तेस्रो विश्वयुद्धको बेला हुने बिधुत अबरुद्ध र पानी अभावको लागि तयारी गर्नुहोस् ।

यो लेखलाई १५ जुलाई २०२० मा अद्यावधिक गरियो 

आउन लागेको विश्वयुद्ध र विनाशकारी प्राकृतिक प्रकोपको साथ, व्यक्तिले आफ्नो तयारीलाई बढाउन धेरै आवश्यक हुन्छ ।

तेस्रो विश्वयुद्धको बेला हुने बिधुत अबरुद्ध र पानी अभावको लागि तयारी गर्नुहोस् ।

विषयसूची

१. तेस्रो विश्वयुद्धको लागी तपाको घर तयारी गर्नको लागि परिचय

आध्यात्मिक अनुसन्धानबाट हामीले पत्ता लगाएका छौं कि वर्ष २०२० – २०२५ सम्म विश्वको समस्याहरु बढ्दो किसिमको हुनेछ । कोरोनाभाइरस महामारी यी प्रतिकूल समयहरूको शुरुवात मात्र हो । यहाँ द्वन्द्वको साथ विश्वव्यापी अशान्तिको मात्रामा वृद्धि हुनेछ । यो तेस्रो विश्वयुद्धमा समापन हुनेछ जसको अन्तमा सामूहिक विनाशको आणविक हतियारहरू प्रयोग हुनेछ । यसको साथसाथै प्राकृतिक प्रकोपहरूमा पनि वृद्धि हुनेछ ।

हामीले यो किन हुँदैछ भन्ने बारेमा भनेका छौं र अब हाम्रो लेखहरूमा थप विवरणहरू प्रदान गर्ने छौं ।

हामीले भन्नु पर्दैनकी, विनाश यस्तो उच्च स्तरमा पुग्ने छ की आधारभूत वस्तुहरू सहित सबै चीज आउने बर्षहरूमा मात्र होइन तर विश्वयुद्ध पछि पनि धेरै वर्षहरूको लागि अभाव हुनेछ । यस लेखमा, (जुन आउने समयको तयारीको लागि लेखहरूको श्रृंखलाको एउटा भाग हो), हामी केहि सूचकहरू प्रदान गर्नेछौं की कसरी बिजुली र पानीको दृष्टिकोणबाट तपाईको घर र बस्ने ठाउँलाई यस प्रतिकूल समयको लागि तयारी गर्ने ।

२. तपाईको घरलाई युद्ध र प्राकृतिक आपत्तीहरूको लागि तयार गर्न सामान्य बुदाहरु

तेस्रो विश्वयुद्धको बेला हुने बिधुत अबरुद्ध र पानी अभावको लागि तयारी गर्नुहोस् ।

२०२० – २०२५ को बीचमा र त्यसपश्चात केहि बर्षपछि हामीले सामना गर्नुपर्ने आपतकालिन स्तिथि तयारीको लागि अबको समय धेरै महत्वपूर्ण छ । तपाईको घर या निवास स्थानको सम्बन्धमा ध्यान दिनुपर्ने केही कुराहरु अगाडि दिएको छ । यो सुझाव छ कि व्यक्तिले गर्न सक्ने परिवर्तनहरू गर्नु राम्रो हुन्छ ।

१. यो बेलामा कुनै नयाँ निर्माण सुरू गर्नु या नयाँ सम्पत्ती किन्नु राम्रो हुँदैन । कारण यो हो कि भूकम्प र पहिरो जस्ता प्राकृतिक प्रकोपको कारण, घर या सम्पत्ती बिग्रन सक्छ । त्यसकारण, नयाँ घर बनाउनमा लगानी गरेको पैसा खेर जान सक्छ । यसैले, तपाई हाल बस्ने घरमा बस्नुनै राम्रो हुन्छ या कुनै ठाउँ भाँडामा लिनु राम्रो हुन्छ । यदि तपाईले फ्लैट या घर किन्नु पर्यो भने कुन देश या राज्य सुरक्षित छन् भनेर सोच्नको लागी तपाईको देशको वर्तमान अवस्थालाई ध्यानमा राख्नुहोस् ।

२. यदि तपाई फ्ल्याट किन्दै हुनुहुन्छ भने, तेस्रो तल्ला भन्दा माथिल्लो ठाँउ नकिनेको राम्रो हुन्छ । यस्तो किनभने भूकम्पको बेलामा, तल्लो तल्लामा भएको स्थान खाली गर्न सजिलो हुन्छ । साथै, आणविक उपकरण विस्फोट भएको खण्डमा तल्लो तल्लाबाट भवनको भुइतलामा शरण लिन सजिलो हुन्छ । यदि तपाईको फ्ल्याट ४ तल्ला भन्दा माथि छ भने, हामी सोच्न सक्छौं की कुनै अर्को ठाउँमा फ्ल्याट किन्ने विकल्प छ । साथै, बिजुलीको अभावको पूर्वानुमान गरिएको बेला, लिफ्टहरूको पनि प्रयोग उपलब्ध हुने छैन ।

