आउँदै गरेको प्रतिकूल समयमा उपयोगी हुने औषधीय बिरुवाहरू
विषयसूची
१. परिचय
२०२० देखि २०२५ को बीचमा ऋषिहरुले मानवजातिको लागि अत्यन्तै कठिन समयको बारेमा भविष्यवाणी गर्नु भएको छ । उहाँहरूले प्राकृतिक प्रकोप, चरम मौसमको उच्च घटनाहरू र तेस्रो विश्वयुद्धको प्रबल सम्भावनाको चेतावनी पनि दिनु भएको छ ।
यी चरम घटनाहरूको परिणामस्वरुप, मानिसहरु विभिन्न रोगहरुबाट ग्रस्त हुनेछन् । यो समयमा र त्यस पछिको केहि बर्षहरूमा, यो आशा गरिएको छ कि एलोप्याथिक औषधिहरूको अत्यधिक अभाव हुनेछ र डाक्टरहरूको पहुँच अनुपलब्ध हुन सक्नेछ । यी चुनौतीपूर्ण समयमा, हामीले औषधीय बोटबिरुवा र हर्बल औषधिहरूमा भर पर्नु पर्छ । जति सक्दो चाँडो आवश्यक बिरुवाहरू राख्न सुरु गर्नु उत्तम हुनेछ, ताकि हामीलाई संकटको समयमा औषधीहरु उपलब्ध हुन सकोस् । औषधीय बोटबिरुवाहरूले गरेको उपचार धेरै सुरक्षित मानिन्छ किनकि त्यहाँ न्यूनतम दुष्प्रभावहरू हुन्छन् ।
यो लेखको उद्देश्य तपाईलाई औषधीय बोटबिरुवा र जडीबूटी हुर्काउनको लागि मार्गदर्शन प्रदान गर्नु हो । तपाईले आफ्नो उपलब्ध ठाउँ र साधनहरु अनुसार गर्न सक्नुहुन्छ ।
२. जडीबूटी रोपणको बारेमा ध्यान दिनुपर्ने केहि बुँदाहरू
- केहि देशहरूमा वर्षा ऋतु हुन्छ । यदि जडीबुटी अथवा बोटबिरुवाहरू वर्षा सुरु हुन १५ दिन अगाडी रोपीएको छ भने, धेरै सजिलोसँग बढ्न सक्छन् । उदाहरणको लागी, भारतमा वर्षा १५ जुन – १५ जुलाईको बीच सुरू हुन्छ । त्यसकारण, अप्रिल देखि जून महिनामा बोटबिरुवाहरू रोप्न उत्तम मानिन्छ ।
- जमिन तयार पार्न आवश्यक हुन्छ, जमिनलाईमलिलो बनाउनुहोस्, बीउ ल्याउनुहोस, जमीन जोत्नुहोस् आदि ।
- असंख्य बोटबिरुवा र जडीबूटीहरू छन् जसलाई औषधीय उद्देश्यहरूको लागि रोप्न सकिन्छ । तरसबै प्रकारको बोटबिरुवा रोप्ण सम्भव या व्यावहारिक नहुन सक्छ । त्यसकारण तपाईको स्रोतहरू, उपलब्ध ठाउँ र बोटबिरुवाले रोगहरुलाई जित्ने क्षमता अनुसार आइरहेको प्रतिकूल समयको लागि तयार रहन कुन औषधीय जडीबूटी रोप्ने भनेर प्राथमिकता अनुसार निर्णय लिनुहोस् । अगाडि दिएको समग्र प्राथमिकताको सूची हो जसमा के रोप्ने भन्ने सम्बन्धमा सामान्य मार्गदर्शन दिएको छ ।
- एउटा विशेष औषधीय बोट कति रोप्ने यो आवश्यकताको आधारमा तपाईले निर्णय लिन सक्नु हुन्छ ।
- यदि सम्भव छ तल दिएको सूचीबद्धबाटप्रथम १६ जडी-बूटीहरुको प्रत्येको एउटा बोट अवश्य लगाउनुहोस् ।
- औषधीय जडिबूटी रोप्नु अघि स्थानीय डाक्टर या वनस्पतिशास्त्रि जो जडीबूटीहरु बारे जानकार हुनुहुन्छ, उहाँको सल्लाह लिन सक्नु हुन्छ ।
