पितृपक्ष अनि श्राद्धविधि

. मृत पूर्खाको लागि वार्षिक विशेष समय कुन हो ?

यदि तपाई पुर्खाहरुको लागि पृतिपक्ष बारे अधिक जान्न चाहनु हुन्छ भने कृपया हाम्रो भिडियो हेर्नुहोस् ।

 

विश्व चक्रीय रूपले कार्य गर्छ, उदा. विषुव, अयनकाल, ग्रीष्म ऋृतु, शीत ऋृतु आदि । त्यसै गरी आध्यात्मिक विश्वमा पनि चक्रीय रूपले घटनाहरु हुन्छन् । प्रतिवर्ष शरद ऋृतु (उत्तरी गोलार्धमा) मा पितृपक्ष पर्छ जसमा हाम्रो मृत पूर्वज पृथ्वीको अर्थात भूलोक समीप आउँछ । वर्ष २०२३ मा पितृपक्ष २९ सेप्टेम्बर देखि १४ अक्टुबर सम्म (१२ असोज देखि २७ असोज सम्म) पर्छ।

साधनाको अभावमा अधिकतर पूर्वज मृत्योत्तर जीवनमा अटि्क्छन् तथा आध्यात्मिक उर्जाको अभावमा गतिहीन हुन जान्छ । उनको सांसारिक इच्छा त्यतिकै रहन्छ, तर पूर्तिको लागि स्वयं केहि गर्न सक्दैन, त्यसैले बेचेन रहन्छ । उपरोक्त कालावधिमा, उनी आफ्नो वंशजसँग सम्पर्क गर्नको लागि भूलोक समीप आउँछ । मृत्योत्तर जीवनमा आफ्नो पूर्खालाई सहायता गर्नको लागि उनको वंशजको लागि यो एउटा अद्वितीय अवसर हो । जस्तै हामी आफ्नो अभिभावक तथा निकट आफन्तहरुलाई उनीहरुको जीवनकालमा आफ्नो कर्तव्य मानेर सेवा गर्छौं, यसै प्रकार उनको मृत्यु उपरांत पनि उनी प्रति हाम्रो केहि कर्तव्य हुन्छन् ।

उपरोक्त कालावधिमा पूर्वजको करडौं सूक्ष्मदेह का तथा उनीहरुका अतृप्त वासनाका स्पन्दनका सूक्ष्म दबावले वातावरण भरिन्छ । उनको आध्यात्मिक दुर्बलता एवं अतृप्त वासनाको लाभ उठाएर पितरको सूक्ष्म देहमा अनिष्ट शक्तिले आक्रमण गर्छ । अनिष्ट शक्ति प्राय: उनको इच्छा पूर्ति गरि उनलाई आफ्नो वशमा लिन्छ अनि आफ्नो दास बउँछ । किन कि मृत पूर्वजको साथ हाम्रो कर्मको सम्बन्ध रहन्छ, त्यसैले अनिष्ट शक्ति हामीमा आक्रमण गर्नको लागि हाम्रो पूर्वजको उपयोग गर्न सक्छ । यसको फलस्वरूप यस कालावधिमा हाम्रो इच्छा एवं व्यसन बढ्न सक्छन्  किन कि हाम्रो मृत पूर्वज तथा अनिष्ट शक्ति हाम्रो माध्यमबाट आफ्नो वासना पूर्ण गर्ने प्रयास गर्दछ ।

. हाम्रो पूर्वजलाई हाम्रो सहायताको आवश्यकता छन्, यो दर्शाउने केहि स्थूल लक्षणहरु

जब तपाईको पूर्वज तपाईलाई तथा तपाईको परिवारको सदस्यसम्म पुग्ने प्रयास गरिरहेको हुन्छ, यसको केहि स्थूल लक्षणहरु आगाडि दिएनुसार हुन्छन् :

  • तपाईको परिवारको केहि सदस्यहरुले निरन्तर कष्टको सामना गर्नु परिरहेको हुन्छ । (अधिकतर समय मृत पूर्वज आफ्नो परिजनसँग सम्पर्क गर्ने तथा उनीबाट सहायता माग्नको लागि उनको जीवनमा समस्या उत्पन्न गर्दछ । उनी आफ्नो प्रिय पुत्र अथवा त्यो वंशजलाई सम्पर्क गर्छ, जो साधना गरिरहेको हुन्छ; किन कि उनीबाट आध्यात्मिक सहायता मिल्ने सम्भावना अधिक हुन्छ । )
  • तपाईको सपनामा सर्प देखाइ दिने ।
  • तपाईको सपनामा पूर्वज आउने ।
  • एउटै काग तपाईको घरको बरपर फेरि-फेरि आइरहने (केहि समयको लागि पूर्वजको सूक्ष्म देह कागमा प्रवेश गर्छ ।)

यो लेख पनि पढ्नुहोस्: मेरो मृत पूर्वज मलाई किन कष्ट दिन चाहन्छ ?

