01-nep-about-us-landing

१. उद्देश्य के हो ?

एस.एस.आर.एफ को उद्देश्य हो – समाजलार्इ आध्यात्मिक विश्व अनि हाम्रो जीवनमा त्यसको प्रभावको विषयमा ज्ञान प्रदान गर्नु हो । हामी आध्यात्मिक विश्वको सम्बन्धमा शोध गछौं तथा यस विषयमा सबैलार्इ सरल भाषामा ज्ञान प्रदान गर्छौ अनि समझाउँछौं, जिज्ञासुलार्इ स्वयं आध्यात्मिक अनुभूति लिनको लागि पेरित गछौं तथा जसमा आध्यात्मिक प्रगति एवं र्इश्वर प्राप्तिको लागि तिव्र लगन छ, उसलार्इ उनको ध्येय साध्य गर्नको लागि मार्गदर्शन गछौं ।

२. एस.एस.आर.एफ कस्को लागि हो ?

एस.एस.आर.एफ त्यो प्रत्यके जिज्ञासुको लागि हो जो आध्यात्मिक विश्व बुझ्न चाहन्छ । समय-समयमा जसलार्इ शङ्का आउछ उनी हामीलार्इ आध्यात्मिक विश्वको अस्तित्वको सम्भावनाको विषयमानै प्रश्न गर्छ । एस.एस.आर.एफ लार्इ विश्वास छ कि आध्यात्मिक विश्वको अस्तित्व हुन्छ अनि त्यसले हाम्रो दैनिक जीवनलार्इ प्रभावित गर्छ । त्यसैले सन्देहवादिको समाधान गर्न अनमोल साधन व्यय गर्नुको अपेक्षा हामी जिज्ञासु अनि मुमुक्षु (मोक्षको इच्या गर्ने) लार्इ आफ्नो समय एवं ध्यान केनद्रित गर्न चाहन्छौं ।

३. हाम्रो विषयमा भिडियो जागृत जीवन बाचौं (Live an Aware Life)

[भिडियोमा सङ्गीत स्टीवन बर्गेसक (www.aquadio.com) अनि अन्यका सौजन्य हुन् ।]

४. हाम्रो प्रेरणास्रोत को हुन् र सबै कसरी आरम्भ भयो ?

 प.पू. डाँ जयंत बालाजी आठवले जी

प.पू. डाँ जयंत बालाजी आठवले जी

 

एस.एस.आर.एफको स्थापना प.पू. डाँ जयंत बालाजी आठवले जी को आशीर्वादबाट भयो । प.पू. डाँ जयंत बालाजी आठवले जी सम्मोहन उपचारको विशेषज्ञ पनि हुन् । उहाँले भारत अनि विदेशमा सम्मोहनमा व्यापक मनोविज्ञान शोध गर्नु भएको छ । उहाँ सन् १९७१ देखि १९७८ सम्म ब्रिटेनमा रहनु भयो । उहाँको चिकित्साकालमा उहाँलार्इ ध्यानमा आयो कि उनको उपचार-अनुपात (रोगिको रोग-मुक्त अनुपात) ७० प्रतिशत छ, जुन श्रोष्ठ छ । तर ३० प्रतिशत रोगी पूर्ण रुपले ठिक हुँदैन थियो । केहि समय पछि उहाँले थाहापाउँनु भयो कि जो उहाँको चिकित्साबाट पूर्ण ठिक भएन्न्, तिनी पवित्र स्थानमा गएर, सन्तको सान्निध्यमा रहेर अथवा कोही आध्यात्मिक उपाया (उदाहरण केही धार्मिक विधि, नामजप, तीर्थश्रेत्रमा निवास) गर्नाले ठीक भए ।