- परिवारको सबै सदस्यहरूलाई जडीबूटी र त्यसको फाइदाहरूको बारेमा भन्नु होस् । बोटबिरुवाहरू अगाडि नाम लेखेर राखिदिनुहोस् ताकि अरुले बुझ्न सक्दछन् कि तपाईले कुन बिरूवाहरू रोप्नु भएको छ ।
- कार्य गर्ने समय अहिले हो ।
३. जडीबूटी रोप्ने सम्बन्धमा व्यावहारिक बुँदाहरू
३.१ सामान्य बुँदाहरू :
- यस श्रृंखलामा, हामीले औषधीय जडीबूटीहरू चयन गरेका छौं जुन सजीलै उष्ण प्रदेशिय देशहरूमा पाईन्छजस्तै नेपाल/भारत र जसलाई सजिलै उब्जाउन सकिन्छ ।
- औषधीय जडीबूटीलाई जनाउनप्रयोग गरिएको नामहरू क्षेत्र अनुसार फरक हुन सक्छ । त्यसैले हामीले औषधीय जडीबूटीहरूको वैज्ञानिक नाम पनि दिएका छौं । यसले इन्टरनेटमा औषधीय जडीबुटीको पहिचान गर्न मद्दत गर्नेछ । तपाई जडीबूटीहरूको अनलाइन चित्र पनि हेर्न सक्नु हुन्छ जसले गर्दा बोटहरूलाई चिन्न सजिलो हुनेछ ।
- यदि तपाई बोटहरूको पहिचान र उपयोग गर्न असमर्थ हुनुहुन्छ भने,स्थानीय वनस्पतिशास्त्री या आयुर्वेदिक डाक्टरहरूको सल्लाह लिन सक्नु हुन्छ ।
- तपाईले कुनै पनि अन्य औषधीय बिरुवाहरू रोप्न सक्नु हुन्छ जुन तपाईलाई उपयोगी लाग्दछ ।
३.२ औषधीय बोटबिरुवा र जडीबूटीहरूको चयन
हामीले १६ ओटा सबैभन्दा लाभदायक चिकित्सकिय बिरुवाहरु आयुर्वेद अनुसार बिरुवाहरुको पहिलो समूहको रूपमा चयन गरेका छौं । आयुर्वेद एउटा प्राचीन चिकित्सा प्रणाली हो जसको जरा भारतीयउपमहाद्वीपमा पाईन्छ । हाम्रो सुझाव छ कि यी १६ बिरुवाहरु तपाईको बगैंचा अथवा छतमा न्यूनतम रूपमा रोप्नुहोस् ।
औषधीय बोटबिरुवाहरुको नाम प्राप्त लाभको प्राथमिकता अनुसार क्रममा दिइएको छ । उदाहरणको लागि, नौऔं स्थानको औषधीय बोट पन्ध्रऔं स्थान भन्दा रोप्नको लागि उच्च प्राथमिकतामा पर्छ । यस सूचीमा पहिलो औषधीय जडीबुटी (तुलसी) अत्यन्त महत्त्वपूर्ण छ । त्यसकारण, यदि सबै बिरूवाहरू रोप्न सम्भव छैन भने, कम्तिमा सूचीमा दिएको क्रम अनुसार जे सम्भव छ त्यो रोप्नुहोस् ।
यदि औषधीय जडीबूटी रोप्नको लागि घर वरिपरि ठाउँ छैन भने, जडीबूटीलाई माटोको फूल रोप्ने भाडामा लगाउन सक्नु हुन्छ या प्लास्टिकको झोलाहरूमा लगाउनुहोस् र त्यसलाई कौसीमा राख्न सक्नु हुन्छ ।
कृपया ध्यान दिनुहोस्, यी औषधीय बिरुवाहरु रोप्ने र हुर्काउने विधि फरक हुन सक्छ ।
- केहि बोट बिरुवाहरु लहरा जानेहुन्छन् जसलाई बढ्नको लागि आड चाहिन्छ ।
- अरुलाई परिपक्व हुन २-३ बर्ष लाग्छ ।
- केही बिरुवाहरुलाई गमलामा रोप्नुनै उत्तम हुन्छ ।
- केहि ठूला रूखहरू हुन्छन्, त्यसैले तिनीहरूलाई जमीनमा रोप्नु पर्छ ।
