निम्नलिखित सन्दर्भ लेख पढ्नुहोस् – ‘सूक्ष्म-ज्ञानमा आधारित चित्रांकन के हो ?’ अनि ‘ब्रह्माण्डको तीन मूलभूत सूक्ष्म घटक – सत्त्व, रज अनि तम

१. प्रस्तावना (विषयप्रवेश)

धेरै व्यक्तिहरुका लागि उठ्ने बितिक्कै बिस्तारामा पहिला चिया अथवा कफी पिउन, एक सुखद अनुभव हुन्छन्, जसको लागि उनीहरु प्रतीक्षामा हुन्छन् । कोहि व्यक्ति यो बिना रहन सक्दैन्न् । आफ्नो साथीलार्इ आेछयानमानै नाश्ता खुलाउन उनलार्इ रोमान्टिक बनाउने एउटा अद्भुत अनुभव प्रतीत हुन्छ । यस्तो गर्दा यो कुरा ध्यान राख्नुपर्छ कि हाम्रो प्रत्येक कर्मले राम्रो अथवा नराम्रो स्पन्दन आकर्षित गर्ने क्षमता हुन्छ । यो सानो कृत्यमा आध्यात्मिक शोध गर्यौं, तब यस संस्कारको विषयमा केहि भिन्दै जानकारी प्राप्त भयो ।

२. निद्रावस्थामा मुखगुहामा हुने परिणाम

निद्रावस्थामा शारीरिक गतिविधि अत्यन्त मन्द हुन जान्छ अनि परिणामस्वरूप सूक्ष्म तमोगुण वृद्धिंगत हुन्छ । साथै आध्यात्मिक साधनाको स्तर पनि घटेर जान्छ अनि आध्यात्मिक दृष्टिले हामी दुर्बल हुन जान्छौं । दिनको कुनै अन्य समयको तुलनामा रात तमप्रधान हुन्छ अनि अनिष्ट शक्तिहरु पनि अधिक मात्रामा कार्यरत रहन्छन् । परिणामस्वरूप निद्रावस्थामा हामीमा अनिष्ट शक्ति (भूत, प्रेत, पिशाच इ.) द्वारा आक्रमण हुने आशंका अधिक रहन्छन् ।

मुखगुहा (mouth cavity) आपतत्त्वसँग सम्बन्धित हुनुको कारण तमोगुणी स्पन्दलेसे पूर्णतः ग्रस्त हुने आशङ्का रहन्छ । आपतत्त्वमा नकारात्मक तमोगुणी स्पन्दन सङ्ग्रहित गर्ने क्षमता अधिक हुन्छ । परिणामस्वरूप पूरै रातको निन्द्रापछि मुखगुहामा कष्टप्रद तमोगुणी स्पन्दन अधिक मात्रामा संग्रहित हुन्छ । साथै दुर्गन्ध पनि हुन्छ ।

३. दाँत माझ्नु पहिलानै, आेछयानमा चिया पिउदा आध्यात्मिक दुष्परिणाम

बिहानै उठ्दा मुखगुहामा कष्टप्रद स्पन्दन अधिक मात्रामा हुन्छ, त्यसैले कुनै पनि पदार्थ निल्नाने त्यसको साथ तमोगुणी स्पन्दन पनि निल्दछ । सूक्ष्म-ज्ञानमा आधारित तलको चित्रमा चिया पिउने समय निर्माण हुने सूक्ष्म नकारात्मक स्पन्दन दर्शाएको छ । चिया स्वयं तमप्रधान हुनाले वृद्धिंगत कष्टप्रद स्पन्दमा अझै वृद्धि हुन्छ । कष्टप्रद तमप्रधान स्पन्दमा वृद्धि हुनाले अनिष्ट शक्ति (भूत, प्रेत, पिशाच इ.) का आक्रमणका आशङ्का पनि बढ्दछन् ।

सूक्ष्म-ज्ञानमा आधारित यो चित्र कु. प्रियांका लोटलीकरले आफ्नो अति जागृत छैटौं ज्ञानेन्द्रिय द्वारा चित्र बनाएको हो, सूक्ष्म-ज्ञानमा आधारित यस चित्रमा विद्यमान विविध पञ्चतत्त्वको विवरणको लागि कृपया निम्न तालिका पढ्नुहोस् ।

१. चिया तमप्रधान हुनले कष्टप्रद शक्तिको प्रवाह त्यसतर्फ आकर्षित हुन्छ
१ अ. कष्टप्रद शक्तिको निर्मित हुने अनि सक्रिय भएर घूमि रहने
१ आ. कष्टप्रद शक्तिको तरङ्ग वातावरणमा प्रक्षेपित गर्ने
२. मायावी शक्तिको वलय निर्मित हुने अनि सक्रिय भएर घूमि रहने
३. कष्टप्रद शक्तिको प्रवाह व्यक्तितर्फ आकर्षित गर्ने
३ अ. सक्रिय स्थितिमा घूमि रहने कष्टप्रद शक्तिको वलय बुद्धिमा निर्मित हुने
४. मुखगुहामा कष्टप्रद शक्तिको वलय निर्मित हुने
४ अ. कष्टप्रद शक्तिको प्रवाह शरीरमा प्रवेश गर्ने
४ आ. कष्टप्रद शक्तिको वलय निर्मित हुने । यो कार्यरत स्थितिमा घूमि रहने अनि कष्टप्रद शक्तिको केन्द्रवर्ती (समकेन्द्र) वर्तुलाकार वलय शरीरमा प्रक्षेपित गर्ने ।
४ इ. कष्टप्रद शक्तिको कार्यरत कण शरीर अनि वायुमण्डलमा फैलिने
४ र्इ. कष्टप्रद शक्तिको तरङ्ग शरीरमा फैलिने
५. शरीरको सबैतर्फ कालो शक्तिको मोटो आवरण निर्मित हुने

इन्टरनेटमा स्वास्थ्य सङ्गठन अनि दन्त चिकित्सामा यस विषयमा विवाद देखाई दिन्छ कि नाश्ता पहिला दात माझ्ने अथवा नाश्तापछि । तर यदि आध्यात्मिक दृष्टिकोणले हेर्यौं भने,  दाँत माझ्दा अनि मुख कुल्ला गर्नाले मुखगुहामा रात भारिमा सङ्गृहीत भएको तमप्रधान स्पन्दनको मात्रा न्यून हुन्छ । त्यसैले बिहानै दाँत माझेपछि मात्र केहि खान; अनुरोध गर्दछौं ।