कोरोनाभाइरस उपचार नामजप (मन्त्र) को साथ आध्यात्मिक सुरक्षा

कोरोनाभाइरस – उपचार नामजप (मन्त्र) को साथ आध्यात्मिक सुरक्षा

०३ जनवरी २०२२मा अद्यावधिक (अपडेट) गरिएको
डिस्क्लेमर (Disclaimer) : शुरुआतमा एसएसअरएफ (SSRF), सबै पाठकहरुलाई आफ्नो क्षेत्रमा कोरोनाभाइरस प्रकोप (COVID-19) फैलिनबाट रोक्नको लागि सबै स्थानीय र राष्ट्रिय निर्देशहरुको पालना गर्न सल्लाह दिन्छ । SSRF, तपाईको क्षेत्रमा चिकित्सा अधिकारिहरुद्वारा दिएको सलाह अनुसार पारम्पारिक चिकित्सा उपचार जारी राख्न सिफारिश गर्दछ । यस लेखमा दिइएका आध्यात्मिक उपचारहरु परम्परागत चिकित्सा उपचारको विकल्प वा कोरोनाभाइरसको फैलावटलाई रोक्नको लागि रोकथामकारी उपायहरु होइनन् । पाठकहरु आफ्नो विवेक अनुसार कुनै पनि आध्यात्मिक उपचार उपाय अपनाउन सल्लाह दिइन्छ ।

. कोरोनाभाइरसमा आध्यात्मिक दृष्टिकोणको परिचय

हामीले यो लाइभ प्रस्तुतीकरण र जानकारीसँगै राखेका छौं किनभने विगत केही हप्ताहरुमा COVID-19 को प्रश्नहरुमा डुबेका छौं, जसलाई कोरोनाभाइरस प्रकोप भनेर चिनिन्छ । हाम्रो वेबसाइटको LiveChat मा हामी प्रत्येक दिन यस विषयमा सयौं प्रश्नहरु प्राप्त गरिरहेका छौं ।

विश्वभरि, सबै चिन्तित छन् ।

यो तर प्राकृतिक र अपेक्षित छ । हामीले पहिला यस्तो परिस्थिति कहिले पनि सामना गरेको थिएनौं र समग्र मानव पूर्ण रुपमा आज्ञात परिस्थितिको निर्णर्य गर्दैछ ।

तपाईहरु जो SSRF वेबसाइटको नियमित आगन्तुक हुनुहुन्छ, तपाई सचेत हुन सक्छ कि २०२० मा शुरु हुने यो विश्वव्यापी उथलपुथल भनेको हामीले २००७ देखि हाम्रो दर्शकहरुलाई सचेत गरार्इ रहेका छौं जब हामीले मौसम परिवर्तन र विश्व युद्धको बारेमा लेखहरु पहिलो पटक प्रकाशित गरेका थियौं ।

खैर, समय आखिर हामीमाथि छ र एउटा महामारी जस्तो कोरोनाभाइरस (यो समयमा जति ठूलो र विघटनकारी छ), मुश्किल समयको सिर्फ यो एउटा घटक हो, जुन हामी वर्षहरु २०२० – २०२५ मा सामना गर्नेछौं ।

अहिलेसम्म सरकार र चिकित्साले कोरोनाभाइरसको महामारीको कारण र यसलाई शारीरिक अनि मनोवैज्ञानिक स्तरबाट कसरी नियन्त्रित गर्ने तरिकाहरुलाई ध्यान दिएका छन् । तर, जब यसलाई आध्यात्मिक दृष्टिकोणबाट हेर्दछ – सबै परिवर्तन हुन्छ ।

२. यो कोरोनाभाइरस कसरी र किन शुरु भयो ?

यस भाइरसको लागि प्राथमिक उत्पेरक आध्यात्मिक आयाममा शक्तिशाली नकारात्मक उर्जाहरुको कारणले हो ।

(आध्यात्मिक आयाममा नकारात्मक उर्जाहरु र सकारात्मक उर्जाहरु छन् । सकारात्मक उर्जाहरु हामीलाई मद्दत गर्ने प्रयास गर्दछन् र नकारात्मक उर्जाहरु हामीलाई हानि पुराउने प्रयास गर्दछन् ।)

कोरोनाभाइरस – उपचार नामजप (मन्त्र) को साथ आध्यात्मिक सुरक्षा

नकारात्मक उर्जाहरु जुन यस्तो महामारीको लागि सक्षम छ (जसमा विश्वव्यापी परिणाम हुन्छ) तिनीहरु उच्च स्तरको हो र मान्त्रीक (subtle sorcerers) भनेर चिनिन्छ । यस्तो अवस्थामा, दुई मध्ये एउटा चीज सामान्यतया हुन्छ । कि त नकारात्मक उर्जाहरुले भौतिकीकरण गरेर भाइरस सिर्जना गर्दछ र छोडि दिन्छ, वा उनीहरुले यो भाइरस सुरुवात र फैलाउन माध्यमको रुपमा मानवको अनुचित व्यवहार / जीवनशैली र कार्यरुको उपयोग गर्छन् । यो दुबैको संयोजन पनि हुन सक्छ । तल दिएको चार्टले नकारात्मक उर्जाहरुले कोरोनावायरस महामारी कसरी सिर्जना गर्यो भनेर देखाउँदछ ।

कोरोनाभाइरस – उपचार नामजप (मन्त्र) को साथ आध्यात्मिक सुरक्षा

कोरोनाभाइरस (COVID-19) को प्रसारको गतिको कारण के हो ?

