आध्यात्मिक स्वास्थयमा मद्यपानको (रक्सी सेवनको) प्रभाव

पाठकको लागि सूचना : यस लेखलार्इ राम्रोसँग बुझ्नको लागि कृपया सूक्ष्म-ज्ञान मा आधारित चित्र के हो? यो सँग परिचित हुनुहोस् ।

यस लेखमा सूक्ष्म-ज्ञानमा आधारित चित्रको माध्यमबाट मदिरा द्वारा आकर्षित एवं प्रक्षेपित गरिने सूक्ष्म-स्तरीय स्पन्दन बुझ्नेछौं । ये चित्र प्रगत छैटौं इन्द्रिय भएको सन्त पूज्यनीय श्रीमती योया वालेले बनाउनु भएको हो ।

आध्यात्मिक दृष्टिकोणबाट रक्सीको बारेमा केही मु्ख्य बुँदाहरु निम्नानुसार छन् :

  • कालो शक्ति आकर्षित गर्ने क्षमता : रक्सी रज-तम प्रधान पेय हो । यसको परिणामस्वरूप मद्यपानले व्यक्तिको सात्त्विकता घट्दछ साथै रक्सीको कारण सूक्ष्म तमोगुण बढ्दछ ।
कालो शक्ति : अनिष्ट शक्ति द्वारा उपयोग गरिने प्राथमिक अस्त्र हो कालो शक्ति । कालो शक्ति, एक आध्यात्मिक शक्ति हो, जसले पृथ्वीमा हुने कुनै पनि घटनामा हेर-फेर गर्ने क्षमता हुन्छ । आक्रमण गर्ने अनिष्ट शक्ति कति शक्तिशाली छ, यसमा दुष्प्रभावको विस्तार निर्भर गर्छ ।

​माथि दिएको सूक्ष्म ज्ञानमा आधारित चित्रमा दर्शाएको सूत्र क्रमाङ्क ३ अनुसार, कालो शक्तिको प्रवाह आकर्षित गर्नुको साथै रक्सी कालो शक्ति पनि आकर्षित गर्दछ । रक्सी पिउने व्यक्तिको मन अनि बुद्धिमा सूक्ष्म कालो आवरण निर्माण हुन्छ, जसले गर्दा उनी अनिष्ट शक्तिको लागि एउटा सरल लक्ष्य बन्न जान्छ ।

