A3 स्वयम सूचना शैली

A3 स्वयम सूचना शैली

1. A3 प्रकारको स्वयम सूचनाको परिचय

के तपाइँ कहिले बैठकमा हुनुहुन्छ र लाग्छ कि कति राम्रो विचार आयो तर सबैलार्इ बताउन हिचकिचाउनु हुन्छ ? या के तपाई असुरक्षाको भावनाको कारण राम्रो मित्रता हुन सक्ने कुराबाट टाढा रहनु हुन्छ ? हाम्रो लाजालुपन, डर र असुरक्षाले हामीलाई रोक्न सक्छ र हामीलाई हाम्रो जीवनको सबै पक्षहरूमा पूर्ण क्षमता प्राप्त गर्नबाट पनि रोक्न सक्छ । हामीले अरूलाई देख्न सक्छौं कि जो परिस्थितिहरू सम्हाल्न सक्षम हुन्छन् जस्तै सार्वजनिक बोल्ने ठाउँमा राम्रोसँग बोल्ने या शान्तपूर्वक सम्पर्क गर्ने सक्ने र हामी पनि उनीहरू जस्तो हुन चाहन्छौं । जहाँसम्म, हामी आफैंमा यी गुणहरू देख्दैनौं, यो विश्वास गर्न गाह्रो हुन्छ कि हामी कहिले पनि गुणहरु विकसित गर्न सक्दछौं र त्यतिनै राम्रो हुन सक्छौं ।

धेरै व्यक्तिले यस्तो समस्याहरूको अनुभव गर्छन्, र त्यहाँ धेरै लेखहरू, स्वयम सुधार पुस्तकहरू, पाठ्यक्रमहरू, इत्यादि छन् जसले मानिसहरूले यसलाई हटाउन मद्दत गर्न डिजाइन गरिएको छ । यी मध्य केहि समाधानहरू जटिल हुन सक्छन् । जहाँसम्म, धेरै व्यक्तिहरू अनजान छन् कि एउटा सरल शैली छ त्यो हो नियमित केहि पंक्तिहरु दोहोर्याउदा लजालुपन, डर, असुरक्षा र अन्य धेरै दोषहरु माथि समाधान प्राप्त गर्न मद्दत गर्न सक्छ । यो A3 स्वयम सूचना शैली हो । यो लेखमा, हामी यस शैलीको बारेमा अधिक व्याख्या गर्नेछौं र कसरी यसको उपयो गरि अवरोधहरु र अन्य नकारात्मक दोषका लक्षणहरू हटाउन सकिन्छ ।

2. A3 स्वयम सूचना शैलीको परिभाषा

A3 स्वयम सूचना प्रविधीलाई “सम्मोहन डिसेन्सिटेशन शैली” (‘Hypnotic desensitization technique’) या  “सम्मोहन ट्रान्समा चित्रण” (‘Imagery in a hypnotic trance’) पनि भनिन्छ ।  यो शैलीमा हामी मनमा एउटा दृश्यको सिर्जना गर्छौं जहाँ हामी सफलतापूर्वक तनावको स्थिति सामना गर्नको लागि आफुलाई स्वयम-प्रेरित सम्मोहन ट्रान्सतर्फ लैजान्छौं । यो मानसिक पूर्वाभ्यासले व्यक्तिलार्इ तनाव हटाउन सक्षम बनाउँछ । जबकि मनले कसरी समस्याको सामना गर्ने भनेर पूर्वअभ्यास गरिसकेको हुन्छ र जब घटना वास्तवमा घट्दछ, व्यक्तिलाई तनाव महसुस हुँदैन ।

Use the A3 Autosuggestion to overcome incorrect reactions when the duration of the incident is long.

डिसेन्साइटिसेन (Densensitisation) भनेको कुनै अनुभव या भावनाको तीव्रतामा क्रमिक गिरावट ल्याउनु हो । यो कन्डिसनिंगद्वारा गरिन्छ या उत्तेजना पहिले जसले डर निर्माण गर्दथ्यो त्यसको लागि सकारात्मक प्रतिक्रिया उत्पन्न गरिन्छ । आफ्नो मनमा बारम्बार डर उत्पन्न गर्ने उत्तेजना या परिस्थितिलार्इ सफलतापूर्वक सामना कसरी गर्न सकिन्छ भनेर अभ्यास गर्नाले अन्ततः मनको अप्रिय प्रतिक्रियालाई कमजोर गर्दछ ।

3. यो कहिले प्रयोग हुन्छ ?