३. आणविक विकिरणको प्रभावबाट आफूलाई बचाउन, उत्तम स्थानहरू भुइतला र ठूला भवनहरूको बीचमा हुन्छ । विस्फोटको घटनामा जुन वातावरणमा फैलिने विकिरणहरुबाट आफूलाई बचाउनको लागि मोटो कंक्रीट पर्खालहरूको संख्या जति धेरै हुन्छ, त्यसबाट  बच्नको लागि यो उत्तम हुन्छ ।

४. यदि आफु बसेको घरलाई केहि महत्वपूर्ण मर्मत गर्न आवश्यक छ भने, पहिला त्यसलाई नै प्राथमिकता दिनुहोस् । यस्तो किनभने बाढी या शक्तिशाली चक्रवात / तूफान आएको बेलामा, यसले घरलाई अझै बिगार्न सक्छ । चरम मौसमको समयमा, संरचनात्मक रूपमा कमजोर रहेका घरले धान्न नसक्ने र पतन हुन सक्छ । साथै, समय खराब हुँदा घर मर्मत गर्न गाह्रो हुन्छ ।

५. घरलाई सौन्दर्यको रूपमा आकर्षक बनाउनमा लगानी नगर्नुहोस्, बरु यसलाई तपाईको मौसममा अपेक्षित हुने अत्यधिक मौसम अवस्थामा बढी लचिलो बनाउनमा खर्च गर्नुहोस् । तपाईको क्षेत्रमा युद्ध भइरहेको बेला या प्राकृतिक प्रकोपको स्थितिमा, घरको केही अंशहरू बिग्रन सक्छन् । नतिजा स्वरुप, यदि तपाई केवल एउटा सौन्दर्यको दृष्टिकोणबाट तपाई घरको नवीकरणमा लगानी गर्दै हुनुहुन्छ भने, तपाई आफ्नो पैसा बर्बाद गर्न सक्नु हुन्छ ।

६. यदि ग्रामीण इलाकामा या गाउँ तिर तपाईको घर छ भने, त्यसलाई तयार पारेर राख्नुहोस् ताकि बस्न मिल्ने अवस्थामा होस् र यसलाई जुनसुकै समयमा प्रयोग गर्न सकियोस । युद्धको अवस्थाको बेला शहरहरूमा ग्रामीण क्षेत्रहरू भन्दा धेरै हदसम्म आक्रमण हुने सम्भावना हुन्छ । साथै, ग्रामीण क्षेत्र र गाउँको इलाकाको तुलनामा शहरहरू दंगा र अपराधबाट बढी प्रभावित हुने सम्भावना हुन्छ । आउँने कालमा, तपाई छोटो अबधिको सूचनामा आफ्नो गाउँको घरमा निवाश सर्नु पर्ने हुन सक्छ । ग्रामीण इलाकामा बस्नको लागि जगेडा योजना राख्नु राम्रो हुन्छ ।

७. यदि तपाईको परिवारका कुनै सदस्य काम / अध्ययन आदिको कारण विदेशमा अस्थायी बासिन्दा हुन् भने, विश्वको अवस्था र अनिश्चितताको कारण उनीहरूलाई घर फर्कन भन्नु राम्रो हुन्छ । हामीलाई जीवन जुन तरिकाले थाहा छ त्यसको पूर्ण रूपमा सम्झौता हुन गईरहेको छ र यसबेला अन्तर्राष्ट्रिय यात्रा सम्भव नहुन पनि सक्छ । हाल, कोविड-१९ को कारणले गर्दा, अन्तर्राष्ट्रिय यात्रा गर्न गाह्रो छ । जुनसुकै यात्रा अवसरहरू उपलब्ध भएमा, परिवारको सदस्यहरूलाई त्यो लिन सल्लाह दिनुहोस् ताकि पछि पर्ने अभूतपूर्व प्रतिकूल समयमा परिवारले एक अर्कालाई सहयोग गर्न एक साथ हुनु राम्रो हुन्छ ।

८. कोरोनाभाइरस महामारीको बेलामा, हामीले देख्न पायौं कि कसरी परिवारको सदस्यहरू बिछडिएका थिए र बिरामी अत्यन्त संक्रामक भएको कारण उनीहरूलाई भेट्न अनुमति पनि पाउन सकिएन । धेरै अवस्थाहरूमा, प्रियजनहरूलाई अन्तिम बिदाइ गर्न सक्ने सम्भावना पनि हुँदैन । पछिल्लो चरम विपत्तिजनक समयमा, परिवारमा बुढेसकाल भएका सदस्यहरु कम शारीरिक बल, स्वास्थ्यको समस्या र भावनात्मक जोखिमको कारण सबैभन्दा कमजोर हुन्छन् । उहाँहरूको मृत्यु हुने जोखिम बढ्ने छ । यो उत्तम हुन्छ कि उहाँहरूले आफ्नो सबै कामहरु समय खराब हुनु भन्दा अघि समाधान गरेर राख्नु बेस हुन्छ । यसको मतलव यो हो कि सबै महत्वपूर्ण कागजपत्रहरु एकै ठाउँ सुरक्षित राख्ने, अन्तिम इच्छाको कागजपत्र बनाउने, यस्तो व्यवस्था बनाउनु पर्छ की (उहाँको इच्छा) उहाँको जीवन, आर्थिक कुराहरु र उहाँको इच्छाहरुको कुनै पनि अधूरो योजनाहरु राम्ररी समयमा नै ध्यान दिन सकियोस । यसमा नामांकनको विकल्प सहित निर्णयकर्ताहरू पनि समावेश गर्नु पर्छ जसले गर्दा उहाँहरुले केहि कारण आफैले निर्णय लिन असमर्थ भएमा यो कदम चाल्न सक्दछ ।

