पितृ पक्ष सम्बन्धि आध्यात्मिक अनुभव – श्रीमती श्वेता क्यार्क

1. भगवानले पूर्खाहरुलार्इ राहत दिनको लागि प्राथना सुन्नुभयो ।

पितृ पक्ष सम्बन्धि आध्यात्मिक अनुभव – श्रीमती श्वेता क्यार्क

भगवानको कृपाले मलार्इ श्राद्ध विधि (एउटा शक्तिशालि विधि जसले पूर्खाहरुलार्इ आध्यात्मिक स्तरमा लाभ पुराउँछ) सम्बन्धि तिव्र आध्यात्मिक अनुभुति भयो । भर्खरै मेरो सन क्लार्कसँग विवाह भएको थियो अनि हाम्रो विवाह पछिको पहिलो पितृ पक्ष (सोह्र श्राद्ध जनु समय मृतक पूर्खा पृथ्वी नजिक आउँछ) थियो । त्यस समय सन र म मेलबोर्न, अष्ट्रेलियामा थियौं । २०१२ सालमा पितृ पक्ष ३० सेप्टेम्बर देखि १५ अक्टोबर सम्म थियो । हामी दुबै SSRF को मार्गदर्शमा साधना गरिरहेका थियौं । त्यसैले श्री गुरुदेव दत्त नामजप गर्ने महत्व अनि पितृपक्ष पितृहरुको लागि धेरै महत्तव हुन्छ भन्ने बुझेका थियौं । साथै मनमा इच्छा बढी रहेको थियो सबै सम्भव पितृहरुलार्इ गर्नुपर्छ जसले गति प्राप्त भर्इ अगाडि बढ्न सकोस् ।

 

सम्पादकको टिप्पणी : पितृ पक्षको समय जीवित नातेदारले श्री गुरुदेव दत्तको नामजप अनि श्राद्ध विधि गर्दा पूर्खाको सूक्षम मृत देहले अधिकतम आध्यात्मिक फाइदा लिन्छ ।

मेरो माइति घरमा हरेक बर्ष मेरो दाजुभार्इहरुले श्राद्ध गर्दछन् तर सनको घरपट्टि कहिले पनि श्राद्ध विधि गरेको थिएन । पितृ पक्ष आउँदै थियो मलार्इ विचार आर्इरहेको थियो, कतै हाम्रो पूर्खाहरु अड्किरहेको त छैन, कतै पिडामा त छैन र उनीहरुको लागि केहि गर्नको लागि तिव्र इच्छा थियो । तर हामी मेलबोर्नमा थियौं, श्राद्ध विधि आमतौरमा गरिदैन थियो, मलार्इ थाहा थिएन कसलार्इ सम्पर्क गर्ने । म भगवान दत्तात्रेयलार्इ (भगवानको त्यो पक्ष जसले मृतक पूर्खाहरुलार्इ मृत्युपछिको जीवनमा गति प्रधान गर्नुहुन्छ) तीव्रतापूर्बक प्रार्थना गरिरहेको थिएँ, तपार्इ नै मलार्इ सहायता गर्नुहोस् । मैले SSRF को पवित्र पुस्तक ‘श्राद्ध’ पढ्न थाले अनि जानकारी प्राप्त गर्ने प्रयास गर्न लागे, के गर्न सक्छौं जब पूर्ण श्राद्ध विधि गर्न असमर्थ छैन ।

पवित्र पुस्तकबाट जानकारी प्राप्त भयो कसरी सरल कदमहरु उठाएर मृतक पूर्खाहरुलार्इ लामो अन्तरालमा आध्यात्मिक फार्इदा पुराउन सक्छौं । सन र मैले ती कदमहरु र्इमानदारी अनि यथासम्भव गर्ने निर्णय गर्यौं । जब पितृ पक्ष सुरु भयो सन र मैले भाव अनि आन्नद भित्रैबाट महसुस गर्यौं । हामीले सबैमा भगवान दत्तत्रेयको महसुस गर्यौं । धेरै कृतज्ञ भाव थियो, जब कि हामीले केही गर्न सक्दापनि, साधरण प्रयासले पनि कृपालु भगवान दत्तात्रय आर्इ मद्द गर्नु हुन्छ ।

१ अक्टोबर (पितृ पक्षको पहिलो दिन) हामी बिहानै उठेर स्नान गर्यौं । त्यसपछि घरको पूजा कोठामा ध्युको दियो बाल्यौं । सन र मैले भगवान दत्तत्रयलार्इ अन्तरमनबाट प्राथन गर्यौं हाम्रो पूर्खाहरुलार्इ मद्द गर्नुहोस्, सम्पूर्ण पितृदोष हटाइ दिनुहोस् अनि हाम्रो साधनामा मद्द गर्नुहोस् । अनि सनले पितृ तरपन विधि गर्नु भयो । यो विधि गर्नको लागि सन दक्षिणतर्फ फर्किनु भयो, तामाको चमच देब्रे हातमा लिएर बिस्तारै पानी दाहिने हातमा हाल्नु भयो । पानी दाहिने हातको बुढी औंला र चोर औंलाको  बिचबाट बगेर तल राखेको तामाको थालमा जम्मा हुन्थ्यो । यी सम्मपूर्ण विधि गर्ने बेला हामी दुबैले श्री गुरुदेव दत्त नमाजप गर्यौं ।