  • A3 स्वयम सूचना शैली लामो घटना/परिस्थित बाट व्यक्तिमा हुने गलत प्रतिक्रिया (जसले व्यक्तिलार्इ तनाव दिन्छ) हटाउन प्रयोग गरिन्छ । यो घटनाको अवधि १-२ मिनेट भन्दा लामो समयसम्म रहन्छ, उदाहरणको लागि, हवाई यात्राको डर, आउँदो परीक्षाको बारेमा तनाव, भोजमा भाग लिन असजिलोपन, यौन-क्रिया दौरान अशक्तता, आदि ।
  • यसको उपयोग दृढताको अभाव, पहलको अभाव, कम बोल्ने स्वाभाव, आत्मविश्वासको कमी, अधीनता (submissiveness), डरपोकपन, हीन भावना आदि जस्ता स्वाभाव दोषहरु हटाउन सकिन्छ । यसले नकारात्मक संस्कारहरू जस्तै ‘म यो गर्न सक्दिन, या मलार्इ थाहा छैन कि म यो गर्न सक्छु’ पनि हटाउन मद्दत गर्दछ ।
  • थप रूपमा, A3 स्वयम सूचनाले अत्यधिक भय (Phobias, कुनै वस्तु या स्थितिबाट उत्पन्न हुने डरको कारण चरम चिन्ताको स्थिति) र OCD (Obsessive compulsive disorder, जुनूनी बाध्यकारी डिसअर्डर) हटाउन मद्दत गर्दछ । अत्यधिक भयले (फोबियाले) हामीलाई कमजोर पार्न सक्छ । अक्सफोर्ड अंग्रेजी शब्दकोशले लगभग १०८ फोबियाहरुलाई सूचीकृत गरिएको छ । यो स्वयम सूचनाले पोस्ट-ट्राउमेटिक स्ट्रेस डिसअर्डर (PTSD, post-traumatic stress disorder) लक्षणहरू हटाउनमा पनि मद्दत गर्दछ ।

3.1 नकारात्मक विचारहरूको सामना गर्ने

मनले हामीलाई परिस्थितिहरूको बारेमा धेरै नकारात्मक विचारहरू दिन्छ जस्तौ जहाँ हामी आत्मविश्वासको कमी, हीन भाव, भय आदि महसुस गर्न सक्छौं ।

उदाहरणको लागी, जब एउटा व्यक्ति अन्तर्वार्ताको लागी जानु भन्दा पहिला, उसलार्इ घबराहट र तनाव आउन सक्छ जसको परिणाम स्वरुप पक्षाघातको प्रभाव हुन सक्छ । व्यक्तिको मनले घटना बारे नकारात्मक चित्र, चित्रण गरेर अत्यधिक विचारहरु बढ्दछ जस्तै, ‘ओहो, म अन्तर्वार्ता राम्रोसँग गर्न सक्दिन, म डराउनेछु, साक्षात्कारकर्ता मैले दिएको जवाफबाट सन्तुष्ट हुनेछैन, म पक्का छु कि म बरबराउनेछु र अन्ततः मलार्इ चयन गर्दैन आदि ।’ प्रत्येक विचारको पछाडि उर्जा हुन्छ, र त्यसमा व्यक्तिलाई तल झार्ने क्षमता हुन्छ । जब धेरै नकारात्मक विचारहरू हुन्छन्, हाम्रो मनले हामीलाई असफलताको लागि तयार बनाउँछ ।

A3 स्वयम सूचनाले हामीलाई यी सबै नकारात्मक विचारहरु प्रति सकरत्माक विचारले मुकाबला गर्न मद्दत गर्दछ । यसले हामीलाई परिस्थिति कसरी समना गर्ने भनेर पूर्वाभ्यास गराउँदछ र यसले मनलार्इ आश्वासन दिन्छ ।

3.2 पूर्वाभ्यास विरुद्ध योजना

धेरै पटक, हामी अग्रिम योजना बनाउँदछौं कि स्थलमा जादा / कार्यक्रममा सहभागी हुन्दा कसरी बोल्ने, व्यवहार गर्ने या कार्य गर्ने भनेर । त्यसोभए, के घटनाको पूर्वाभ्यास गर्ने र A3 स्वयम सूचना दुवै उस्तै हुन् ? उत्तर हो, दुई फरक हुन् । पहिलो (जुन योजना बनाईन्छ) सचेत मनको स्तरमा हुन्छ र दोस्रो (जुन, स्वयम सूचना मार्फत अभ्यास) अवचेतन मनको स्तरमा हुन्छ ।