३. वैकल्पिक उर्जा संसाधनहरूको प्रयोग गरेर आगामी युद्ध अवधिमा बिजुली उपभोग गनर्को लागि तयार रहनुहोस् ।

अत्यधिक मौसम या युद्धको कारण उत्पन्न आपतकालको समयमा, बिजुली कटौती या बिजुली नहुने धेरै सामान्य कुरा हुनेछ । सरकारबाट बिजुली आपूर्ति शक्तिआउटेज हुने खतरा हुन्छ । यो सम्भावना हुन सक्छ कि हामी धेरै दिन अथवा धेरै महीना सम्मको लागी र अत्यन्त आवश्यक या महत्वपूर्ण कार्यको लागि पनि बिजुली उपलब्ध हुन सक्दैन ।

यसैले बिजुली उत्पादनको वैकल्पिक स्रोतको लागि व्यवस्था गर्नु महत्त्वपूर्ण हुन्छ । वैकल्पिक छनौट गर्दा यस्तो विकल्प छनौट गर्न प्रयास गर्नुहोस् जहाँ लामो अवधिको लागि स्थिर बिजली आपूर्ति हुन्छ । यस्तो स्रोत आपतकालको समयमा मात्र होइन तर दीर्घकालीन बिजुली विकल्पको रूपमा पनि लाभदायक हुन सक्छ ।

३.१ राम्रो तयारीको लागि घरमा सौर्य प्रणाली प्रयोग गर्दै

तेस्रो विश्वयुद्धको बेला हुने बिधुत अबरुद्ध र पानी अभावको लागि तयारी गर्नुहोस् ।

  • सौर्य शक्ति पर्याप्त सूर्यको प्रकाश भएको स्थानहरूको लागि आदर्श हुन्छ ।
  • जब सौर्य प्यानल छतमा राख्नुहुन्छ यो निश्चित गर्नुहोस् कि रूखहरू, अन्य भवनहरू, आदिको छायामा पर्दैन ।
  • तपाईको सौर्य प्रणाली योजना बनाउदा निश्चित गर्नुहोस् कि यो कि त हाइब्रिड या अफ-ग्रिड प्रणालीको रूपमा प्रयोग गर्न सकिन्छ । यसको मतलव यो हो कि बिजुलीको तारहरुबाट बिजुली उपलब्ध नभएको अवस्थामा बिजुलीको उपलब्धता ब्याट्रीबाट गर्न सक्छ (जुन सौर्य ऊर्जा प्रयोग गरेर चार्ज भएको हो )।
  • तपाईलाई कति बिजुली चाहिन्छ त्यस अनुसार सौर्य बिजुली प्रणालीबारे योजना बनाउनु होस् । जाडो र बादलले घेरिएको आकासको समयमा सौर्य ऊर्जा प्रणालीबाट कम प्रभावकारितामा कारक गर्नुहोस् ।
  • इलेक्ट्रिक सवारीहरूमा बदलिने विचार गर्नुहोस् । त्यसता सवारी साधनहरूलाई सौर्य उर्जा प्रणालीको माध्यमबाट चार्ज गर्नको लागि व्यवस्था बनाउनुहोस् । यस्तो किनभने आउँदै गरेको प्रतिकूल समयमा सीमित या कुनै पेट्रोल आपूर्ति नहुन सक्छ ।
  • तपाई फ्ल्याटमा बसे पनि, भवनको सबै बासिन्दाहरू सँगै आउन सक्छन् र भवनको माथिल्लो छानामा राख्नको लागि या सामान्य छतमा संयुक्त रूपमा सौर्य प्यानलहरू माथि लगानी गर्न सक्नुहुन्छ ।
  • उपकरणहरू यस्तो लिनुहोस् जसको राम्रो ऊर्जा रेटिंग छ । उपकरणहरू यस्तो कुशल लिनु पर्छ जसले तपाईलाई युद्धको समयमा बहुमूल्य भण्डारण ऊर्जा संरक्षण गर्न मद्दत गर्दछ ।
  • तपाईको देश र राज्यमा सौर्य ऊर्जा प्रणालीहरूको लागि उपलब्ध सरकारी आर्थीक सहायता र छूटहरूमा आफैलाई शिक्षित बनाउनुहोस् ।
  • तपाईको बिजुलीको आवश्यकता र क्षेत्रको लागि उत्तम उपयुक्त प्रणाली डिजाइन गर्न सौर्य विशेषज्ञको सहयोग लिनुहोस् ।
  • सजिलैसँग बोक्न सकिने सौर्य ऊर्जामा लगानी गर्नुहोस् :
    • एक्लौ राखेर सौर्यद्वारा संचालित बत्तीहरू
    • सौर्य सञ्चालित बिजुलीको बैंकहरू
    • सजिलैसँग बोक्न सकिने सौर्य प्यानल

