के समाज सेवालाई साधना भन्न सकिन्छ?

समाज सेवा तथा साधनामा सर्वसामान्य दृष्टिकोण

. समाज सेवा तथा साधनामा सर्वसामान्य दृष्टिकोण

स्पिरिचुअल साइंस रिसर्च फाउंडेशन तथा महर्षि अध्यात्म विश्वविद्यालयद्वारा सञ्चालित आध्यात्मिक कार्यशालामा जब नयाँ साधकहरू आउँछन्, तिनीहरूमध्ये कोही-कोहीले आफ्नो आध्यात्मिक साधना बढाउनको लागि, मानिसहरूलाई मद्दत गर्ने वा यसलाई आफ्नो जीवनको लक्ष्यको रूपमा लिने, साथै कुनै प्रकारको सामाजिक सेवामा भाग लिने इच्छा व्यक्त गर्छन्। धेरैलाई यस्तो लाग्दछ जब मानवताको लागि सामाजिक सेवाको कार्यहरु जस्तै; दीन-दुखिहरुलाई सहायता गर्ने, चिकित्सीय सहायता उपलब्ध गर्ने, सुबिधाबाट वन्चित बालबालिकालाई पढाउने, परोपकारी संस्थाहरुलाई दान दिने, विपद्को समयमा मानिसहरुलाई सहयोग गर्ने, वृद्धवृद्धाहरूको हेरचाह गर्ने इत्यादिमा संलग्न हुँदा यसबाट उनीहरुले ईश्वरको सेवा गरिरहेका छन्। यस्तै इच्छा भएका हजारौं स्वयंसेवकहरूलाई रोजगारी दिने विभिन्न गैरसरकारी संस्थाहरू छन्; संसारलाई बस्नको लागि राम्रो ठाउँ बनाउने महान उद्देश्य ती सबैका छन्। कहिलेकाहीँ एक व्यक्तिमा साधकका गुणहरू हुन्छन्, तर उसलाई साधक भनेर थाहा हुँदैन। त्यस्ता मानिसहरूले आफ्नो प्राकृतिक आध्यात्मिक गुणहरू त्याग र अरूको लागि विचार गर्ने गुणहरू सामाजिक सेवाका गतिविधिहरूमा प्रयोग गर्छन्, किनकि उनीहरूलाई मानिसहरूलाई सहयोग गर्नु बाहेक आध्यात्मिक रूपमा उन्नति गर्ने अन्य कुनै मार्ग थाहा हुँदैन।

गरिब र पिडितलाई सहयोग गर्नु अत्यन्त पुण्य कार्य हो र समाजमा सम्मान कमाउने यस्तो कर्म हो भन्ने मान्यता विश्वभर छ । तसर्थ, समाजसेवा अध्यात्म साधना बराबर होइन भनी बताउँदा कतिपय साधकहरू अचम्मित हुन्छन् भन्ने कुरा बुझ्न सकिन्छ। यो विशेष गरी साधकहरूका लागि भ्रामक छ किनभने संसारका धेरै तथाकथित आध्यात्मिक गुरुहरू सक्रिय रूपमा मानवतासम्बन्धी कृत्यका प्रचार गर्दछन्।

तसर्थ, सामाजिक सेवाको रूपमा मानिसहरूलाई निष्ठाको साथ मद्दत गर्ने प्रयासहरू साधनाको समानान्तर किन हुँदैन र समाजसेवाको फलस्वरूप साधकको अपेक्षित आध्यात्मिक उन्नति किन हुँदैन? वर्तमान समयमा यो सिद्धान्त बुझ्न सजिलो नहुन सक्छ। यस लेखमा, हामीले यस सिद्धान्तको पछाडिको तर्कलाई व्याख्या गरेका छौं ताकि ती साधकहरू जो साँच्चै आध्यात्मिक प्रगतिको लागि प्रयासरत छन् आफ्नो समय र प्रयासलाई सही दिशामा प्रयोग गर्न सकून्।

. मूलभूत आध्यात्मिक सिद्धान्तहरुलाई बुझ्ने

अगाडि बढ्नु अघि, पाठकहरूको जानकारीको लागि, हामीले यस विषयमा आध्यात्मिक दृष्टिकोण प्रस्तुत गर्दा हामी सबैलाई परिचित हुने केही आधारभूत आध्यात्मिक सिद्धान्तहरू संक्षिप्त रूपमा प्रस्तुत गरेका छौं।