COVID-19 को प्रसारको गति अभूतपूर्व छ र यो मान्त्रिकको सूक्ष्म कालो उर्जाको कारण हो, जसले भाइरसको विषाक्ततालाई (हानिकारक प्रकृति) बढाउछ । शक्तिशाली मान्त्रीकहरुले यसलाई फैलाउन अधीनस्थ (subordinate) नकारात्मक उर्जाहरुको प्रयोग गर्दछ ।

अर्को प्रश्न हो – किन अहिले ?

यसको लागि हामीले एक कदम पछाडि हटि, ठूलो चित्र अगाडि ल्याउँदै र ‘समय कारक’ (the time factor) बुझ्न आवश्यक पर्दछ । सबै कुरा समय अनुसार हुन्छ र सबै कुरा समयको चक्र हुँदै जान्छ ।.

कोरोनाभाइरस – उपचार नामजप (मन्त्र) को साथ आध्यात्मिक सुरक्षा

उदाहरणको लागि, प्रत्येक दिन बिभिन्न चरणहरु जस्तै सूर्योदय, बिहान, दिउँसो, सूर्यास्त र रातको माध्यम बाट जान्छ । त्यसपछि फेरि सूर्योदय र यस्तै अरु पनि हुन्छ । जसरी हाम्रो पृथ्वीको चक्र छ, ब्रह्माण्ड पनि चक्र हुँदै जान्छ ।

कोरोनाभाइरस – उपचार नामजप (मन्त्र) को साथ आध्यात्मिक सुरक्षाप्रत्येक चक्र सृष्टि, निर्वाह र विनाशको चरणहरु मार्फत जान्छ । जब हामी चक्रको अन्त्यमा पुग्छौं, आध्यात्मिक अशुद्धता अधिक मात्रामा बढ्दछ र पर्यावरणमा उच्चतम स्तरसम्म पुग्दछ, अन्तत: चक्रको विनाश र नयाँ चक्रको आगमनतर्फ डोर्याउँछ ।

मार्च २०२० देखि हामी ब्रह्माण्डको यस्तो चक्रको अन्ततिर पुग्दछौं जहाँ ४ सालपछि (वर्ष २०२४) मा नयाँ चक्र सुरु हुनेछ । तसर्थ, आध्यात्मिक अशुद्धता हाल चरम सीमामा छ । मानवता (आध्यात्मिक अभ्यासको अभावको कारण) आध्यात्मिक स्तरमा तयार छैन यसकारण सजिलैसँग आध्यात्मिक अशुद्धताको निर्माणबाट प्रभावित हुन्छ । नतिजा स्वरुप, समयको आध्यात्मिक अशुद्धताको कारण, मानव सबै भन्दा तल्लो स्तरको व्यवहार गर्दछ जसले वातावरणको आध्यात्मिक गिरावटलाई बढउँछ मात्र ।

सामूहिक प्रारब्धको अवधारणा

यसले हामीलाई अर्को कारकमा पुर्याउँछ जुन द्रुत गतिमा प्रभावकारी हुँदै गइरहेको छ र ‘सामूहिक प्रारब्ध’ को रुपमा परिचित छ ।

कोरोनाभाइरस – उपचार नामजप (मन्त्र) को साथ आध्यात्मिक सुरक्षा

प्रत्येक गलत कार्यको लागि, त्यहाँ कर्मको परिणाम हुन्छ, जुन व्यक्तिले भोग्नुपर्दछ । यो सामान्यतया कुनै पीडा/दु:ख को रुपमा भोग्नु पर्दछ जुन वर्तमान जीवनकालमा या भविष्यको जीवनकालमा भोग्नु पर्दछ । यसलाई व्यक्तिको प्रारब्ध भनिन्छ (र अझ विशेष रुपले उसको व्यक्तिगत प्रारब्ध) । जसरी व्यक्तिहरुको आफ्नो प्रारब्ध हुन्छ – क्षेत्रहरु, देशहरु र समग्र रुपमा मानव जातिको पनि उनीहरुको व्यवहार र कार्यको आधारमा अद्वितीय (unique) प्रारब्ध हुन्छ । यो त्यस क्षेत्र र त्यहाँका बासिन्दाहरुको सामूहिक प्रारब्धको रुपमा चिनिन्छ । जबकि सामूहिक प्रारब्ध राम्रो अथवा नराम्रो हुन सक्छ, तर तथ्य कुरा यो हो कि वर्तमान समयमा समाजको गलत वा अधर्मी व्यवहारको कारण दुबै व्यक्तिगत प्रारब्ध र सामूहिक प्रारब्ध दुबैमा प्रतिकूलताको अधिक अनुपात हुन्छ । यो मुख्य कारण हो, किन संसारमा मानवजाति दु:खकष्टमा परेको छ ।

अहिलेको समयमा लगभग ३५% हाम्रो जीवन स्वतन्त्र इच्छा अनुसार जिउन सक्छ । यद्यपि हाम्रो अन्य ६५% जीवन निर्धारण गरिएको छ र यसले हामीलाई हाम्रो नियन्त्रण बाहिरका घटनाहरुको सामना गर्न बाध्य पुर्याउँछ । यदि हामीले हाम्रो जीवनको प्रारब्ध पक्ष मात्र हेर्ने हो भने, यो हाम्रो व्यक्तिगत प्रारब्ध र सामूहिक प्रारब्धले बनेको हुन्छ । वर्तमान समयमा (अर्थात् २०१९-२०२५) सामूहिक प्रारब्धको अनुपातमा उल्लेखनीय वृद्धि भएको छ र तलको तालिकामा देखाइएको छ ।