३.२ अन्य घरेलु विकल्पहरू जब बिजुली विकल्पहरू अपर्याप्त हुन्छन्

आकाशमा बादल धेरै भएमा सौर्य ऊर्जाको धेरै सीमितताहरू हुन्छ । आपतकालको समयमा, ईन्धनको अभाव हुने कारण जेनरेटरहरू असक्षम हुन सक्छन् । यस समयमा, हामी प्रकाश र अन्य ऊर्जा आवश्यकताहरूको लागि निम्न विचार गर्न सक्छौं ।

  • काठको आगो
  • इलेक्ट्रिक टर्च / लालटेन (ब्याट्री र रिचार्जेबल)
  • मैनबत्तीहरू
  • टर्चहरू
  • माटोका बत्तीहरू
  • केरोसिन लालटेन (यदि त्यस्तो ईन्धन उपलब्ध छ भने )
  • जेनरेटर (यदि ईन्धन उपलब्ध छ या यसलाई भण्डारण गरिएको छ)
  • ब्याट्रीहरू जुन चार्ज गर्न सकिन्छ यदि राज्यद्वारा सञ्चालित बिजुली बीच-बीचमा उपलब्ध हुन्छ भने

३.३ हावा ऊर्जा र नवीकरणीय उर्जाको अन्य स्रोतहरू

तेस्रो विश्वयुद्धको बेला हुने बिधुत अबरुद्ध र पानी अभावको लागि तयारी गर्नुहोस् ।

Nenad Kajić / Veneko.hr / CC BY-SA

विश्व पवन ऊर्जा संघ (WWEA) द्वारा प्रस्तुत तथ्याड़क अनुसार २०१९ को अन्त्यसम्म विश्वव्यापी रूपमा स्थापित सबै हावा टर्बाइनहरुको समग्र क्षमता ६५०.८ गिगावाटमा पुगेको छ । यो महत्वपूर्ण हुन्छ कि सरकारले आउँदो समयमा उनीहरूको महत्त्वको कारण नवीकरणीय ऊर्जाको स्रोतहरूलाई अँगाल्न जारी राख्दछन् ।

सजिलैसँग लैजान सकिने घर वायु टर्बाइनहरू झन् लोकप्रिय हुँदै गइरहेका छन् । वायु टर्बाइनहरूले ठूलो काम गर्दछ जब सौर्य एरेसँग (solar array) यसको जोडी बनाइन्छ किनभने यसले ऊर्जा उत्पादन गर्ने क्षमतालाई अधिकतम बढाउदछ । दिनको समयमा, सौर्य प्यानलहरूले सूर्यको किरणहरूको उपयोग गर्न सक्छन, जबकि हावा टरबाइन साँझमा हावाको बेगबाट शक्ति उत्पन्न गर्न सक्दछ ।

३.४ आणविक संघर्षको बेलामा वैकल्पिक शक्ति प्रणालीहरूको व्यवहार्यता

कसैले आणविक संघर्षको अवस्थामा सौर्य ऊर्जाको व्यवहार्यतामाथि प्रश्न गर्न सक्छन् । यसको दुई कारणहरू छन्:

१. सूर्यको किरणहरु पृथ्वीमा कम आइपुग्ने – सीमित मापनको आणविक द्वन्दले पनि धेरै ठुलो बादल गठन गरेर पुरै पृथ्वीलाई ढाक्न सक्छ । यसले पृथ्वीमा पुग्ने सौर्य  किरणहरूको अनुपातलाई सामान्य स्तर भन्दा धेरै कम गर्छ । यसले निश्चित रूपमा सौर्य ऊर्जा प्रणालीको क्षमतामा सम्झौता हुनेछ ।

२. आणविक विद्युत चुम्बकीय नाडी (EMP) – यदि पर्याप्त नापको आणविक हतियार वातावरणमा विस्फोट भएको छ भने, EMP ले इलेक्ट्रोनिक सर्किट्री प्रयोग गर्ने सबै चीजहरू विघटन गर्न सक्छ, सम्भाव्य रूपमा गाडी, हवाईजहाज र इलेक्ट्रिक ग्रिडको साथमा घरको सौर्य प्रणाली आदि इलेक्ट्रोनिक्सलाई अपरिवर्तनीय क्षति गर्न सक्दछ । सौर्य प्यानलहरू पनि EMP द्वारा कम सम्झौता हुन सक्छ किनभने तिनीहरू बिजुली प्रकोपको लागि बनेका हुन्छन्, सौर्य ऊर्जा प्रणालीको विद्युतीय सर्किटमा सम्भवतः असर हुनेछ ।

