लुगा र गन्ध – कसरी वस्त्रहरु सकारात्मक र नकारात्मक ऊर्जाबाट प्रभावित हुन्छन्

१. प्रस्तावना

के तपाईले कहिल्यै याद गर्नु भएको छ कि लुगा सफा भए पनि त्यसबाट दुर्गन्ध आउँछ ? के तपाईले  कहिल्यै आफ्नो व्यक्तिगत सामानहरु तिनीहरुको स्वाभाविक तैल भन्दा अधिक भारि महसुस गर्नु भएको छ ? यसको कारण आध्यात्मिक स्वरूपमा हुन सक्छ ।

हाम्रो लुगा र व्यक्तिगत सरसामान हाम्रो शरीरको सर्वाधिक निकट हुन्छ । त्यस कारणले हाम्रो शरीरबाट प्रक्षेपित हुने सूक्ष्म-स्पन्दनलाई तिनीहरुले ग्रहण गर्दछन् । धोई सकेको लुगाबाट राम्रो सुगंध पाउने हाम्रो बानि भैसकेको छ र साधारणत: हामी त्यसलाई स्वच्छ राख्ने प्रयास गर्दछौं । तर पनि सफा कपडाबाट दुर्गन्ध महसूस गर्न सक्छौं वा कपडा लगाएपछि हामी थकित महसुस गर्छौं ।

अर्कोतर्फ SSRF मा, हामी केहि यस्तो प्रसंगहरुको साक्षी छौं, जसमा सन्तद्वारा अथवा ६०% भन्दा अधिक आध्यात्मिक स्तरको  साधकद्वारा उपयोग गरिएको लुगा अथवा सरसामानमा सकारात्मक परिवर्तन भएको छ ।

यो घटनाले हामीलाई कपडाहरु कसरी सकारात्मक र नकारात्मक ऊर्जाबाट प्रभावित हुन सक्छन्, यो विषय माथि अनुसन्धान गर्ने प्रेरणा मिल्यो । यो लेखमा हामी केहि प्रसंगहरु साझा गर्नेछौं जहाँ यी परिवर्तनहरु भएका छन् र तिनीहरुको पछाडीको आध्यात्मिक कारण स्पष्ट गर्नेछौं ।

२. लुगामा भएको परिवर्तनको आध्यात्मिक अनुभव

२.१ स्थूलबाट देखाई दिने परिवर्तन

सम्पादकीय टिप्पणी : अगाडी पढनु भन्दा पूर्व, कृपया तल दिएको चित्रको निरीक्षण गर्नुहोस् र तपाईलाई कस्तो अनुभव हुन्छ, महसूस गर्नुहोस् ।

 

सकारात्मक नकारात्मक
पूर्ण केस स्टडी पढ्न छविमा क्लिक गर्नुहोस्
सन्तको लुगा : यो परम पुज्य डा. आठवलेज्यूको शर्ट हो जसले स्वत: गुलाबी रंग लिएको छ । यसको पछाडी के कारण हो यो जान्नको लागि जब आध्यात्मिक अनुसन्धान गरियो तब निष्कर्षमा यो थाहा भयो कि गुलाबी रंग प.पू. डा. आठवलेज्यूको प्रीति अर्थात निरपेक्ष प्रेमको दैवीक गुणको प्रकटीकरण हो । अनिष्ट शक्तिबाट पीडित व्यक्तिहरु माथि यो शर्टको माध्यमले आध्यात्मिक उपचार हुन्छ ।. साधकको लुगा : २००३ मा SSRF को साधक श्री. नागनाथ मुल्जेलाई एउटा विचित्र अनुभव भयो जसमा उनको लुगा माथि आफै रगतको दाग देखिन थाल्यो । आध्यात्मिक विश्लेषण गरेपछि यो कुरा स्पष्ट भयो कि अनिष्ट शक्तिको आक्रमणको कारण रगतको दाग देखिएको थियो । अनिष्ट शक्तिको आक्रमणपछि श्री. नागनाथ निराशामा गए । उसलाई मानसिक रूपले अस्वस्थ बनाएर उसको साधनामा बाधा उत्पन्न गर्नु अनिष्ट शक्तिको उद्देश्य थियो ।
अनुभूतिहरु : जब SSRF को पाठकहरुलाई, लुगा हेरेपछि कस्तो प्रतीत भयो, यस बारे सोधिएको थियो तब उनीहरुले भने कि उनीहरुलाई भित्रै देखि हल्का लाग्न थाल्यो, उनीहरुको नामजप आफै आरम्भ भयो, र उनीहरुलाई लुगा देखे पछि राम्रो लाग्यो । तल उनीहरुकै शब्दमा केहि अनुभवहरु दिएका छन् ।.

