तेस्रो विश्व युद्ध एवं प्राकृतिक प्रकोपहरूबाट जीवन रक्षक मार्गदर्शिका

तेस्रो विश्व युद्ध एवं प्राकृतिक प्रकोपहरूबाट जीवन रक्षक मार्गदर्शिका

१. प्रस्तावना

SSRF द्वारा वर्ष २००७ मा भविष्यवाणी गरिएको थियो, “तेस्रो विश्व-युद्ध वर्ष २०१५ मा आरम्भ हुन्छ र त्यो लगभग ९ वर्ष अर्थात् २०२४ सम्म चल्नेछ । यो अवधिमा लडिने युद्धहरु सबै एक अर्कासँग सम्बन्धित हुन्छन् । तर यी युद्धहरु विश्वलाई सहजतासँग स्पष्ट हुँदैन । यो अवधि समाप्त हुने बेलामा परमाणुवीय शस्त्र सहित सामूहिक विनाश गर्न हतियारहरुको प्रयोग हुनेछ ।” साथै, यो अवधिमा विश्वमा धेरै सुनामी, भूकम्प, बाढी, र ज्वालामुखी विस्फोट जस्तो प्राकृतिक प्रकोपहरुको घटनाहरु संसारले सामना गर्नु पर्ने हुनेछ ।

स्रोत : SSRF द्वारा गरिएको आध्यात्मिक अनुसन्धान

वर्ष २००७ देखि २०२२ तर्फ बढौं जादा हामीले थाहा पायौं की हामी एउटा यस्तो संसारमा बसी रहेका छौं जहाँ चरम मौसम घटनाहरु, प्रतिकूल परिस्थितिहरु जस्तै कोभिड र युद्ध जसले सम्पूर्ण विश्वलार्इ असर गर्न सक्छ । २०२२ मा विश्वव्यापी स्थिति डरलाग्दो देखिन्छ । फ्रांसको एउटा प्रसिद्ध द्रष्टा नॉस्त्रेदमसद्वारा गरिएको भविष्यवाणिबाट पनि संकेत मिल्दछ कि तेस्रो विश्व-युद्ध हुन्छ । विभिन्न स्रोतहरुले नॉस्त्रेदमसको भविष्यवाणिको व्याख्या गरेका छन् र अनुमान लगाएका छन् की तेस्रो विश्व-युद्ध यति भयानक हुनेछ की पहिलाको दुई विश्व-युद्धहरु बच्चाको खेल जस्तै प्रतीत हुनेछ । आध्यात्मिक अनुसन्धान र विभिन्न सन्तहरुसँग मार्गदर्शनको माध्यमबाट, हामीले थाहा पायौं कि तेस्रो विश्व-युद्ध शीघ्र घटित हुने छ र यसको प्रभाव सर्वव्यापी हुनेछ । जुन प्रकार केहि भयानक घटनाहरु नियमित रूपमा प्रकटीकरण भइरहेका छन्, यसबाट मानिसहरुले विश्व-युद्धको अनुमान लगाउदै छन् । ‘तेस्रो विश्व-युद्ध’ यो शब्द मानिसहरुद्वारा अब गूगलमा खोजि रहेका छन् र खोजि कम हुने संकेत देखिदैन । यसले संकेत गर्दछ कि विश्व भरका मानिसहरुले तेस्रो विश्व-युद्ध हुने सम्भावना देख्न आरम्भ गरेका छन् । तर पनि आश्चर्यजनक कुरा के छ भने तेस्रो विश्व-युद्ध अथवा परमाणुवीय दुष्परिणामबाट बच्ने शब्दहरु गूगलमा धेरै खोजिएको पाइदैन । यस प्रकारको परिमाणको कुनै पनि युद्ध / उथल-पुथलको फलस्वरूप अभूतपूर्व मात्रामा जनहानि (मृत्यु) र सम्पत्तिको विनाश हुनेछ जहाँ जीवन रक्षा ज्ञान दैनिक जीवनको लागि महत्वपूर्ण हुनेछ ।