त्यसपछि मन्दिर कोठामा हामी दुबै दक्षिणतर्फ फर्क्यौं अनि हाम्रो दुबै हात माथि उठायौं (समर्पण भाव दर्शाउन) अनि देवताहरुलार्इ प्राथना गर्यौं: वासु, आदित्य, रुद्र, वैष्ण देव र दत्तात्रेय, “हामी असहाय छौं । हाम्रो पूर्खाहरुलार्इ गति प्रदान गरिदिनुहोस् ।”

त्यसपछि मैले भात पकाएँ र ध्यू र कालो तिलसँग मिसार्इ ७ – ८ डल्लो बनाए । अनि थालमा राखेर घर बाहिर लगेर सडक नजीकै घाँसमाथि राख्यौं त्यसपछि भगवान दत्तात्रेयलार्इ यस प्रकार प्राथना गर्यौं, “यस भोजनबाट तपार्इनै हाम्रो पितृहरुलार्इ तृप्त गरि आडि बढाइ दिनुहोस् । हामीसँग केवल यही अर्पण छ । हामी यसलार्इ नम्रतापूर्वक तपार्इलार्इ अर्पण गछौं । कृपया यस अर्पण स्वीकार गरि हाम्रो पूर्खाहरुलार्इ आशीर्वाद दिनुहोस् ।”

आध्यात्मिक विज्ञान अनुसार यदि अर्पण गरि सकेपछि कागले खाना खायो भने थाहा हुन्छ कि पूर्खाहरुलार्इ अर्पण प्राप्त भयो ।

सम्पादकको टिप्पणी : विधिको समय मृतक पूर्खालार्इ भातको डललोबाट आवहान गरिन्छ । मृत पूर्खाको अपूर्ण इच्छाहरु भातको डल्लोबाट पूर्ण हुन्छ । सामान्य व्यक्तिमा धेरै इच्छाहरु हुन्छ, सूक्ष्म देह रज-तम (आध्यात्मिक रुपले अशुद्ध) प्रक्षेपित गर्छ । कागको प्रकृति रज-तम हुन्छ त्यसैले रज-तम तरङ्ग चिन्छ र आकर्षित हुन्छ । जब मृत पूर्खाको सूक्ष्मदेह भातको डल्लो तर्फ आकर्षित हुन्छ, तब भातको डल्लो मृतपूर्खाको रज-तम तरङ्गबाट प्रभारित हुन्छ । काग यी तरङ्गहरु तर्फ आकर्षित हुन्छ । कागले भातको डल्लो खानु भनेको मृत पूर्खा विधि गरेको स्थलमा आवहान भइ, अर्पणबाट तृप्त भयो । यस प्रक्रियालार्इ ‘कागले भातलार्इ ठुङ्ने’ भन्छ । त्यसैले काग अतृप इच्छाहरु भएको सूक्ष्म मृत देह र मानिस बिच माध्यम हो ।

हामी यस्तो बस्तीमा बसेका थियौं जहाँ धेरै कागहरु आउँदैन थियो । अर्पण गरि सकेपछि हामीले नतिजा भगवानलार्इ छोडि दियौं अनि सन कामको लागि गयो । म ५ मिनेट त्यही बसेर प्रार्थना गरे । म छक्क परे, ५ मिनेट भित्र ३५ देखि ४० कागहरु आएर सबै अर्फण खायो । म भगवानको कृपादेखि यति आश्चर्य थियो कि कृतज्ञको आँसु आयो, मलार्इ यो थाहाँ छैन कि कसरी व्यक्त गर्ने । म त्यही उभेर नमस्कार गरे अनि त्यहाँ आनु भएका सबै मृत पूर्खाहरु जो कागको रुपमा आएर अर्पण ग्रहण गरि तृप्त हुनु भएको थियो सबैलार्इ प्रणाम गरे । भातको डल्लो सबै खार्इ सकेपछि पनि कागहरु गएन्न् । छेउको रुखमा धेरै बेरसम्म बसि रहयो, कसैले सन्तोष मानेर टाउनको हलाउनु भयो । मलार्इ महसुस भयो कि मृत्युपछिको पिडाबाट छुटकारा मिलेर मृत पूर्खाहरुले कृतज्ञ व्यक्त गरिरहेका थिए ।

