साधनाको लाभ

साधना आरम्भ गर्दा तथा निरन्तरता बनार्इ राख्दा लाभ हुन्छ । वास्तवमा साधना आरम्भ गर्ने बितिकै हामीलार्इ केही न केही लाभ अथवा सकारात्मक परिवर्तन अनुभव हुन थाल्छ । प्रत्येक सकारात्मक परिवर्तनले प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा सुख बढाउनमा अथवा दुख घटाउनमा सहायता मिल्छ ।

मन सन्तुलित अवस्थामा

हामी सबै अत्यन्त गतिशील जीवन जीउछौं। विरलै कोही यस गतिशील दिनचर्याबाट समय निकालि पछाडि फर्केर आफ्नो जीवन बारे व्यापक दृष्टिकोणले विचार गर्छ ।

यस चित्रमा नीलो रङ्गको रेखा यो दर्शउछ कि बिस्तारै-बिस्तारै बाह्य परिस्थितिबाट असन्तुलित हुने परिमाण घट्न थाल्छ । वास्तवमा हाम्रो भावनात्मक स्थिति अधिक अनुकूल हुन थाल्छ अनि नकारात्मक तथा सकारात्मक परिस्थितिको सामना शान्तिसँग गर्न सक्छौं । साधनको विषयमा ज्ञान वृद्धि हुनुको कारण जीवनलार्इ हामी अधिक दार्शनिक दृष्टिकोणले हेर्न थाल्छौं

यो सन्दर्भमा दुर्इ उदाहरणहरु हेरैं :

१. आफ्नो व्यवसायमा जब कोही कलाकार, अभिनेता, मोडल इत्यादि लोकप्रिय हुन थाल्छ तब पूरा विश्व उसको कदर अनि समर्थन पनि गर्छ । केही वर्ष पछि प्रतिष्ठामा क्षति हुने कुरामा अल्झिन्छ । तब जसले उनको कदर गरेको थियो कुनै प्रमाण बिनानै उनी माथि टिका-टिप्पणी गरि आफ्नो सन्तोष व्यक्त गर्छन् । चाँडै नै मान्छेहरु उनलार्इ भूलेर जान्छ । कुनै नयाँ व्यक्तिलार्इ मञ्चमा राखेर उनको स्तुति हुन थाल्छ ।

मान्छेहरुको मत त्यस व्यक्तिको विषयमा यति धेरै परिवर्तन भएर जान्छ त्यस समय उनको विचार प्रक्रिया कस्तो हुनु पर्छ ? यदि त्यो व्यक्ति स्थिर वृत्तिको हो भने तारिफ हाँदा यस्तो सोच्छ – ‘व्यक्तिहरु मेरो धेरै सम्मान गर्छन्; तर मलार्इ मेरो कमजोरि ज्ञात छ अनि म स्वयंलार्इ सुधारने प्रयास गर्छु । आगाडी गएर त्यही व्यक्तिहरुले उनीमाथि दोषारोपण गर्दा पनि यदि उनी स्थिर छ भने तब उनी सोच्छन् – ‘आज मानिसहरु मेरो विरुद्ध छन्; तर अंर्तमनमा म अनि मेरो भगवान जान्नुहुन्छ कि म निर्दोष छु । त्यसैले ती व्यक्तिहरुका शब्दले मलार्इ विचलित गर्न सक्दैन ।’

२. वर्तमान समयमा विश्‍वको अस्थिर अर्थव्यवस्थाको कारण नोकरीबाट निकाल्ने आशंका अधिक छ । जो साधना गरि राखेका छन् उनी आफ्नो सन्तुलित मानसिक स्थितिको कारण यस्तो विपरीत परिस्थितिमा पनि स्थिर रहन सक्छ किन कि उनको श्रद्धा आफ्नो बैंक व्यालेन्समा नभर्इ ईश्वरमा हुन्छ । त्यसैले त्यस्तो परिस्थितिमा पनि सकारात्मक रहन्छ अनि त्यसलार्इ एउटा नयाँ शुरुआतको अवसर मानेर आफ्नो परिवार लामालन्को लागि अधिक अविष्कारशील र रचनात्मक योजना बनाउछ । शान्त मन ऊर्जालार्इ बचाउछ जसले समस्याको सामना अनि समस्या सुल्झाउनमा सहायता मिल्छ ।