२. तेस्रो विश्व-युद्ध पछिको दुष्परिणाम

आध्यात्मिक अनुसन्धानको माध्यमले, हामीलार्इ त्यो अवधिको दुष्परिणामको विषयमा केहि तथ्यहरु थाहा पाएका छौं जसले त्यो आपदालार्इ विस्तारसँग देखाएको छ जुन हामीले सामना गर्नुपर्ने छन् । निम्नलिखित पंक्ति विश्वको स्थितिको त्यो चित्र हो जसको हामी सबैले शीघ्रनै सामना गर्नु पर्नेछन् ।

  • सबैभन्दा पहिला, जब वर्ष २०१९-२०२४ मा विश्वको पतन हुन आरम्भ हुन्छ, यो धेरै शीघ्रतासँग हुन्छ ।
  • एउटा अनुमान अनुसार विश्वको एक-तिहाई जनसंख्या (अर्थात, २ अरब भन्दा अधिक मानिसहरु) सामूहिक विनाशको परमाणु हतियारको कारण नष्ट हुनेछन् । लाखौं अन्य मानिसहरु रेडियोधर्मी (radioactive) प्रदूषण एवं अन्य विविध, मुख्यतः परमाणुवीय अपशिष्ट (nuclear fallout) बाट उत्पन्न कारणहरुले गर्दा मृत्यु हुनेछन् । संसारको लगभग आधा जनसंख्या युद्ध र प्राकृतिक प्रकोपको कारण अथवा त्यस पश्चातको दुष्प्रभावको कारण नष्ट हुनेछन् ।
  • आपतकालीन सेवाहरु र सरकारी सहायता अनुपलब्ध रहन्छन् अथवा प्रकोप एवं विनाशको विस्तृत सीमाको सामना गर्नको लागि लगभग असमर्थ हुन जान्छ ।
  • विश्वको पूर्वाधार ७० प्रतिशतसम्म नष्ट हुन्छ । संसार भरिको अधिकांश शहर पूर्णरुपमा ध्वस्त हुनेछन् ।
  • चिकित्सा आपूर्ति अत्यन्त अल्प हुनेछ र डाक्टर एवं अस्पतालहरूको उपलब्धता न्यूनतम हुनेछन् ।
  • रेडियोधर्मी नतीजाको कारण – व्यक्ति, पशु, माछा र भूमि दूषित हुनेछन् ।
  • रेडियोधर्मी नतीजाको परिणाम समान्य रूपमा जल निकायहरु १२ महीनासम्म दूषित रहनेछन् । स्वच्छ पिउने पानीको कमी हुनेछ र पानीबाट सर्ने रोगहरुले महामारी निम्त्याउने छ ।
  • १० वर्षको* अवधिको लागि भोजनको कमी हुनेछ ।
  • १० वर्षको* लागि पेट्रोलको गम्भीर अभाव हुनेछ; मोटरबाट चल्ने यातायातको सबै प्रकारहरुमा प्रतिकूल प्रभाव पर्नेछन् ।
  • १० वर्षको* लागि गम्भीर बिजुलीको अभाव रहनेछ ।
  • मानिसहरु विभिन्न मानसिक रोगहरु, चिन्ता र शोकबाट ग्रस्त हुनेछन् ।
  • नियम र व्यवस्था पूर्णतय छिन्न-भिन्न हुनेछन् र सबै बाधाहरुमा पनि जीवित रहने आवश्यकताले मानिसहरुमा सर्वाधिक नराम्रो स्थिति ल्याउनेछ । लूटने, अपराध र अस्तित्वको लागि लडाईहरुनै त्यो दिनको व्यवस्था हुनेछ । संकटको समयमा व्यक्तिको वास्तविक प्रकृति राम्रो अथवा नराम्रो, देखिनेछ ।
  • यो युद्धको प्रभाव ३० वर्षहरुसम्म हुनेछ र पुनर्निर्माण हेतु १०० वर्ष लाग्नेछ ।

* यो अवधि तुलनात्मक हिसाबले थोरै हो किनभने त्यो समयमा, विश्वको जनसंख्या लगभग आधा भर्इसकेको हुन्छ र त्यो जनसंख्यालाई भोजन तथा विभिन्न सुविधाहरुको उपभोग गर्न सजिलो हुनेछ ।

३. तेस्रो विश्व-युद्ध देखि जीवित रहने मानिसको लागि यसको अर्थ के हो ?