हामी परम पूज्य डाँ आठवले ज्युलार्इ कोटी कोटी कृत्ज्ञ व्यक्त गछौं जसले श्राद्ध विधि गर्नुको आध्यात्मिक विज्ञानलार्इ जोड दिनु भर्इ हामीमा छतमा अनि आध्यात्मिक भाव प्रधान गरि विधि गराउनु भयो ।

. आध्यात्मिक अनुसन्धान केन्द्र अनि आश्रम, गोवा, भारत मा पूर्ण श्राद्ध अनुष्ठानको लाभ अनुभव

२०१४ सालमा आध्यात्मिक अनुसन्धान केन्द्र अनि आश्रम, गोवा, भारत हामी पूर्णकालिन साधना गर्नको लागि फर्क्यौं । २०१४ सालमा पृतिपक्ष ८ सेप्टेम्बर देखि २३  सेप्टेम्बर सम्म थियो । परम पूज्य डाँ आठवले ज्युले कृपा गर्नु भयो पूर्ण रुपले श्राद्ध विधि गर्ने अवसर पायौं । भगवानले हाम्रो प्राथना सुन्नु भयो  किन कि हामी दवैलार्इ लागि रहेको थियो कि अझै हामीले हाम्रो पूर्खाहरुलार्इ पर्याप्त गरेका छैन्न् । आध्यात्मिक अनुसन्धान केन्द्रमा श्राद्ध विधि गर्ने अवसर भगवानले नै पठाउँनु भएको थियो । किन कि त्यहाँ पुरोहित साधक विधि आध्यात्मिक भावको साथ गर्छन् । यसको साथै परम पूज्य डाँ आठवले ज्युको उपस्थिती, आध्यात्मिक अनुसन्धान केन्द्रमा भएको चैतन्य अनि आश्रमले आध्यात्मिक शक्ति अनि सकारात्मक उर्जा प्रक्ष्यपित गर्छ जसले मृत पूर्खालार्इ ज्यादै मद्दत गर्दछ ।

हामीले विधिको लागि सबै तयारी गर्यौं । विधिको दिन म बिहान छिटै उठेर स्थान गरि खाना बनाए । म आध्यात्मिक अनुसन्धान केन्द्रको बेकरीमा पकाइ रहेको थिएँ जुन एकान्त छ अनि चराहरु आउँदैन्न् । ५ बजे मैले भगवान दत्तात्रेयलार्इ प्राथना गरि पकाउनको लागि आवश्यक सामाग्री ल्याउन सुरु गरे । आश्चर्यजनक एउटा ठूलो काग आयो । काग भित्र आयो अनि शान्तसँग बस्यो । म छक्क परे पहिला पनि पकाउने सेवा बेकरीमा गरेको थियो कहिले पनि काग अथवा चरा भित्र आएन । मैले नमस्कार गरे अनि मलार्इ महसुस भयो सनको हजुरबाबा कागको रुपमा आउनु भएको हो । मलार्इ लाग्यो उहाँ जुन श्राद्ध विधि पूर्खाहरुको लागि गरिने छ त्यसलार्इ स्वीर गर्न अनि कृतज्ञ व्यक्त गर्न आउनु भएको थियो । कागले कतै पनि खानाहरु छुएन अनि आवाज पनि निकालेन । जब म खाना बनाउन थाले, उहाँ धेरै शान्तसँग, लामो समयसम्म त्यही बसी रहुन भयो । मैले सनलार्इ यस अनुभवको बारे भनेन ।

त्यसपछि श्राद्ध विधि सुरु भयो । सन पुरोहित साधकले भने अनुसार विधि गरिरहेको थियो । जब सनले विधि सुरु गर्यो पछाडि काग कराएको आवाज आयो । उहाँलार्इ महसुस भयो कि उहाँको हजुरबाबा विधिको लागि आउनु भयो अनि अरु मृत पूर्खाहरुलार्इ पनि बोलाउनु भयो । विधिको पुरै समय भगवान दत्तात्रेयको महसुस गर्यौं ।

विधि सकिएपछि हामी एक अर्कालार्इ अनुभव सुनायौं त्यति बेला हामीले एक अर्कालार्इ भन्यौं कि विधिको समय सनको मृतक हजुरबाबाको आउनु भएको महसुस गर्यौं।

सम्पादकको टिप्पणी : जब दुर्इ साधकलार्इ एउटै विचार आउँछ तब सत्य हुन्छ ।

अर्को रोचक ध्यानमा के आयो भने जब पृतिपक्ष सुरु भयो तब कागहरुको संख्या आश्रम परिसरमा बढ्यो । आश्रमा हरेका दिन श्राद्ध विधि गर्दयो । रात परे पछि कागहरु आश्रमको बाहिर बिजुलीको तारमा बस्दथ्यो । यस्तो अधिल्लो बर्ष पनि पितृपक्षको समय भयो ।