आरम्भ गरौं – मनुष्य कुन घटकले बनेको हुन्छ? प्रत्येक मुनष्य स्थूल देह, प्राण शक्ति (आध्यात्मिक शक्तिको एक प्रकार वा हाम्रो जीवनशक्ति), मन (हाम्रो पूर्व जन्मा सिर्जना गरिएका संस्कारहरुको आधारमा हाम्रो भावनाहरू तथा अनुभवहरूको केन्द्र), बुद्धि (हाम्रो निर्णय लिने तथा विश्लेषणात्मक क्षमता), सूक्ष्म अहंकार तथा आत्मा (हामी सबैमा विद्यमान ईश्वरीय तत्त्व) मिलेर बनेको हुन्छ। जब हामी मर्छौं, हामी हाम्रो स्थूल शरीरलाई पृथ्वीमा छोड्छौं र हाम्रो सूक्ष्म शरीर मृत्यु पछि आफ्नो यात्राको लागि अगाडि बढ्छ। सूक्ष्म देहमा मन, बुद्धि, सूक्ष्म अहंकार र आत्मा हुन्छ। सबै मानिस सुखको खोजीमा हुन्छन् र आफ्नो पञ्चइन्द्रिय, मन र बुद्धिद्वारा सुख खोज्छन्। हामी सबैलाई थाहा छ कि सबै खुशीहरू अस्थायी छन् किनभने हामीले हाम्रो खुशी पाउन सक्ने चीजहरू परिवर्तनको अधीनमा छन् अर्थात परिवर्तनीय हुन्छ।

यसको विपरीत, आत्मा ईश्वरको अंश हो र यो हाम्रो अनन्त र वास्तविक स्वाभाव हो। आत्माको प्रवृतिको परम सत्य, शाश्वत चैतन्य र आनन्दको रूपमा वर्णन गरिएको छ। आत्मा सुखको सर्वश्रेष्ठ रूप हो, अर्थात् उच्चतम स्तर हो, यो अपरिवर्तनीय ईश्वरीय तत्त्वको विशेषता हो। हामी सबैमा कतै न कतै आत्माको आनन्द खोज्ने चाहना हुन्छन्; तर हामी यो प्राप्त गर्न सक्दैनौं किनभने हाम्रो ध्यान पञ्च इन्द्रिय, मन र बुद्धिको माध्यमबाट हाम्रा क्रियाकलापहरू तथा बाह्य जगतबाट सुख वा सांसारिक स्तरको सन्तुष्टिको अनुभव गर्नमा केन्द्रित हुन्छ।

साधना एक प्रक्रिया हो जसले हामीलाई हाम्रो वास्तविक स्वरुप दिव्य छ भनेर बुझ्न र महसुस गर्न मद्दत गर्दछ। यसले हामीलाई बुझ्न र अनुभव गर्न मद्दत गर्दछ कि हामी पञ्च इन्द्रिय, मन र बुद्धि होइनौं, तर हामी भित्रको आन्तरिक रुपमा विद्यमान आत्मा हो। पञ्च ज्ञानेन्द्रिय, मन र बुद्धि र हाम्रो वरपरको स्थूल जगत साथै सूक्ष्म जगत (आध्यात्मिक जगत) लाई माया भनिन्छ। यसले हामीलाई हाम्रो वास्तविक स्वरप जुन आत्मा वा ईश्वरीय तत्त्व हो भनेर बुझ्नबाट टाढा लैजान्छ।

यो पनि होइन कि हामी पहिलो पटक जन्मेका हौं र हामी मध्ये धेरैको लागि यो पनि होइन कि हामी अन्तिम पटक मृत्यु प्राप्त गर्छौं। कर्म वा प्रारब्धको सिद्धान्त अनुसार अरूसँग भएको लेन-देन पूर्ण गर्न हामी धेरै पटक जन्म र मृत्युको चक्रबाट गुज्रनुपर्छ।