जवनको पक्ष सामान्य समय (%)1 २०१९-२०२५ (%)
१. सामूहिक प्रारब्ध १० ३०
२. व्यक्तिगत प्रारब्ध ६० ४५
३. स्वतन्त्र इच्छा ३० २५
Total १०० १००

श्रोत : आध्यात्मिक अनुसन्धान, अक्टुबर २०१७

नोट १ : कृपया ध्यान दिनुहोस् स्वतन्त्र इच्छाको लागि प्रारब्धको अनुपात ६५% vs ३५% छ, वर्तमान समयमा व्यक्तिको प्रारब्धको अनुपातमा ५-१०% तल-माथि हुन सक्छ ।

यसको मतलब हो आउँदो ४ बर्षहरुमा, हाम्रो जीवनमा र पृथ्वीमा हुने घटनाहरु धेरै हदसम्म हाम्रो क्षेत्रको सामूहिक प्रारब्ध, अथवा हामी भएको देशको सामूहिक प्रारब्धबाट प्रभावित हुनेछन् । यसको मतलब हो कि मानव जाति आध्यात्मिक स्तरमा यस अवधिमा विशेष गरी कमजोर हुन्छ ।

नकारात्मक उर्जाहरुले मानवजातिको यस आध्यात्मिक कमजोरीको फाइदा लिन्छन् ।

राम्रो अनि नराम्रोको सूक्ष्म-युद्ध अनादि कालदेखि सूक्ष्म स्तरहरु र पृथ्वीमा हुँदै आइरहेको छ ।

फेरि एक पटक, नकारात्मक उर्जाहरु (आध्यात्मिक आयामबाट) ब्रह्माण्डको एउटा चक्रको अन्तमा उत्पन्न आध्यात्मिक अशुद्धताको फाइदा उठाइरहेका छन् । एउटै मात्र उद्देश्य सूक्ष्म र भैतिक स्तरहरुमा देवी-देवता, सकारात्मक उर्जा र मानवलाई आक्रमण गर्नको लागि नकारात्मक उर्जाहरु आफ्नो गतिविधिहरु मा वृद्धि गरेका छन् । तिनीहरुको लागि यो एउटा शक्तिको खेल हो – पृथ्वीमा र ब्रह्माण्डको सूक्ष्म स्तरहरुमा नियन्त्रण र राक्षसी राज्य स्थापित गर्न ।

३. कोरोनाभाइरस कसरी फैलिन्छ ?

२४ मार्च २०२० सम्म – लगभग सबै देशहरुमा मानिसहरु कोरोनाभाइरसबाट प्रभावित भएको घटना छ, कोहि अरुको तुलनामा अधिक ।

भैतिक सर्त (terms) मा हाम्रो निरीक्षण कोरोनाभाइरसको संक्रामण मानिसहरुको आवागमन र व्यक्ति-देखि-व्यक्तिको सम्पर्कबाट हुन्छ । तर आध्यात्मिक स्तरमा यसको प्रसारको कारणहरु फरक छन् ।

नकारात्मक उर्जाहरुले भाइरस फैलाउनको लागि ब्रह्माण्डको वायुतत्वको सिद्धान्त उपयोग गर्दछ ।

पहिला चर्चा गर्यौं ‘समय कारक’ अनुसार देश आफ्नो सामूहिक प्रारब्धको आधारमा अघि वा पछि प्रभावित हुन्छ । कुनै पनि क्षेत्रमा प्रतिकूल सामूहिक प्रारब्ध जति अधिक हुन्छ, कोरोनाभाइरस फैलिने जोखिम त्यति बढी हुन्छ । साथै एउटा क्षेत्रमा जति अधिक आध्यात्मिक अशुद्धता त्यति अधिक सम्वेदनशील क्षेत्रमा व्यक्तिहरु कोरोनाभाइरसलाई संक्रमित गर्दछ । वातावरणमा भएको अशुद्धतामा वृद्धिको लागि हामी सबै धेरै-थोरै जिम्मेवार छौं । आध्यात्मिक अशुद्धता धेरै कारणहरु जस्तै आध्यात्मिक अभ्यास (साधना) नगर्ने, लोभ, भौतिकवाद, जनावरहरुप्रति क्रूरता, आध्यात्मिक रुपमा अनुपयुक्त प्रवृत्ति र परम्परा इत्यादिका कारण बढ्न सकिन्छ ।

जीवनको केहि पक्षहरु जसले नकारात्मक उर्जाहरु उत्सर्जन गर्दछ । 

कृपया ध्यान दिनुहोस् : स्लाइड शोले हाम्रो जीवनका विभिन्न पक्षहरुको केही उदाहरणहरु प्रदान गर्दछ जसले नकारात्मक कम्पनहरु उत्सर्जन गर्दछ ।

भारतको गोवा, स्पिरिचुलय साईस्स रिसर्च फाउनडेसनले, महर्शी अध्यात्म विश्व विद्यालय  (जुन महर्षि विश्वविद्यलायको रुपमा चिनिन्छ) को सहयोगमा जीवनको सबै पक्षहरुमा र दैनिक जीवन सम्बन्धि विस्तृत अनुसन्धान गरेको छ । यो अनुसन्धानले बहुमूल्य जानकारी प्रदान गर्दछ कि हामी कुन गतिविधिहरुमा सामान्यता संलग्न हुन्छौं जसले नकारात्मक कम्पनको परिणाम दिन्छ । यसले हाम्रो जीवनमा आध्यात्मिक रुपमा सकारात्मक कम्पनहरु कसरी बढाउने भन्ने बारे पनि अमूल्य ज्ञान प्रदान गर्दछ ।

४. कसरी कोरोनाभाइरस अन्त्य हुनेछ ?