4. A3 प्रकारको स्वयम सूचना बनाउने ढाँचा :

A3 स्वयम सूचना बनाउँदा, पूरै घटना वर्तमान निरन्तर कालमा सकरात्मक तरीकाले लेख्नुपर्छ, मनमा पूर्वाभ्यास गर्दै कि हामी कठिन परिस्थितिलाई सफलतापूर्वक सामना गरिरहेका छौं । यो तयार गरिन्छ ताकि मनको तनाव दूर गर्न सक्छौं । यसले हाम्रो कार्यहरु र विचारहरुमा सुधार गरि वास्तविक परिस्थितिलाई राम्रोसँग सम्बोधन गर्न मद्दत गर्दछ । मनलार्इ दिएको प्रत्येक सकारात्मक वाक्यले नकरात्मक विचारहरूलाई रोक्न मद्दत गर्दछ ।

A3 स्वयम सूचना बनाउनको लागी ढाँचा तल दिएको छ :

  1. हामीले वर्तमान निरन्तर कालमा वाक्यहरू बनाउनु पर्छ ।
  2. वाक्य सकारात्मक हुनु पर्छ । हामीले कुनै पनि नकारात्मक शब्दहरू प्रयोग गर्नु हुँदैन जस्तै ‘होइन’।
  3. यो ५ वाक्यहरु भन्दा कम हुनु हुँदैन र १५ भन्दा बढी वाक्यहरु हुनु हुँदैन ।
  4. वाक्यहरू सरल हुनुपर्छ जसले गर्दा मनले सजिलैसँग बुझ्न सकोस ।
  5. वाक्यको अन्त्यमा यदि सम्भव छ भने हामीले कार्य सफलतापूर्वक पूरा गर्यैं लेख्नुपर्छ ।

माथिको ढाँचा प्रयोग गरेर, कसरी एउटा A3 स्वयम सूचना लेख्न सकिन्छ भन्ने उदाहरण लिऔं :

A3 स्वयम सूचना शैली

यो डरलाई सम्बोधन गर्न कसरी A3 स्वयम सूचना प्रयोग गर्न सकिन्छ भन्ने एउटा उदाहरण तल दिइएको छ ।

  • मलार्इ विचारहरू आइरहेको छ कि मैले बैठक सञ्चालन गर्नु पर्छ ।
  • म प्रार्थना गर्दैछु र शान्त हुँदैछु ।
  • मैले बैठकको शीर्षक बुझेको छु र के भन्ने भनेर योजना बनाउँदैछु ।
  • म स्थिर मनको साथ बैठक कोठामा प्रवेश गर्दैछु र विश्वासको साथ बैठक सुरु गर्दैछु ।
  • बैठक सुचारु रुपमा हुँदैछ, र म मेरो वरिष्ठ अधिकारीहरूको प्रश्नहरूको चित्तबुझ्दो जवाफ दिँदैछु ।
  • सबैजना मेरो प्रस्तुतिसँग सन्तुष्ट देखिरहेका छन् ।
  • म ईश्वरप्रति कृतज्ञता व्यक्त गर्दैछु कि म निर्धक्क भएर सभा सञ्चालन गर्न सकें ।

अर्को उदाहरण कसरी A3 स्वयम सूचनालाई बनाउन सकिन्छ :