. हामी आफ्नो पूर्वजलाई सहायता कसरी गर्न सक्छौं ?

SSRF को व्याख्यानमा हामीले पायौं, उपस्थित व्यक्तिहरु यस विषयमा विशेष रूचि देखाउँछन् कि उनिहरुको मृत पूर्वजको आत्माको लागि के गर्न सक्छन् तथा मृत्यु पश्चात पूर्वजले उनिहरुको जीवन कसरी प्रभावित गरेको हुन्छन् ।

स्वयंको रक्षा एवं आफ्नो मृत पूर्वजको सहायताको लागि हामी निम्न कुराहरु गर्न सक्छौं:

. श्री गुरुदेव दत्तको नामजप गर्ने

आध्यात्मिक सुरक्षाको लागि गरिने यो नामजपको दुईटा फाईदाहरु छन् । हाम्रो मृत पूर्वजद्वारा हुने कष्टबाट हाम्रो रक्षा हुनको लागि यसले सुरक्षा-कवच निर्माण गर्छ तथा पूर्वजलाई गति मिल्नको लागि आवश्यक आध्यात्मिक ऊर्जा प्रदान गर्छ ।

  • सामान्य व्यक्ति (जो नियमित साधना गरिरहेको छैन) उनको लागि SSRF को सुझाव छ कि, उनी पितृपक्षको (सोह्र श्राद्धको) समय प्रतिदिन न्यूनतम घण्टा जप गर्नुहोस् ।
  • नियमित साधना गर्ने साधक साधनाको तीव्रता ध्यानमा राख्दै उनले १ घण्टासम्म कम्तीमा गर्न सक्छ । उदा. प्रतिदिन अनेक घण्टासम्म साधना गर्ने साधक ‘श्री गुरुदेव दत्त’ नामजप केवल १ घण्टा गर्नुहोस् ।

यो ध्यान राख्नुहोस् श्री गुरुदेव दत्तनामजप गर्नाले केवल ५० प्रतिशत आध्यात्मिक फाईदा हुन्छ । शेष ५० प्रतिशत लाभश्राद्ध विधिगर्नाले हुन्छ

३.२ श्राद्ध विधि गर्ने

आध्यात्मिक दृष्टिले प्रभावशाली श्राद्ध विधि गर्दाले न केवल मृत पूर्वजको इच्छा पूर्ति हुन्छ, उनको आगाडिको यात्राको लागि ऊर्जा पनि प्राप्त हुन्छ । मृत पूर्वजको एउटा पनि तीव्र अतृप्त इच्छा उनको अगाडिको यात्रामा बाधा पुराउँछ । श्राद्धबाट प्राप्त ऊर्जा त्यो इच्छा पूर्तिको लागि प्रयोगमा लगाईन्छ । अत: नियमित रूपले श्राद्ध गर्नाले वासना बिस्तारै-बिस्तारै न्यून हुन्छ तथा अगाडिको यात्राको लागि गति मिल्न थाल्छ ।

श्राद्धकर्मको अन्य महत्त्वपूर्ण लाभ यो हो कि जुन मृत पूर्वजको लागि यो विधि गरिन्छ उनको मानसिकतामा सकारात्मक परिवर्तन ल्याउनमा सहायता हुन्छ । यस्तो विशेष गरेर ती पूर्वजको सन्दर्भमा हुन् जसको पुण्य अधिक / आसक्ति अल्प छन् तथा जो आध्यात्मिक रूपले अधिक सकारात्मक छन् । यसको अर्थ हो कि जब विधि भावको साथ गरिन्छ तब यसले मृत पूर्वजको साधना गर्ने इच्छामा वृद्धि हुन सक्छ तथा फलस्वरूप उनको आध्यात्मिक प्रगति हुन्छ । तदनुसार जब पूर्वज भूलोकमा जन्म लिन्छ तब उनको मनमा साधनाको बीज स्थापित रहन्छ । फलस्वरूप उनलाई आध्यात्मिक यात्रा प्रारम्भ गर्नमा सहायता मिल्दछ ।