जब हामीले अरूलाई कष्ट पुर्याउँछौं र उनीहरूलाई पीडा दिन्छौं, हामी उनीहरूसँग नकारात्मक लेन-दन निर्माण गछौं र कर्मको सिद्धान्त अनुसार, हामी उनीहरूबाट समान-मात्रामा पीडा प्राप्त गर्नेछौं। हामी मध्ये कसैले, यसलाई लोकप्रिय रूपमा आफ्नो पापहरूको लागि पीडा भोग्ने भनिन्छ। यसको विपरीत यदि कुनै व्यक्तिले अरूको कल्याण गर्छ र त्यसले सुख दिन्छ भने, त्यस व्यक्तिले पुण्य प्राप्त गर्दछ र ती गुणहरूको फल भोग्नको लागि फेरि जन्म लिनु पर्छ। लेनदेनका यी छापहरू दिमागको अवचेतन भागमा भण्डार हुन्छन् जसको बारेमा हामीले पहिले पनि चर्चा गरेका छौं। वर्तमान समयमा हाम्रो जीवनको औसत ६५ प्रतिशत भाग प्रारब्धद्वारा नियन्त्रित र पूर्वजन्मको कर्ममा आधारित हुन्छ । हामीले जीवनको बाँकी ३५ प्रतिशत आफ्नो क्रियामाणद्वारा बिताउन सक्छौं। यस लेखको उद्देश्यका लागि, हामीले बुझ्नु आवश्यक छ कि यदि हामीले हाम्रो क्रियामान मानिसहरूलाई मद्दत गर्न प्रयोग गर्छौं भने, यसले अरूलाई खुशी प्राप्त हुन्छ। यसले सामान्यतया पुण्य वा सकारात्मक लेनदेन को संचय हुनेछ।

ध्यान दिनुपर्ने कुरा के हो भने पाप र पुण्य दुवैले हामीलाई जीवन र मृत्युको चक्रमा फसाइराख्छ किनभने हामीले आफ्नो संचित लेनदेन खाताको सानो अंश पनि पूर्ण गर्न बारम्बार जन्म लिन्छौं। न त पुण्य सिर्जना गर्ने कर्महरू न पाप सिर्जना गर्ने कर्महरूले हामीलाई यो बुझ्न तथा अनुभव गर्न मद्दत गर्दछ कि पञ्चज्ञानेन्द्रिय, मन र बुद्धि मायाका अंशहरू हुन् र हाम्रो वास्तविक ईश्वरीय स्वरुपको होइन, जुन आत्मा हो। तसर्थ, दुवै प्रकारका कर्महरूले आध्यात्मिक साधना हुँदैन।

हाम्रो जीवनमा दुई आध्यात्मिक लक्ष्यहरू हुन्छन्, पहिलो, हाम्रो लेनदेनको हिसाब (सकारात्मक वा नकारात्मक) पूर्ण गर्नु र दोस्रो, आध्यात्मिक साधनाद्वारा आध्यात्मिक प्रगति गर्नु।

यी आधारभूत आध्यात्मिक तथा जीवनको अवधारणाहरूको बारे थप जान्नको लागि, निम्न लेखहरू पढ्नुहोस् किनकि तिनीहरूले तपाईलाई प्रत्येक विषयमा विस्तृत जानकारी दिनेछन्।

३. किन सामाजिक सेवको माध्यमबाट मानिसहरुलाई सहयोग गर्नु आध्यात्मिक साधना बराबर होइन?

निम्न केही बुँदाहरू छन् जुन हामीले (साधकको रुपमा ध्यात्मिक विकास) गर्न आफूलाई समाज सेवामा संलग्न गर्ने कि नगर्ने भन्ने निर्णय गर्दा ध्यानमा राख्न सक्छौं।