  • मेरो प्रस्तुतीकरण सोमबारको लागि निर्धारित गरिएको छ ।
  • म प्रस्तुतीकरणको बुँदाहरूलाई ठूलो स्वरमा अभ्यास गर्दैछु जुन मैले अरूलाई बुझाउनु पर्छ ।
  • म यसको लागि पूर्ण रूपमा तयार छु ।
  • म शान्तपूर्वक मेरो मनमा बुँदाहरूलाई परिमार्जन गर्दैछु ।
  • म विश्वस्त छु कि श्रोताहरुले सोधेको कुनै पनि प्रश्नको चित्तबुझ्दो जवाफ दिन सक्षम हुनेछु ।
  • म समयमा नै सम्मेलन स्थलमा आइपुगेको छु ।
  • मलार्इ प्रस्तुतीकरण गर्नको लागि मञ्चमा बोलाएको छ ।
  • म धेरै शान्तसँग आफ्नो सिटमा बसेको छु ।
  • कार्यक्रम सञ्चालकले मलार्इ प्रस्तुतीकरण सुरू गर्न आग्रह गर्दछ ।
  • म मेरो प्रस्तुतीकरणमा उल्लेख गरिएका सबै बुँदाहरूको व्याख्या गरिरहेको छु जुन राम्रोसँग भइरहेको छु ।
  • दर्शकहरूले सोधेका सबै प्रश्नहरू सजिलो छन् र म तिनीहरू पूर्ण उत्तर दिन सक्षम छु ।
  • प्रस्तुतीकरणको लागि समय सीमा समाप्त हुन्छ ।
  • म घर फर्कंदै छु र मेरो परिवारलाई भन्दैछु कि मैले राम्रो प्रस्तुतिकरण दिएँ र सबैले मन पराए ।
  • मेरो आत्मविश्वास बढेको छ । म आराम गरीरहेको छु र अर्को दिनको लागि तयारी गर्दैछु ।
  • म शान्तपूर्वक निदाइरहेको छु ।

5. कसरी थाहा पाउने कहीले A3 स्वयम सूचना शैली छनौट गर्ने

A3 शैलीको छनौट कसरी गर्ने भनेर निर्धारण गर्ने दृश्यको प्रतिनिधित्व तल दिइएको छ ।

A3 स्वयम सूचना शैली

A3 शैली चयन गर्ने तरीका बुझ्नको लागि एक व्यावहारिक उदाहरणको रुपमा तल दिएको गलती लिऔं ।

A3 स्वयम सूचना शैली

उदाहरणको विश्लेषण:

  1. स्वयम सूचना निर्धारित गर्नको लागि पहिला सोध्नु पर्ने प्रश्न हो – कसको स्वाभाव दोष मुख्यतया परिस्थितिमा तनावको कारण हो वा गलतीको लागि जिम्मेवार को हो । यहाँ हो “स्वयम” किनभने हेलेन आफ्नै चिन्तामा छिन् । हेलेनले उनको एयर्बीएनबी भाडा स्थापना गर्न निकै प्रयास गरेकि छिन्, त्यसैले सम्भावना छ कि पाहुनाहरूले पनि सकारात्मक समीक्षा दिन सक्छन् । त्यसकारण यो ‘स्वयम’ हो ।
  2. हामीले सोध्ने अर्को प्रश्न हो, ‘के यो गलती गलत कार्य, विचार वा भावना हो अथवा एउटा गलत प्रतिक्रिया’ हो ? यहाँ यो पाहुना / स्थितिप्रति ‘प्रतिक्रिया’ ।
  3. अन्तमा, हामीले सोध्नु पर्ने प्रश्न हो के यो लामो समयदेखि भर्इरहेको घटना/परिस्थिको कारण हो । यो अवस्थामा हो, लामो समयदेखि भइरहेको हो जहाँ हेलेन एयरबएनबी भाडामा बस्न आउने पाहुनाहरुबाट नकारात्मक समीक्षा प्राप्त गर्ने सम्भावना बारेमा लगातार चिन्ता गरिरहेकी छिन् ।

त्यसकारण, विश्लेषणको आधारमा, A3 स्वयम सूचना प्रयोग गर्न सकिन्छ ।

स्वयम सुचना यस्तो हुन सक्छ :

  • मलार्इ विचारहरु आइरहेको छ कि एयरबिनब पाहुना आज चेक इन गर्दैछ ।
  • म शान्त महसुस गर्दैछु किनभने उनीहरूको कोठा र सबै आगमनहरु तयार छ ।
  • म पाहुनालाई सोध्नको लागि एउटा छोटो सन्देश पठाउँछु कि उनीहरू कहिले आउँछन्, र उनीहरुले सकारात्मक प्रतिक्रिया दिनेछन् ।
  • जब पाहुनाहरु आईपुग्छन्, म उनीहरूलाई न्यानो अभिवादन गर्दछु र उनीहरुलाई भन्ने छु कि घरका सुविधाहरू कसरी प्रयोग गर्ने ।
  • तिनीहरू सकारात्मक मनोवृत्तिको साथ निर्देशनहरू सुन्दै र बुझीरहेका छन् ।
  • अतिथिको बसाईको समय, सबै चीज सहज रूपमा हुन्छ, र म उनीहरूसँग स्पष्ट रुपमा कुराकानी गर्दैछु ।
  • उनीहरू आफ्नो बसोबासको आनन्द लिइरहेका छन् र म उनीहरूलार्इ राम्रोसँग देखभाल गर्दैछु ।
  • पाहुनाहरू चेक आउट गरेपछि, तिनीहरूले एयरबिएनबीमा सकारात्मक समीक्षा छोड्छन् । ईश्वरको अनुग्रहबाट, अहिले सम्म मेरो पाहुनाहरूले सबै सकारात्मक समीक्षा दिएका छन् ।
  • म भगवानलार्इ आभार व्यक्त गरिरहेको छु किनकि सम्पूर्ण प्रवास सुचारु रुपमा हुन्छ ।