यी बिरुवाहरु विभिन्न रोगहरुको उपचारको लागी धेरै उपयोगी छन्, तपाई आफ्नो घरमा यी बिरुवाहरु रोप्ने प्रयास गर्नुहोस् । एउटा पक्तिमा गमलाहरु राख्ने प्रयास गर्नुहोस् र दिनमा कम्तिमा सूर्यको प्रकाश ३-४ घण्टा लागोस् । यदि तपाईको घरको वरपर बिरुवा रोप्नको लागी ठाउँ छ भने, कृपया रोप्नुहोस् ।
३.३ रोप्नको लागि जडीबुटीको सूची
संख्या | वैज्ञानिक नाम | ल्याटिन नाम | रोगहरु | बिरुवाको कुन भाग औषधीको रुपमा प्रयोग गर्ने | रोप्नको लागी के प्रयोग गर्ने |
---|---|---|---|---|---|
१. | तुलसी (तुळस) | ओसीमम टेनुइफ्लोरम | धेरै रोगहरु | बिरुवाको सबै भागहरु- जरा, डाँठ, पात, फूल र बीउ या फल जसलाई सामूहिक पंचांगको रूपमा जानिन्छ | बीउ |
२. | दुर्व (दूर्वा) | साईनोडोन डैक्टिलोन | गर्मी र पित्तसँग सम्बन्धित रोगहरु | बिरुवाको सबै भागहरु- जरा, डाँठ, पात, फूल र बीउ या फल जसलाई सामूहिक पंचांगको रूपमा जानिन्छ | बिरुवा |
३. | हट- लीभड मूनसीड (गुळवेल) | टीनोसपोरा कोर्डीफोलिया | ज्वरो, रगत सँग सम्बन्धित रोगहरु, गठिया, मधुमेह | कांड (लहराको भाग) | बीउ |
४. | कालमेघ, हरियो चिरेता (कालमेघ) | अन्द्रोग्राफिस पनिकुलाटा | ज्वरो, शरीरमा कीरा पर्ने, र पित्तसँग सम्बन्धित सबै रोगहरु | बिरुवाको सबै भागहरु- जरा, डाँठ, पात, फूल र बीउ या फल जसलाई सामूहिक रुपमा पंचांग भनिन्छ | बीउ |
५. | एलोवेरा (कोरफड) | एलो बारबडेनसीस मीलर | जब छाला जलदछ या सुक्खा हुन्छ, आँखा र कलेजोसँग सम्बन्धित रोगहरु | पातको गुदी | जराबाट आएको नयाँ बिरुवा वा कन्दबाट |
६. | मलाबर नट (अडुळसा) | जसटीसिया अधतोडा | गर्मी र पित्त सँग सम्बन्धित सबै रोगहरु; श्वासप्रश्वास सम्बन्धी रोगहरु | बिरुवाको सबै भागहरु- जरा, डाँठ, पात, फूल र बीउ या फल जसलाई सामूहिक रूपमा पंचांग भनिन्छ | बिरुवाको टहनी (फांदी) |
७. | चमेली (जाई) | जसमीनम अफसीनाले | मुखको अल्सर, चोट लाग्दा, घाउ | पात | बिरुवाको टहनी (फांदी) |
८. | माका, फल्स डेसी (माका) | एक्लिप्टा अल्बा | आँखा, कपाल र पाचन प्रणालीसँग सम्बन्धित रोगहरु | बिरुवाको सबै भागहरु- जरा, डाँठ, पात, फूल र बीउ या फल जसलाई सामूहिक रुपमा पंचांग भनिन्छ | बीउ या बिरुवा या अंकुरण, प्रत्यारोपणको लागी उमारेको बिरुवा |
९. | सुपारी (विड्याचापान) | पाईपर बीटल | अपच, कम शुक्राणु गणना, कफसँग सम्बन्धित समस्याहरु | पात | बिरुवाको टहनी (फांदी) |
१०. | (हर्बल चिया)/ चिया पाउडरबाट बनेको चिया, लेमन ग्रास (गवतीचहा) | सिम्बोपोगोन सीट्राटस | चिसो, खोकी, ज्वरो र मूत्र पथसँग सम्बन्धित रोगहरु | पात | नयाँ बिरुवाहरु जुन जरा बाट उम्रिन्छ |