यस कोरोनाभाइरसको प्रकोप कहिलेसम्म जारी रहनेछ भन्ने बारे विश्वको नेताहरु र चिकित्सा समुदायबाट धेरै भविष्यवाणीहरु छन् । तर अधिक सान्दर्भिक कुरा के हो भने यो महामारी घटनाहरुको श्रृंखलाको शुरुआत मात्र हो (जसमा प्राकृतिक र मानव निर्मित विपत्तिहरु सामेल छन्) जसले आउँने ४ बर्षहरुमा मानवलाई सताउनेछ । यो अवधिको समापन तेस्रो विश्व युद्धमा हुनेछ । २०२४ देखि नयाँ युग सुरु हुनेछ । जबकि विश्व जलवायु परिवर्तन र तेस्रो विश्व युद्धको अकल्पनिय स्तरहरुमा विनाश र जीवन क्षति भोगि रहन्छ – यो लगभग मानवतालाई रीसेट बटन (reset button) थिचेर विश्वलाई राम्रो बनाउनको लागि दोस्रो मौका दिए जस्तै हुन्छ ।

जीवनको एउटा सामान्य नियम छ कि जुन सिर्जना गरिन्छ यो केहि समयसम्म रहन्छ र त्यसपछि नष्ट हुन्छ । यो कोरोनाभाइरस महामारीमा पनि लागु हुन्छ । कोरोनाभाइरस महामारी समाप्त हुनेछ जब यसलाई सिर्जना गर्ने नकारात्मक उर्जाको शक्ति समाप्त हुन थाल्छ ।

. कसरी आफूलाई कोरोनाभाइरसबाट जोगाउने (COVID-19) ?

आधुनिक विज्ञानले शरीरिक र / वा मनोवैज्ञानिक / बौद्धिक स्तरमा समस्याहरुको विश्लेषण गर्दछ । यो समस्याहरुको विश्लेषण गर्ने एउटा मायोपिक (mayopic) तरीका हो ।

आधुनिक विज्ञानलाई अज्ञात, कुनै पनि समस्याको वास्तवमा यसका ३ घटकहरु छन् – शारीरिक, मनोवैज्ञानिक (जसमा बौद्धिक समावेश छ) र आध्यात्मिक ।

निम्न तालिकाले यी प्रत्येक घटकमा कोरोनाभाइरस प्रकोप र समाधानहरुको सम्बन्धमा प्रकाश पार्दछ ।

कोरोनाभाइरस समस्याको कारणका घटकहरु समस्याको पक्ष हामी प्रत्येक स्तरमा कोरोनाभाइरको समाधान कसरी गर्ने
१. शारीरिक भाइरस आफै र यो तथ्य, व्यक्तिबाट अर्को व्यक्तिमा फैलिने। विभिन्न रणनीतिहरु जुन विश्वले हालसालै कार्यान्वयन गरिरहेको छ जस्तै समाजिक दूरी, व्यक्तिलार्इ छट्टै राख्ने, खोप विकास गर्ने, आदि ।
२. मनोवैज्ञानिक व्यक्तिलाई सामाजिककरण / मिलजुलको आवश्यकताले भाइरसको फैलावट बढाएको छ ।

यस बाहेक, सम्बन्धित समस्या छ, जस्तै आर्थिक हानि, नोकरीबाट हटाउने, समाजीक प्रतिबन्ध बढ्ने, प्रियजन गुमाउने, यो प्रकोपको कारण भाइरस सर्ने मनमा डर र चिन्ता ।

व्यक्तिले सामाजिककरणको दूरीको महत्वलाई बुझ्न आवश्यक छ ।

सम्वन्धित समस्याको लागि :

-परामर्श

-स्थितिको सामना गर्नको लागि मनलाई मजबूत बनाउनको लागि स्वाभाव दोष निर्मूलन प्रक्रियाको अभ्यास गर्ने ।

३. आध्यात्मिक भाइरसको फैलावट शक्तिशाली नकारात्मक उर्जाहरुले समर्थन गर्दछ त्यसैले यसलाई नियन्त्रण गर्न धेरै गह्रो बनाउँदछ ।

यो कोरोनाभइरस समस्याको मूल कारण हो ।

आध्यात्मिक उपचार उपायहरु र नियमित आध्यात्मिक अभ्यास।

यी उपयाहरुले प्रतिकूल प्रारब्धबाट बचाउँछ र भाइरसको डरलाग्दो आक्रमणको क्षमता कम गर्न सक्छ ।

तल केहि आध्यात्मिक उपचारहरु छन् जुन हामी अभ्यास गरी स्वयंलाई आध्यात्मिक स्तरमा बचाउन सक्छौं ।