.. श्राद्धकर्मको सरल विधि

पारम्परिक रूपले श्राद्धकर्म दीर्घ विधि हो । त्यसैले कोही व्यक्तिको लागि अनेक घटक जुटाएर श्राद्धकर्म गर्न कठिन हुन सक्छ । जो व्यक्ति पूरै विधि गर्नसक्दैन, उनको लागि SSRF ले श्राद्धकर्मको केही सरल चरण बताएको छ । पारंपरिक रूपले श्राद्धकर्म घरको सबै भन्दा ठूलो पुरुष सदस्यले गर्नुपर्छ । तर यो सरल विधि घरको कुनै पनि पुरुष अथवा स्त्री सदस्यले गर्न सक्छ । (मासिक धर्मको ५ दिनसम्म स्त्रि यो विधि नगर्नुहोस् ।)

आदर्श रूपले तल दिएको विधि पितृपक्षको समयमा प्रतिदिन गर्नुपर्छ । तर यो सम्भव छैन भने, सोह्र श्राद्धको कुनै एक दिन अवश्य गर्नुपर्छ । यदि सम्भव छ भने जुन दिन श्राद्धकर्म गर्ने विचार छ, त्यस दिन उपवास गर्नुहोस् ।

चरण : पितरको लागि खाना चढाउने

पाकेको भातमा कालो तिल मिलाएर एउटा थालमा १ गिलास पानीको साथ राख्नुहोस् । यसलाई घरको पछाडि, कौसी अथवा घर बाहिर राख्न सक्नुहुन्छ । तपाई शुद्ध शाकाहारी भोजन पनि बनाउन सक्नुहुन्छ । खाना चढाउने उचित समय विहानको ११ बचे देखि दिउँसो ४ बजे बीच हो ।

 

 

 

 

चरण : मृत पूर्वजलाई प्रार्थना

प्रार्थना गरि यो जन्म अनि पहिलाको जन्महरुको मृत पूर्वजलाई मानस पद्धतिले पुकारगरि अन्न ग्रहण गर्नको लागि बोलाउनुहोस् । मृत पूर्वजको सूक्ष्मदेह काँगको रूपमा अन्न ग्रहण गर्नको लागि आउँछ । भगवान दत्तात्रेयसँग प्रार्थना गर्नुहोस्, ‘मेरो पूर्वज यो अन्नबाट तृप्त होस्’ ।

 

 

 

 

चरण : विधिवत जल दिने (पितृतर्पण)

घरमा दक्षिणतर्फ मुख गरेर उभिनुहोस् । घासको ठूलो पत्ता (आदर्श रूपले दुबो) लिनुहोस् अनि प्रार्थना गर्नुहोस् कि यो पवित्र होस् । दुबोमा तेजतत्त्व संजोए राख्ने क्षमता अधिक हुन्छ । त्यसैले यसलाई धारण गर्ने व्यक्ति अनि वातावरण शुद्ध गर्छ । यस दुबोलाई (घासको पत्ती) दायाँ हातको अनामिका (सानो आैंलाको छेउको आैंला) मा आैठी समान बाध्नुहोस् । बायाँ हातमा पानीको गिलास लिनुहोस् अनि दायाँ हातमा पानी हाल्नुहोस् । पानीलाई दायाँ हातको बुडी अौंला अनि चोर आैंलाको बिचबाट बग्न दिनुहोस् । यदि सम्भव छ भने तल सुन, चादी अथवा तामाको थाल राख्नुहोस् ।

 

चरण : अर्पन गरेको भोजनको विसर्जन विधि

यदि दिउसोसम्म (late afternoon) कागले भोजन गरेको छैन भने भोजनलाई सूर्यास्त पूर्व विसर्जित गर्नुपर्छ । यसको सर्वश्रेष्ठ विधि हो भोजनलाई बगीरहेको जल जस्तै नदी अथवा समुद्रमा प्रवाहित गर्ने । यदि यो सम्भव छैन भने तालमा प्रवाहित गर्नुहोस् । अन्तिम विकल्प हो, भोजनलाई भूमिमा गाड्ने । यसलाई पुनः घरमा लिएर नआउनुहोस् ।

 

 

 

.. श्राद्धकर्मको विकल्प

यदि अपरिहार्य परिस्थिति अथवा आर्थिक समस्याको कारण माथि उल्लेख गरेको कुनै पनि चरण सम्भव छैन भने अन्तिम विकल्पको रूपमा तपाई विधिको यो विकल्पको विचार गर्न सक्नुहुन्छ ।

