व्यवसायिक शैम्पूको आध्यात्मिक प्रभाव

1. परिचय

मानिसहरूले बजारमा उपलब्ध विभिन्न कपाल सफा गर्ने उत्पादनहरू प्रयोग गर्नु सामान्य कुरा हो । हामीले यी उत्पादनहरू किन्नुको कारण हो हाम्रो कपालमा बिस्तारै जम्मा हुने फोहोर, छालाका कणहरू, वातावरणीय प्रदूषकहरू, तेलहरू, आदि हटाउन राम्रो, सफा स्वस्थ देखिन्छ । के यी सफा गर्ने उत्पादनहरू जस्तै शैम्पूहरूले बाहिरी रूप सफा गर्न मद्दत गर्नु बाहेक, हामीलाई आध्यात्मिक स्तरमा असर गर्छ ? यस प्रश्नको जवाफको लागि, SSRF ले कपाल सफा गर्ने केही विभिन्न प्रकारका उत्पादनहरूको आध्यात्मिक प्रभावको बारेमा अनुसन्धान गर्यो । हामीले व्यावसायिक शैम्पूलाई शिकाकाई (Acacua concinna) भनिने आयुर्वेदिक पाउडरसँग तुलना गर्यौं । आयुर्वेदिक पाउडरको आध्यात्मिक अनुसन्धानको नतिजा चाँडै प्रकाशित हुनेछ ।

2. हाम्रो दैनिक दिनचर्यामा आध्यात्मिक परिप्रेक्ष्य

सात्विक जीवन शैली कसरी जीउने भन्ने हाम्रो खण्डमा, हामीले हाम्रो दैनिक जीवनका विभिन्न पक्षहरूलाई कसरी आध्यात्मिक बनाउने भनेर व्याख्या गरेका छौं । सात्विक जीवन जिउने आधारभूत सिद्धान्त भनेको आध्यात्मिक रूपमा शुद्ध (सात्विक) स्पन्दनहरू उत्सर्जन गर्ने वा आकर्षित गर्ने अभ्यासहरू कार्यहरू पालन गर्नु हो ।

हाम्रो स्वच्छता अभ्यासहरू हाम्रो दैनिक दिनचर्याको एक महत्त्वपूर्ण खण्ड हो । लेखको अर्को भागमा हामीले नुहाउने विभिन्न तरिकाको आध्यात्मिक प्रभावका साथै नुहाउँदा गोमूत्र प्रयोग गर्दा हुने आध्यात्मिक फाइदाहरूबारे विस्तृत रूपमा वर्णन गरेका छौं । हाम्रो दैनिक स्वच्छताको दिनचर्या पालना गर्दा, हामीले धेरै विकल्पहरुको सामना गर्नुपर्ने हुन्छ विशेष गरी हामीले प्रयोग गर्ने कस्मेटिक उत्पादनहरू । उदाहरणका लागि, जनावरहरूमा परीक्षण गरिएका कस्मेटिक उत्पादनहरू प्रयोग गर्नु नैतिक हो ? के कस्मेटिक उत्पादनहरूमा प्रयोग गरिएका सामग्रीहरू सुरक्षित छन् ? आज हामी चम्किलो, घुमाउरो, हाइड्रेटेड, “ड्यान्ड्रफफ्रीवा अन्य प्रकारको कपाल चाहन्छौं भन्ने आधारमा कपाल सफा गर्ने उत्पादन पनि छनोट गर्न सक्छौं । उन्नत छैठौं इन्द्रिय मार्फत, हामीले कपाल सफा गर्ने धेरै उत्पादनहरूको विश्लेषण गर्यौं कि कुन प्रकारको सूक्ष्मस्पन्दनहरू छन् । यस अध्ययनले हामीलाई कपाल सफा गर्ने कुन उत्पादनहरूले हामीलाई आध्यात्मिक स्तरमा सबैभन्दा बढी फाइदा पुर्याउँछ भनेर तय गर्न मद्दत गर्दछ ।

3. व्यावसायिक शैम्पूको प्रभावको आध्यात्मिक अनुसन्धान

व्यावसायि शैम्पूको सूक्ष्म चित्र छौठौं इन्द्रिय युक्त प्रियंका लोटलीकरले बनाएको हो । यसलाई परम पूज्य डा. आठवले ज्यूले प्रमाणिकरण गर्नु भएको छ । सूक्ष्म-ज्ञानमा आधारित तलको रेखाचित्रमा कपालमा लगाउने शैम्पूले आकर्षित र प्रक्षेपित गर्ने सूक्ष्म-स्पन्दनहरु देखाउँदछ ।