. कोरोनाभाइरसको लागि आध्यात्मिक उपचार नामजप

कोरोनाभाइरस – उपचार नामजप (मन्त्र) को साथ आध्यात्मिक सुरक्षाजब हामी भगवानको नामजप दोहोर्याउँछौं, त्यो विशेष नामसँग जोडिएको ईश्वरीय सकारात्मक उर्जा आकर्षित गर्नुको साथै भगवानको नामबाट आध्यात्मिक ऊर्जाको सकारात्मक आवरण हाम्रो वरिपरि सिर्जना हुन्छ । तल दिएको विशिष्ट नामजप कोरोनाभाइरस विरुद्ध आध्यात्मिक सुरक्षाको लागि हो । यस नामजपमा दिइएको भगवानहरुको नाम संस्कृत भाषामा छन् । यस नामजपको विशेष अनुक्रमण आध्यात्मिक अनुसन्धानबाट प्राप्त गरिएको हो । नामजपले ईश्वरको तीन देवताहरु वा ईश्वरीय सिद्धान्तहरुलाई आह्वान गर्दछ । देवी दुर्गामाताले ईश्वरको त्यो सिद्धान्तलाई प्रतिनिधित्व गर्दछ जसले दुर्जनको विनाश गर्दछ । ब्रह्माण्डमा अन्य कार्यहरु मध्ये भगवान दत्ताले मृत पूर्खाहरुको सूक्ष्म शरीर र अनिष्ट शक्तिहरुको कारणले हुने समस्याहरुबाट रक्षा गर्नु हुन्छ । भगवान शिवले ईश्वरको विघटन सिद्धान्तलाई प्रतिनिधित्व गर्दछ ।

नामजप (तल सूचीबद्ध ८ नामजपहरु) निम्न क्रममा दोहोर्याउनु पर्छ ।

  • श्री दुर्गादेव्यै नम:
  • श्री दुर्गादेव्यै नम:
  • श्री दुर्गादेव्यै नम:
  • श्री गुरुदेव दत्त
  • श्री दुर्गादेव्यै नम:
  • श्री दुर्गादेव्यै नम:
  • श्री दुर्गादेव्यै नम:
  • ॐ नम: शिवाय

नामजप सुन्न यहाँ थिच्नुहोस्

नामजप डाउनलोड गर्न र सुन्न यहाँ थिच्नुहोस्


कृपया ध्यान दिनुहोस् यो नामजप समयको साथ परिवर्तन हुन सक्छ त्यसैले यसलाई बुकमार्क गर्नुहोस् र नियमित रुपमा यस पृष्ठ हेनुहोस् वा कुनै परिवर्तनहरु सूचित गर्न हाम्रो न्यूजलेटरको सदस्यता लिनुहोस् । केही व्यक्तिले कोरोनाभाइरसका लागि मन्त्रको खोजी गर्छन् – तर यस अवस्थामा हामीले पत्ता लगायौं कि नामजप सबैभन्दा उपयोगी छ ।


मुख्यतया नमाजपमा ब्रह्माण्डको अग्नि सिद्धान्त समावेश छ र ब्रह्माण्डको सिद्धान्तको अनुपात तल दिएको छ । तर महत्वपूर्ण रुपमा यसले ब्रह्माण्डको सबै भन्दा शक्तिशाली सिद्धान्त आकाशत्तव समावेश गर्दछ । ब्रह्माण्डको अग्नि सिद्धान्तले सूक्ष्म गरम बढाई दिन्छ जसले भाइरसलाई रोक्न मद्दत गर्दछ । यसको साथ घामको प्रकाशमा बस्दा भाइरसको प्रसार र शक्ति कम हुन्छ ।

ब्रह्माण्ड सिद्धान्त प्रतिशतको रुपमा अनुपात 
पृथ्वी १०
आप १०
तेज ६०
वायु १०
आकाश १०
कुल १००

स्रोत : आध्यात्मिक अनुसन्धान २६ मार्च २०२०

मैले कति पटक नामजप दोहोर्याउनु पर्छ ?

  • प्रभावित छैन : यदि तपाई कारोनाभाइर संक्रमणसँग सम्बन्धित कुनै लक्षणहरु महसुस गरिरहनु भएको छैन भने, तपाई मानसिक रुपमा यो नामजप १०८ पटक दोहोर्याउन सक्नुहुन्छ । यसको लागि लागभग ३०–३५ मिनेट लाग्न सक्छ । (अर्थात्, क्रममा सबै ८ नामजप गर्न)।
  • संक्रमित छु वा ममा लक्षणहरु देखा परेको : यदि तपाईमा लक्षणहरु देखा परेको छ वा भाइरसबाट संक्रमित हुनु भएको छ भने, तपाई मानसिक रुपमा कोरोनाभाइरससँग लड्नको लागि आफ्नो आध्यात्मिक शक्ति बढाउन दैनिक ६४८ पटक यस नामजपलाई दाहोर्याउन सक्नुहुन्छ । यसको लागि करीव ७.५ घण्टा लाग्दछ ।

के यो नामजप मरो रक्षा गर्नको लागि पर्याप्त छ ?

