आध्यात्मिक उपचार आवश्यक छ भन्ने मलार्इ कसरी थाहा हुन्छ ?

SSRF को सुझाव छ कि, शारीरिक एवं मनसिक रोगको उपचारको लागि परंपरागत औषधोपचारको साथ-साथै आध्यात्मिक उपचारको प्रयोग गर्नुहोस् ।

वाचकलार्इ हाम्रो परामर्श छ कि आध्यात्मिक उपचारको प्रयोग आफ्नो विवेकानुसार गर्नुहोस् ।

SSRF द्वारा गत २५ वर्ष देखि गरि रहेको अनुसन्धानले यो प्रकाश ल्यायो कि मानव जीवनको ८० प्रतिशत समस्याहरुको मूल कारण आध्यात्मिक आयाममा हुन्छ । अत: ती समस्याहरुलार्इ पूर्ण उनमूलन गर्नको लागि सांसारिक प्रयत्नलार्इ आध्यात्मिक उपचारको साथ जोड्नु आवश्यक छ । यसले जीवनको समस्याहरु सुल्झाउन आध्यात्मिक उपचारको अत्यधिक महत्तव बताउँछ ।

आउनुहोस् यसलार्इ यस्तो उदाहरणबाट हामी बुझौं । राम्रो स्वास्थय कायम राख्न हामीलार्इ सन्तुलित आहार खानु पर्दछ । तर हामी बिमारी हुँदा, हामीलार्इ सामान्य आहारको साथ पूरक आहार चाहिन्छ जुन शीघ्र स्वास्थ हुनको लागि आवश्यक हुन्छ । उदाहरणार्थ रुघा-खोकी भएमा विटामिन सी को सेवन गर्दछौं । यो हाम्रो दैनिक आहारमा पाइने भन्दा अतिरिक्त हुन्छ ।

समस्या-मुक्त जीवनको लागि व्यक्तिले शारीरिक, मनोवैज्ञानीक र आध्यात्मिक पक्षहरु ध्यान दिन आवश्यक छ । अधिकतर मानिसहरु मात्र शारीरिक र मनोवैज्ञानिक पक्षहरु हेर्छन् । आध्यात्मिक पक्षको सन्दर्भमा उचित बुझाइ र निर्देशनको कमी छ । यसकारण अधिकांश मानिसहरुले नियमित साधना गर्ने अनि आध्यात्मिक उपचार अपनाउनु, जस्ता जीवनको आध्यात्मिक पक्षको महत्तवलार्इ बुझ्दैन ।

आध्यात्मिक उपचार आवश्यक छ भन्ने मलार्इ कसरी थाहा हुन्छ ?

जीवनमा समस्याहरुको महत्तवपूर्मण आध्यात्मिक कारण प्रारब्ध (भाग्य) हो जुन हाम्रो जीवनको औसतल ६५%  घटनाहरुको निर्णय गर्दछ । यसको अर्थ हो जीवनको ६५% घटनाहरु पूर्वनिर्धारित हुन्छ । प्रारब्धबाट उत्पन्न अथवा पूर्वनिर्धारित घटनाहरु केवल साधना मार्फत हटाउन सकिन्छ । त्यसैले आध्यात्मिक प्रगतिको लागि नियमित साधना गर्नुको साथ-साथै समस्या निवारक एवं आध्यात्मिक उपचार हेतु पनि गर्नुहोस् जसले प्रारब्धद्वारा हुने समस्याहरुबाट पनि छुटकारा मिल्न सक्छ ।

अत: साधना हाम्रो जीवनमा अत्यधिक महत्तपूर्ण छ तथा सन्तुलित जीवनको लागि त्यतिनै आवश्यक छ जती स्वास्थको लागि आहार । यद्यपि यदि आध्यात्मिक अभ्यास गर्न चाहनु भए तापनि अधिकांशलार्इ थाहा छैन कुन साधना गर्ने अथवा साधनाको ६ आधारभूत सिद्धान्तहरुबारे कम जानकारी हुन्छ ।

जब व्यक्तिको आध्यात्मिक भण्डार (सामर्थ्य) अल्प हुन्छ, तब उनीमा आध्यात्मिक आयामको अनिष्ट तत्वद्वारा आक्रमण भर्इ रहन्छ । यसले व्यक्तिलार्इ जीवनमा धेरै समस्याहरु सामना गर्नु पर्ने परिस्थिती बढाइ दिन्छ । यही त्यो समय हो जब व्यक्ति साधनाको साथ-साथै अन्य आध्यात्मिक उपचार पनि अपनाउनु पर्छ । यो उपरोक्त उदाहरणमा बताएको पुरक आहार समान हो ।

बुद्धिको मदतमा निर्णय गर्न गाह्रो छ कि व्यक्तिलार्इ साधनाको साथ-साथ आध्यात्मिक उपाय गर्न आवश्यक छ किन छैन । केवल सन्त अथवा जसलार्इ अतिंद्रीय संवेदन क्षमता (EPS) प्राप्त अथवा जसको छैटौं ज्ञानेद्रिय जागृत छ, उहाँले नै आधिकारिक रुपले बताउन सक्नुहुन्छ कि आध्यात्मिक उपचार गर्न आवश्यकता छ अथवा छैन । किन कि समस्याको मूल कारण आध्यात्मिक हो अथवा होइन केवल उहाँले नै बुझ्न सक्नुहुन्छ ।

तथापि व्यक्तिले निम्नलिखित सिद्धान्तहरुलार्इ ध्यानमा राख्दै आफ्नो बुद्धिले निर्णय गर्न सक्छ यदि :

  • समस्याको हल सर्वश्रेष्ठ पारम्पारिक समाधानबाट पनि हुँदैन ।
  • कुनै स्पष्ट कारण नहुँदा पनि समस्या फेरि-फेरि आइरहन्छ ।
  • एउटै परिवारको अनेक सदस्यहरुलार्इ एक साथ समस्याको सामना गर्नु पर्ने ।
  • समस्याको तीव्रता पूर्णिमा अथवा अमावस्याको दिन बढ्ने ।
  • आध्यात्मिक दृ्ष्टिले सकारात्मक वातावरण जस्तै सन्तको सान्निध्यमा प्रभावित व्यक्तिको समस्याको तीव्रता आंशिक रुपमा कम हुने ।

त्यसैले सारांशमा यो सल्लाह छ:

  • साधनालार्इ आध्यात्मिक उपचाको रुपमा प्रतिदिन गर्नुहोस् ।
  • यदि कुनै अज्ञात समस्या छ अथवा त्यस्तो समस्या सर्वश्रेष्ठ प्रयत्न गरेपछि पनि हट्दैन तब त्यसलार्इ हटाउनको लागि साधनाको साथ-साथै आध्यात्मिक उपचार पनि गर्नुहोस् ।