उत्तर:

१. सीमित पैमानाको आणविक द्वन्द्वले पनि समाजमा विनाशकारी प्रभाव पार्नेछ । यदि व्यक्ति ब्लास्ट रेडियसको नजिकै छ भने, बिजुली नहुनु उसको लागि चिन्ताको विषय हुने छैन किनभने द्रुत ब्लास्ट रेडियसमा भएका सबै कुरा पुरै नष्ट हुनेछ ।

२. हामीले सौर्य उर्जा र वायु ऊर्जा जस्ता समाधानहरू प्रदान गरेका छौं, तर हामी यो कुरा प्रत्याभूति दिन सक्दैनौं कि यस्तो चीजहरु आणविक द्वन्द्वको क्रममा जारी रहनेछ ।

३. यस्तो परिदृश्यमा, शारीरिक स्तरमा जोखिम न्यूनीकरणको बारेमा कुनै बौद्धिक छलफल गर्दा यस्तो निष्कर्षमा पुग्न सकिन्छ जुन अत्यन्तै दुखित र कुनै आशा बिना देखिन्छ ।

४. तथापि, यस्तो बेलामा आध्यात्मिक पक्षलाई ध्यानमा राख्नु महत्त्वपूर्ण हुन्छ जब हामी आउँदै गरेको समयको तयारी बारे सोच्ने गर्दछौं जुन एउटा महत्वपूर्ण पक्ष हो जसले यो कुरा निर्धारित गर्न सक्छ की हामी बाच्ने छौं की छैनौं । यस सन्दर्भमा, निम्न बुँदाहरूमा विचार गर्नुपर्छ ।

अ. व्यक्तिहरूको जीवनमा सुख र कष्टहरु उनीहरूको भाग्यले तय गर्दछ र कसरी उनीहरू आफ्नो स्वतन्त्र इच्छा शक्ति प्रयोग गर्छन् । भाग्यको प्रभावलाई रोक्न सकिदैन र यसलाई सबैले भोग्नुनै पर्छ । वर्ष २०१९ – २०२५ मा मानवताको सामूहिक प्रारब्धले व्यक्तिको जीवनमा धेरै उच्च प्रभाव पार्नेछ । वर्तमान समयमा सामूहिक प्रारब्ध धेरै प्रतिकूल छ र यसैले धेरै व्यक्तिहरुले कष्ट भोग्नेछन् ।

आ. प्रतिकूल प्रारब्ध आध्यात्मिक अभ्यासबाट मात्र हटाउन सकिन्छ । यद्यपि वर्तमान युगमा धेरै व्यक्तिहरुले आध्यात्मिक अभ्यास नगर्ने हुनाले, विश्वको जनसंख्याको एउटा ठूलो अनुपात नष्ट हुनेछ ।

इ. व्यक्तिहरु जो आध्यात्मिक अभ्यासमा ठोस प्रयास गर्छन् (जुन विश्वव्यापी सिद्धान्तहरू अनुसार हुन्छ) आउँदो समयमा बच्नेछन् । कुनै व्यक्तिको आध्यात्मिक स्तर उसको अस्तित्वको लागि महत्त्वपूर्ण मापदण्ड हुनेछ ।

ई. ५० % माथिको आध्यात्मिक स्तरको मानिसहरु आउँदै गरेको गम्भीर समयमा ईश्वरको अनुग्रहको कारण बाँच्नेछन् । तसर्थ, यसलाई अभ्यास गर्ने क्षमता भएका व्यक्तिहरूलाई आध्यात्मिक अभ्यास सिकाउनु महत्त्वपूर्ण हुन्छ । यस्तो किनभने तिनीहरू ५०% को आध्यात्मिक स्तरमा पुग्न सक्षम हुनेछन् ।

उ. कुनै व्यक्तिको उच्च आध्यात्मिक स्तरमा निर्भर गर्दै, वरपरको क्षेत्रलाई ईश्वरले आणविक द्वन्द्वको स्थितिमा विकिरण आदिको प्रभावबाट जोगाउनु हुनेछ । यस कारणले गर्दा, केवल साधकहरु मात्रै होइन, तर त्यस क्षेत्रमा भएका बोटबिरुवाहरू, जनावरहरू, आदिलाई बचाइनेछ ।

