पेय पदार्थमा आध्यात्मिक अनुसन्धान

पेय पदार्थमा आध्यात्मिक अनुसन्धान

आध्यात्मिक अनुसन्धान मार्फत सात्त्विक जीवनको यस खण्डमा,  हामीले विभिन्न प्रकारका लोकप्रिय पेय पदार्थहरू र तिनीहरुको मानिसमा पर्ने आध्यात्मिक प्रभावको तुलना गरेका छौं । निम्नलिखित संक्षिप्त तालीकामा पेय पदार्थको क्रम आध्यात्मिक अशुद्धि देखि आध्यात्मिक शुद्धिको (माथि देखि तल)  साथै त्यसको सेवन गरेपछि व्यक्तिलाई आध्यात्मिक विश्वको अनिष्ट शक्तिबाट प्रभावित हुने आशंका अनुसार राखिएको छ।

पेयको प्रकार सत्व रज तम अनिष्ट शक्तिको प्रभाव
रक्सी (अडंगुरको मदिरा सहित) १८ ३१ ५१ उच्च
दूध बिनाको चिया  १८ ३१ ५१ उच्च
कोक इत्यादि पेय ४ २१ ४६ ३३ मध्यम
दुध बिनाको कफी १८ ५१ ३१ मध्यम
दूध हालेको चिया २० ४९ ३१ मध्यम
दूध हालेको कफी २१ ४८ ३१ मध्यम
हर्बल चिया २१ ४८ ३१ मध्यम
फलफुलको रस ३१ ४४ २५ थोरै
नरिवलको पानी ३१ ४८ २१ थोरै
पानी५ ३१ ५१ १८ थोरै
मही ३१ ५२ १७ थोरै
लोकल गाईको दुध ३३ ५४ १३ न्यूनतम

श्रोत : SSRF द्वारा २१ जुलाई २०१३ मा गरिएको आध्यात्मिक अनुसन्धान

आध्यात्मिक दृष्टिकोणबाट पेय पदार्थको बारेमा थप विवरणहरू पढ्न कृपया पहिलो स्तम्भमा हाइपरलिंक दिएको ठाउँमा क्लिक गर्नुहोस् ।

तालिकाको टिप्पणिटहरू :

  • अध्यात्मशास्त्र अनुसार सम्पूर्ण ब्रह्माण्ड ३ आधारभूत सूक्ष्म घटकले बनेको छ – सत्व, रज र तम । सत्त्वगुण आध्यात्मिक शुद्धता र ज्ञानको प्रतिक हो; रजगुण क्रियाशीलताको प्रतिक हो; जबकि तमगुणले अज्ञानता र अकर्मण्यतालाई दर्शाउछ । कुनै पनि वस्तुको स्पन्दन त्यो वस्तुको मूलभूत प्रधान गुणमा निर्धारित हुन्छ र सबै वस्तुमा मूलभूत घटक विद्यमान हुन्छ ।
  • अनिष्ट शक्ति र हाम्रो आध्यात्मिक अभ्यासमा प्रभावको सम्बन्ध
    • मदिरा अथवा कालो चिया जस्तो तमप्रधान पेयको सेवन गरेपछि, व्यक्तिमा आध्यात्मिक अशुद्धि बढ्दछ जसको माध्यमले आध्यात्मिक आयामको अनिष्ट शक्तिद्वारा व्यक्तिमाथि आक्रमण हुने आशंका अधिक धेरै हुन्छ ।
    • व्यक्ति जति अधिक मात्रामा यसको सेवन गर्दछ, त्यतिनै अधिक मात्रामा यसको परिणाम हुन्छ । परिणामस्वरूप जसलाई कालो चिया र मदिराको लत हुन्छ, उनीहरु माथि यसको ठुलो मात्रामा दुष्परिणाम हुन्छ ।
    • आध्यात्मिक अभ्यास गरिरहेका साधकहरु जो अधिक सात्विक अथवा आध्यात्मिक रूपमा शुद्ध बन्न खोज्दछन्, तम प्रमुख पेय पदार्थहरू पिउदा उनीहरुलाई आध्यात्मिक प्रगति गर्नको लागि नकारात्मक रूपमा असर गर्दछन् । साथै यसले सधनामा बाधा ल्याउन प्रयास गरिरहेको अनिष्ट शक्तिको अगाडि स्वयंलाई असुरक्षित बनाउछ ।
    • सन्त जसको ८०% भन्दा अधिक आध्यात्मिक स्तर हुन्छ, उहाँहरूले रक्सी पिउनु भएपनि त्यसले खासै प्रतिकूल प्रभाव पार्दैन किनभने उहाँले पेय पदार्थको घटक परिवर्तन गर्न सक्नु हुन्छ । उदाहरणको लागि रक्सीलाई पानीमा परिवर्तन गर्न सक्नु हुन्छ ।
  • यसले कालो चियालाई बुझाउँदछ र यसमा हर्बल चिया समावेश गरिएको छैन ।
  • कोक रज-तम प्रमुख पेय पदार्थ हो र यस्तो हुनुमा एउटा मुख्य कारण हो त्यसको रासायनिक तत्त्व । कुनै पनि पेय पदार्थ जसमा रसायन हुन्छ, त्यसमा उच्च तमगुण हुने आशंका अधिक हुन्छ ।
  • पानी मूलत तटस्थ हुन्छ; तर यसको गुण यो हो की यसले सजिलै दुबै सकारात्मक तथा नकारात्मक स्पन्दनहरू ग्रहण गर्न सक्दछ ।

बायो-फिडब्याक मेशिन DDFAO प्रयोग गरेर SSRF ले व्यक्तिहरूको कुण्डलिनी चक्रहरूमा रक्सी र फलफूलको रसको प्रभावको अध्ययन गरेका छन् । हामीले अनिष्ट शक्तिबाट पीडित र पीडा रहित व्यक्तिमा दुई प्रकारको पेय पदार्थहरु रक्सी (विस्की) र फलफूको रस (सुन्तलाको रस) को प्रभाव सम्बन्धी अनुसन्धान गर्यौं । हामीले साधना गर्ने व्यक्ति र साधना नगर्ने व्यक्ति माथि पनि अनुसन्धान गर्यौं ।

तल रक्सी सम्बन्धी DDFAO प्रयोग गरेर अनुसन्धान गरेको SSRF को भिडियो दिएको छ ।