११. | निर्गुण्डी/ चिनियाँ चसतेट्री (निर्गुंडी) | भीटेक्स नेगुन्डो | सुनिएको, गठिया र हावा या कानसँग सम्बन्धित रोगहरु | बीउ र पात | बीउ या बिरुवाको टहनी (फांदी) |
१२. | चिनियाँ हिबिस्कस(जास्वं) | हिबिस्कस रोसा– सीनेनसीस | कपालसँग सम्बन्धित रोगहरु | फूल र पात | बिरुवाको टहनी (फांदी) |
१३. | अघडा, चफ्फ़ -फूल (आघाडा) | अचिरांथेस एस्पेरा | प्लीहासँग सम्बन्धित रोगहरु, मूत्र पथसँग सम्बन्धित रोगहरु, बवासीर | बिरुवाको सबै भागहरु- जरा, डाँठ, पात, फूल र बीउ या फल जसलाई सामूहिक रुपमा पंचांग भनिन्छ (टिप-१) | बीउ या बिरुवाको टहनी (फांदी) |
१४. | टीधरीकाण्डवेला, वेलट ग्रॆप (कांडवेल / हाडसांधी) | सीसुस कुवाद्रंगुलारिस | सुनिएको, गठिया, फ्रैक्चर र दुखाइ | बिरुवा, डाँठको सानो भाग | बिरुवाको टहनी (फांदी) |
१५. | मेक्सिकन गेंदा (झंडू) | टागेटस इरेक्टा | कुनै पनि प्रकारको अल्सर, जलन, शरीरको अंगहरु काटेको, र आँखाको रोगहरु | पात र फूल | बीउ |
१६. | लाइफ प्लान्ट, एयर प्लान्ट (पानफुटी) | ब्रायोफिलम पिनाटम | मूत्र पथको रोगहरु | पात | पात |
३.४ थप बिरुवाहरु रोप्न सक्नुहुन्छ
यदि तपाईसँग माथि दिएका बिरुवाहरु बाहेक जडी बूटी रोप्न अधिक ठाउँ छ भने तल दिएका थप बिरुवाहरु रोप्न सक्नु हुन्छ ।
३.४.१ साना बिरुवाहरु (जसको उचाई १–२ फीट सम्म हुन्छ )
संख्या | साधारण नाम | ल्याटिन नाम | रोगहरु | बिरुवाको कुन भाग औषधीको रुपमा प्रयोग गर्ने | रोप्नको लागी के प्रयोग गर्ने |
---|---|---|---|---|---|
१. | आप अदुवा (आंबेहळद) | कुरकुमा अमदा | श्वसन पथ, ज्वरो र सूजनसँग सम्बन्धित रोगहरु | कन्द | कन्द |
२. | अस्कन्द, अश्वगन्धा (आस्कन्द) | विथानिया सोमनिफेरा | कपाल, आँखा, श्वसन पथ, शरीरमा कीरा पर्ने सम्बन्धित रोगहरु | जरा | बीउ |
३. | ईसबगोल, ब्लंड प्लानटेन (इसबगोल) | प्लानटागो ओवाटा | कब्जियत | बीउ | बीउ |
४. | जंगली ईन्डिगो (उन्हाळी) | टेफ्रोरोसिया पुरपुरिया | पीलिया, प्लीहासँग सम्बन्धित रोगहरु, कलेजो र बवासीरसँग सम्बन्धित रोगहरु | बिरुवाको सबै भागहरु- जरा, डाँठ, पात, फूल र बीउ या फल जसलाई सामूहिक रुपमा पंचांग भनिन्छ (टिप -१) | बीउ या बिरुवाको टहनी |
५. | कुरडु, प्लम्ड कक्सकम्ब या सिल्वर कक्सकम्ब
(कुरडू/हरळू) |
सिलोसिया अरजेन्टी | मूत्र पथको रोगहरु | बिरुवाको सबै भागहरु- जरा, डाँठ, पात, फूल र बीउ या फल जसलाई सामूहिक रुपमा पंचांग भनिन्छ | बीउ |
