आत्म-विश्लेषण साधन – स्वभाव दोष निर्मूलन तालिका (भाग २)
आत्म-विश्लेषण साधन – स्वभाव दोष निर्मूलन तालिका (भाग २)

. मूल दोषको आत्मविश्लेषणको परिचयआत्म-विश्लेषण साधन – स्वभाव दोष निर्मूलन तालिका (भाग २)

यो अध्यायमा (अधिल्लो अध्याय को अन्त्यबाट) हामी अगाडि बढ्ने छौं कसरी आत्म विश्लेषण साधन भर्ने जुन स्वभावदोष निर्मूलन चार्ट (chart) हो । पहिलाको अध्यायमा हामीले गल्तीको तीव्रता तथा प्रभावलाई बुझ्न ध्यान केन्द्रित गरेका थियौं । यो अध्यायमा अयोग्य कृति अथवा प्रतिक्रियाको मूल कारणहरुको विश्लेषण कसरी गर्ने भनेर व्याख्या गर्नेछौं ।

. आत्मविश्लेषणको द्रुत सरल प्रक्रिया

अर्को पटक जब तपाईलाई थाहा हुन्छ कि तपाईले गल्ती गर्नु भयो अथवा कसैले तपाईको गल्ती औंल्याउनु भयो भने – आत्मजागरूकता बढाउनको लागि स्वयंको आत्मनिरिक्षण तथा विश्लेषण गर्न राम्रो अवसर प्रदान गर्दछ । गल्ती ठुलो अथवा सानो हुन सक्छ । यसले व्यक्तिको मनलाई राम्रोसँग बुझ्ने अवसर प्रदान गर्दछ । विश्लेषण यसमा केन्द्रित हुन्छ की ‘मेरो कुन स्वभाव दोषको कारण यो गल्ती भयो’?

गल्तीको लागि उत्तरदायी मूल स्वभाव दोषलाई पता लगाउनको लागि आफैलाई प्रश्नहरु सोधेर विश्लेषण गरिरहनु पर्छ कि मबाट यस्तो अयोग्य कृति किन भयो अथवा मबाट त्यो अयोग्य प्रतिक्रिया किन व्यक्त भयो । त्यसपछि आफ्नो विश्लेषणलाई आत्मविश्लेषणको साधनस्वभावदोष निर्मूलन चार्टको स्तम्भ G, H, I तथा J मा दर्जा गर्नुहोस् । तल व्यक्तिले गरेको गल्तीलाई दर्ज गर्नको लागि आत्म-विश्लेषण चार्टको उदाहरण स्वरुप चित्र (snapshot) दिएको छ ।

आत्म-विश्लेषण साधन – स्वभाव दोष निर्मूलन तालिका (भाग २)

. के यो स्वभाव दोष वा अहंको कुनै पक्ष हो जुन प्रकट भयो ? (स्तमभ G)

आत्म-विश्लेषण साधन – स्वभाव दोष निर्मूलन तालिका (भाग २)

स्तम्भ G मा, गल्ती वर्गीकरण गर्न दुई विकल्पहरु प्रदान गरेका छौं ती हुन्, अहं अथवा स्वभाव दोष । स्तम्भ G मा हामीले के छनौट गर्यौं त्यको आधारमा स्तम्भ H, I र J मा अहंको प्रकटीकरण अथवा स्वभाव दोष छनौटको सूची आउँदछ ।

अतः हामी यो निर्णय कसरी गर्ने गल्ती स्वभाव दोषको कारण भएको हो अथवा अहंको प्रकटीकरणको परिणामस्वरूप भएको हो ?

वास्तवमा सबै स्वभाव दोषहरु अहंबाट उत्पन्न हुन्छ । अहं त्यो हो जुन मनमा अधिक दृढ हुन्छ जबकि स्वभावदोष धेरै जसो, अहंको सतही प्रकटीकरण हो । अतः गल्ती स्वभाव दोषको कारण भएको हो अथवा अहंको कारण, यसको निर्णय लिनको लागि आफैलाई प्रश्न सोध्नुहोस् दोष कतिको दृढ छ । यदि यो दोष प्रकट हुने अनियमित प्रकरण हो भने स्वभाव दोषलाई छनौट गर्नुहोस्, तर यदि स्वभाव दोष दृढ छ भने अहंलाई छनौट गर्नुहोस् । तपाई गल्तीलाई कुन प्रकारले वर्गीकरण गर्न सक्नुहुन्छ भनेर बुझ्नको लागि दिशानिर्देशको रूपमा विभिन्न स्वभाव दोष र अहंको पक्षहरुको सूची भएको वर्कशीट को सन्दर्भ लिनुहोस् ।