6. कसरी A3 स्वयम सूचना दिने

यहाँ A3 स्वयम सूचना लिन २ प्रकारका तरिकाहरू छन् ।

6.1 A3 स्वयम सूचना दिनको लागि विधि १

पहिलो विधि तलको तालिकामा दिएको ढाँचा अनुसार छ । यो प्रार्थनासँग सुरू हुन्छ र मन शान्त बनाउन नामजप गर्ने । व्यक्तिले एक पटक मात्रै A3 स्वयम सूचना पढ्नुपर्छ । अन्य स्वयम सूचना शैलीको विपरीत जहाँ व्यक्तिले स्वयम सूचनालाई पाच पटक दोहोर्याउँछ, A3 स्वयम सूचना मात्र एक पटक दोहोर्याउनु पर्छ किन कि यो धेरै लामो हुन्छ ।

# विवरण मिनेट:सेकेन्ड
1 प्रार्थना – “हे भगवान यो स्वयम सूचना मेरो अवचेतन मनसम्म पुग्न दिनुहोस्, यो स्वयम सूचना सम्बन्धि सबै अवरोधहरू हटाईदिनु होस् र मलाई यो स्वयम सूचनाबाट गुणहरू आत्मसात गर्न दिनुहोस् ।” ० : ३०
2 ईश्वरको नाम जप गर्ने1 २ : ००
3 A3 स्वयम सूचना दिने १ : ३०
4 कृतज्ञता व्यक्त गर्ने – ‘यो स्वयम सूचना सम्पन्न भएकोमा कुतज्ञ । मलाई प्रत्येक दिन स्वयम सूचना लिन सक्षम बनाइ दिनुहोस् । ’ १ : ००
स्वयम सूचनाको कुल अवधि ५: ००

फुटनोट १ : ईश्वरको नाम जप गर्दा आरामदायी प्रभाव आउँदछ, जुन मनमा त्यस्तै प्रभाव पार्छ जुन तल दिइएको ‘कन्डिसन गणना प्रभिधि’ (conditioned counting technique) बाट हुन्छ ।

6.2 A3 स्वयम सूचना दिने विधि २

दोस्रो विधि एउटा ट्रान्सद्वारा (trance) गरिन्छ । एउटा A3 स्वयम सूचना दिनको लागि गहिरो ट्रान्स आवश्यक पर्छ । ट्रान्समा जानु भनेको अभ्यासद्वारा सचेत र अवचेतन मन बीचको पर्दा हटाउनु हो । जब यो पर्दा हटाइन्छ, चेतन मनलार्इ जे भन्छ त्यो अवचेतन मनमा प्रवेश गर्दछ र बिस्तारै अपेक्षित परिणामहरू देखाउन सुरू गर्दछ ।

ट्रान्समा जान विभिन्न अभ्यासहरू छन् । सबैभन्दा सरल हो, गहिरो ट्रान्सको व्यायाम, ‘कन्डिसन गणना प्रभिधि’ र यो तल वर्णन गरिएको छ ।

कन्डिसन गणना प्रभिधि: हामी कल्पना गर्न सक्छौं कि हामी ट्रान्समा जाँदैछौं । व्यक्तिले कल्पना गर्न सक्दछ, ‘अब म १ देखि १० सम्म गन्न गईरहेको छु । ३ को गन्तीमा, म मेरो आँखा बन्द गर्नेछु र आराम गर्नेछु । प्रत्येक क्रमिक संख्याको साथ, म अधिक भन्दा अधिक आराम गर्नेछु, र १० को गन्तीको साथ म गहिराइसम्म आरामको स्थितिमा जान सक्षम हुनेछु र म जे सोच्छु त्यसमा पूर्ण ध्यान दिन सक्षम हुनेछु । १…..२…..३ (आँखा बन्द)…..४…..५…..६…..७…..८…..९…..१०.।’