४. युद्ध र प्राकृतिक प्रकोपको समयमा पानी अभावको समाधान

पानी पृथ्वीमा सबैभन्दा प्रचुर मात्रामा पाईने मिश्रित हो र यो जीवनको लागि धेरै आवश्यक छ । यो तरल, ठोस र वायु अवस्थामा पाईन्छ । यद्यपि, पिउन योग्य पानी यस पृथ्वीमा भएका सबै पानीको एउटा सानो अंश हो । जबकि विश्वको लगभग ७० प्रतिशत पानीले ओगटेको छ भने यसको २.५ प्रतिशत मात्र पिउन योग्य (ताजा) छ । बाँकी पानि नुनिलो, र सागरमा आधारित छ । सबै ताजा पानीहरू मध्ये, यो केवल १ प्रतिशत सजीलोसँग उपलब्ध हुन्छ, यो धेरै जसो हिमनदी र हिउँको मैदानहरूमा फसेको हुन्छ । यसको तथ्य यो हो कि यस पृथ्वीको पानीको केवल ०.००७ प्रतिशत पानी ७.४ अरब मानिसहरु र सबै जनावर, चरा र बोटबिरुवाको जीवन धान्न उपलब्ध छ । छोटकरीमा भन्नुपर्दा, पानी एउटा यस्तो अत्यन्तै बहुमूल्य चीज हो, जुन पिउने आवश्यकता बाहेक अन्य धेरै गम्भीर क्रियाकलापहरू जस्तै धुने, सफा गर्ने, सरसफाई, खेतीपाती आदिको लागि प्रयोग गरिन्छ ।

विज्ञानको राष्ट्रीय एकेडेमी, ईन्जिनियरिङ र चिकित्सामा निर्धारित पर्याप्त दैनिक तरल पदार्थको सेवन :

  • पुरुषहरुको लागी ३.७ लिटर तरल पदार्थ
  • महिलाहरूको लागि करिब २.७ लिटर तरल पदार्थ

गुणवत्ता, पौष्टिक सामग्री र पानीको उपलब्धता संसारभरि फरक हुन्छ; विविधता जलवायु, स्थान, र देशको आर्थिक स्थिति सहित धेरै चीजहरूमा निर्भर गर्दछ ।

अवसंरचित परिस्थितिहरू जस्तै युद्ध र प्राकृतिक प्रकोपहरूमा पानीको उपलब्धता र गुणस्तरमा ठूलो परिवर्तन हुन सक्छ । युद्धको समयमा या अन्य द्वन्द्वको समयमा पानी आपूर्ति प्रणाली अवरोधको लागि धेरै जोखिमपूर्ण हुन्छ । पानी आपूर्ति पूर्वाधारहरूको विनाश (उदाहरणको लागि, पानी जम्मा गर्ने मुख्य ठाउँ र उपचारको सुविधा), पानी स्टेशन, विद्युत स्टेशन र विद्युत लाइनहरुको जानाजानी विच्छेदन, र पानीको आपूर्ति प्रणालीको सञ्चालन र मर्मतको अवरोध गर्नु रणनीतिहरू बीचमा विपक्षी पक्षले नागरिकहरूलाई अस्थिर पार्न र हानी पुर्‍याउन सक्छ । हामीले इराक र सिरिया जस्ता भर्खरका द्वन्दहरूमा पनि देखेका छौं कि नागरिक सेनाले अक्सर सैनिक कारवाहीको संपार्श्विक क्षतिलाई निम्त्याउँछ । आणविक युद्धको सन्दर्भमा हामीले पनि रेडियोधर्मी प्रदूषणको सामना गर्नुपर्नेछ, जसले हाम्रो जल स्रोतलाई दूषित पार्नेछ ।

यसले सबै समाजका ठूला वर्गहरूलाई जोखिममा पार्न सक्दछ, जब न्यूनतम आवश्यक मात्रामा पिउने पानी पनि उपलब्ध हुँदैन । साथै, पानी केहि हदसम्म उपलब्ध भए पनि, यो विभिन्न पानीजन्य रोगहरूले पनि दूषित हुन सक्छ । संक्रामक रोगहरूको जोखिम सरसफाईमा कमि, स्वच्छ पिउने पानीको अभाव र सामान्य कुपोषणको साथ पनि बढ्दछ । सरसफाई र पानीसँग सम्बन्धित पूर्वाधारको पतनले हैजा, झाडापखाला र टाइफाइड ज्वरोको बढ्दो घटना निम्त्याउन सक्छ । यद्यपि स्थानीय अधिकारीहरूले नागरिकहरूलाई सहयोग पुर्याउन पानी ट्यांकरहरू पठाउन चाहे पनि, ईन्धनको अभावले गर्दा यो विकल्प नहुन सक्छ ।

पृष्ठभूमिको रूपमा यससँग, हामीले हाम्रो पाठकहरूलाई आगामी समयको लागि तयारी सोच्नको लागि केहि बिन्दुहरु राखेका छौं ।

जल स्रोत र संग्रह

अधिकांश सार्वजनिक पानी प्रणालीहरू भूमिगत पानी र सतह पानीद्वारा आपूर्ति गरिन्छ । सतहको पानीमा सानो नदी, छहरा, नदी, नहर र तालहरू पर्छन् । पूर्वाधार ध्वस्तिको कारण पानीको अभाव भएमा व्यक्तिले तल दिइएका वैकल्पिक जल स्रोतहरूमा ध्यान दिनुपर्नेछ ।

१. छानाबाट वर्षाको पानी संकलन गर्ने

तेस्रो विश्वयुद्धको बेला हुने बिधुत अबरुद्ध र पानी अभावको लागि तयारी गर्नुहोस् ।

एट्रिब्युसन: सुसन सचिवालय / CC BY

२. निजी पानीको इनार: राम्रोसँग ड्रिल गर्न स्थानीय सरकारको अनुमति र विशेषज्ञको सहयोग आवश्यक पर्न सक्छ ।