६. | नट ग्रास (नागरमोथा)
|
साइपरस रोतनदस | ज्वरो, पित्त र पाचन प्रणालीसँग सम्बन्धित रोगहरु | कन्द | कन्द |
७. | कमन फ्यूमिटरी, परिपथ (परिपाठ) | फुमारिया ओफीसीनालिस् | ज्वरो र गर्मीसँग सम्बन्धित रोगहरु | बिरुवाको सबै भागहरु- जरा, डाँठ, पात, फूल र बीउ या फल जसलाई सामूहिक रुपमा पंचांग भनिन्छ | बीउ |
८. | पिथवन, प्रिष्निपर्नी (पिठवण) | यूरारिया पिकटा | श्वसन प्रणाली, ज्वरो र सूजनसँग सम्बन्धित रोगहरु | बिरुवाको सबै भागहरु- जरा, डाँठ, पात, फूल र बीउ या फल जसलाई सामूहिक रुपमा पंचांग भनिन्छ (टिप -१) | बीउ या बिरुवाको टहनी |
९. | एक प्रकारको पुदीना (पुदिना) | मेन्था स्पाइकाटा | पुरानो ज्वरो, खोकी, अपच र शरीरमा कीरा पर्ने | बिरुवाको सबै भागहरु- जरा, डाँठ, पात, फूल र बीउ या फल जसलाई सामूहिक रुपमा पंचांग भनिन्छ | बीउ |
१०. | पुनरनव (पुनर्नवा) | बोअरहाविया डीफ्यूसा | सूजन, संचार प्रणाली र मूत्र पथसँग सम्बन्धित रोगहरु | बिरुवाको सबै भागहरु- जरा, डाँठ, पात, फूल र बीउ या फल जसलाई सामूहिक रुपमा पंचांग भनिन्छ | बीउ या बिरुवाको टहनी |
११. | इंडियन पेनीवोर्ट (ब्राह्मी/मंडूकपर्णी) | सेन्टेला एशियाटिका | मस्तिष्क, गर्मी, पित्त र वृद्धावस्थासँग सम्बन्धित रोगहरु | बिरुवाको सबै भागहरु- जरा, डाँठ, पात, फूल र बीउ या फल जसलाई सामूहिक रुपमा पंचांग भनिन्छ | बिरुवाको टहनीको एउटा टुक्रा |
१२. | गाले अफ द विंड, च्याम्बर बिटर (भुईआवळा) | फाइलेन्थस यूरिनेरिया | कलेजोसँग सम्बन्धित रोगहरु | बिरुवाको सबै भागहरु- जरा, डाँठ, पात, फूल र बीउ या फल जसलाई सामूहिक रुपमा पंचांग भनिन्छ | बीउ |
१३. | खुस, वेटीवर (वाळा), | क्राइसोपोगोन जिजानियोइड्स | गर्मी, पित्त र मूत्र पथसँग सम्बन्धित रोगहरु | जरा | जराबाट निक्लिएको नयाँ बिरुवा |
१४. | स्वीट फ्लाग (Vekhand) वेखंड | एकोरस कैलमस | भकभकाउने, डर लाग्ने, स्मृति सम्बन्धित समस्या, श्वासप्रश्वास रोगहरुको लागी | कन्द | जराबाट निक्लिएको नयाँ बिरुवा, जराको सानो टुक्रा |
१५. | कैथरैन्थस, मेडागास्कर पेरिविन्कल (सदाफुली) | कथारनथस रोसुस | मधुमेह र क्यान्सर | बिरुवाको सबै भागहरु- जरा, डाँठ, पात, फूल र बीउ या फल जसलाई सामूहिक रुपमा पंचांग भनिन्छ | बीउ या बिरुवाको टहनीको एउटा टुक्रा |
१६. | इंडियन सनेकरुट (सर्पगंधा) | राउवोल्फिया सरपेनटिना | रक्तचाप, अनिद्रा, पेट सँग सम्बन्धित रोगहरु | जरा | बीउ या बिरुवाको टहनीको टुक्रा |
