तोकिएको नामजप के हो ?

SSRF, शरीरिक अनि मनको रोगको लागि परम्परागत चिकित्सा उपचारको साथ साथै आध्यात्मिक निको बनाउने उपचार गर्नको लागि सल्लाह दिन्छ ।

पाठकहरुलार्इ सल्लाह छ कि कुनै पनि आध्यात्मिक उपचार पद्धतिहरु आफ्नै जिम्मेवारीमा विवेकपूर्ण लिनुहोला ।

तोकि दिएको नामजप त्यो हो, जसको प्रयोग मूल आध्यात्मिक कारणबाट उत्पन्न समस्याहरु सुधारनको लागि दिएको हुन्छ । एक प्रकारले यो आध्यात्मिक चिकित्सा उपचार को रूपमा कार्य गर्छ । त्यसैले यो आध्यात्मिक उन्नतिको लागि गरिने नामजप भन्दा भिन्न हुन्छ ।

आउनुहोस्, हामी यस सिद्धान्तलार्इ उदाहरणबाट बुझ्ने प्रयास गरौं । जब हामीलार्इ कुनै रोग लाग्छन्, तब हामी चिकित्सकको पास जान्छौं । चिकित्सक त्यस रोग पता लगाइ हामीलार्इ त्यस सम्बन्धित केहि औषधिहरुका सूची दिन्छ । उदाहरणार्थ :

  • कीटाणु-संक्रमण भएकोले, एउटा प्रतिजैविक (antibiotic) लिनको लागि बताउछ, जुन रोगको कीटाणुहरु मरेर रोग हटाउछ ।
  • उच्च रक्तचापमा, उच्च रक्तचापरोधी औषधि लिनको लागि बताउछ, जुन अनेक स्तरहरुमा कार्य गरि उच्च रक्तचाप (high blood pressure) घटाउछ ।

यहाँ महत्त्वपूर्ण कुरा यो हो कि औषधि कहाँ पत्ता लाग्यो, काहाँ निर्मात भयो अथवा रोगीको संस्कृति तथा पन्थ सब भिन्न हुन्छन्; तरपनि औषधि सबैलार्इ समानरूपले लाभ पुराउछ ।

यस प्रकार, आध्यात्मिक अनुसन्धानबाट हामीलार्इ विशेष नामजप मिल्यो, यो विशिष्ट औषधि जस्तै विशेष आध्यात्मिक समस्याहरु हटाउछन् । उदाहरणस्वरूप,  नामजप – श्री गुरुदेव दत्त । यो विशेष नामजप अनेक आध्यात्मिक समस्याहरु हटाउछन्, जस्तै – वैवाहिक समस्या – विवाह नहुने, गर्भधारण नहुने इत्यादि, यो हाम्रो पितृदोष (मृत पूर्खाका कारण प्रकट हुने कष्ट) हुन् । हाम्रो सूचना-वेबसाइटमा विविध शारीरिक एवं मानसिक रोगको लागि विविध प्रकारका नामजप उपलब्ध छन् ।

यसमा महत्त्वपूर्ण कुरा यो हो कि उपर्युक्त नामजपले सबै व्यक्तिहरुलार्इ लाभ हुन्छन् । यो लाभ संस्कृति एवं पन्थका सीमा भन्दा परे, सबैलार्इ समान रूपले मिल्दछन् ।