३. निवासी (residential) ग्रे-वाटर प्रणालीको उपयोग: ग्रे-वाटर भनेको शौचालय बाहेक बाकिको फोहर पानी हो जस्तै हात धुने बेसिनहरू, लुगाधुने मेसिन, स्नान गरेको पनी । जब यसलाई राम्रोसँग ह्यान्डल गरिन्छ, ग्रे-बाटर बगैंचाको लागि सुरक्षित पुन: प्रयोग गर्न सकिन्छ ।

४. संघनित (condensate) लाई संग्रह गर्ने जब हावामा भएको पानीको बाफ चिसो सतहको सम्पर्कमा आउँछ तब पानी ग्यासबाट तरल पदार्थमा परिवर्तन हुन्छ र चिसो सतहमा जम्मा हुन्छ । हावामा भएको पानीको बाफ जुन तरल पदार्थमा परिवर्तन हुन्छ, यसलाई संघनित भनिन्छ ।

पानीको उपचार

सामान्य पानीको उपचारको लागि तैलिरहेको ठोस पदार्थ र ठोस पदार्थहरु हटाउने, छानने, शुद्धिकरण र पृथक्करण, साथ साथै पोषण तत्वको लागि नियमित हेरचाह र परीक्षण, आवश्यक भएमा पूरक तत्वको साथ ।

पानीजन्य रोगको रोकथामको अर्को महत्त्वपूर्ण पक्ष घर-आधारित पानी उपचार हो । पोइन्ट-अफ-यूज उपचार पानी सफा गर्ने पद्धति सरल घरेलु विधिहरूमा केन्द्रित हुन्छ, जस्तै उमाल्ने, ब्लीच गर्ने, कपडाबाट छानने, तलछट (बालुवा र कडकडबाट छानने) निस्पंदन, र अल्ट्राभोईलेट प्रकाशबाट कीटाणुशोधन ।

भनिन्छ कि पानीजन्य रोगहरूले परमाणु आक्रमणबाट जोगिएका व्यक्तिहरूलाई मार्न सक्ने सम्भावना बढी हुन्छ । हामी तपाईको क्षेत्रमा अनुसन्धान गर्न सुझाव दिन्छौं कि कसरी पानीलाई पिउनको लागि उच्चित बनाउने भन्ने बारे अनुसन्धान गर्नको जहाँ पानीको शुद्धतासँग सम्झौता हुन सक्छ ।

यदि कुनै संकष्टको बेलामा सुरक्षित पानी र यसको कीटाणुशोधनको लागि केमिकलहरू उपलब्ध छैनन् भने हातमा प्रशस्त उत्तम पानी भण्डार गर्नुहोस्, चाहे यो मैलो नदीको पानी नै किन नहोस् । धेरै जसो माटो केही दिनमा तल जान्छ; यहाँसम्म कि भीडभाडमा पनि पानी उमाल्ने उपायहरू हुन सक्छन् । एक मिनेटको लागी पानी उमाल्दा रोग निम्त्याउने सबै प्रकारका ब्याक्टेरियाहरुको मृत्यु हुन्छ । १० देखि २० मिनेटसम्म उमालेमा केहि दुर्लभ संक्रमित जीवहरूलाई मार्न आवश्यक पर्दछ । (विग्नेर, १९७९)

पानीको भण्डारण

यदि पानीको उपचार गरिएको छ तर कीटाणुरहित भाडोहरूमा भण्डार गरिएको छैन भने, यो चाँडै फेरि दूषित हुन सक्छ । लामो अवधिको भण्डारणको लागि, सबै पानीको कीटाणुशोधन गर्नु उत्तम हुन्छ, किनकि केही जीवहरू छिटौ फैलिएर भण्डारित पानीलाई खराब स्वाद या गन्ध दिन सक्छ । यदि बाक्लो प्लास्टिकको भाडा वा सिसाको भाडामा हावा नछिर्ने गरेर भण्डार गरिएको छ भने पानी लामो समयसम्म सुरक्षित रहन्छ । धेरै-वर्ष भण्डारणको लागि पातलो प्लास्टिक कन्टेनर प्रयोग नगर्नुहोस्, जुन समय बित्दै जादा प्रायः चुहिने गर्छ । (विगनर, १९७९)

थोरै पानी प्रयोग गर्नुहोस्

अब यहि समय हो कि कसरी पानी थोरै प्रयोग गर्न सकिन्छ भनेर सिक्नको लागि, यो बहुमूल्य स्रोतलाई खेर नफाल्नुहोस् र जहाँ सम्भव छ यसलाई पुनः प्रयोग गर्नुहोस् ।  जब तपाई सामान्य समयमा अधिक अभ्यास गर्नु हुन्छ तब तपाई युद्धको समयमा आफूलाई टिकाउ राख्न सक्नु हुनेछ ।