कस्तो स्थिति र वातावरण हुनेछ, त्यसको एउटा झलक हो । त्यस्तो स्थितिमा स्वयंको र आफ्नो प्रियजनहरुको कल्पना गर्नुहोस् । सामान्यतया त्यस प्रकारको भयानक र हताशको स्थितिमा हरेकको मनमा सर्वाधिक यो विचार हुन्छ कि ‘कसरी म र मेरो प्रियजनहरु जीवित रहन सक्षम हुनेछौं ?’ र ‘कसरी मैले आफ्नो प्रियजनहरु र स्वयंको रक्षा गर्ने?’ परिस्थिति यस्तो हुनेछ कि प्रत्येक व्यक्ति स्वकेन्द्रित हुनेछ । हाम्रो सहायताको लागि आउने राहत सेवाहरु अथवा कुनै पनि सरकारमाथि भर पर्न सक्ने अवस्था हुँदैन ।

परिवर्तनबाट गर्इरहेको विश्व अनि तस्रो विश्व-युद्धमा जीवित रहेको व्यक्ति एक शत्रुतापूर्ण एवं अराजक वातावरणको मध्यमा हुनेछ र यस्तो परिस्थितिबाट जान आवश्यकता हुनेछ जसमा मानवीय सहनशक्ति तथा मानवीय भावनाको सीमाको परीक्षा हुनेछ । जीवित बचेका व्यक्तिहरु वास्तवमा आत्मनिर्भर भएमा फार्इदा जनक हुनेछ; अर्थात, जीवित रहनको लागि उपकरणहरुको ज्ञान हुने र ढल्दै गरेको सामाजिक व्यवस्था माथि निर्भर नहुने । सर्वथा आवश्यक आधारभूत चीजहरु पर्याप्त मात्रामा भण्डारण गर्ने देखि विभिन्न संकटहरु सामना गर्न सकने शक्ति साथै मानसिक क्षमता हुने, विभिन्न समस्याहरुको समाधान निकाले जस्तै रेडियोधर्मी अपशिष्ट (Radioactive fallout) बाट कसरी बच्ने, यसले व्यक्तिलार्इ राम्रो स्थिरतामा राख्दछ । यस्तो समयमा जीवित रहनको लागि प्रत्येक साधन तथा अस्तित्वको विषयमा ज्ञानको प्रत्येक अंश, जीवन अनि मृत्यु बीच अन्तर गर्न सक्छ र यसले तपार्इको आपदा तयारिमा वृद्धि गर्नेछ ।

४. तस्रो विश्व-युद्ध र प्रकोप प्रबन्धनको लागि जीवनरक्षक मार्गदर्शन

यस कारण हामीले यो खण्डमा आउने समयमा जीवनरक्षक उपकरणहरु र अभ्यासहरु जसले शरीरिक, मानसिक र आध्यात्मिक स्तरहरुमा तयारि र रक्षाको विषयमा बताएका छौं । तलको तालिकामा दिएको प्रत्येक लिङ्कले नयाँ खण्ड खोलिनेछ जहाँ त्यो पक्षलार्इ विस्तृत रुपमा व्याख्या गरिएको छ । अबको केही महिनाहरुमा तल दिएको खण्डहरुको उपखण्डसम्म बढाउने र जानकारीहरुलार्इ जोड्ने प्रक्रियाहरु जारी रहने छ त्यसैले आपतकालीन तयारी सम्बन्धि ज्ञान र तेस्रो विश्व युद्धबाट बच्न आकस्मिक आवश्यकता बारे थप जानकारी पाउनको लागि फेरि-फेरि आउनुहोस् ।
कृपया ध्यान दिनुहोस् : SSRF वेबसाइटमा प्रत्येक उप-विषयबाट दिएको सबै लिंक विषयको बारेमा सामान्य जानकारीको लागि अस्थायी लिंक हो । पछि हामी तस्रो विश्व-युद्धमा जीवित रहन र प्रकोप प्रबंधनको सम्बन्धमा तल प्रत्येक उप-विषयको विशेष रूपसँग जोड्नेछौं ।