  • कष्टको मूल कारण: मानिसले दुःख भोग्नुको आधारभूत कारण भनेको नकारात्मक लेनदेन वा पूर्वजन्ममा गरेको पापका कारण उत्पन्न भएको नकारात्मक कर्म हो। फलस्वरूप, उनीहरूले यो जीवनमा कष्ट भोग्नु पर्छ। अरुको पीडा देख्न सजिलो छैन र उनीहरुको दुख हटाउन चाहनु स्वभाविक पनि हो। तर, आध्यात्मिक स्तरमा, जब हामी मानिसहरूलाई दुःखमा परेको देख्छौं, हामीले आफैलाई सोध्न आवश्यक छ, के परमेश्वरलाई यो सबै थाहा छैन, उहाँले किन हस्तक्षेप गर्नुहुन्न? उहाँ सर्वशक्तिमान हुनुहुन्छ र उहाँ एक क्षणमा कसैको दुःख हटाउन सक्नुहुन्छ। तब पनि हस्तक्षेप गर्दैनन् किनभने मायामा डुबेको मानिस मायाको सिद्धान्तले बाँधिएको हुन्छ। त्यस्ता मानिसहरुरूले (जो विश्वको जनसंख्यामा बहुसंख्यक छन्) आफ्नो कर्म तथा अकर्मको पीडा भोग्नुपर्छ जसले अरूलाई दुःख दिएको थियो। भगवानको घरमा सबै कुरा न्यायसंगत हुन्छ। यदि कसैले अरुलाई दुःख दिएको छ भने दुख दिनेले पनि नराम्रो कर्मको रूपमा भोग्नुपर्छ। ईश्वर यी सिद्धान्तहरूलाई बाधा पु-याउनु हुँदैन र तिनीहरूको दुःखकष्ट हटाउनुहुन्न।

    कलियुग (संघर्षको युग) मा आम मानिसका लागि कर्मको पछाडि प्रमुख रुपमा भौतिकवादी, भावनात्मक र बौद्धिक आवश्यकताहरू हुन्। ती मानिसहरू पूर्णतया मायामा डुबेकाले कर्मका सिद्धान्तहरू कठोर हुन्छन्। तिनीहरूका लागि, जसले रोप्छ, त्यही काट्छ- यो जन्ममा होइन भने अर्को जन्ममा। ईश्वरले यसमा हस्तक्षेप गर्नुहुँदैन।

  • त्यसो भए ईश्वरले कसलाई मद्दत गर्नुहुन्छ: ईश्वर त्यो व्यक्तिलाई सहायता गर्न हस्तक्षेप गर्नुहुन्छ जो वास्तवमा ईश्वर प्राप्तिको लागि इच्छुक हुन्छ। यस्ता साधकहरू आफ्नो आध्यात्मिक साधनाका कारण माया (वा सपना जसलाई धेरैजसो मानिसहरूले वास्तविकता मान्दछ) बाट अलग र टाढा जान थाल्छन्। उनी केवल ईश्वरलाई खोज्छ जो मायाभन्दा परे छ। त्यस्ता साधकहरूको लागि, ईश्वरले आवश्यक पर्दा हस्तक्षेप गर्नुहुन्छ र तिनीहरूको आध्यात्मिक प्रगतिमा बाधा पुर्‍याउने अवरोधहरू हटाउँछन्। त्यसैले ईश्वरले कहिल्यै मानसिक स्तरमा मद्दत गर्नु हुँदैन तर आध्यात्मिक स्तरमा मद्दत गर्नु हुन्छ।(कृपया ध्यान दिनुहोस् यदि साधना अध्यात्मका छ:मूलभूत सिद्धान्तहरु अनुसार गरिन्छ भने, आध्यात्मिक प्रगति छिटो हुन्छ।)
  • जब हामी दान दिन्छौं तब के हुन्छ: जब कसैले परोपकारी संस्था, एनजीओ वा दु:ख परेकाहरूलाई दान गर्छ, त्यो मानसिक स्तरमा हुन्छ र यसले केवल मायाको जालमा मात्र फसाउँदछ। यसको कारण यो हो कि मायामा यस्तो राम्रो कर्म गर्दा पुण्य मिल्छ। पुण्य भोग्नको लागि पुनर्जन्म लिनुपर्छ र सुखमय प्रारब्ध भोग्नुपर्छ। साधनाले मात्र सबै कर्महरू नष्ट हुन्छन् र पुनर्जन्मको चक्रबाट बाहिर निस्कन मद्दत मिल्छ। यसले व्यक्तिको संचित प्रारब्धबाट पुण्य र पापहरूलाई निष्प्रभाव बनाउँछ। तसर्थ, आध्यात्मिक दृष्टिकोणबाट विशुद्ध रूपमा समाजसेवाको माध्यमबाट मानिसहरूलाई मद्दत गर्नमा समय बर्बाद गर्नुको सट्टा, आफ्नो आध्यात्मिक साधना बढाउने प्रयास गर्नुपर्छ र अरूलाई पनि आध्यात्मिक उन्नति गर्न मद्दत गर्नुपर्छ। आध्यात्मिक दृष्टिकोणबाट, अरूलाई आध्यात्मिक प्रगति गर्न मद्दत गर्नु सहि मदत मानेको छ। आध्यात्म प्रसार गर्नु र अरूलाई आध्यात्मिक रूपमा प्रगति गर्न मद्दत गर्नु नै ईश्वरको वास्तविक सेवा र मानवीय प्रयास हो। खरे सन्त र गुरुहरूले ईश्वर समान नै कसैको प्रारब्धमा हस्तक्षेप गर्नु हुँदैन्न्। जस्तै छाला रोग, आर्थिक समस्या, घरायसी झगडा आदि जस्ता सांसारिक समस्याहरूबाट छुटकारा पाउन मानिसहरूलाई मद्दत गरेर आफ्नो समय बर्बाद गर्नुहुँदैन। उहाँले केवल उनको सहायता गर्नुहुन्छ जो वास्तबमा ईश्वर प्राप्तिको लागि इच्छुक हुन्छ। एकपटक जब गुरुले जान्नुहुन्छ कि व्यक्ति साँच्चै ईश्वर-प्राप्तिको लागि इच्छुक छ, उहाँले उसलाई आध्यात्मिक प्रगति गर्न मद्दत गर्न सबै कुरा गर्नुहुन्छ। गुरुले साधकलाई कृपा वर्षाएर तथा उनको प्रारब्ध पनि कम गर्न सक्नुहुन्छ। यो तब मात्र हुन्छ जब साधकमा ईश्वर प्राप्तिको तीव्र इच्छा हुन्छ र आध्यात्मिक उन्नतिको लागि इमानदार साथ प्रयास गर्दछ।