१७. | शालपर्णी, सालवानी (सालवण) | डेस्मोडियम गैंगेटिकम | ज्वरो र मुटु रोग | बिरुवाको सबै भागहरु- जरा, डाँठ, पात, फूल र बीउ या फल जसलाई सामूहिक रुपमा पंचांग भनिन्छ | बीउ |
१८. | बेसार (हळद) | कुरकुमा लोङ्ग | चिसो, खोकी, बलगम, मोटोपना, मधुमेह, र स्तनहरुसँग सम्बन्धित रोगहरु | कन्द | कन्द |
३.४.२ रोप्नुपर्ने बिरुवाहरु
संख्या | साधारण नाम | ल्याटिन नाम | रोगहरु | बिरुवाको कुन भाग औषधीको रूपमा प्रयोग गर्ने | रोप्नको लागी के प्रयोग गर्ने |
---|---|---|---|---|---|
१. | डंडियन सरसपैरिला (अनंतमूळ) | हेमिडेस्मस इंडिकस | रगत र छालासँग सम्बन्धित रोगहरु | जरा | बीउ या जराको भाग |
२. | चुच्चो लौका (कडूपडवळ) | ट्राइकोसैंथेस डायोइका | पित्त र छालासँग सम्बन्धित रोगहरु | बिरुवाको सबै भागहरु- जरा, डाँठ, पात, फूल र बीउ या फल जसलाई सामूहिक रुपमा पंचांग भनिन्छ | बीउ |
३. | व्याक्स गोड (कोहळा) | बेनिनकासा हिस्पिडा | पित्त, मस्तिष्क, र मूत्र पथको रोगहरु | फल | बीउ |
४. | इंडियन मून सीड (पाडावेल) | सायक्लेआ पेल्टाट़ा | आँखाको रोगहरु | बिरुवाको सबै भागहरु- जरा, डाँठ, पात, फूल र बीउ या फल जसलाई सामूहिक रुपमा पंचांग भनिन्छ | बीउ या बिरुवा |
५. | लामो कालो मिर्च (पिंपळी) | पाइपर लोङ्गम | श्वसन र पाचन पथसँग सम्बन्धित रोगहरु | जरा र फल | लहराको टुक्रा जसमा टुसा छ |
६. | कालो मिर्च (मिरी) | पाइपर निग्रम | पाचन र श्वसन पथसँग सम्बन्धित रोगहरु | फल | लहराको टुक्रा जसमा टुसा छ |
७. | मोगरा, चमेली, अरबियन जैस्मीन (मोगरा) | जैस्मिनम साम्बाक | पित्त या पित्तसँग सम्बन्धित रोगहरु | फूल र पात | लहराको टुक्रा जसमा टुसा छ |
८. | शतावरी, (शतावरी) | एसपैरागस रेसमोसुस | ज्वरो, कमजोरी र प्रजनन प्रणालीसँग सम्बन्धित रोगहरु | कन्द | कन्द |
९. | सपसंध, इंडियन बर्तवोर्ट (सापसंद) | अरिसटोलोचिया इंडिका | सर्पको विष, सानो बच्चाको पेट दुखाई र पखाला | बिरुवाको सबै भागहरु- जरा, डाँठ, पात, फूल र बीउ या फल जसलाई सामूहिक रुपमा पंचांग भनिन्छ
|
लहराको टुक्रा जसमा टुसा छ |
३.४.३ बिरुवाहरु रोप्ने (जसको उचाई २ फिट भन्दा बढि हुन्छ)
संख्या | साधारण नाम | ल्याटिन नाम | रोगहरु | बिरुवाको कुन भाग जुन औषधीय रूपमा प्रयोग गर्ने | रोप्नको लागी के प्रयोग गर्ने |
---|---|---|---|---|---|
१. | क्यास्टर, क्यास्टर बीन (एरंड) | रिकिनस कम्युनिस | गाउटको विकार, मस्कुलोस्केलेटल विकार, पेटको विकार र दम | पात, जरा र बीउ | बीउ या लहराको टुक्रा जसमा टुसा छ |
२. | करी पत्ता (कढीपत्ता) | मुराया कोएनिगी | मुटु र कलेजोसँग सम्बन्धित रोगहरु | पात | बीउ या बिरुवाको टहनीको टुक्रा |
