मासु तथा मदिराबाट प्रक्षेपित हुने स्पन्दनहरुको बायो-फीडव्यक उपकरणद्वारा गरिएको अनुसन्धान

मासु तथा मदिराबाट प्रक्षेपित हुने स्पन्दनहरुको बायो-फीडव्यक उपकरणद्वारा गरिएको अनुसन्धान

सारांश

हाम्रो दैनिक जीवनमा आफ्नो जीवन शैलीसँग सम्बन्धित धेरै विकल्पहरु जस्तै खान-पान, वेशभूषा इत्यादिमा हामीले छनौट गर्नुपर्ने हुन्छ । व्यक्तिले आफ्नो जीवन शैलीलाई आध्यात्मिक रूपले सही छनौट गर्दछ तब त्यसबाट उत्पन्न हुने सात्विकताबाट ऊ लाभान्वित हुन्छ । त्यसबाट रज तथा तमको सूक्ष्म गुणको (अत्यधिक क्रियाशीलता एवं अज्ञानता) प्रभाव पनि अल्प हुन थाल्छ । कलियुगमा यस्तो व्यक्तिको संख्या निरन्तर कमि भैरहेको छ । खाना र पिउनको लागि हाम्रो छनौट पनि यसको अपवाद छैन । यो लेखमा हामी मासु तथा मदिराबाट प्रक्षेपित हुने स्पन्दनहरुको अध्ययन गर्ने छौं । तुलनात्मक विश्लेषणबाट हामीलाई आध्यात्मिक लाभ हुने अन्नपदार्थहरुको महत्त्वबारे ज्ञात हुन्छ ।

१. मांसाहारी आहारको आध्यात्मिक प्रभाव

शरीर रचनात्मक प्रमाणले सिद्ध गर्दछ कि मनुष्यको लागि शाकाहारि भोजन निर्धारित गरिएको छ । मानवको केनाईन दाँतको तुलनामा मांसाहारी पशुको दाँत (केनाईन दाँत) लामो,  नुकीलो तथा वक्र हुन्छ, अतः मनुष्यको दाँत मासु खानको लागि बनेको हुँदैन । हाम्रो पाचन तन्त्रको बनावट पनि मांसाहारी भोजन हेतु उपयुक्त हुँदैन । साथमा विश्व स्वास्थ्य संगठन (WHO)  ले यो कुरा स्पष्ट गरेका छन् कि मासु खानाले विभिन्न रोगहरु जस्तौ उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल तथा केहि प्रकारको क्यान्सरहरु हुन सक्छ । अब धेरै चिकित्सकहरुद्वारा शाकाहारी भोजन अनुशंसित गरिएको छ तथा उनीहरु दावा गर्दछन् कि यो शाकाहारी भोजनले सर्वोत्कृष्ट पोषण प्रदान गर्दछ तथा मांसाहारी भोजनबाट हुने रोगबाट व्यक्तिलाई बचाउद्छ ।

आध्यात्मिक अनुसन्धानबाट ज्ञात भएको छ कि मांसाहारीको तुलनामा शाकाहारी भोजन अधिक लाभदायी हुन्छ । मांसाहारी भोजनको तुलनामा शाकाहारी भोजन अधिक सात्त्विक हुन्छ र त्यसमा रज-तमको मात्रा पनि अल्प हुन्छ । सात्त्विक शाकाहारी भोजन सेवन गर्नाले आध्यात्मिक प्रगतिको लागि अनुकूल सत्त्व प्रधान स्पन्दनहरु ग्रहण हुन थाल्छ ।

मांसाहारमा रज-तमको गुण अधिक मात्रामा हुन्छ; त्यसैले यस्तो भोजनलाई ग्रहण गर्ने व्यक्ति मासुमा विद्यमान हुने तमोगुणलाई ग्रहण गर्दछ, अतः यसको त्याग गर्नुनै उत्तम हुन्छ । तम प्रधान आहारले तम प्रधान विचारलाई निर्मिति गर्दछ तथा दुर्गुण जस्तौ भय, चिन्ता, क्रोध तथा उग्रता पनि उत्पन्न हुन्छ । यसले मन तथा बुद्धिको सन्तुलन बिग्रिन्छ तथा व्यक्ति पथभ्रष्ट हुन्छ ।