  • सामज सेवाको सीमित दायरा: यदि कुनै व्यक्तिले गरिब वा दरिद्रलाई दान गर्ने सेवा गर्छ भने उसले कति जनालाई सहयोग गर्न सक्छ र कहिलेसम्म? हामी सबैको सीमित क्षमता हुन्छन्। उदाहरण, यदि कसैले गरीब व्यक्तिलाई रु १०० दिन्छ भने, यसले उसलाई केही अस्थायी राहत र खाना प्राप्त हुन्छ। तर यसले उनको समस्या सधैं भरिको लागि समाधान गर्दैन। केही दिनपछि फेरि उनीसँग खाना किन्न पैसा हुँदैन। कति जनालाई यसरी मद्दत गर्न सकिन्छ? हाम्रा क्षमता र स्रोतहरू सीमित छन् र यस संसारमा दुःख भोग्ने मानिसहरू अनगिन्ती छन्।

    एउटा भनाइ छ, ‘कसैलाई माछा दिनुभयो भने एक दिनको लागि भोजन प्राप्त हुन्छ, तर कसैलाई माछा मार्न सिकाउनुभयो भने जीवनभरको लागि भोजन प्राप्त हुन्छ। प्रायः सबै अवस्थामा, एक व्यक्ति आफ्नो प्रारब्धको कारण गरीब हुन्छ। यदि व्यक्तिको भाग्यमा गरीब हुनु वा कुनै विशेष दुःख भोग्नु पर्ने छ भने मात्र साधनाद्वारा नै उसको नकारात्मक कर्मको नाश भएर दुःखबाट मुक्ति पाउन सकिन्छ। तसर्थ, कसैलाई साधना गर्न सिकाउनु भनेको उसलाई माछा दिनुको सट्टा माछा मार्न सिकाउनु हो। यो मद्दतको अधिक स्थायी रूप छ र जन्म र मृत्युको चक्रबाट बाहिर आउन सक्षम बनाउँछ। प्रारम्भिक चरणमा अरूलाई आध्यात्मिक साधनाको रूपमा भगवानको नाम जप्ने तरिका सिकाउन सकिन्छ।

