पितृ पक्ष सम्मबन्धि आध्यात्मिक अनुभव – पेट्रा र्इस्टीच

पितृ पक्ष सम्मबन्धि आध्यात्मिक अनुभव – पेट्रा र्इस्टीचपितृ पक्षको पहिलो रात (सोह्र श्राद्ध जनु समय मृतक पूर्खा पृथ्वी नजिक आउँछ) मेरो आध्यात्मिक कष्ट बढ्यो । म धेरै दुखी, एक्लोपन, निराशा अनि पूर्ण रुपले असफल महसुस गरे । मैले धेरै असहाय महसुस गरे अनि नसुतुन्जेल रुएँ ।

अधिल्लो दिन म अझै नकारात्मक महसुस गरिरहेको थिए अनि बिहान काममा पनि जान सकेन । मैले भगवानलार्इ चिठी लेखें कस्तो महसुस गरि राखेको छुँ भनेर, शब्दहरु आफै आउन थाल्यो । चिठी लेख्दा तब मैले महसुस गरें जुन दु:ख मैले अनुभव गरिरहेको छुँ त्यो मेरो होइन तर अरु कसैको हो । मलार्इ यस्तो पनि अनुभव भयो कि ती नकारात्मक भावनाहरु मेरो स्त्री पूर्खाबाट आर्इरहेको छ ।

मालार्इ यो अनुभूतिले ती नकारात्मक भावनाहरुबाट टाढा रहन मद्द गर्यो अनि निरीक्षकको रुपमा हेर्न थाले । यसले गर्दा समग्रमा मेरो कष्ट पनि घट्यो अनि म काममा जान पनि सक्यो ।

म SSRF को साधकद्वारा संचालन गरेको online सत्संगमा सहभागी हुँदै आइरहको थिएँ, अनि सत्सङ्ग संचालकले पितृ पक्ष पहिला भन्नु भएको थियो पूर्खाहरुको कष्ट कम गर्नको लागि पितृ पक्षको समय श्राद्ध (जसले मृतक पूर्खालार्इ आध्यात्मिक स्तरमा फार्इदा मिल्छ) विधि एउटा महत्वपूर्ण पक्ष हो । बताउनु भएको थियो, विधि गर्न यूरोपमा सायद सम्भब हुन सक्दैन तर मैले यसको सरल विधिहरु गर्न सक्छु ।

मलार्इ श्राद्ध बारे केही पनि थाहा थिएन त्यसैले मैले जति सक्छ मेरो तर्फबाट राम्रोसँग गर्ने प्रयास गरें । अर्को दिन मैले पकाएको भात, सुपारी, शाकाहारी खाना, पाउरोटी त्यसमा तिलको दाना, बिस्कुट र मिठार्इ सँगै विहान घरबाट काममा लिएर गएँ । मैले तुल्सीको पत्ता (सात्तविमा यो विरुवा उच्च छ), SSRF को धुप, पवित्र तिर्थ शुद्धि गर्नको लागि जाहाँ म श्राद्ध गर्नेछुँ साथमा ल्याएको थिए ।

काम पछि म नजिको बगैजामा गएँ अनि खाली ठाउँ फेला पर्यो । त्यस ठाउँमा SSRF को धूप जलाएर अनि पवित्र तिर्थ छर्किएर शुद्ध गरे । त्यसपछि मैले मेरो साथ ल्याएको प्रसाद ठूलो ढुङ्गामाथि राखे जुन मैले पहिला सफा गरि सकेको थिएँ ।

अनि म दक्षिण फर्केर मेरो दुवै हात माथि उठाएर यस प्रकार प्राथना गरें, ‘मसँग पैसा छैन श्राद्ध विधि गर्नको लागि । म मेरो सबै पूर्खाहरुलार्इ नमस्कार गर्छु । सबै जाना मेरा भक्तिबाट तृप्त होस् । कृपया मलार्इ मेरो पूर्खाको ऋणबाट मुक्त गरिदिनुहोस् ।’

त्यसपछि तुरुन्तै मलार्इ पितृ पक्षको पहिलो रात महसुस गरेको नकारात्मक भावना फर्कियो । मलार्इ पुष्टी भयो कि कष्ट पूर्खाले नै गरेको हो अनि मैले गरेको श्राद्ध विधिमा पूर्खा उपस्थित हुनु हुन्थ्यो । श्राद्ध पूर्ण भर्इ सकेपछि मलार्इ थकाइ लाग्दा पनि हल्का अनि आराम महसुस गरे ।

सम्पादकको टिप्पणी : कहिले काही कसैलार्इ आध्यात्मिक उपचार अथवा विधि जस्तै श्राद्ध गर्दा आध्यात्मिक उपचारको प्रभावले गर्दा थकान महसुस गर्न सक्छ । यसको कारण हो आध्यात्मिक उपचारबाट सकारात्मक ऊर्जा र नकारात्मक ऊर्जा जसले व्यक्तिलार्इ प्रभावित गरिरहेको छ त्यस बिच सूक्ष्म युद्ध हुन्छ । सूक्ष्म युद्ध भर्इरहदा यसले अस्थायी रुपमा प्राण शक्ति कम गरि दिन्छ त्यसैले दकान महसुस हुन्छ । सामान्यतया समय बित्दै जादा राम्रो महसुस हुन्छ, प्राण शक्ति पनि बढ्दै जान्छ ।

त्यस बेला देखि मैले महसुस गरें मेरो मन धेरै स्थिर भयो । मेरो भगवान माथि विश्वास पनि बढ्यो अनि साधानामा धेरै प्रयास गर्ने दृढ-संकल्प भयो ।

मबाट मेरो पूर्खाहरुको लागि श्राद्ध विधि गर्ने अवसर दिनु भएकोमा भगवान प्रति कृतज्ञता छुँ ।