आध्यात्मिक उपचार पद्धति सम्बन्धि प्राय: सोघिने प्रश्नहरु

विषय सूची

> जो अरुबाट उपचार गराउन चाहन्छ, उनको लागि

> आफैले आफ्नो आध्यात्मिक उपचार गर्ने

> जो अरुबाट उपचार गराउन चाहन्छ, उनको लागि

प्रश्न – उपचारक कसरी छान्ने?

उत्तर – सबै भन्दा राम्रो स्वयं नियमित साधना को माध्यमबाट उपचार गर्नुहोस् तथा स्वयं नै आध्यात्मिक उपचार गर्नुहोस् । तथापि कसैलार्इ उपचारकको सहायता आवश्यक लाग्यो भने निम्न कुराहरु आध्यात्मिक उपचारक छान्ने समय ध्यान राख्नुहोस् :

  • उपचारकको आध्यात्मिक स्तर ५० प्रतिशत भन्दा अधिक हुनुपर्दछ ।
  • सबै भन्दा राम्रो यस्तो उपचारक छान्नुहोस् जसले धन तथा यशको कामना गर्दैन, तर अन्तर्मनले व्यक्तिको समस्या सुल्झाउनमा सहायता गर्न चाहन्छ ।
  • उपचारक कुनै सन्त अथवा गुरुको मागदर्शनमा साधना गरिरहेको छ । (कृपया ध्यान दिनुहोस् कसलार्इ हामी गुरु अथव सन्त मान्ने यसको लागि आवश्यक मार्गदर्शन सूत्रहरु छन् ।)
  • यदि कुनै यस्तो उपचारक मिल्दछ जुन यी सबै मापदण्ड पूरा गर्दैन तब सम्भावना अधिक हुन्छ कि उनको माध्यमबाट अनिष्ट शक्ति हामीमाथि उपचार गरिरहेको छ ।

उपरोक्त मापदण्डको साथ, यस्तो उपचारक छान्नु राम्रो हुन्छ, जसमा निम्न विशेषताहरु पनि छन् ।

  • आध्यात्मिक प्रगति गर्ने जसको मुख्य लक्ष्य हो ।
  • आध्यात्मिक उपचारकको साधना, साधनाको ६ मूलभूत सिद्धान्त अनुसार हुनुपर्छ ।

यस्तो थाहा पाउने कि उपचारकले सबै मापदण्ड पूरा गर्दछ अथवा गर्दैन केवल जागृत छैटौं ज्ञानेन्द्रिय को क्षमताको माध्यमले सम्भव हुन्छ । त्यसैले यो सामान्य मनुष्यको क्षमता भन्दा बाहिर हुन्छ । साधनाको ६ मूलभूत सिद्धान्तहरु अनुसार साधना गर्नाले हामी छैटौं ज्ञानेन्द्रिय विकसित तथा जागृत गर्न सक्छौं ।

प्रश्न: के शुल्क दिने उचित हो?

उत्तर – आध्यात्मिक उपचारकलार्इ शुल्क दिने उचित नै हो । तर उपचारकले उतीनै शुल्क लिने जसले उनको जीवनको मूलभूत आवश्यकताहरु पूरा हुन सक्छ अथवा यसको माध्यमले उनी आध्यात्मिक उपचार पद्दतिहरुका, विशेष गरि साधनाको प्रयास गर्नसकोस् ।

उपचारको दृष्टिकोले यो महत्वपूर्ण छ कि उनको लक्ष्य धन अथवा यश प्राप्ति नहोस् ।

प्रश्न – यदि आध्यात्मिक उपचार ठीकसँग भएन भने, के मलार्इ कुनै प्रकारको हानि हुन सक्छ?

उत्तर – यसको छोटो उत्तर हो, हो । यो निम्न प्रकारले हानिप्रद हुन सक्छ :

जुन उपचारक यश तथा धनको पछि हुन्छ अनि जस्को आध्यात्मिक स्तर पनि कम हुन्छ, उनी अनिष्ट शक्तिको निशानामा रहने आशंका अधिक हुन्छ । उच्च स्तरको अनिष्ट शक्ति उपचारकलार्इ ती दोष अनि आसक्तिको लाभ लिएर उनलार्इ प्रभावित तथा आविष्ट गर्दछ ।  यो चाल तथा सूक्ष्म रुप द्वारा गरिन्छ अनि उपचारकलार्इ यसको तनिक पनि भान हुँदैन कि उनी अनिष्ट शक्तिद्वारा नियन्त्रित भइरहेको छ । अत: यो कसैको ध्यानमा आउँदैन । उपचारकलार्इ आविष्ट गरिसकेपछि, सुरुमा आफ्नै आध्यात्मिक शक्तिद्वारा उपचारक जुन व्यक्तिलार्इ उपचार गरिरहेको छ उनको रोगको लक्षण न्यून गरिदिन्छ । यस्तो गर्नाले उपचारमाथि व्यक्तिहरुको श्रद्धा निर्माण हुन्छ, तर साथै उपचार लिने व्यक्तिमा कालो शक्तिले संक्रमित गरिदिन्छ ।

