गुरुपुर्णिमामा अधिकतम लाभ कसरी प्राप्त गर्ने

हरेक साधकले आफ्नो आध्यात्मिक यात्रामा कुनै न कुनै समय ईश्वरलाई अनुभव गरेको हुन्छ । जसले साधकलाई मार्गदर्शक गर्छ, यो ईश्वरको मार्गदर्शक सिद्धान्त हो, जसलाई गुरु सिद्धान्त पनि भन्दछ । गुरु तत्वले साधकलाई साधनामा ल्याउने र आध्यात्मिक यात्राको प्रत्येक चरणमा मार्गदर्शन गर्ने कार्य पनि गर्दछ । अत: गुरु तत्व साधकको जीवनमा विशेष महत्व राख्दछ । स्वाभाविक रूपमा एउटा ईमानदार साधक आफ्नो जीवनमा सबै रुपमा प्रकट भएको गुरु तत्वप्रति कृतज्ञता व्यक्त गर्दछ । कुनै पनि दिन गुरु तत्वप्रति कृतज्ञता व्यक्त गर्नु शुभ दिन हो तर एउटा दिन जसलाई गुरुपूर्णिमा भन्दछौं जुन विशेष रुपमा महत्वपुर्ण हुन्छ । यो यस कारण हो कि यस दिन ब्रहमाण्डमा गुरु तत्व १००० गुना अधिक सक्रिय हुन्छ । वास्तवमा, गुरु तत्व गुरुपूर्णिमाको अवधि भरि गतिविधिमा वृद्धि गर्दछ।

यसको मतलब यदि गुरुपूर्णिमा अगाडिको सबै दिनहरुमा र गुरुपूर्णिमाकै दिनमा सही दृष्टिकोण र सही प्रयास गर्यौं भने आध्यात्मिक स्तरमा निकै लाभ लिन सकिन्छ । यो वर्ष गुरुपुर्णिमा ३ जुलाई २०२३ मा पर्दछ । यहाँ केहि बुदाहरु छन् जुन तपाई यस अवधिमा गुरु तत्वको वृद्धि गतिविधिबाट लाभ उठाउन सक्नुहुन्छ।

सिक्ने प्रवृत्ति बनाइ राख्ने

कहिलेकाही जीवनमा यस्तो परिस्थितिहरुको सामना गर्नपर्छ जसले हामीलाई विभिन्न तरीकाले चुनौती दिन्छन् । जीवनको सबै परिस्थितिहरुमा यदि सिक्ने प्रवृत्ति राख्यौं भने हामी गुरु तत्वसँग जोडिन्छौं अनि हामीलाई के सिकाई रहनु भएको छ त्यसको लाभ लिन सक्छौं । एउटा भनाइ छ “परिस्थितिनै गुरु हो” त्यसैले हामी आध्यात्मिक भाव राख्न सक्छौं की हरेक परिस्थिति ईश्वरले हामीलाई सिकाउनको लागि दिनु भएको हो । हामी ईश्वरलाई प्रस्न गर्न सक्छौं की उहाँले हामीलाई प्रत्येक परिस्थितिबाट के सिकाउन खोज्दै
हुनुहुन्छ।

ईश्वरले जे दिनु भाएको छ त्येसको लागि कृतज्ञता बढाउने

ईश्वरले सम्पूर्ण ब्रह्माण्ड सिर्जना गर्नु भयो । ईश्वरले हामीलाई जीवन दिनु भएको छ र प्रत्येक क्षण हेरविचार गरिरहनु भएको छ । उहाँले हामीलाई जे चाहिएको छ त्यो प्रदान गरिदिनुहुन्छ ताकि हामी साधनामा ध्यान केन्द्रित गर्न सकोस् । तर धेरै समयसम्म हामी यो जागरुकता बनाई राख्न असमर्थ छौं । ईश्वरप्रति कृतज्ञता भाव बढाउने प्रयास गर्नाले आध्यात्मिक भाव विकास र कायम राख्न मद्दत गर्दछ जसले हामीलाई तीव्र आध्यात्मिक प्रगति गर्न सक्षम बनाउँछ ।

मात्रात्मक अनि गुणात्मक रुपले साधनामा प्रयास बढाउने

गुरुपूर्णिमा आउने दिनसम्मको अवधि आध्यात्मिक प्रगतिको लागि अत्यधिक अनुकूल हुन्छ । यो अवधिमा साधनामा ज्यादा प्रयास गर्नाले हामी गुरु तत्व आकर्षित गर्छौं र अधिकतम लाभ प्राप्त गर्न सक्छौं । हामी हाम्रो प्रयास मात्रात्मक र गुणात्मक रुपमा बढाउन सक्छौं । मात्राको स्तरमा प्रयास भन्नाले धेरै नाम जाप गर्ने, धेरै स्वाभाव दोष हटाउने प्रक्रिया गर्ने, धेरै समय सत्सेवा गर्ने आदि। गुणात्मक स्तरमा प्रयास बढाउने भन्नाले नाम जप भावपूर्ण गर्ने, सत्सेवा एकाग्रताको साथ परिपूर्ण कम गल्तीको साथ गर्ने, गल्तिहरुको गहिरो अभ्यास गर्ने र काहाँ सुधार गर्न सकिन्छ त्यो थाहा पाउने ।

आफुसँग जे छ त्यो ईश्वरलाई अर्पित गर्ने

ईश्वर हामीलाई सबै कुरा दिन तयार हुनुहुन्छ । तर हामी कसरी उहाँले दिई रहनु भएको छ, त्यसको लागि योग्य पात्र बन्न सक्छौं ? हामीले हामीसँग भएको जे छन् त्यो ईश्वरलाई अर्पित गर्नाले हामी भित्र ईश्वरको आशीर्वाद प्राप्त गर्ने खाली जगा बनाउछौं ।हाम्रो मन ईश्वरको नामजप र स्वाभावदोष हटाउने प्रक्रिया गर्नको लागि अर्पन गर्न सक्छौं । हाम्रो शरीर र बुद्धि विभिन्न सतसेवा गर्नको लागि ईश्वरलाई अर्पित गर्न सक्छौं । हामी सन्त अथवा आध्यात्मिक संगठनहरुलाई दान गर्न सक्छौं जुन विश्वव्यापी सिद्धान्तहरुमा आधारित आध्यात्मिकता फैलाउन समर्पित छन् । SSRF इच्छुक साधकहरुलाई उनीहरुको मन, बुद्धि र धन ईश्वरप्रति समर्पित गर्ने विभिन्न तरिकाहरु प्रदान गर्दछ । यी मध्य, धन अर्पण गर्न सबै भन्दा सजिलो हुन्छ तर सम्भव भएरसम्म सबै स्तरहरुमा अर्पण गर्नाले सबै भन्दा धेरै लाभ मिल्दछ ।

हामी चाहन्छौं कि यो समय तपाईहरुको आध्यात्मिक अभ्यासमा वृद्धि होस् र आन्नदमय गुरुपूर्णिमाको शुभकामना !

के तपाई विश्वभरि आध्यात्म प्रसारको लागि मद्दत गर्न चाहनुहुन्छ? कृपया योगदानका लागि चित्रमा क्लिक गर्नुहोस् !

गुरुपुर्णिमामा अधिकतम लाभ कसरी प्राप्त गर्ने गुरुपुर्णिमामा अधिकतम लाभ कसरी प्राप्त गर्ने