व्यावसायिक शैम्पूमा गरिएको आध्यात्मिक अनुसन्धानले निम्न विशेषताहरु दर्शाएका छन् :
  • केही मात्रामा दिव्य ऊर्जा व्यावसायिक शैम्पूमा हुन्छ । तर त्यसलाई बाक्लो कालो ऊर्जाले घेरिएको हुन्छ ।
  • व्यावसायिक शैम्पूले कालो ऊर्जा सक्रिय गर्दछ जसमा तमगुण उच्च अनुपातमा हुन्छ । यो कपाल र टाउकोको छालाले लिन्छ ।
  • हाम्रो कपाल र टाउकोको छालाको बरिपरि बढेको कालो ऊर्जाको कारण हामी अधिक नकारात्मक शक्तिहरुको आक्रमणमा पर्ने सम्भावना हुन्छ । उच्च-स्तरीय मान्त्रिकले सजिलैसँग सूक्ष्म-चित्र (यन्त्रहरु) राखेर त्यहाँबाट हामीलाई आक्रमण गर्न सक्छ । यसको विभिन्न् परिणामहरु हुन्छन् जस्तै कपाल झर्ने, कपाल बाक्लो वा पातलो हुने, सुख्खा र टुक्रिने आदि । हामीले अनिष्ट शक्तिको आक्रमणबाट कपाल झर्ने केस स्टडी प्रकाशित गरेका छौं । 
  • मायावी तरङ्गहरु अत्यधिक मात्रामा व्यावसायिक शैम्पू र सम्बन्धित उत्पादनहरुमा आकर्षित हुन्छन् । तिनीहरुले वातावरणमा पनि समान स्पन्दनहरु उत्सर्जन गर्छन् । व्यावसायिक उत्पादनहरूबाट उत्सर्जित धेरै सुगन्धहरू यसको उदाहरण हुन् । यद्यपि त्यस्ता सुगन्धहरू हाम्रो स्थूल इन्द्रियहरूलाई सुखद लाग्न सक्छ, आध्यात्मिक स्तरमा तिनीहरूले नकारात्मक स्पन्दनहरू उत्सर्जन गर्छन् ।

4. हाम्रो अनुसन्धानको व्यवहारिक निहितार्थ

व्यवसायिक कपालको उत्पादनहरुमा हाम्रो अनुसन्धानको केही तथ्यहरु तल दिएको छ :

  • आध्यात्मिक दृष्टिकोणबाट व्यावसायिक कपाल सफा गर्ने वा कपालका सौन्दर्य उत्पादनहरूबाट टाढा रहनु उत्तम हुन्छ ।
  • अर्को चाखलाग्दो तथ्य हो प्राकृतिक जडिबुटी वा आयुर्वेदिक शैम्पूहरु तरल रुपमा हुँदा केही मात्रामा नकारात्मक स्पन्दनहरु आकर्षित गर्दछन् । किनकि रसायन प्रत्येक तरल शैम्पूको आवश्यक घटक हो जसले नकारात्मकता आकर्षित गर्दछ । 
  • हामीले यसको सट्टा प्रयोग गर्न सक्ने वैकल्पिक उत्पादन शिकाकाई (Acacia concinna) बाट बनेको पाउडर हो । त्यस्तै आयुर्वेदिक जडीबुटी पेस्ट जस्तै उबतान (आयुर्वेदिक जडिबुटीको मिश्रण) लाई आयुर्वेदिक कपूर (भीमसेनी कपूर) मिसाएर बनाइएको पेस्ट पनि प्रयोग गर्न सकिन्छ । कपालको उपचार गर्न कपाल टाउकोको सत्वगुण बढाउन प्रयोग गर्न सकिने अन्य वैकल्पिक उत्पादनहरूमा आयुर्वेदिक तेल, नरिवलको तेल, तिलको तेल आदि समावेश छन् ।
  • व्यावसायिक कपाल रंगाउने उत्पादनहरूमा पनि केमिकलहरू हुन्छन् जसले कपालको प्राकृतिक सौन्दर्यलाई नष्ट गर्छ हाम्रो वरपर कालो शक्तिलाई बढाउँछ । त्यसैले कपालमा रंग लगाउनबाट जोगिनु राम्रो हुन्छ ।
  • कपालको प्रकारले पनि सात्विक, राजसिक वा तामसिक स्पन्दनहरु आकर्षित गर्दछ । यसले माथि उल्लेखित प्रभावहरुलाई अझ बढाउन सक्छ । हामी यस बारे थप लेखहरुमा विस्तारमा लेख्नेछौं ।

5. निष्कर्ष

मानव निर्मित वस्तुबाट उत्पन्न हुने सौन्दर्य दीर्घकालीन हुँदैन भगवानले हामीलाई दिएको प्राकृतिक सौन्दर्यलाई बेवास्ता गरेर तम प्रधान उत्पादनहरू प्रयोग गर्दा दुबै आध्यात्मिक स्तरमा पञ्च इन्द्रिय, मन बुद्धिको स्तरमा हानि हुन्छ । यसको मतलब हो हामी हाम्रो भित्रको आत्माको सट्टा हाम्रो शरीरसँग बढी चिनिन्छौं । 

आध्यात्मिक रूपमा लाभदायक प्रभावहरू भएका सौन्दर्य उत्पादनहरू छनौट गरेर, हामी हाम्रो दैनिक जीवनको सांसारिक कार्यहरू मार्फत पनि सकारात्मक ऊर्जालाई आत्मसात गर्न सक्छौं ।