आत्म-विश्लेषण साधन – स्वभाव दोष निर्मूलन तालिका (भाग २)

गल्तीको लागि योगदान दिने स्वभावदोष अथवा अहंको बिन्दुलाई बुझ्न / विश्लेषण गरेपछि अर्को चरण हो स्तम्भ H, I तथा J सतम्भहरु भर्ने ।

तल दिएको खण्ड २.२ देख २.६ सम्म हामी विस्तृत रूपमा भन्ने छौं कि तालिका सहि तरीकाले भर्न यसको विश्लेषण कसरी गर्ने ।

. आत्मविश्लेषणको व्यावहारिक उदाहरण अयोग्य कृति/अकर्मण्यता

आत्म-विश्लेषण साधन – स्वभाव दोष निर्मूलन तालिका (भाग २)

मानौ तपाईले यो गल्ती गर्नु भएको छ भनेर थाहा थियो – “मैले कफी पिएपछि कफीको गिलास धुईन”।

अतः यो अयोग्य कृति हो । यस अयोग्य कृतिको आत्म विश्लेषण प्रक्रियालाई सुगम बनाउनको लागि तपाई स्वयंसँग प्रश्न सोध्नुहोस्, ‘मैले कफीको गिलास किन धुईन ?’

सम्भावित निम्नलिखित केहि उत्तर प्राप्त हुन सक्छ । मूल दोषको विश्लेषण कफीको गिलास सफा नगर्नुको निष्क्रियता पछाडि प्रमुख सोच के थियो (तपाईको मनमा) यसमा निर्भर गर्दछ । अगाडी दिएको तालिकामा हामी वर्णन गर्नेछौं कि विश्लेषण कसरी गर्न सकिन्छ ।

 

गल्ती पछाडीको विचार सम्भावित मूल स्वभावदोष
मैले कफीको गिलास धुईन किन भने मलाई लाग्यो की यो कार्य मेरो गरिमा भन्दा तलको काम हो । मेरो समय धेरै महत्वपूर्ण काम जस्तै कम्प्युटको काम गर्न प्रयोग गरिनुपर्छ, जबकि मेरो श्रीमतीले यी सबै दैनिक कामहरु गर्न सक्छिन् । अहंकार
मलाई कफीको गिलास धुनको लागि मन त थियो; तर म अन्य धेरै कुराहरुमा व्यस्त भए र पछि मैले गरिन । नियोजन एवं व्यवस्थापनको अभाव अथवा अव्यवस्थित हुनु
मलाई अहिले कफीको गिलास धुन मन लागेन, मैले सोचे मपछि धुन्छु । म सोफामा ढल्किन र आराम गर्न चाहन्थ्ये । आलस्य
मैले पहिला नै धेरै कामहरु गरिसकेको छु र मेरो परिवारको सदस्यहरुले मलाई कफीको गिलास धुनमा सहायता गर्नुपर्छ । अपेक्षाहरू

तपाई देख्न सक्नु हुन्छ कि कफीको गिलास नधुनुको पछाडि समावेश विचारको आधारमा, तपाई त्यो विचारसँग सम्बन्धित स्वभावदोषलाई स्तम्भ H, I र J मा भर्नुहोस् ।

. आत्मविश्लेषणको व्यावहारिक उदाहरण अयोग्य प्रतिक्रिया

यो खण्डमा हामी अयोग्य प्रतिक्रियाको विश्लेषण गर्नेछौं ।

आत्म-विश्लेषण साधन – स्वभाव दोष निर्मूलन तालिका (भाग २)

जोआनलाई स्वयं द्वारा व्यक्त गरिएको प्रतिक्रियाको भान थियो । जब मेरो मेनेजरले मेरो स्थानमा मेरो सहकर्मी (टीना) को प्रशंसा गर्नु भयो तब मलाई उहाँप्रति क्रोध आयो

आत्म-विश्लेषणको प्रक्रियालाई आरम्भ गर्नु भन्दा पहिला जोआनले निम्न प्रश्न सोध्नु आवश्यक छ, “जब मेरो मेनेजरले टीनाको प्रशंसा गर्दा म किन रिसाए ?”