  • “लुगा देखेपछि मलाई शान्त र सुखी लागि रहयो, म धेरै समय सम्म त्यसलाई हेर्न सक्छु र मलाई ध्यानको अवस्था अनुभव भैरहेको थियो – यसबाट थाहा हुन्छ कि यो सकारात्मक थियो ।.”
  • ‘‘मलाई लाग्यो की यो निर्मल प्रेम हो । हो, मलाई त्यसबाट प्रक्षेपित भैरहेको सरलता र प्रेम, अत्यंत प्रिय लाग्यो, जुन गुरुबाट प्रक्षेपित हुन्छ ।”
  • “जब मैले चित्रलाई एक चोटी हेरे तब मैले मलाई मनपर्ने भगवानमा ध्यान केन्द्रित गरे । मलाई आफ्नो औंलाहरुको अगाडीको भागमा झनझनाहट महसूस भयो र कागती समान पहेंलो रंगको आकार चित्र माथि घूमी रहेको जस्तो लाग्यो ।’’
नागनाथ आफ्नो अनुभव बताउँछन् – “मैले अन्य साधकहरुलाई भने कि मेरो पिठिउँमा मानौ आगो लागेको जस्तो भइरहेको छ । जब उनीहरुले मेरो पिठिउँ हेरे तब उनीहरुले मेरो गन्जीमा रगत समान दागहरु देखें । त्यसपछि उनीहरुले गन्जी माथि उठाएर हेर्यो तर शरीरमा कुनै चोट थिएन न त कुनै रगतको स्रोत देखें । फेरि उनीहरुलो मेरो गन्जी शरीरमा राखे तब अझ धेरै रगतका दाग देखियो । त्यसपछि विचित्र घटना घट्यो । रगतको दाग देखा परेको १५ मिनटको कालावधिमानै कालो रंगमा परिवर्तित हुन थाल्यो ।”

२.२ लुगा र गन्ध – लुगामा सूक्ष्म स्तरमा हुने परिवर्तन

सकारात्मक नकारात्मक
साधकको लुगा : वर्ष २०१० मा ऑस्ट्रेलिया, ब्रिस्बेनमा श्रीमती अवंतिका दिघेलाई, एउटा सूक्ष्म-परीक्षणको समय प्रतीत भयो कि उहाँको श्रीमान श्री. अतुल दिघेको लुगाबाट सात्विक स्पन्दन प्रक्षेपित भइरहेको छ; त्यो समय उनको आध्यात्मिक स्तर ६० प्रतिशत भन्दा माथि थियो । साधकको लुगा : वर्ष २०१० मा SSRF को साधिका जो अनिष्ट शक्तिबाट ग्रसित थिइन उनको पहेलो साडी माथि सूक्ष्म-परीक्षण गरियो । आध्यात्मिक अनुसन्धानबाट यो थाहा भयो कि त्यो साडी धेरै पटक सूक्ष्म मांत्रिकद्वारा आक्रमण गरिएको थियो । तल साधिकाले साडीको सूक्ष्म परीक्षणबारे बताउनु भएको छ ।
अनुभव मैले आध्यात्मिक स्तरमा शुद्ध स्पन्दहरु देखें । कपडालाई सुघेपछि मलाई ताजा र सकारात्मक विचारहरु आउँन थाल्यो । मेरो लुगाहरु भन्दा अलग आनन्द अनुभव गरे । मैले त्यस कपडालाई सुघन भन्दा पहिला मेरो कपडालाई सुघेको थिए । अनुभव जब म लुगालाई छुन्थे, मलाई धेरै गर्मि र कष्ट अनुभव हुन्थ्यो । धेरै उन्नत छैठौं दृष्टि भएका साधकहरुले साडीबाट दुर्गन्ध अनुभव गर्दथे । लुगा भन्दा केही फिट टाढा रहदा पनि साधकहरुले दबाब, आखाँ र हात-खुट्टाहरुमा भारिपन महसूस गर्थे ।