कन्डिसन गणनाको लाभ

  1. यो जहाँसुकै पनि गर्न सकिन्छ जस्तै ट्रेन, बस, अफिस किनभने यो व्यायामा हात या पाखुराको कुनै पनि अनौठो हलचल समावेश हुँदैन ।
  2. यो व्यायाम छोटो छ, ट्रान्समा जानको लागि लगभग २० सेकेन्ड मात्र आवश्यक हुन्छ, त्यसैले एक दिन मा धेरै पटक गर्न सकिन्छ । यो विशेष गरी आपतकालमा या डरलाग्दो परिस्थितिमा उपयोगी हुन्छ (जस्तै परीक्षा या अन्तर्वार्ताको अगाडि तनावग्रस्त भएको बेला) १ देखि १० सम्म गणना गर्न सजिलो हुन्छ । ट्रान्समा गएपछि, हामीले ट्रान्सको अवस्थालाई सकारात्मक तरिकाले कल्पना गर्नुपर्छ ।

सम्मोहन ट्रान्समा इमेजरी (स्वयम सूचना) कसरी सञ्चालन गर्ने ?

  1. पहिला ट्रान्समा जानुहोस् ।
  2. एउटा अवस्थालाई कल्पना गर्नुहोस् जसले तनावलाई उत्प्रेरित गरिरहेको छ – सकारात्मक, वर्तमान निरन्तर कालमा, कुनै पनि नकारात्मक बयान बिना ।
  3. सम्पूर्ण सुझाव लामो छ । यो स्वयम सम्मोहनको प्रत्येक सत्रको समयमा मात्र एक पटक गरिन्छ ।

त्यसपछि, कृतज्ञता व्यक्त गर्नुहोस् र सत्र समाप्त हुन्छ ।

7. A3 प्रकारको स्वयम सूचनाको उदाहरणहरू

यो खण्डमा, हामी तपाईलाई परिस्थितिहरूको विभिन्न उदाहरणहरू प्रदान गर्दछौं जहाँ एउटा सामान्यतया प्रतिक्रिया हुन सक्छ । तलको स्लाइडशोमा देखाईएको छ :

  1. गल्ती
  2. विश्लेषण
  3. सुझाव दिएको स्वयम सूचना
कृपया ध्यान दिनुहोस् कि हामीले प्रत्येक गल्तीको लागि वैकल्पिक स्वयम सूचनाहरु प्रदान गरेका छौं । किन भने कुनै व्यक्तिको लागि उसको व्यक्तित्व अनुसार, उसको मनमा अरू केही दृष्टिकोण बढी ग्रहणशील हुन सक्छ ।

यी स्वयम सूचनाहरुले स्वाभाव दोषहरु हटाउन सक्छ जस्तै

  1. उडानको डर
  2. एउटा अन्तर्वार्ता हुनु अघि तनाव
  3. गाडी चलाउन डर
  4. गाडी चलाउनको लागि परीक्षा दिन डर
  5. कलेजको पुनर्मिलन कार्यक्रममा साथीहरूलाई भेट्दा निकृष्ट महसुस गर्नु
  6. परीक्षाको बारेमा चिन्ता महसुस गर्नु
  7. खाना कम गर्नमा लगनशीलताको कमी
  8. जुनूनी बाध्यकारी डिसअर्डर (OCD)
  9. भिसाको अन्तर्वार्ताको डर
  10. नयाँ व्यक्ति भेट्दा लजाउने
  11. व्यवसाय सुरु गर्नु आत्मविश्वासको कमि
  12. स्त्रीसँग कुरा गर्दा डर र लाज महसुस गर्नु
  13. आफ्नो पूर्व पतिलाई भेट्नको लागि चिन्ता
  14. अधीनमा (submissive) हुनु

8. निष्कर्ष

हामी अक्सर व्यक्तित्व लक्षणहरू, जस्तै डर, विश्वासको कमी, आदि हामी जे हौं त्यसैको हिस्सा हो भन्ने मान्छौं । एउटा भावना छ कि हामी त्यसलाई पार गर्न सक्षम हुँदैन । तर A3 स्वयम सूचना शैलीको माध्यमबाट हामी यस्ता लक्षणहरु हटाउन सक्छौं । धेरै लामो समयदेखिको मुद्दाहरूलार्इ यस प्रकारको स्वय सूचना लिएर समाधान गर्न सकिन्छ ।