  • यो नामजपले आध्यात्मिक स्तरमा व्यक्तिलाई बचाउँछ : किनकि भाइरसको सृष्टि र प्रसारको मूल कारण आध्यात्मिक प्रकृति हुन्छ । यस कोरोनाभाइरसको महामारीको ८०% कारण आध्यात्मिक प्रकृति र २०% मात्र शारीरिक / मनोवैज्ञानिक प्रकृतिमा छ । यो नामजप ८०% भागसँग लड्न आवश्यक छ, जुन आध्यात्मिक छ । जबसम्म कोरोनाभाइरसको आध्यात्मिक भागलाई नियन्त्रणमा लिइदैन, औषधि र सामाजिक दूरीले शारीरिक प्रभावहरुलाई नियन्त्रणमा ल्याउन असम्भव छ । कृपया ध्यानदिनुहोस् यो नामजपले व्यक्तिको सामूहिक प्रारब्ध कम गर्दैन । तर यसले के गर्छ भने भाइरसको कालो शक्तिलाई कम गर्छ ।
  • कोरोनाभाइरस उपचार नामजप र ‘मृत्युको समय’ अवधारणा : जो प्रारब्ध अनुसार निश्चित मृत्यु (महामृत्युयोग) मा पुग्छन् उनीहरुको लागि केहीले पनि बचाउन सक्दैन । तर, यो नामजपले उनीहरुलाई जो संभावित मृत्यु (अपमृत्युयोग वा मृत्युयोग) को चरणामा छन् सबैलाई आध्यात्मिक रुपमा कमजोर जीवहरुमा आध्यात्मिक छमता प्रदान गर्न मद्दत गर्दछ ।

सन्दर्भ लिनुहोस् – मृत्युको समय आध्यात्मिक दृष्टिकोण

  • यस नामजपले कुण्डलिनी प्रणालीको चक्र हरुलाई आध्यात्मिक रुपमा शुद्ध गर्दछ ।

यी चक्रहरु प्रकृतिक रुपमा सूक्ष्म हुन् र शरीरको अंगहरु, मन, बुद्धिको कार्यको लागि सूक्ष्म उर्जा प्रदान गर्छन् ।

भगवनको नामजप चक्र जुन कोरोनाभाइरसको सम्बन्धमा शुद्ध हुन्छ लक्षणहरु कम गर्दछ
श्री दुर्गादेव्यै नम: विशुद्ध चक्र  (Throat chakra) खोकी
श्री गुरुदेव दत्त आज्ञा चक्र  (Brow chakra) ज्वरो
ॐ नम: शिवाय मणिपुर चक्र  (Navel chakra) शरीर दुखाई , पेट दुखाई , चक्रसँग सम्बन्धि अन्य शारीरिक लक्षणहरु

नामजपले पहिला सफा गर्छ र चक्रहरुलाई प्राणशक्ति प्रदान गर्दछ । यसको बदला चक्र सम्बन्धित शरीरको क्षेत्रहरुमा संक्रमणसॅंग लड्न मद्दत गर्दछ । चक्रहरु शुद्ध गरेपछि, नामजपबाट उत्पन्न उर्जा कुण्डलिनी प्रणालीको सुषुम्मनादी हुँदै यात्रा गर्दछ र ब्रह्मरन्ध्र हुँदै वातावरण शुद्ध गर्दछ । ब्रह्मारन्ध्र सहस्रार चक्र माथिको सूक्ष्म-नाली (subtle-opening) हो जहाँबाट ईश्वरीय उर्जा प्राप्त हुन्छ ।

सम्क्षिप्तमा :

नामजप गर्ने र सुन्ने तरिका प्रभाव
स्पिकरबाट बजाएको नमाजप सुन्ने मात्र मुख्य रुपमा तत्काल वातावरण सफा गर्दछ
आध्यात्मिक भावको साथ सुन्ने चक्रहरु र तत्काल वातावरण सफा गर्न मद्दत गर्दछ
आध्यात्मिक भावको साथ नामजप गर्ने

(नामजप सुन्दै पनि जप गर्न सकिन्छ ।)

दुबै व्यक्ति र तत्काल वातावरणको लागि अधिकतम लाभ
  • जे होस्, लक्षणहरु शारीरिक रुपमा भएकाले, हामीले शारीरिक स्तरमा पनि डाक्टरको सल्लाह मान्नु पर्छ (जस्तै हात धुने, सामाजिक दूरी कायम राख्ने, अनुहारलाई नछुने, कुहिनामा खोक्ने आदि ।) आफ्नौ सुरक्षाको लागि डाक्टरद्वारा दिएको चिकित्सा उपचार पनि लिनु/गर्नु पर्छ ।

कृपया ध्यान दिनुहोस्, नामजप मात्रै गर्नु भनेको चिकित्साद्वारा शरीरिक र मनोबैज्ञानिक उपचारको लागि दिएको सलाह / सुझाव को विकल्प होइन ।

५.१.१ ओमिक्रोन प्रकारको लागि आध्यात्मिक उपचार नामजप

डिसेम्बर २०२१ देखि ओमिक्रोनमा वृद्धि भएको छ, जुन SARS-CoV-2 (COVID-19 निम्त्याउने भाइरस) को पछिल्लो संस्करण हो । २४ नोभेम्बर २०२१ मा दक्षिण अफ्रिकाले WHO लाई पहिलो पटक रिपोर्ट गरेको थियो, यो संस्करणलाई अत्यधिक संक्रामक मानिएको छ । महर्षि अध्यात्म विश्वविद्धालयको आध्यात्मिक अनुसन्धान टोलीले यस नयाँ संस्करणबाट आध्यात्मिक सुरक्षा प्रदान गर्न नयाँ नामजप पहिचान गरेको छ र यसले निको पार्नमा पनि मद्दत गर्नेछ ।