२. मदिरा पीउदा आध्यात्मिक प्रभाव

जुन विश्वमा हामी छौं मदिराको प्रयोग यति व्यापक तथा स्वीकार्य भैसकेकोछ कि यो तथ्यलाई हामीले ओझेलमा राखेका छौं की मदिरा धेरै चिकित्सीय, मनोवैज्ञानिक, सामाजिक, तथा पारिवारिक समस्यालाई आमंत्रित गर्ने एउटा पदार्थ हो । व्यक्तिले मदिरा पीउने केहि मनोवैज्ञानिक कारणहरु हुन् भय, अपराधी भाव, उत्तरदायित्वबाट भाग्ने, सन्बन्धहरु टूट्ने, प्रतिष्ठा घट्ने, आर्थिक हानि तथा प्रियजनको मृत्युहरु सम्मिलित छ । आध्यात्मिक दृष्टिकोणले मदिरामा अनिष्ट शक्तिलाई आकर्षित गर्ने क्षमता हुन्छ । मदिरा तम-रज प्रधान पेय हो । फलस्वरूप, मदिरा पीउनाले व्यक्तिमा सात्विकता घटेर त्यही समय उसमा सूक्ष्म तमोगुण बढन थाल्दछ । यसको परिणामस्वरूप आध्यात्मिक रूपले व्यक्तिको दुर्बलतामा वृद्धि हुन्छ तथा व्यक्तिमा अनिष्ट शक्तिको आक्रमण बढेर जान्छ एवं कहीलेकाँही व्यक्ति अनिष्ट शक्तिहरुको कब्जामा पनि पर्दछन् ।

३. बायोफीडव्यक उपकरणद्वारा गरिएको विश्लेषण

यदि कसैसँग औसत भन्दा अधिक क्षमता भएको छैठौं इन्द्रिय छ भने, त्यो व्यक्तिले आध्यात्मिक स्पन्दन ग्रहण गर्न सकदछ । उसले कुन पदार्थ आध्यात्मिक दृष्टिले उपयुक्त छ अथवा छैन त्यो कुरा निर्णय गरेर जीवनमा आध्यात्मिक दृष्टिले उचित छनौटहरु गर्न सक्दछ । आरएफआई (रेजोनेंट फील्ड इमेजिंग) र पीआईपी (पॉलीकाँट्रास्ट इंटरफेरेंस फोटोग्राफी – बायो इमेंजिंग समान उपकरण) जस्ता केहि बायोफीडव्यक उपकरणहरुले वस्तुको चारैतर्फ भएको स्पन्दन ग्रहण गरेर उनीहरुलाई दृश्य स्वरूपमा देखाउन सक्दछन् । यसले गर्दा सामान्य व्यक्ति पनि आफ्नो आँखाले बस्तुको चारैतर्फको प्रभामण्डल (आभा) अथवा ऊर्जाक्षेत्र देख्न सक्दछ ।

पीआईपी एवं यसको प्रयोगसँग सन्न्धित अधिक जानकारीको लागि यो लिंकमा क्लिक गर्नुहोस ।

यो परीक्षणद्वारा हामीले वैज्ञानिक बायोफीडब्यक उपकरणद्वारा मासु तथा मदिराबाट प्रक्षेपित स्पन्दन माथि प्रकाश पारेका छौं र तिनीहरुलाई आध्यात्मिक अनुसन्धानबाट प्राप्त निष्कर्षहरुसँग  तुलना गरेका छौं ।

यी परीक्षणहरुमा हामीले वस्तुको कारण वातावरणमा हुने परिवर्तनको रीडिंग लिएका छौं । वातावरण निरन्तर परिवर्तन हुन्छ, त्यसैले हामीले वस्तुको परीक्षण गर्नु भन्दा पूर्व वातावरणको मूलभूत रीडिंग लेख्यौं । अत: मासु तथा मदिराको परीक्षण गर्ने समयमा, प्रथम त्यो पदार्थ नराखीकन वातावरणको रीडिंग लियौं तथा त्यसपछि परीक्षण गरिने वस्तुलाई त्यहाँ राखेर पुनः रीडिंग गरियो ।

3.1 Results obtained with RFI (Resonant Field Imaging)

आरएफआईपाठ्यांक र त्यसको विश्लेषण

परीक्षण गरिएको पदार्थ

रीडिंग (मेगाहर्ट्स)

विश्लेषण
१. मांसाहार (मासु) को प्रयोग

१ अ. पहिला

६६९.४०

आवृत्ति गाढा निलो छ, जसले सकारात्मकतालाई दर्शाउँछ

१ आ. परीक्षणको समय

६०३.८०

मासुको थाल राखेपछि कालो नकारात्मकता देखियो ।
२. मदिराको प्रयोग

२ अ. पहिला

६८७.२२

आवृत्तिको रंग नेभी निलो छ जसले सकारात्मकतालाई दर्शाउँछ, तर त्यो नीलो रंग  भन्दा कम सकरात्मक हुन्छ ।

२ आ. परीक्षणको समयमा

६३९.८६

मदिरा परीक्षणको लागि राखेपछि, त्यसको आवृत्ति निलो भयो, जसले वातावरणमा सकारात्मक परिवर्तनलाई जनाउँदछ । (टिप्पणी १)