क्रोधलाई बढाउने विचार कुन थियो यसको आधारमा, जोआन आफैले आफैलाई मूल्याङ्कन गर्न सक्षम हुनेछिन् की उसको कुन स्वभाव दोषको कारण यस्तो प्रतिक्रिया उत्पन्न भयो ।

 

क्रोधको प्रतिक्रिया पछाडी अन्तर्निहित विचार सम्भावित मूल स्वभाव दोष
मेरो मेनेजर जहिले पनि टीनाको प्रशंसा गर्नु हुन्छ र मेरो प्रयासको प्रशंसा कहिले पनि गर्नुहुँदैन । मैले जति नै प्रयास गरे पनि म माथि कहिले ध्यान जादैन । ईर्ष्या
मेरो पहिलाको काममा पनि कसैले मेरो प्रशंसा गरेन । घरमा पनि कसैले मेरो प्रयासको कदर गर्दैन । के म साचिकै राम्रो छैन ? असुरक्षा
मेरो मेनेजरले पक्षपात गर्नुहुन्छ । मैले टीना भन्दा राम्रो काम गरें । पूर्वाग्रह
म टीनाको पर्दाफाश गर्ने छु किनभने मलाई लाग्दैन कि उनी यसको लागि योग्य छिन । क्रोध र प्रतिशोधको भावना

. आत्मविश्लेषणको व्यावहारिक उदाहरण अयोग्य कृति (गहिरो अभ्यास)

केहि प्रकरणमा, गहन विश्लेषण गर्नको लागि व्यक्तिले स्वयंसँग अधिक प्रश्न सोध्नुपर्दछ जसले कि जुन स्वभाव दोषको कारण अयोग्य कृति अथवा प्रतिक्रिया भएको हो त्यसको मूल थाहा पाउन सकोस् । आउनुहोस् एउटा उदाहरण हेरौं :

घटना : स्कूलको साथीसँग धेरै वर्पपछि भेट्दा मैले अत्यधिक ठट्टा गरे । ती मध्ये कोहिले अत्यधिक ठट्टालाई नकारात्मक टिप्पणी गरे ।

(हास्य आफैमा नराम्रो कृत्य होइन – तर अत्यधिक हास्य गर्नु अरुको लागि कष्टदाइक हुन सक्छ । त्यसैले, अत्यधिक हास्य/ठट्टा गर्नु पनि एउटा गल्ती हुन सक्छ, तर यदि यसको थप विश्लेषण गर्नुपर्यो भने यसको स्वयंको विषयमा गरिहयो कुरा पत्ता लगाउन सक्छ । तसर्थ, ‘किन’ यो प्रश्न धेरै पटक सोध्नु आवश्यक हुन्छ । तब सम्म जब सम्म उनलाई गल्ती गर्नुको विभिन्न कारणहरु मिल्दछ ।)

आत्म-विश्लेषण साधन – स्वभाव दोष निर्मूलन तालिका (भाग २)

. तालिका भर्नु

यो ध्यान दिन महत्तवपूर्ण छ कि हामीले महसुस गर्न सक्छौं कि गल्तीको लागि योगदान दिनमा स्वभाव दोषहरुको संयोजन छ । यहि कारण हो हामीले ३ स्तम्भहरु (H, I र J) दोष/अहंको पक्षलाई सूचीबद्ध गर्न उपलब्ध गराएका छौं । स्तम्भ H मा हामीले प्रधान दोषलाई लेख्ने तथा स्तम्भ I र J मा द्वितीयक दोष/अहंको पक्ष लेख्न सक्छौं ।

उदाहरणको लागि यो गल्तीमा – “साँझको खाना खाइसकेपछि भाँडा माझ्न म अल्छी भएँ” । प्रधान स्वभावदोष “आलस्य” हुन सक्छ जबकि गल्ती हुनको लागि द्वितीयक स्वभावदोष ‘ढिलाइ गर्नु’ हुन सक्छ । तदनुसार स्तम्भ G मा स्वभावदोष छनौट गरेपछि, यो विशेष गल्तीको लागि तपाईको दोष १ (स्तम्भ H) को आलस्यको रूपमा र दोष २ (स्तम्भ I) मा ‘ढिलाइ गर्नु’ लेख्न सकिन्छ । यदि कसैलाई अन्य कुनै दोस्रो उत्तरदायी स्वभावदोष छैन भन्ने लाग्छ भने तब दोष ३ (स्तम्भ J) लाई खाली छोड्न सक्छ । कृपया ध्यान दिनुहोस् कि यो अनिवार्य र महत्वपूर्ण छ कि प्रत्येक गल्तीको लागि कम्तिमा एउटा दोष भर्नुपर्छ ।

आत्म-विश्लेषण साधन – स्वभाव दोष निर्मूलन तालिका (भाग २)