यदि उपचारकको छैटौं ज्ञानेंद्रिय विकसित छैन भने तब सूक्ष्म जगतको सकारात्मक अनि नकारात्मक पक्षहरुमा भिन्ता बुझ्न सक्दैन । त्यसैले हुन सक्छ कि उपचारक सोच्छ कि उनी दिव्य आत्माद्वारा शक्तिलार्इ दिशा दिइरहेको छ, तर वास्तवमा उनी आविष्ट भएको भूतको अनिष्ट शक्तिद्वारा उपचार गरिरहेको हुन्छ । त्यसैले आरम्भमा श्रद्धा उत्पन्न गर्नको लागि लक्षण ठीक भएको देखार्इ दिए पनि त्यसको दूरगामी प्रभाव धेरै हानिप्रद हुन सक्छ ।

प्रश्न : यदि हाम्रो कुनै प्रिय व्यक्ति आफैले आफ्नो उपचार गर्नको लागि मानि रहेको छैन भने तब उनको आध्यात्मिक उपचारको लागि के गर्नुपर्छ?

उत्तर – यदि कुनै व्यक्ति आध्यात्मिक उपचार नगर्नको लागि आफ्नो मतमा अटल छ भने तब उनलार्इ समझाउन धेरै कठिन हुन्छ । जब हाम्रो प्रिय व्यक्ति उपचार गर्नको लागि तयार छैन भने हामी निम्न सूत्र ध्यानमा राख्न सक्छौं :

  • आध्यात्मिक उपचारको सिद्धान्त मा लेख पढ्ने, जसले गर्दा आध्यात्मिक उपचारको आधारभूत शास्त्र बुझाउन सक्छौं । उनलार्इ बुद्धिको स्तरमा सम्झाउने, किन उनले आध्यात्मिक उपचार गर्नुपर्छ । यसले उनको अनिच्छामा मात गर्नको लागि संभवत कुनै प्रकार उनको सहायता गर्न सक्छ ।
  • प्रार्थना गर्नुहोस् उनको बुद्धिमा कुनै प्रकारको अनिष्ट शक्तिको कालो आवर आएको छ भने त्यो नष्ट होस्, जसले गर्दा उनले तपार्इको सुझाव सुन्नसकोस् ।  अनिष्ट शक्ति धेरै पटक व्यक्तिको बुद्धिमा कालो शक्तिको आवरण ल्याउँदछ अनि उनको निर्णय लिने क्षमता प्रभावित गर्दछ ।
  • साधारण नियम अनुसार उनलार्इ ज्यादा भन्दा ज्यादा तीन बार, तीन अलग-अलग समयमा सम्झाएर हेर्नुहोस् । त्यसपछि सबै उनीमा निर्भर हुन्छ ।
  • स्मरण रहोस् कि कसैको सुन्ने अथवा नसुन्ने, अंतत: प्रत्येकको प्रारब्ध अनुसार हुन्छ । यदि कसैको प्ररब्ध तीव्र छ भने अधिकांश प्रकरणमा उनलार्इ सुन्ने विचार आउॅंदैन, जसले गर्दा उनले धेरै बर्षसम्म कष्ट भोग्नुपर्दछ । हामी सबै आफ्नो-आफ्नो आध्यात्मिक यात्रामा छौं तथा हामीले कसैको आध्यात्मिक प्रगति गर्नमा सहायता गर्न सक्छौं भने गर्नुपर्छ । तर यदि व्यक्तिलार्इ बार-बार विनती गर्दा पनि सुन्दैन, तब राम्रो हुन्छ कि हामी परिस्थिति प्रति साक्षी भाव राख्ने (यो कठिन हुन सक्छ) किन कि नसुन्नुको कारण अधिकतर हाम्रो प्रिय व्यक्तिको प्रारब्धमा नै नसुन्ने तथा कष्ट भोग्ने हुन्छ ।

 

>आफैले आफ्नो आध्यात्मिक उपचार गर्ने

प्रश्न : आध्यात्मिक उपचारको परिणामको व्याख्या कसरी गर्ने?