  • बाहिर खुल्ला स्थानमा जानुहोस् तथा दक्षिणतर्फ मुख गर्नुहोस् ।
  • तपार्इको दुबै हात माथि उठाउनुहोस् (शरणागति दर्शाउनको लागि) अनि भगवान् दत्तात्रेयलार्इ प्रार्थना गर्नुहोस् – ‘‘म असहाय छुँ, म मेरो सबै पूर्वजहरुलाई प्रणाम गर्छु । मेरो सबै मृत पूर्वज मेरो भक्तिबाट प्रसन्न होस् । हे भगवान् दत्तात्रेय, कृपा गरि मेरो मृत पूर्वजलाई गति प्रदान गरिदिनुहोस् अनि मलाई पितरको ऋणबाट मुक्त गरिदिनुहोस् ।’’

ध्यान राख्नुहोस्, यो सबै विधिहरुको चरणमा सर्वाधिक महत्त्वपूर्ण हो तपाईको भाव तथा ईश्वर एवं दत्तात्रेय भगवान् प्रति कृतज्ञता । हाम्रो प्रार्थना छ कि तपाईलाई यस विधिले अधिकतम आध्यात्मिक लाभ मिलोस् ।

साधकहरुको आध्यात्मिक अनुभव जब उनीहरुले श्राद्ध विधिको वैकल्पिक विकल्प अपनाए, ती तल दिएका छन् ।

   

.. श्राद्ध विषयमा अधिक जानकारी लेखको सन्दर्भ

श्राद्ध एवं विधि सन्दर्भमा अधिक जान्नको लागि SSRF को ग्रन्थ विक्रय भण्डार मा उपलब्ध ‘श्राद्ध’ ग्रन्थ पढ्नुहोस् । मृत्यु उपरांत एवं अर्को जन्मसम्मको कालावधि गर्भमा हुर्किरहेको शिशु समान हुन्छ । शिशु सुदृढ जन्मियोस् यसको लागि गर्भमा स्थित शिशुको जुन प्रकार रक्षा गरिन्छ, त्यस प्रकार श्राद्धको विविध विधियहरुको माध्यमबाट मृत पूर्वजलाई पनि  त्यसरीनै रक्षा गरिन्छ । श्राद्धको समय उच्चारित मन्त्रको माध्यमले उत्पन्न तरङ्ग, पुरोहितको आशीर्वाद, आफन्तको सद्भावना एवं पिण्डदान एवं अन्य विधियुक्त पूजाको कारण असाधारण परिणाम मिल्दछ, जसको सन्दर्भमा तर्कले बुझ्न सम्भव छैन । श्राद्धको कारण पूर्वजको सूक्ष्म शरीरको सबैतर्फ संरक्षक कवच निर्माण हुन जान्छ, जसको कारण उनलार्इ गति मिल्नमा सहायता हुन्छ । पाताल एवं भुवर्लोक मा यो विधि लाभदायक सिद्ध हुन्छ ।

टिप्पणी : जुन प्रकार माता आफ्नो गर्भमा हुर्किरहेको शिशुको जन्म हुने बेलासम्म संरक्षण गर्छिन्, त्यसै गरी श्राद्ध सम्पन्न भएपछि त्यस विधिहरुले पूर्वजको लागि एक संरक्षक कवच प्रदान गर्दछ ।

श्राद्ध विधि पुरुषद्वारा गर्न आवश्यक छ । जसको माता-पिताको निधन भएको छ एवं जसको दाजु-भाई छैन, यस्तो एक्लो स्त्री उनको तर्फबाट पुरोहितलार्इ यो विधि गर्नको लागि निवेदन गर्न सक्नु हुन्छ।

  • स्वयंको साधना बढाउने : जब कोहि प्रतिदिन साधना गर्छ, तब उनको आध्यात्मिक उन्नति हुन्छ, जसले उनको आध्यात्मिक संरक्षण बढेर जान्छ । भगवान दत्तात्रयको नामजप ‘श्री गुरुदेव दत्व’ को जप पितृपक्षको समयमा गर्दा पूर्खाहरुलार्इ अगाडिको यात्राको लागि गति प्राप्त हुन्छ ।

अडियो फाइल डाउनलोड गर्नको लागि कृपया तस्वीरमा दायाँतर्फ क्लिक गर्नुहोस् र “save link as / save target as” क्लिक गर्नुहोस् !