरसँग प्रार्थना गर्नुहोस् कि धार्मिक ग्रन्थको चारैतर्फ कुनै नकारात्मकता सन्चित भएमा, त्यसलाई हटाई दिनुहोस् ।
  • ३० दिनको उपयोग पछि, तपाई त्यो धार्मिक ग्रन्थलाई अर्को कुनै धार्मिक ग्रन्थसँग राखि दिनुहोस् । अबको ३० दिनको लागि तपाई आध्यात्मिक उपचारको लागि अर्को धार्मिक ग्रन्थको उपयोग गर्न सक्नु हुन्छ । यस प्रकार ग्रन्थलाई आलो पालो गर्नुहोस् ।

लेखकहरुले कसरी उनीहरुले लेखेका पुस्तकहरुको आध्यात्मिक स्पन्दनलाई असर गर्छन्, यस माथि गरिएको परीक्षण हेर्नुहोस् ।

७.४ पद्धति ४ : सूर्य उपचार

स्वयमको चारैतर्फ आएको अनिष्ट शक्तिद्वारा निर्मित कालो आवरणको आध्यात्मिक शुद्धि

सूर्यबाट तेज तत्त्व प्रक्षेपित हुन्छ, जसबाट आध्यात्मिक स्तरमा शुद्धि हुन्छ । जब हामी सूर्यको धूपमा बस्द्छौं, हामीलाई स्वतनै तेजतत्त्वको लाभ प्राप्त हुन्छ । तर धाममा बसेर आध्यात्मिक उपचार हुनको लागि, खण्ड ७.१ मा भने अनुसार ईश्वरको नामजप गर्नु पर्छ । नामजप गर्ने सबै भन्दा उत्तम समय बिहान १० बजे भन्दा पूर्व लगभग १५ देखि २० मिनेट । सूर्यको किरण अगाडी तथा पछाडी दुवै तर्फ पर्नु पर्छ (यसको लागि हामीले आफ्नो समय विभाजित गर्न सक्छौं – अगाडीको भागको लागि १० मिनेट र पछाडीको भागको लागि १० मिनेट ) ।

यस्तो किनभने बिहानको समय, वातावरण अधिक सत्त्व प्रधान हुन्छ र त्यसको उपरान्त दिउसो तिर, वातावरण अधिक रज-सत्त्व प्रधान हुन थाल्छ ।

८. कालो उर्जा हटाउनको लागि व्यावहारिक सुझावहरु

  • आध्यात्मिक उपचार विभिन्न ब्रह्माण्डीय तत्त्वहरुको माध्यमले हुन्छ । त्यसैले, स्वयमको चारैतर्फ आएको कालो आवरण हटाउनको लागि यी पद्धतिहरुलाई मिलाएर प्रयोग गर्नु उत्तम हुन्छ । जुन प्रकार एउटा चिकित्सक कुनै बेला लक्षण अनुसार औषधि परिवर्तन गर्दछ, ठीक त्यही प्रकारले आध्यात्मिक उपचारको दृष्टिकोणले पनि सतर्क रहनु पर्छ कस्तो अनुभव भइरहेको छ र कुन आध्यात्मिक उपचार पद्धति सबै भन्दा बडी प्रभाबकारी छ ।
  • कहिलेकाँही हाम्रो चारैतर्फ कालो शक्तिको आवरण एउटा हातको लम्बाई भन्दा पनि अधिक हुन्छ, तब केवल हातबाट यसलाई हटाउन कठिन हुन सक्छ । यदि तपाईलाई यस्तो भएमा, न्यूनतम ५ दिनको लागि प्रतिदिन कमसेकम ३ घण्टासम्म भावपूर्ण ईश्वरको नामजप गर्नुहोस् ।
  • आदर्श रूपमा, कालो शक्तिको आवरण हटाउने समय आर्कै कोठामा गर्नु उत्तम हुन्छ जसबाट अन्य व्यक्तिहरु प्रभावित हुँदैन्न् । तर यदि यस्तो सम्भव भएन भने, तब कालो शक्तिको आवरण हटाउने समयमा आफ्नो वरीपरिको व्यक्तिसँग लगभग २ मीटरको सुरक्षित दूरी बनाउने प्रयास गर्नुहोस् । स्वयमको एवं अरुको रक्षाको लागि निरन्तर नामजप एवं प्रार्थना गर्नाले हटाएको कालो शक्तिको आवरणले प्रभावित हुने सम्भावना न्यून हुन्छ ।

९. कालो शक्तिको आवरणहरु हटाएपछि वरीपरिको क्षेत्रलाई कसरी शुद्ध गर्ने

कालो शक्तिको आवरण हटाएपछि, परिसरलाई आध्यात्मिक रूपले शुद्ध गर्नुपर्छ । यसको निम्नलिखित पद्धतिहरु छन् ।

  • घरको चारै तिर घडीको विपरीत दिशामा SSRF को प्रज्वलित धूप धुमाउनुहोस् । यस दिशामा धूप धुमाउनाले ईश्वरको मारक तत्त्व कार्यरत हुन्छ जसले अनिष्ट शक्तिबाट हाम्रो रक्षा हुन्छन् तथा उनीहरुद्वारा गरिएको हमला कम हुन्छन् ।
  • परिसरमा सानो आवाजमा नामजप (ॐ नमो भगवते वासुदेवाय) लगाउन सकिन्छ (सानो आवाजमा लगाउदा कसैलाई कष्ट हुँदैन) । नामजप डाउनलोड गर्न  यहाँ क्लिक गर्नुहोस्
  • परम पूज्य भक्तराज महाराजद्वारा रचित एवं उहाँद्वारा गाउनु भएको भजनहरुलाई लगाउन सक्छौं ।

१०. स्मरण राख्न हेतु प्रमुख बुँदाहरु

  • तपाईको चारैतर्फ आएको कालो शक्तिको आवरण प्रतिदिन हटाउनु पर्छ ।
  • यस्तो न गर्नाले साधनाको लागि जुन प्रयास गर्दछौं, त्यसको प्रभावशीलता घटेर जान्छ ।
  • माथि भनिएको आध्यात्मिक उपचार पद्धतिलाई नियमित गर्नाले हल्कापन लाग्नु, स्पष्टता पाउनु, उत्साहमा वृद्धि हुनु तथा साधनाको प्रयास गर्नमा सहायता मिल्दछ ।

हामी ईश्वरको चरणमा प्रार्थना गर्दछौं कि हाम्रो पाठकहरु यी आध्यात्मिक उपचार पद्धतिहरुलाई अपनाएर आध्यात्मिक लाभ प्राप्त होस् ।