  • मानिसहरुलाई मद्दत गर्नको लागि प्रभावशीलता बढाउने: यो सिद्ध भएको छ कि मानिसहरूलाई उनीहरूको आध्यात्मिक अभ्यास सुरु गर्न र कायम राख्न मद्दत गर्नु उच्च क्रमको मद्दत हो। अब हामी हेर्नेछौं कि हामी यसलाई कसरी अझ प्रभावकारी बनाउन सक्छौं। यदि हामीले आफै साधना गरेनौं भने, अरुलाई साधनाको बारेमा जानकारी गराउँदा, तब हाम्रो शब्दको प्रभाव कम पर्छ। जब हामी साधना सुरु गर्छौं, हामी आध्यात्मिक रूपमा बढ्छौं र यसले हाम्रो वाणी र प्रयासमा पनि चैतन्य वृद्धि हुन्छ। तथा ईश्वर हाम्रो प्रयोग मानवताको आध्यात्मिक उन्नतिको आफ्नो कार्यको संचालनमा हामीलाई माध्यम बनाउन सक्नु हुन्छ। यदि कुनै आम मानिस संसारमा शान्ति चाहन्छन् वा संसारलाई राम्रो ठाउँमा बदलिएको हेर्न चाहन्छ भने त्यो वास्तवमा उसको चाहना हो। तर जब आध्यात्मिक रूपमा उन्नत व्यक्ति चाहनु हुन्छ जस्तै गुरुको मनमा यो विचार आउँछ कि ‘यस्तो-यस्तो होस्’ तब प्रत्यक्ष हुनको लागि त्यो विचार नै पर्याप्त हुन्छ। अरू कसैको आवश्यकता पर्दैन। यो केवल यस्तो सन्तहरूको मामलामा सम्भव छ जसको आध्यात्मिक स्तर ८०% भन्दा माथि छ। यसको कारण यो हो कि सन्तहरू साक्षात ईश्वरको सगुण रूप हुनुहुन्छ। गुरु तत्व ब्रह्माण्डमा रहेको त्यो तत्व हो जसले साधकहरूलाई ईश्वर प्राप्तिको लागि मार्गदर्शन गर्दछ। उच्चतम आध्यात्मिक स्तरमा इच्छा पनि आवश्यक हुँदैन, गुरुको अस्तित्व मात्र पर्याप्त हुन्छ। यो बुझ्नको लागि सबैभन्दा राम्रो उदाहरण सूर्यको अस्तित्व हो। सूर्य उदयका कारण बिहान सबैजना उठ्छन् र फूलहरू फुल्छन्। यो मात्र उनको अस्तित्वले हुन्छ। सूर्यले कसैलाई उठ्नु भन्दैन र फुललाई फुल्न भन्दैन। ९०% भन्दा माथिको आध्यात्मिक स्तर भएको गुरुले यसरी कार्य गर्नुहुन्छ।

  • आफ्नो समयको अधिकतम सदुपयोग गर्नुहोस्: पृथ्वीमा हाम्रो जीवन सीमित अवधिको लागि हो। एकपटक हामीले साधनाको महत्त्व र हाम्रो जन्मको मुख्य कारण बुझेपछि, हाम्रा सबै प्रयासहरू आदर्श रूपमा यसको (साधनाको) अनुरूप हुनुपर्छ। हामीले सबैभन्दा प्रभावकारी आध्यात्मिक अभ्यास सुरु गर्न आफ्नो विवेक पनि प्रयोग गर्नुपर्छ।

    यसलाई स्पष्टसँग बुझ्नको लागि एउटा उदाहरण लिऔं। मानौं तपाईले ३ वटा सुरक्षित बैंकमा लगानी गर्ने अवसर पाउनुभयो र तीनवटै बैंकले क्रमशः ५%, १०% र ११.५% ब्याजदर उपलब्ध गराएको छ । अब तपाई भन्नुहोस् तपाई कुन बैंकमा लगानी गर्नुहुन्छ? ११.५ प्रतिशत ब्याजदर दिने बैंकलाई तुरुन्तै छनोट गर्नु हुन्छ, होइन ?