नामजप ४ देवताहरुको नामको संयोजन हो र तल दिइएझैं क्रमश: दोहोर्याउनु पर्छ।

  • ॐ नमो भगवते वासुदेवाय
  • श्री दुर्गादेवयै नमः
  • श्री हनुमते नमः
  • ॐ नमः शिवाय
  • ॐ नमः शिवाय

ओमिक्रोन भेरियन्टको सुरक्षात्मक नामजप डाउनलोड गर्न र सुन्न यहाँ थिच्नुहोस् । 

नोट : ओमिक्रोन भेरियन्ट हाल संक्रमित भएका क्षेत्रहरूमा (अर्थात, जहाँ मानिसहरू ओमिक्रोन भेरियन्टबाट संक्रमित भएका छन्), पहिले प्रदान गरिएको नामजप गर्न बन्द गर्नुहोस्, जुन देवताहरू – दुर्गा, दत्त र शिवको नामको संयोजन हुन् । यसको सट्टा, अब ओमिक्रोन संस्करणको लागि नामजप दोहोर्याउन सक्नु हुन्छ । ओमिक्रोन भेरियन्टले अहिलेसम्म मानिसहरूलाई संक्रमित नगरेको क्षेत्रहरूमा, पहिलेको नामजप प्रयोग गर्न जारी राख्न सकिन्छ ।

ओमिक्रोन भेरियन्ट विरुद्ध सुरक्षाको लागि मैले नामजप कति पटक दोहोर्याउनु पर्छ ?

संक्रमणको तीव्रता नामजप दोहराउन घण्टाको संख्या
हल्का 1-2 घण्टा
मध्यम 3-4 घण्टा
तीव्र 5-6 घण्टा

यदि कोही ओमिक्रोन भेरियन्टबाट संक्रमित नभए पनि, यो अझै पनि सिफारिस गरिन्छ कि माथिको नामजप प्रति दिन १ घण्टा दोहोर्याउनुहोस् । यसले ओमिक्रोन संस्करण विरुद्ध सुरक्षा प्रदान गर्न मद्दत गर्नेछ ।

५.२ के प्रार्थनाले कोरोनाभाइरस हटाउनमा मद्दत गर्दछ ?

कोरोनाभाइरस – उपचार नामजप (मन्त्र) को साथ आध्यात्मिक सुरक्षायो वास्तवमा कुनचहिँ बलियो छ त्यसमा निर्भर गर्दछ – व्यक्तिको भोग्नुपर्ने प्रारब्ध वा दु:ख हटाउनको लागि गरिएको प्रार्थनाको आध्यात्मिक बल । यदि प्रारब्ध सीमा रेखा (boarderline) छ भने, प्रार्थनाले उक्त व्यक्तिलाई (व्यक्तिगत स्तरमा) मद्दत गर्न सक्छ ।

प्रार्थनाको आध्यात्मिक शक्ति सीधै व्यक्तिको आध्यात्मिक स्तरमा अनुपातिक हुन्छ । प्राथनाले प्ररब्धलाई पार गर्नको लागि, प्रार्थना गर्ने व्यक्ति अत्यधिक उच्च आध्यात्मिक स्तरको हुनु पर्छ ।

जब सामूहिक प्रारब्धको कुरा आउँछ, औसत आध्यात्मिक स्तरका व्यक्तिहरुले गरेका प्रार्थनाहरुले भोग्नु पर्ने पीडा काम गर्न सक्दैन । सामूहिक प्रार्थना पनि यस सन्दर्भमा काम गर्दैन । उत्तम रुपमा, यसले प्रार्थना गर्नेहरुलाई केही मनोवैज्ञानिक लाभ प्रदान गर्दछ ।

विरोधाभास के छ भने, जो उच्च आध्यात्मिक स्तरका छन् र जसको प्रार्थनाले संसारिक परिस्थितिमा परिवर्तन गर्न सक्छ, उहाँले संसारिक परिस्थितिको लागि प्राथना गर्नुहुँदैन र जे भई रहेको छ त्यसलाई भगवानको इच्छाको रुपमा स्वीकार गर्नुहुन्छ । अर्कोतर्फ, उथलपुथलको समयमा व्यक्तिहरु (औसत आध्यात्मिक स्तरको) केही नतीजाहरु (जस्तै कोरोनाभाइरस रोक्न) को लागि प्राथना गर्दछन् तर उनीहरुसँग सामूहिक प्रारब्ध परिवर्तन गर्न आवश्यक आध्यात्मिक बल हुँदैन ।

५.३ चिन्ता कम गर्न स्वयंसूचना – कठिन समयमा मन स्थिर रहनको लागि मद्दत

परम पूज्य डा. आठवले ज्यूले शुरु गर्नु भएको स्वाभावदोष निर्मूलन प्रक्रियाले तनावपूर्ण र गाह्रो परिस्थितहरुमा मन सही तरिकाले कार्य गर्नको लागि मनलाई प्रशिक्षण दिन मद्दत गर्दछ । यसले मनमा भएको देषहरु कम गर्न मद्दत गर्दछ जसले तनाव र चिन्ता निम्त्याउँछ, जस्तो सुकै परिस्थितिहरुमा पनि स्थिर रहन मद्दत गर्दछ । जब मन स्थिर हुन्छ तब राम्रोसँग काम गर्न सक्षम हुन्छ ।

व्यक्तिहरुको मनमा भएका केही सामान्य डर र चिन्ताहरुको आधारमा कस्तो स्वयंसूचना दिन सक्छौं भनेर जान्नको लागि तल दिएको PDF डाउनलोड गर्नुहोस् ।

