नामजपमा असुविधा

नामजपमा असुविधा

जब हामी आफु जन्मेको धर्मको अधारमा भगवानको नामजप गर्न थाल्छौं अथवा निर्देशित नामजप गर्छौं, हामी कहीलेकाही शारीरिक अथवा मानसिक अस्वस्थता अनुभव गर्दर्छौं । शारीरिक असुविधा विभिन्न रूपमा हुन सक्छ, जसमा टाउको दुख्ने, वाक-वाक लाग्ने अथवा टाउको भारी हुने इत्यादि समावेश हुन्छ । मानसिक अस्वस्थता चिडचिडापन र व्याकुलताको रूपमा हुन सक्छ ।

यदि कसैलाई नामजप गर्दा अस्वस्थता अनुभव हुन्छ भने पनि खासै चिन्तित हुनु पर्दैन, किनभने त्यसको पछाडी एउटा सामान्य स्पष्टीकरण छ ।

जब हामी नामजप गर्छौं तब हामी त्यो देवताको नामबाट निस्किने ईश्वरीय शक्ति प्राप्त गर्छौं । यसबाट हाम्रो सत्व  गुण (अर्थात आध्यात्मिक शुद्धि) मा वृद्धि हुन्छ । तर धेरै जसो मानिसहरु रज-तम प्रधान हुन्छन् । यो रज-तम सत्व घटकको साथ संघर्ष गर्दछ र व्यक्तिलाई अस्वस्थता अनुभव हुन्छ । यसको साथमा, यदि हामीलाई कष्ट दिने कुनै नकारात्मक अथवा अनिष्ट शक्ति छ भेन सकारात्मकताको वृद्धिले नकारात्मक अथवा अनिष्ट शक्तिलाई कष्ट हुन थाल्दछ । यो किन हुन्छ भने अनिष्ट शक्ति, प्रधानतासँग रज-तम हुन्छ र सत्वगुणलाई सहन सक्दैन । यहाँ नामजपको सकारात्मक स्पन्दन र अनिष्ट शक्तिको नकारात्मक स्पन्दनको बिच सूक्ष्म तथा नदेखिने युध्द हुन्छ । यो सूक्ष्म संघर्ष कुनै प्रकारको शारीरिक कष्टको माध्यमबाट प्रकट हुन्छ ।

यदि टाउको दुखाई जस्तो असुविधा तीव्र छ भने नामजपलाई रोक्न लाभदायक हुन्छ र टाउको दुखाई थामिए उपरांत नामजपलाई पुनः आरम्भ गर्नुहोस् ।

यो असुविधा केही हप्तासम्म रहन सक्छ किन कि शरीर भगवानको नामजपबाट उत्पन्न नयाँ स्तरको पवित्रतासँग अनुकूल बनाउनको लागि प्रयास गर्दछ । त्यसैले हामी भगवानको नामजप गर्नमा लगनशील भई रहनु पर्छ किनकी यो असुविधा प्राय: लामो समयसम्म रहदैन ।