३. | हीना (मेंदी) | लसोनिया इनर्मिस | कपाल र पेशीय विकार सँग सम्बन्धित रोगहरु | पात र बीउ | बीउ या बिरुवाको टहनीको टुक्रा |
४. | टैपिका, कसावा (साबुकन्द) | मनिहोट एस्कुलेन्टा | कमजोरी | कन्द | कन्द |
३.४.४ रोप्नुपर्ने रुखहरु
सख्या | साधारण नाम | ल्याटिन नाम | रोगहरु | बिरुवाको कुन भाग औषधीको रूपमा प्रयोग गर्ने | रोप्नको लागी के प्रयोग गर्ने |
---|---|---|---|---|---|
१. | इंडियन गुसबेरी (आवळा) | फाईलानथस एम्बिलका | पेटसँग सम्बन्धित रोगहरु, पित्त, कपाल र बुढेसकालसँग सम्बन्धित रोगहरु | फल | उच्च नस्लको बिरुवा |
२. | नीमको रूख (कडूनिंब) | अझादिरचता ईनडीका | घाउ, मधुमेह र छालासँग सम्बन्धित रोगहरु | बोक्रा, पात र फल | बीउ |
३. | कुडा (कुडा) | होलारेना प्यूब्सेनस | पखाला, पेचिश, बवासीर | बीउ, जरा र बोक्रा | बीउ |
४. | केरा (केळे) | मुसा परादीसियाका | कमजोरी र मूत्र पथसँग सम्बन्धित रोगहरु | बिरुवाको सबै भागहरु- जरा, डाँठ, पात, फूल र बीउ या फल जसलाई सामूहिक रुपमा पंचांग भनिन्छ | जराबाट निक्लिएको नयाँ बिरुवा |
५. | राती-फुल्ने चमेली (प्राजक्ता) | निक्टेन्थेस आर्बर-ट्रिस्टिस | गठिया र पित्तसँग सम्बन्धित रोगहरु | बोक्रा, पात र फूल | बीउ या बिरुवाको टहनीको टुक्रा |
६. | गोल्डन शावर रूख (बाहवा) | क्यसिया फिस्टुला | ज्वरो, छाला र कब्जियतसँग सम्बन्धित रोगहरु | बोक्रा, पात र बीउफली | बीउ |
७. | इंडियन बेल (बेल) | एगल मार्मेलोस | मधुमेह र सेतो दाग | जरा, बोक्रा या पात र फल | बीउ |
८. | ड्रमस्टिक रूख (शेवगा) | मोरिंगा ओलीफेरा | शरीरमा फोका आउने, कफ या बलगम | बोक्रा, पात, फल, र ड्रमस्टिक्स | बीउ या बिरुवाको टहनीको टुक्रा |
९. | अशोका रूख (सीताअशोक) | सरका असोका | स्त्री रोग या स्त्रीसँग सम्बन्धित रोगहरु | बोक्रा | बीउ |
४. निष्कर्ष
यो लेखमा उल्लेख गरिएको बिरुवाहरु रोपेमा आउँदो समयको सामना गर्न तपाईलाई धेरै सहयोगी हुनेछ जुन युद्ध र प्राकृतिक प्रकोपहरुले भरिएको भविष्यवाणी गरिएको छ । परम्परागत एलोपैथिक औषधिहरुको अभाव/अनुपलब्धताको स्थितिमा तपाईको जीवन रक्षा/उपचारको लागि महत्वपूर्ण भूमिका रहनेछ । यस्तो स्थितिमा सजिलैसँग उपलब्ध औषधीय जडी बूटीद्वारा स्वयंमा चिकित्सकीय उपचार गर्ने क्षमता भएमा जीवन र मृत्युको फरक हुन सक्छ । हामी तपाईलाई आग्रह गर्दछौं कि यस लेखमा दिईएको बिरुवाहरुलाई तपाईको क्षमता वा स्थिति अनुसार प्राथमिकताको आधारमा रोप्नुहोस् ।