त्यस समय प.पू. डाँ जयंत बालाजी आठवले जी नास्तिक हुनुहुन्थ्यो; तर त्यस घटनाले उहाँमा रोगको सामाधानको कारण जान्ने जिज्ञासा उत्पन्न भयो अनि त्यस दिशामा पहल गर्न लाग्नु भयो । उहाँ समस्त भारतवर्षमा विभिन्न पन्थका सन्तहरुसँग मिल्नु भयो । उहाँले सबै सन्तहरुसँग आध्यात्मको विषयमा सैदान्तिक एवं प्रयोगात्मक प्रश्न गर्नभयो अनि सबै उत्तर ध्यानपूर्वक लेखेर राख्नुभयो । बिस्तरै बिस्तारै उहाँले बुझ्न थाल्नु भयो कि शरीर अनि मनोविज्ञानको तुलनामा अध्यात्मशास्त्र अधिक श्रेष्ठ छ । चिकित्सकिय शास्त्रको सम्बन्ध केवल शारीरिक अङ्ग अनि केहि सिमासम्म मनोवैज्ञानिक अङ्गसम्म नै मर्यादित छ; तर यसमा आध्यात्मिक स्तर पूर्णतह छोडि दिन्छ । सन्तहरुले उहाँलार्इ बताउनुभयो कि अध्यात्म यस्तो विज्ञान (शास्त्र) होइन जो केवल पुस्तक पढेर सिक्न सकिन्छ, यो व्यवाहरमा (आचारमा) ल्याउने शास्त्र हो । प.पू. डाँ आठवले जी आफ्नो रोगीहरुको उपचार गर्नको लागि, यो शास्त्र सिक्न हरचिज गर्न त्यार हुनुहुन्थ्यो । त्यसैले सन्तहरुले जुन उपदेश दिनुभएको थियो उहाँले सबै पालन गर्नुभयो । अर्थात उहाँले सन्तको मार्गदशर्नमा साधना सुरु गर्नु भयो । परिणामस्वरुप उहाँलार्इ गुरुप्राप्ति भयो अनि उहाँको जीवनमा प.पू. भक्तराज महाराज आनुभयो ।

 प.पू. भक्तराज महाराज जी

प.पू. भक्तराज महाराज जी

 

प.पू. डाँ जयंत बालाजी आठवले जी ले प्राप्त जानकारी सबैलार्इ प्रदान गर्नको लागि आध्यात्मशास्त्रमा प्रवचन आरम्भ गर्नुभयो । उहाँ विषयलार्इ सरल, वैज्ञानिक तथा व्यवहारमूलक पद्धतिले प्रस्तुत गर्नुहुन्थ्यो । यसकारण व्यक्तिहरु जीवनमा अध्यात्मशास्त्रको आचरण गर्न थाले अनि उनीहरुलार्इ त्यसको तुरुन्त फार्इदा हुन थाल्यो । प.पू. डाँ आठवले जी ले जो आध्यात्मिक पद्धतिहरु सिक्नु भएको थियो त्यसको उपयोग जब रोगिहरुमा गर्नु भयो तब उहाँले देख्नु भयो कि रोगिहरुको ठिक हुने संख्या बढेर गयो । उहाँले यो पनि थाहा पाउनु भयो कि आध्यात्मशास्त्र उहाँको रोगिहरुलार्इ मात्र सिमित नभर्इ वर्तमानमा सम्पूर्ण मानवजातिको लागि लाभदायक छ । यसको कारण यो हो कि केवल रोगिको मूलभूत कारण आध्यात्मिक होर्इन, वर्तमानमा जीवनको सर्व प्रमुख प्रसङ्ग अनि अधिक्तर समस्याहरुका पनि यही मूल हो ।

सन १९८५ देखि प.पू. डाँ आठवले जी अध्यातम क्षेत्रमा निरन्तर प्रयासरत हुनुहुन्छ । उहाँले आध्यात्मिक विश्व बुझ्नको लागि वैज्ञानिक पद्धतिले शोधकार्य गर्नुभयो, त्यसलार्इ सम्पूर्ण मानवजाति सम्म पुराउनु भयो । उहाँको धेरै वर्षको वैज्ञानिक निष्कर्ष उहाँको आशीर्वादले सर्वसुलभ सरल भाषामा प्रस्तुत गरिरहेका छौं । यस शास्त्रको सिद्धान्त बुझ्नको लागि हामीले कयौं चित्र, रेखाचित्र (ग्राफ) एवं टेबलका ज्यादा उपयो गरेका छौं । र्इश्वरप्राप्तिको र्इच्छा हुने विविध पन्थका अनेक साधक आफ्नो स्वेच्छाले यो वेबसाइट विकसित गरिरहेका छन् । यो प्रयासमा प.पू. डाँ आठवले जी ले उनीहरुलार्इ मार्गदर्शन गर्नुभएको छ । परिणामस्वरुप साधकहरुले आध्यात्मशास्त्रको, साधनाको स्वयं अनुभूति लिएका छन् ।