उत्तर – जबसम्म कसैसँग अतिंद्रिय संवेदीक्षमता अथवा अति प्रगत छैटौं इन्द्रिय हुँदैन, तबसम्म आध्यात्मिक उपायको विशिष्ट परिणाम बुझ्न अत्यन्त कठिन हुन्छ । यसको कारण यो हो कि प्रगत छैटौं इन्द्रियको अभावमा हामी आध्यात्मिक उपायबाट जुन अनुभव हुन्छ त्यसको पछाडिको वास्तविक कारण बुझ्न कठिन हुन्छ । उदा. दुर्इ व्यक्तिहरुलार्इ विभूतिको उपाय गर्दा लाभ भएका छन्, तर दुवैको अनुभव पूर्णत: भिन्न हुन्छन् ।

  • अनिष्ट शक्तिबाट प्रभावित व्यक्ति कष्ट अनुभव गर्न सक्छ । प्रत्यक्षमा व्यक्तिमा आविष्ट अनिष्ट शक्तिलार्इ कष्ट हुन्छ, किनकि विभूतिबाट प्रक्षेपित चैतन्य अनिष्ट शक्तिको नकारात्मतासँग युद्ध आरम्भ हुन्छ ।
  • जब व्यक्ति अनिष्ट शक्तिबाट प्रभावित छैन, तब विभूतिको चैतन्यबाट निकल्ने सकारात्मक स्पन्दले उनलार्इ हल्कापन लाग्दछ ।

 अन्य पक्ष यो हो कि उच्च स्तरको अनिष्ट शक्ति लामो समयसम्म चैतन्यलार्इ सामना गर्न सक्छ तथा यस्तो प्रतित हुन्छ कि उनीमाथि उपचारको प्रभाव परेको छैन । उपचारको भ्रमक प्रभाव देखाएर, उनी व्यक्तिको मनमा उपचारको प्रभाव भएको अथवा नभएको सन्दर्भमा झूठो आभास उत्पन्न गर्दछ ।

प्रश्न : उपचारले काम गर्यो भनेर मलार्इ कसरी थाहा हुन्छ?

उत्तर – जब हामी आध्यात्मिक उपचार आरम्भ गर्छैं तथा लक्षण न्यून हुनमा गहिरो परस्पर सम्बन्ध देख्दछौं तब हामी अनुमान लगाउन सक्छौं कि उपचारबाट लाभ भएको छ । उदा. कुनै व्यक्ति एैठन द्वारा पीडित छ । जब उनले नामजप आरम्भ गर्छ, तब एैठन तुरुन्त कम भएर गयो । जब उनले नामजप बन्द गर्यो फेरि एैठन सुरु हुन थाल्यो । यो समस्या केहि वर्षदेखि झेलि रहेको थियो अनि कुनै पनि प्रकारको चिकित्सीय उपचारको सहायता मिलेको थिएन ।

केहि प्रसङ्गमा उपचारको प्रभाव अधिक सूक्ष्म अनि व्यक्तिगत स्तरको हुन सक्छ, जहाँ व्यक्ति आफ्नो जीवनमा गुणात्मक सुधार तथा नकारात्मक विचारमा न्यूनता अनुभव गर्दछ ।

धेरै व्यक्तिहरु लक्षण ठीक हुनमा मात्र रुचि राख्दछन् । उनीहरु यो कुराको सचेत हुँदैन कि उनीहरुलार्इ अनिष्ट शक्ति अथवा पूर्वजले कष्ट दिइरहेको छन्, जुन उनीहरुको कष्टको मूल कारण हुन् । अनिष्ट शक्तिलार्इ नष्ट गर्नु रोगको लक्षण हटाउन भन्दा अधिक कठिन हुन्छ, जस्तै एग्जिमा अथवा एैठन जुन अनिष्ट शक्तिद्वारा निर्माण गरिएको हुन्छ । साधना नै समस्याको मूल कारण, अर्थात अनिष्ट शक्तिको समस्या हटाउन एकमात्र स्थायी उपचार हो ।

प्रश्न : प्रतिदिन मैले कति लामो समयसम्म आध्यात्मिक उपचार गर्नुपर्छ?