    बैंकको उदाहरण जस्तै, साधकहरूको सन्दर्भ पनि हुन्छ। कुन साधना गर्ने भन्ने निर्णय गर्न हामीले आफ्नो विवेकको प्रयोग गर्नुपर्छ। यदि हामीले एउटै स्तरको साधना मात्र गरिरह्यौं भने, हामी हाम्रो सम्पूर्ण जीवनमा प्रगति गर्न सक्दैनौं। साधनाको प्रभावकारिता अनुसार सही निर्णय लिनु हाम्रो दायित्व हो। हामी यो भन्न् सक्दैनौं कि हामीलाई थाहा छैन। हामी सँधै हाम्रो आध्यात्मिक अभ्यासमा कसरी सुधार गर्न सकिन्छ भनेर सिक्ने अवस्थामा रहनुपर्छ।

    समाजसेवाको सन्दर्भमा, राम्रो पक्ष यो हो कि समाजसेवाले हामीलाई आफ्नो बारेमा मात्र सोच्ने कम गर्न मद्दत गर्दछ। यसले हामीलाई सेवाको भावना विकास गर्न र त्याग कसरी गर्ने भनेर पनि सिक्न मद्दत गर्छ। यी सबै महत्त्वपूर्ण गुणहरू हुन् जुन हामीसँग हुनुपर्छ यदि हामी आध्यात्मिक प्रगति गर्न चाहन्छौं। तसर्थ, समाजसेवालाई वास्तविक साधनाको प्रारम्भिक प्रयासको रूपमा लिन सकिन्छ।

    तर यसको नकारात्मक पक्षहरु यी हुन् कि:

    • हाम्रो संचित खातामा पुण्यहरू सिर्जना हुन्छन् जसलाई भोग्नको लागि पुनर्जन्म लिनुपर्छ।
    • हामीमा यो अनुभूति बनि रहने छ कि माया नै वास्तविकता हो,
    • यसको प्रवृत्तिले हाम्रो मनमा भावनाको संस्कार बढाई दिन्छ,
    • हामीले जे कार्य गरिरहेका छौं त्यसको विषयमा विचार आईरहने कारणले हाम्रो गर्व र अहंकार सधैं बढि रहन्छ।

    यी सबै कारक घटकहरूले हाम्रो आध्यात्मिक प्रगतिमा बाधा पुर्‍याउँछन्। गुरु भनिने व्यक्तिको निर्देशनमा समाजसेवा गरिरहे पनि आध्यात्मिक उन्नति हुनु दुर्लभ छ। एक सामान्य व्यक्ति जो धेरै स्वार्थी छ केवल आफुमा मात्र ध्यान केन्द्रित गर्दछ, उसको लागि यो गर्न ठीक छ किनभने कम्तिमा उसले पहिलो चरणको रूपमा अरूलाई मद्दत गर्नेछ। यसले उसलाई “म राम्रो छु र मेरो परिवार राम्रो छ” भन्ने सोचबाट बाहिर निस्कन मद्दत गर्नेछ र कमसेकम उसले अरूको बारेमा सोच्न सक्षम हुनेछ।

    समाजसेवा गर्ने व्यक्तिहरूको अर्को नकारात्मक पक्ष भनेको आफ्नो स्वार्थ वा राम्रो लाग्नको लागि मात्र गर्ने हो, आध्यात्मिक गुरुको निर्देशनमा होइन। त्यसैले हरेक जन्ममा समाजसेवा गर्नु राम्रो हो भन्ने संस्कार मनमा राख्छन् । यसरी साधकले कुनै पनि आध्यात्मिक प्रगति नगरी आफ्नो धेरै जन्महरू बर्बाद गर्न सक्छ।

    जो साधकहरू वास्तवमा ईश्वर प्राप्ति गर्न चाहन्छन्, उनीहरूले आफ्नो समय खेर जान दिनु हुँदैन, बरु आफ्नो सम्पूर्ण शक्ति र स्रोत साधनामा लगाउनुपर्छ र ईश्वर-प्राप्तितर्फ अघि बढ्नुपर्छ।