टिप्पणी १ : उन्नत छैठौं इन्द्रियबाट यो आर.एफ.आई. पठन (रीडिंग) को विश्लेषण गरेपछि, हाम्रो अनुसन्धान टोलीले थाहा पाए कि यो सही सकारात्मक परिवर्तन होइन तर मायावी तरंगको आकर्षणले अनिष्ट शक्तिद्वारा निर्मित भ्रम हो । मायावी तरंग अनिष्ट शक्तिद्वारा निर्मित गरिन्छ तथा त्यसले झूठमूठ सुख दर्शाउँछ ।

३.पीआईपी (पॉलीकाँट्रास्ट इंटरफेरेंस फोटोग्राफी) बाट प्राप्त परिणाम

पूर्व :  प्रथम चित्र जुन हामीले लियौं त्यो वातावरणको प्रभामण्डलको (आभा) थियो । यहाँ सुन्तला रंगले तनावको स्पन्दनलाई दर्शाउछ,  हरियो रंगले सकारात्मक शक्तिलाई दर्शाउछ तथा पहेलोको साथ सुनौलो रंगले उच्च स्तरीय ब्रह्माण्डीय स्पन्दनहरुलाई दर्शाउदछ ।

मासु तथा मदिराबाट प्रक्षेपित हुने स्पन्दनहरुको बायो-फीडव्यक उपकरणद्वारा गरिएको अनुसन्धान

वातावरणको प्रभामण्डलको केन्द्रमा रहेको पहेंलो रंगले उच्च आध्यात्मिक तत्त्वलाई दर्शाउॅंदछ, यो संगै सुन्तला रंगले तनावलाई दर्शाउँछ तथा हरियो रंगले सकारात्मकता तथा गतिलाई दर्शाउँदछ ।

मासु तथा मदिराबाट प्रक्षेपित हुने स्पन्दनहरुको बायो-फीडव्यक उपकरणद्वारा गरिएको अनुसन्धान

मासु थालमा राखीसके पछि, पूरै वातावरण परिवर्तित भयो । सकारात्मकता दर्शाउने हरियो रंग अल्प भयो र नकारात्मक सुन्तला रंगमा वृद्धि भयो तथा मासुको चारैतर्फ आकर्षित भयो । सकारात्मक पहेंलो रंग पनि न्यून हुन थाल्यो ।

मासु तथा मदिराबाट प्रक्षेपित हुने स्पन्दनहरुको बायो-फीडव्यक उपकरणद्वारा गरिएको अनुसन्धान

वातावरणको प्रभामण्डलको केन्द्रमा रहेको पहेंलो रंगले उच्च आध्यात्मिक तत्त्वलाई दर्शाउदछ, यो संगै सुन्तला रंगले तनावलाई दर्शाउँछ तथा हरियो रंगले सकारात्मकता तथा गतिलाई दर्शाउँदछ  ।

मासु तथा मदिराबाट प्रक्षेपित हुने स्पन्दनहरुको बायो-फीडव्यक उपकरणद्वारा गरिएको अनुसन्धान

परीक्षणको लागि मदिरा राखेपछि,  नकारात्मक सुन्तला रंग बढ्न थाल्यो तथा यसको वलयले मदिराको गिलासलाई घेरि दिन्छ । अत: सकारात्मक हरियो वलय हटदछ । मदिराको कारण, उच्च आध्यात्मिक तत्त्वलाई दर्शाउने पहेलो रंग घट्यो ।

४. निष्कर्ष

  • मासु तथा मदिरा दुबै तम प्रधान हुन्छन् ।
  • मासुले अनिष्ट शक्तिलाई आकर्षित गर्दछ ।
  • मदिरा मायावी शक्तिलाई आकर्षित गर्नमा सक्षम हुन्छ । यस कारण, मदिराले गलत सकारात्मक आर.एफ.आई. रीडिंग प्रदर्शित गर्दछ ।
  • उपर्युक्त अवलोकनबाट यो कुरा स्पष्ट हुन्छ कि मासु तथा मदिरा सेवनको कारण, व्यक्ति मासु तथा मदिराबाट आकर्षित हुने कष्टदायक स्पन्दनलाई ग्रहण गर्दछ तथा उसको स्वभाव तामसिक (तम-प्रधान) बन्न थाल्छ ।

उपर्युक्त स्क्यान र त्यसको विश्लेषण श्री. संतोष जोशीको सहायताबाट गरिएको हो (वैश्विक ऊर्जाको अनुसन्धानकर्ता, मुंबई, भारत) ।

उपर्युक्त निष्कर्ष हामीले विभिन्न प्रकारको खानेकुराहरु तथा पीउने पदार्थहरु माथि गरिएको आध्यात्मिक अनुसन्धानसँग मेल खान्छ ।

SSRF यस प्रकारको विषयको सन्दर्भमा वैज्ञानिक परिप्रेक्ष्यको दृष्टिले यस क्षेत्रका अनुसन्धानकर्ता र विशेषज्ञसँग सहायताको लागि अनुरोध गर्दछ ।