युद्धको समयमा पानीको अभाव प्रबन्ध गर्ने बारेमा अन्य विन्दुहरू

तल अनियमित क्रममा केहि व्यावहारिक सल्लाहहरू दिइएको छ जुन आउँदै गरेको प्रतिकूल समयमा पानीको अधिकतम उपयोग र संरक्षणको लागि सुविधा पुर्याउनेछ ।

  • कुवाबाट पानी तान्नको लागि लामो बाक्लो डोरी, बाल्टिन आदि किन्नुहोस् यदि बिजुली र अन्य विकल्पहरूले पानी तान्न असफल भयो भने ।
  • यदि सम्भव छ भने, पम्प किन्नुहोस् जुन सौर्य उर्जामा चल्दछ ।
  • यदि तपाईसँग एउटा कुवा छ जुन केही वर्ष पहिले ड्रिल गरिएको थियो र त्यसमा जब सम्म पानी पर्न थाल्दैन त्यसमा पर्याप्त पानी हुँदैन भने, कुवालाई फेरि गहिराइमा ड्रिलिंग गर्नेबारेमा सोच्नुहोस् ।
  • यदि तपाईसँग पानीको लागि बोरवेल छ भने, हेर्नुहोस् यदि यसमा बहुबिधुत आपूर्ति विकल्पहरू राख्न सक्छ – सौर्य ऊर्जा, जुन हात र पम्पको साथ बिजुलीमा चल्दछ ।
  • निश्चित गर्नुहोस् कि इनारको पानी लापरवाही या रेखदेख नगर्नुको कारण दूषित नहोस् ।
  • पर्याप्त ठूलो आकारको पानी ट्यांकर राख्नुहोस् (जसको क्षमता – तपाईको परिवारको आवश्यकता अनुसार होस्) ताकि पानी त्यहाँ १०-१५ दिनसम्म रहोस ।
  • बिजुलीको अभावको कारण, पानी शुद्धीकरण गर्न असमर्थ हुन सक्छ, त्यसैले यसको वैकल्पिक मैनबत्ती फिल्टर हो ।
  • यदि तपाई पिउन वा पकाउनको लागि हिलो पानी प्रयोग गर्नुपर्यो भने, यो विकल्प प्रयोग गरेर हेर्नुहोस् । एउटा ठूलो भाँडा लिएर यसमा हिलो पानी हाल्नुहोस् । २४ घण्टा सम्म नहल्लाईकन पानीलाई राख्नुहोस् । त्यसपछि, अर्को भाँडोमा सफा पानी खन्याउनुहोस्, र तपाई पानी छान्नको लागि गाढा मलमलको कपडा प्रयोग गर्न सक्नु हुनेछ । तपाई निश्चित गर्नुहोस् कि मलमल कपडा सफा छ र केवल यस उद्देश्यको लागि मात्रै प्रयोग गरिएको छ ।
  • त्यहाँ केहि बोतलहरू छन् जसले पानीलाई स्वचालित रूपमा सफा गर्न सक्छ । यी बोतलहरू अनलाइन किन्न सकिन्छ ।
  • त्यहाँ चिसो पानीको विकल्पहरू छन् जसबाट हामी बिजुली प्रयोग नगरी पानिलाई चिसो पार्न सकिन्छ, यसको लागि ठूलो माटोको भाँडाहरू प्रयोग गर्नुपर्छ । पानीका लागि माटाको भाँडाहरू कसरी प्रयोग गर्ने र त्यसलाई कसरी सम्हाल्ने भन्ने बारे धेरै तरिकाहरू छन् । सहि तरीकाले किन्नुहोस्, सफा गर्नुहोस् र नयाँ माटोको भाँडालाई ठीक गर्नुहोस् | भाँडोबाट चिसो पानी लिनको लागि २ ओटा तरिकाहरू ।
  • सबै गतिविधिहरूको लागि थोरै पानी प्रयोग गर्नुहोस् ।
  • बगैंचा या खेतहरूको लागि ड्रिप या स्प्रे सिंचाई प्रयोग गर्नुहोस् । गर्मीको समयमा, पातलो भिजेको कपडाले बिरूवाहरूलाई छोप्नुहोस् ताकि पानी धेरै छिटो वाष्फित नहोस् ।
  • छत या मैदानमा वर्षाको पानी जम्मा गर्नको लागि ब्यारेल राख्नुहोस् । यो पानी विभिन्न उद्देश्यको लागि प्रयोग गर्न सकिन्छ ।
  • पानीको दक्षता अभ्यास अपनाउदा उत्तम उपलब्ध शिल्पविज्ञान प्रयोग गरेर कम प्रयास गरेर अधिक नवीन तरिकामा पानी प्रयोग गर्नु पर्दछ ।

५. ग्रंथसूची

विग्नर, ई. पी. (१९७९, मे ). आणविक युद्धको लागि अस्तित्वको कौशलता अध्याय ८ : पानी. बाट प्राप्त https://www.oism.org/: https://www.oism.org/nwss/s73p919.htm