३. सकारात्मक र नकारात्मक ऊर्जाको प्रभावको कारण कपडाको गन्धमा हुने परिवर्तनको अध्यात्म शास्त्रीय आधार

शब्द, स्पर्श, रूप, रस, गन्ध र त्यससँग सम्बन्धित शक्तिको नियम अनुसार, हामीले लगाउने कपडाहरुले हाम्रो शरीरको सूक्ष्म-गुणहरु ग्रहण गर्दछ । सन्तमा भएको दिव्य चेतनाको कारण उहाँहरुको कपडाहरु वा व्यक्तिगत सामानहरुले कहीलेकाही दिव्य चेतना प्रक्षेपित गर्दछन् । यो ६० प्रतिशत भन्दा अधिक आध्यात्मिक स्तरको साधक, जसमा ईश्‍वर प्रति अधिक भाव हुन्छ, उनीहरुमा पनि हुन सक्छन् ।

सन्तबाट सुगन्धको प्रक्षेपण आवश्यकता अनुसार हुन्छ – उदाहरणको लागि – सूक्ष्म गन्ध प्रक्षेपित हुने अथवा नहुने अथवा आवश्यकता अनुसार विभिन्न प्रकारका गन्ध (जस्तै चमेली, चन्दन आदि ) प्रक्षेपित हुन्छन् । ईश्‍वरले त्यो समयको लागि आवश्यक गन्ध प्रदान गर्नु हुन्छ । यो दिव्य सुगन्ध रक्षा गर्ने (तारक) अथवा विनाश गर्ने (मारक) हुन सक्छ । मारक गन्ध, गन्धको तिखोपनबाट अलग हुन्छ ।

वर्तमान युगमा अधिकांश व्यक्तिको लुगा र सरसामानहरुबाट दुर्गन्ध आउने संभावना अधिक हुन्छ ।

केही वर्षहरुमा, विश्वभरि अनिष्ट शक्तिको गतिविधिमा वृद्धि भएको छ । यो शक्तिको दुष्परिणामबाट कोई बचन सक्दैनन्  । यसको साथ अनिष्ट शक्तिहरुले समाजलाई कष्ट दिनको लागि नयाँ मार्गहरु खोज्ने प्रयास गर्दछन् । जो सन्त र साधक, समाजको आध्यात्मिक प्रगतिको लागि कार्यरत छन्, उनीहरु माथि अनिष्ट शक्तिले सर्वप्रथम आक्रमण गर्दछन् तर ढिलो-चाढो सबै मानिसहरुले अनिष्ट शक्तिको आक्रमण सामना गर्नु पर्ने हुन्छ ।

कालो शक्ति फैलाउने अनेक मार्गहरु मध्ये एउटा मार्ग हो हामीले लगाउने लुगा तथा व्यक्तिगत सरसामानहरु जसको हामी उपयोग गर्छौं त्यस माथि आक्रमण गर्नु । जसले गर्दा सरसामानहरु कालो शक्तिबाट घेरिन्छ तथा कालो शक्तिबाट पूर्णरूपमा अवशोषित हुन्छन् । कालो शक्ति जुन लुगामा अथवा सरसामानमा जम्मा हुन्छन् त्यसले हामी माथि विपरीत परिणाम पार्दछ । उदाहरणको लागि, शारीरिमा भारीपन अनुभव हुने, प्राण शक्ति न्यून हुने जसले गर्दा हामी थकान महसूस गर्दछौं, हामी स्पष्टतासँग विचार गर्न सक्दैनौं र साधनामा धेरै बाधाहरु उत्पन्न हुन्छन् ।

६. सारांश

आध्यात्मिक आयामले हाम्रो जीवनको प्रत्येक पक्षहरुलाई प्रभावित गर्दछन् । यो लेखबाट हामीले बुझ्न सक्यौं कि हामी जुन लुगा लगाउछौं, त्यसले हामीलाई आध्यात्मिक स्तरमा कसरी प्रभावित गर्दछन् । अर्को लेखमा हामी व्याख्या गर्नेछौं व्यवहारिक रुपमा आध्यात्मिक स्तरमा हाम्रो कपडाहरुको शुद्धिकरण र अनिष्ट शक्तिको आक्रमणबाट कसरी जोगाउँने ।