परम पूजनीय डॉ. आठवले ज्यू – स्वभावदोष निर्मूलन प्रक्रियाको जनक

. यो सबै कसरी प्रारम्भ भयो ?

यो अद्वितीय प्रक्रिया SSRF प्रेरणास्रोत तथा अध्यात्म विश्वविद्यालयको संस्थापक परात्पर गुरु डॉ.आठवले ज्यू द्वारा विकसित गरिएको हो. उहाँको पहिलाको व्यवसायिक जीवनमा, परम पूजनीय डॉ. आठवले ज्यू एक सम्मोहन विशेषज्ञ (हिप्नोथेरेपिस्ट) हुनुहुन्थ्यो तथा यस क्षेत्रमा सुदृढ अनुसन्धानको पृष्ठभूमिबाट हुनुहुन्थ्यो. इंग्लैण्डमा नैदानिक ​​सम्मोहनशास्त्र (Clinical Hypnotherapist) अभ्यासको साथ उहाँ ७ वर्ष सम्म यसमा अनुसन्धान गरिरहुनु भयो अनि अन्तर्राष्ट्रीय ख्याति प्राप्त गर्नुभयो. व्यक्तित्व विकास तथा नैदानिक ​​सम्मोहन (Clinical Hypnotherapy) विषयमा उहाँले अनेक अनुसन्धानपत्र (जर्नल) लेख्नुभयो तथा अनेक लेखहरुको समीक्षामा सहभागी हुनुभयो.

कालान्तरमा जब उनी अध्यात्ममा आउनुभयो तब उहाँको गुरु परम पूजनीय भक्तराज महाराज ज्यूको मार्गदर्शन तथा आशीर्वादले, उहाँलार्इ ज्ञात भयो कि अध्यात्म एउटा गहन विज्ञान हो तथा आफ्नो नियम तथा सिद्धातसाँग, यो कुनै पनि आधुनिक विज्ञान समान तार्किक पनि छ. हाम्रो जीवनमा आध्यात्मिक आयामले कसरी हाम्रो व्यक्तित्वलार्इ अत्यधिक प्रभावित गर्दछन् तथा हामी परिस्थितिसँग कसरी प्रतिक्रिया दिन्छौं, उहाँले यी कुराहरुका खोज गर्नुभयो. ३० वर्षको अवधिमा अनेक साधक उहाँसँग जुडे. परम पूजनीय डॉ. आठवले ज्युले आध्यात्मिक आयामको सन्दर्भमा अद्भुत अनुसन्धान कार्य गर्नुभयो तथा यसले हाम्रो जीवन प्रणाली तथा मानव इतिहासलार्इ कसरी प्रभावित गर्दछन् यसको लिखित प्रमाण दिनुभयो.

. मानिसको स्वभाव दोषको असर

आजकल स्त्रि एवं पुरुषको स्वभावदोष तथा तीव्र अहंको कारण आध्यात्मिक आयामको अनिष्ट शक्ति, व्यक्तिलार्इ अनेक भयानक कर्म गर्नको लागि उक्साउदछ । परिणामस्वरूप, व्यक्ति प्रकृतिको साथ तथा अन्यसँग अशान्ति भएर रहन्छ । यसको फलस्वरूप, प्राकृतिक आपदा, दङ्गा, विद्रोह, युद्ध तथा जनसंहार जस्ता कृत्य विश्वभरमा तीव्रताको साथ भइरहेको छ । यहि स्वभावदोषको कारण वर्ष २०१६ मा मानवता संकट मा छ तथा हामी आउने तृतीय विश्वयुद्धको अधरमा फसेकाछौं । जब तृतीय विश्वयुद्ध तथा उच्च स्तरीय प्राकृतिक आपदाले विश्वको विध्वंस हुन जान्छ, तब विश्वको मानवलार्इ भान हुन्छ कि स्वभावदोषको भयङ्कर परिणाम हुन्छ, विशेष रूपले जब सांस्कृतिक एवं धार्मिक मापदक्ण्डको आड लिन्छन् ।

यस्तो आपदाको सम्मुख मानवता स्वयंमा राम्रो परिवर्तन ल्याउन चाहन्छ अनि यसको लागि आध्यात्मिक रूपले उन्नत व्यक्तिको मार्गदर्शन लिनेछ । परम पूजनीय डॉ. आठवले ज्यू द्वारा रचित स्वभावदोष निर्मूलन प्रक्रिया समाजलार्इ रूपान्तरणको मार्ग प्रशस्त गर्नमा सहायता गर्नेछ । इतिहास यो कुराको साक्षि हुन्छ कि सुदृढ अनुसन्धान कार्यद्वारा मानव मन तथा अध्यात्म बुझेर परम पूजनीय डॉ. आठवले ज्यूले व्यक्तिगत विकास तथा आध्यात्मिक उन्नतिको लागि मानवजातिको मार्गदर्शन गरि एउटा नयाँ युगको सूत्रपात गर्नुमा अद्वितीय येगदान दिनु भयो ।

. स्वभावदोष निर्मूलन प्रक्रियाको आध्यात्मिक विकासमा प्रेरणादायक प्रभाव

१७ सितंबर २०१५ सम्म उहाँको मार्गदर्शनमा ७४६ साधकहरु ६० प्रतिशत भन्दा उच्च आध्यात्मिक स्तर प्राप्त गरेका छन् तथा ५८ साधक सन्तपदमा आसीन हुनुभए । संसारको आध्यात्मिक इतिहासमा यस्तो पहिला कहिले पनि भएन । साथै हजारै साधक यस तथ्यको साक्षी बनेका छन् कि स्वभावदोष निर्मूलन प्रक्रिया तथा अहं निर्मूलन प्रक्रिया (उनको साधनाको रूपमा) आमूलाग्र परिवर्तन ल्याउन सक्छन् । यी दुवै प्रक्रियाहरुले उनलार्इ दुर्बल गर्ने स्वभावदोष जस्तै भय, क्रोध तथा असुरक्षाको भावना माथि विजय प्राप्त गर्नको लागि तीव्र गतिले सहायता गरि स्वभावमा भएको राम्रो रूपान्तरणको अनुभव गर्ने अवसर दियो ।

हामी सबैलार्इ एउटा आनन्ददायी जीवन जीउने तथा समाजलार्इ सकारात्मकता रुपले प्रभावित गर्नको लागि यो ट्यूटोरियल (अनुवर्ग) हर्नको लागि आमन्त्रित गर्दछौं ।