  • कर्मयोगानुसार: कतिपयले कर्मयोग अनुसार साधना गर्दछन् त्यसैल समाजसेवा गर्ने गर्छन् । तर कर्मयोग अनुसार साधना गर्न दुईवटा सिद्धान्त पूरा गर्न आवश्यक छ:
    • अ. कर्मयोग भनेको फलको आशा नगरी र कर्तापन रहित भएर काम गर्नु हो। यो गर्न धेरै गाह्रो हुन्छ। काम गर्दा जहिले पनि परिणामको केही अपेक्षा रहन्छ तथा केही कर्तापन पनि हुन्छ। कर्तापन हुनु भनेको पञ्चज्ञानेन्द्रिय, मन र बुद्धिलाई कामको श्रेय दिनु हो।
    • आ. यदि तपाई कसलाई सहायता गरिरहनु भएको छ भने त्यो व्यक्ति सहायता प्राप्त गर्न योग्य पनि हुनुपर्छ। आध्यात्मिक दृष्टिकोणबाट जुन व्यक्ति सहायताको प्रयोग आध्यात्मिक उन्नतिको लागि गर्दछ तथा जसको उद्देश्य आध्यात्मिक उन्नति गर्नु हो, त्यस व्यक्तिलाई सहयोगको योग्य मान्न सकिन्छ। यदि तपाईले साधकलाई सहयोग गर्नुभयो भने, यसले उसको आध्यात्मिक उन्नति हुन्छ र यसबाट कुनै लेनदेन सिर्जना हुँदैन। ईश्वरले साधकहरूलाई सहायता गर्नुहुन्छ र जब हामीले पनि साधकहरूलाई सहायता गर्छौं तब हामीमा पनि ईश्वरीय गुणहरू विकास हुन्छन् र यसले हाम्रो आध्यात्मिक उन्नति पनि हुन्छ।

कोही-कोही मानिस ईश्वर सबैमा व्याप्त छन् भनी सोच्छन् र दु:ख परेकाहरूलाई सहयोग गरेर उनीहरूमा विद्यमान ईश्वरको सेवा गरिरहेका छन् भन्ने सोच्दछ। यो एक भ्रम हो। एक व्यक्तिलाई सहयोगको आवश्यक्ता हुन सक्छ, तर उसमा रहेको आत्मा वा ईश्वरी तत्वलाई कुनै सहयोगको आवश्यकता पर्दैन। आध्यात्मिक दृष्टिकोणबाट, अध्यात्मको प्रसार गर्नु र आध्यात्मिक साधनामा मानिसहरूलाई मद्दत गर्नु नै ईश्वर र मानवताको सच्चा सेवा हो – यो नै समाज सेवाको उच्चतम र शुद्ध रूप हो किनभने यसले जीवन र मृत्युको चक्रबाट बाहिर आउन र आनन्दको अनुभव गर्न मद्दत गर्दछ।

. संक्षेपमा

संसारमा परिवर्तन ल्याउन चाहनेहरूका लागि समाज सेवाप्रतिको झुकाव स्पष्ट छ। एक सामाज सेवक समाजमा आफ्नो योगदानबाट स्थूल सकारात्मक परिणाम देख्नेछ। यसमा मानिसहरूलाई मद्दत गर्नु एक सन्तोषजनक अनुभव हुन सक्छ। मायामा गरिने कुनै पनि सकारात्मक कर्मको परिणाम मायामा नै प्राप्त हुन्छ जुन व्यक्तिको कर्म अथवा सुखमा पुण्यको रूपमा वृद्धि हुन्छ। जो ईश्वर प्राप्तिको चाहना राख्छन् र जसको लक्ष्य ईश्वर प्राप्ति गर्ने र आनन्दको अनुभव गर्ने हो, उनीहरूले भिन्न प्रकारको आध्यात्मिक यात्रा गर्न आवश्यक छ र आफ्नो साधनालाई अधिक सूक्ष्म बनाउन आवश्यक छ।

SSRF मा हामी द्रुत आध्यात्मिक प्रगति गर्न साधनाका ८ चरणहरू सुझाव दिन्छौं। यी चरणहरूले तपाईलाई साधना सुरु गर्न र तपाईको वर्तमान साधनालाई सुदृढ बनाउन मद्दत गर्न सक्छ। SSRF को मार्गदर्शनमा साधना गर्ने अनेक साधकहरूले कुनै न कुनै रूपमा समाजसेवा गर्थे। तर जब उनले SSRF को मार्गदर्शनमा साधना गर्न थाले, तब उनीहरुलाई उच्च अनुभवहरु हुन थाल्यो र उनलाई समाज सेवाको सीमितता महसुस भयो।