PDF डाउनलोड गर्नुहोस्

कृपया पढ्नुहोस् – कसरी स्वयंसूचना दिने – कसरी स्वयंसूचना दिने विधि बुझ्न ।

५.४ नुन पानी उपचार

नुन पानी उपचार एउटा सरल तर शक्तिशाली आध्यात्मिक उपचार हो जसले (सूक्ष्म) कालो उर्जा हटाउँदछ र हाम्रो प्रणालीबाट बाहिर निकाल्छ । नकारात्मक उर्जाहरुले कालो उर्जा मार्फत मानिसहरुलाई हानि पुर्याउँछ जुन सूक्ष्म उर्जा हो ।

नुन पानी उपचार बारे जान्नुहोस् वा तलको भिडियो हेर्नुहोस् ।

५.५ तुलसी (पवित्र तुलसी) पात खाने

कोरोनाभाइरस – उपचार नामजप (मन्त्र) को साथ आध्यात्मिक सुरक्षायो समयमा मानिसहरुलाई तुलसी लगाउन सिफारिस गरिन्छ । यो बनसपतिमा विष्णुत्त्व (बाँच्नको लागि भगवानको सिद्धान्त) हुन्छ । तुलसीको पात पानीमा राखेर पिउँदा उक्त व्यक्तिलाई रोगहरु निको पार्ने (curative) प्रभाव पार्छ । यससँगै, बिहान खाली पेटमा तुलसीको पात खान सक्छ । तुलसीको बोट धरमा लगाउनाले सकारात्मक आध्यात्मिक कम्पनहरु फैलाउन मद्दत हुन्छ । यो बिरुवा भविष्यमा आपतकालिन समयमा अनमोल औषधी हुनेछ ।

6. निष्कर्ष

कोरोनाभाइरसको प्रकोपले हामीलाई के देखाउँदछ कि हामी मानव कति कमजोर छौं र एउटा माइक्रोस्कोपिक भाइरसले हाम्रो संसार उल्टो बनाइ दियो । साथ-साथै भाइरसले हामीलाई सिकायो कि हामी के गर्छौं यसले अरुलाई नकारात्मक असर गर्छ – टाढा टाढाको ठाउँहरुमा पनि । यसले हामीलाई सिकायो कि इच्छा भएपछि, असम्भव कार्यहरु सम्भव बनाउन सक्दछौं जस्तै ठूलो जनसंख्यामा आवागमन बन्द (जस्तै भरतमा १.३ अरब मानिसहरु ३ हपताका लागि), विश्वव्यापी यात्रामा रोक, आदि ।

यसले महत्वपूर्ण पक्ष देखायो कि यदि हामी मानव जाति एक भयौं भने जति गाह्रो लागे पनि हामीले सकारात्मक परिवर्तन पनि ल्याउन सक्छौं ।

संसारमा दिगो सकारात्मक परिवर्तन ल्याउने उत्तम तरिका भनेको आध्यात्मिक रुपमा शुद्ध भएको विचार र गतिविधिहरुमा संलग्न हुनु हो । यसले सकारात्मक कम्पनहरु उत्पन्न हुने र प्रतिकूल सामूहिक प्रारब्धमा कमि हुनेछ । यसले जलवायु परिवर्तन र आउने ४ वर्षहरुमा मानिस संलग्न हुने अन्य द्वन्दहरुको प्रभावलाई कम गर्दछ ।

मौलिक रुपमा, वर्तमान समयमा यसको अर्थ हो फैलिएको दुर्गन्ध (आध्यात्मिक अशुद्धता) बाट छुटकारा पाउन सम्पूर्ण प्रणालीलाई प्रभावी रुपमा दुरुस्त गर्नुपर्दछ । नयाँ प्रणालीले धर्मिकता पालन गर्न आवश्यक छ । यसको मतलब हो वर्तमान समयमा हामी संलग्न सबै चीजहरु अनि संसारमा हामी के लाई महत्व दिन्छौं यी सबैको बारे फेरि मूल्यांकन गर्न आवश्यक छ । यी कुराहरु आध्यात्मिक स्तरमा कुनै महत्व छन् कि छैनन् भनेर पत्ता लगाउनु आवश्यक छ । के तिनीहरुले सकारात्मक वा नकारात्मक कम्पनहरु उत्सर्जन गर्छन् ? यदि तिनीहरुले सकारात्मक कम्पनहरु उत्सर्जन गर्छ भने हामी त्यसलाई कायम राख्दछौं र यदि होईन भने, तिनीहरुलार्इ छोडि दिनुहोस् । नकारात्मक कम्पनहरु उत्सर्जन गर्ने चीजहरु एक भाइस जस्ता हुन्छन् र यदि यो जाँच नगरीकन छोडिदियो भने अन्तत: समाज र विश्वका लागि धेरै हानिकारक हुनेछ ।

यदि हामी एक मानव जातिको रुपमा एक साथ आएनौं र यो महत्वपूर्ण बदलाव गरेनौं भने अगाडिको बाटो दु:ख र पीडाहरुले भरिनेछ ।

यद्यपि, यदि हामी सँगै आउँछौं र यो आध्यात्मिक परिवर्तन गर्छौं भने, आउँदै गरेको समयको तीव्रता घट्नेछ र धेरै व्यक्ति बाँच्नेछ ।