  • आध्यात्मिक असुरक्षितता बढ्ने : रक्सी पिउने समय हाम्रो मन तथा बुद्धिको नियन्त्रण हटेर जाने आशंका अधिक हुन्छ । अनिष्ट शक्ति यो अवसरको फार्इदा उठाउँदछ अनि हाम्रो चेतनामा घुसपैठ गर्दछ । यहाँसम्म कि यदि एक सामाजीक पेय बीयरको सेवनले पनि व्यक्तिको सात्त्विकता घटाउन अनि उनीमा तमोगुण बढाउनको लागि पर्याप्त हुन्छ, जसले व्यक्तिमा अनिष्ट शक्तिको आक्रमण हुने आशंका बढेर जान्छ ।
  • भूतावेशको आशङ्का बढ्ने : यदि कुनै व्यक्तिलार्इ रक्सीमा रुचि छ, भने यस रुचिलार्इ अनिष्ट शक्ति अथवा मृत पूर्खा उनलार्इ आवेशित (possesses) गर्नको लागि यहि रुचिको नै फार्इदा उठाउन सक्छ । यदि एक पल्ट अनिष्ट शक्ति कुनै व्यक्तिलार्इ आवेशित गर्यो भने त्यस व्यक्तिमा रक्सीको रुचि बढ्दै जान्छ । यसले व्यक्तिमा नियन्त्रण बनाइ राख्न अनि उनको माध्यमबाट आफ्नो वासना तृप्त गर्न अनिष्ट शक्तिलार्इ सहायता हुन्छ ।
  • परिवारमा रक्सी पिउनाले प्रभाव : जब अनिष्ट शक्ति कुनै व्यक्तिलार्इ आवेशित गर्दछ, भने त्यस व्यक्तिको माध्यमबाट सरलतासँग आफ्नो वासना तृप्त गर्न सक्छ । पिएपछि व्यक्तिद्वारा आफ्नो परिजन, मित्र अनि समाजको व्यक्तिसँग ज्यादै भयानक व्यवहार हुन्छ । रक्सी पिएको समय (व्यसन एवं रक्सीको प्रभावमा) देखाई दिने हिंसक व्यवहार मुख्यतः आवेशित गर्ने शक्तिखको कारण हुन्छ, जुन पिएको समय विद्यमान हिंसा स्वभावदोषको फार्इदा उठाएर त्यसलार्इ बढाइ दिन्छ । जब व्यक्ति नियमित रूपले रक्सीको सेवन गर्दछ, उनी आवेशित हुने आशंका बढेर जान्छ ।
  • वाईनको आध्यात्मिक गुण : आध्यात्मिक परिप्रेक्ष्यमा, वाईन पनि त्यहि वर्गमा छ, जाहाँ अन्य अल्कोहोलिक पेय छन्; किन कि यो व्हिस्की (whisky) अथवा वोदका (vodka) भन्दा केवल केहि मात्रामा कम तामसिक हुन्छ ।
  • सुरुमानै समस्या समाधान : यदि कुनै व्यक्तिको मृत्यु रक्सी प्रति आफ्नो र्इच्छा कम नगरि मृत्यु भएमा, मृत्युपछि पनि उनको र्इच्छा बनि रहन्छ । फरक केवल यति मात्रै हो कि आफ्नो र्इच्छा पूरा गर्नको लागि स्थूल शरीर हुँदैन । यस कारण मृत्युपछि उनको सूक्ष्म-देह कुनै अर्को व्यक्तिलार्इ आवेशित गर्ने प्रयास गर्दछ, जसको माध्यमबाट उनी आफ्नो र्इच्छा पूरा गर्न सक्छ अनि यस्तो दुष्ट चक्र चलिरहन्छ । जीवित रहदा नै यो चक्रबाट निक्लनु आवश्यक छ, जसले मृत्युपछि अवचेतनमा लुकेको वासना-केन्द्र द्वारा संचालित हुँदैन ।
  • रक्सीको लत हटाउने उपाय : आध्यात्मिक अनुसन्धानको माध्यमबाट हामीले यो पायौं कि ९६ प्रतिशत लतको मूल कारण आध्यत्मिक हुन्छ । जुन समस्याको मूल कारण आध्यात्मिक आयाममा हुन्छ, त्यसलार्इ केवल आध्यात्मिक उपायद्वारा मात्र हटाउन सकिन्छ । हाम्रो लेख लतमा आध्यात्मिक अनुसन्धान मा एउटा त्रिसूत्रीय आध्यात्मिक कार्यक्रम प्रतिपादित गरेकाछौं, जसले व्यक्ति रक्सी जस्तो लतबाट छुटकारा पाउन सकोस्, त्यो पनि न्यूनतम दुष्प्रभाव (साइड-इफेक्ट्स) को साथ ।

एसएसआरएफ ले डीडीएफएओ बायो-फीडबैक मशीन का प्रयोग गरि व्यक्तिको कुण्डलिनी चक्रमा रक्सी अनि फलको रस को प्रभावको अध्ययन गर्यो । हामीले अनिष्ट शक्तिबाट पीडित अनि पीडारहित व्यक्तिहरुमा दुर्इ प्रकारको पेय अर्थात अल्कोहल (व्हिस्की) अनि फलको रस (सुन्तला) को प्रभाव-सम्बन्धी प्रयोग गर्यौं । हामीले साधना गर्ने व्यक्ति अनि नगर्ने व्यक्तिमा पनि यसको अनुसन्धान गर्यौं ।

रक्सी सम्बन्धी डीडीएफएओ अनुसन्धान प्रस्तुत गरिएको एसएसआरएफ दृश्यपट (वीडियो) तल छ