क्रम संख्या उपाय
भगवानको नामजप
बाकसबाट उपाय
एक्यूप्रेशर
शिव स्वरोदय (सूर्य नाडी र चन्द्र नाडी)
यन्त्र
प्राणायाम र योगासन
आयुर्वेद
प्राणशक्तिको प्रवाह उपचार (न्यास र मुद्रा सहित)
मन्त्रहरु
१० मर्मचिकित्सा – शरीरको महत्वपूर्ण बिन्दुहरुलाई सक्रिय गर्ने
११ अग्निहोत्र
१२ अग्निशमन
१३ प्राथमिक चिकित्सा
१४ प्राकृतिक प्रकोप प्रबंधन र जीवन-रक्षा
१५ संवेदनशीलता
१६ स्व-सम्मोहन (स्वभाव-दोष निर्मूलन र अहं निर्मूलन)
१७ बोटबिरुवाहरू अथवा जड़ी-बूटिहरु रोपण
१८ फिजियोथेरेपी
१९ पुष्प उपचारहरु
२० संगीत उपचार
२१ रंगीन बोतलद्वारा जल उपचार (Chromopathy)

५. तेस्रो विश्व युद्धमा जीवित रहनको लागि भौतिक, मानसिक र आध्यात्मिक स्तरमा कदमहरुको बढ्दो महत्व

जब प्रकोपको लागि तयारिको विषय आऊछ, हामी धेरै जसो भैतिक चीजहरुमा मात्र ध्यान केन्द्रित गर्दछौं । तथापि आध्यात्मिक अनुसन्धान / आध्यात्मिक सिद्धान्तहरु अनुसार, सूक्ष्म तहका उपायहरु भौतिक स्तरका उपायाहरु भन्दा धेरै गुना अधिक प्रभावकारी हुन्छन् । यो विशेष गरी जब यो प्रकोप तयारिको लागि आउँछ ।

  • भैतिक उपायहरु (जस्तै वैकल्पिक चिकित्सा, उपचार, तथा प्राथमिक उपचारको ज्ञान, अग्निशमन इत्यादि) स्थूल स्तरमा हुन् ।
  • मानसिक उपायहरु (जस्तै स्व-सम्मोहन-चिकित्सा आदि) भौतिक उपायको तुलनामा सूक्ष्मतर हुन्छ ।
  • आध्यात्मिक उपायहरु (जस्तै भगवानको नामजप, मन्त्रोच्चार, अग्निहोत्रको आध्यात्मिक अनुष्ठान र निरन्तर साधना गर्नु सबै भन्दा सूक्ष्मतम उपाय हो) ।

भौतिक स्तरको तुलनामा सूक्ष्म स्तर धेरै गुना अधिक प्रभाबकारी हुन्छ । हाम्रो लागि संक्षेपमा यसको सार हो कि आउने समयको तयारी र जीवित रहनको लागि, केवल भौतिक उपायहरु अपनाउनु पर्याप्त हुँदैन । सार्वभौमिक सिद्धान्तहरु अनुसार गरिएको तिव्र साधनानै ईश्वरीय अनुग्रह आकर्षित गर्दछ, जुन भौतिक सुरक्षाको कुनै पनि रूपको संरक्षण-स्तर भन्दा धेरै अगाडिसम्म तपार्इको रक्षा गर्न सक्छ ।

यो अशान्त समयकालमा परात्पर गुरु प.पू. डॉ आठवलेज्यू, एक उच्चतम स्तरको सन्तसँग आध्यात्मिक उपायद्वारा मानवताको मार्गदर्शन गर्नको लागि दिव्य दूरदर्शिता छ, जुन आगामी प्रलयकालमा जीवनरक्षक सिद्ध हुनेछ । हमी पाठकहरुलाई शीघ्र भगवानको नामजप, साधनाआध्यात्मिक उपचार आरम्भ गर्न आग्रह गर्छौं । साधना आरम्भ गर्नु अथवा निरन्तर साधना गर्नु सर्वोत्तम हुन्छ जसले गर्दा तस्रो विश्व-युद्धको कालमा जीवित रहनको लागि भौतिक, मानसिक र आध्यात्मिक रूपले धेरै राम्रोसँग तयार रहन सक्छौं । अझ महत्त्वपूर्ण कुरा नियमित आध्यात्मिक अभ्यास (साधना) को कारणले आध्यात्मिक रूपमा उन्नति हुँदै जाँदा, व्यक्तिले ईश्वरको कृपालाई आकर्षित गर्दछ जुन चरम मौसम घटनाहरू र तेस्रो विश्व युद्धबाट बच्नको लागि सबैभन्दा महत्त्वपूर्ण कारक हुनेछ ।