उत्तर : आध्यात्मिक उपचारको लागि कति समय दिने यो उपचारको प्रकारले निर्धारित हुन्छ । सबै भन्दा राम्रो आध्यात्मिक उपचार हो साधना गर्ने । साधना वृद्धि भएर शीघ्र राहत पाउनको लागि अन्य उपचार पनि गर्न सक्छ ।

सुझाव छ कि कष्टको तीव्रताको आधारमा आध्यात्मिक उपचार केहि समयको लागि प्रतिदिन गर्नुहोस् ।

  • मन्द कष्टमा, १ – २ घण्टा एउटै सत्रमा अथवा अनेक सत्रमा आध्यात्मिक उपचार (साधना अथवा अन्य प्रकार) गर्न सक्छ ।
  • कष्ट मध्यम छ भने, ३ – ४ घण्टा अथवा अधिक गर्नुपर्छ ।
  • कष्ट तीव्र छ भने उपचार प्रति दिन धेरै भन्दा धेरै समय गर्नुहोस् ।

मन्द, मध्यम तथा तीव्र कष्टको लक्षणहरुको उदाहरणको लागि “मलार्इ कसरी थाहा हुन्छ कि आध्यात्मिक उपचारको आवश्यकता छ?” यो लेखको सन्दर्भ लिनुहोस्

प्रश्न : आध्यात्मिक उपचार मैले कति लामो समयसम्म गर्नुपर्छ?

उत्तर : लक्षण समाप्त भर्इसकेपछि २ – ४ महिनासम्म आरम्भ राख्नु पर्दछ । जस्तै संक्रमित ब्रोंकाइटिसमा खासी बन्द हुँदैमा यसको अर्थ यो होइन कि फोक्सोमा रोग नष्ट भयो ।  जुन कीटाणुको कारण ब्रोंकाइटिस भएको हो तथा खासी भएको हो, हुन सक्छ कि कीटाणु पूर्णत: नष्ट भएको छैन । अत: रोग नष्ट गर्नको लागि जीवाणुनाशक औषधि  (एंटिबायोटिक) लिनको लागि भनिन्छ अनि त्यसलार्इ बताए अनुसार त्यति दिनसम्म लिनु पर्दछ । त्यसै प्रकार लक्षण नदेखिए पनि अनिष्ट शक्तिको प्रभाव रहन्छ अत: पूर्णत: ठीक हुनको लागि उपचार आरम्भ राखिरहनु आवश्यक छ ।

रोग ठीक हुनमा कति समय लाग्छ, ठीक भएपछि पनि कति समयसम्म उपचार आरम्भ राख्ने निर्भर गर्दछ । जति अधिक समय ठीक हुनमा लाग्छ त्यती नै अधिक समय ठीक भएपछि पनि उपाय गर्न आवश्यक हुन्छ।

प्रश्न : ठिक हुन कति समय लाग्छ?

उत्तर : आध्यात्मिम कारणले हुने कष्ट ठीक हुनमा केहि क्षण देखि लिएर केहि महिना अथवा वर्षको समय लाग्न सक्छ । उदा. पूर्वजको कष्टको कारण चिलाउने भएको हो भने तीर्थ अथवा गोमूत्र लगाउनाले तुरुन्त आराम मिल्न सक्छ । यदि धूम्रपान गर्ने संस्कार कुनै व्यक्तिको रुचिको कारण (मानसिक) अनि अनिष्ट शक्तिले आविष्ट भएको कारण (आध्यात्मिक) हो भने त्यसलार्इ वशमा लिनको लागि एक वर्षसम्म साधना गर्नुपर्ने हुन्छ ।   

स्वस्थ हुनमा लाग्ने समय केहि सूत्रहरुमा आधारित छन् :

  • रोगीको प्रारब्धको तीव्रता
  • साधनाको तीव्रता
  • उपचारको आध्यात्मिक बल
  • व्यक्तिमा आक्रमण अथवा उनलार्इ आविष्ट गर्ने अनिष्ट शक्तिको बल
  • व्यक्तिमा जति स्वाभावदोष हुन्छ उनी स्वास्थ हुनमा त्यति नै अधिक समय लाग्छ । किनकि अनिष्ट शक्ति क्रोध, भय, भावनात्मकता यी स्वाभावदोषको उपयोग गरि मनमा कालो शक्तिको केन्द्र निर्माण गर्दछ जसले उनीमा सरतासँग प्रवेश गर्नसक्छ ।

प्रश्न : के विश्वस अनि श्रद्धा महत्तव राख्दछन्?

उत्तर – राख्दछ, श्रद्धाले अधिक फार्इदा हुन्छ । सन्दर्भको लागि लेख पढ्नुहोस् “के बिना श्रद्धा नामजप गर्दा फार्इदा हुन्छ?

 

कुनै प्रश्न छ भने हाम्रो login facility. मा सोध्नुहोस् । साधकद्वारा २ दिन भित्र उत्तर प्राप्त गर्नुहोस् ।