A1 स्वयम सूचना शैली

A1 स्वयम सूचना शैली

१. A1 स्वयम सूचनाको परिचय

हाम्रो कार्यहरु, शब्दहरु र विचारहरुले हामीलाई मात्रै होइन हामीसँग संगत गर्ने व्यक्तिहरुलाई पनि असर गर्छ । एक तर्फ यसले हामी माथि सकारात्मक परिवर्तन ल्याउछ तर अर्को हिसाबले हेर्दा जब हाम्रो कार्य, शब्द र विचारहरु उपयुक्त भएन भने यसले अरुलाई निराशा, खारेज गर्ने (dismiss) र हानी पुराउने गर्छ । यद्यपि हामीले सक्दो प्रयास गरे पनि र हाम्रो उत्तम अभिप्राय र प्रयासको बाबजुद पनि यो अपरिहार्य हुन्छ कि हाम्रो जीवनको कुनै न कुनै समयमा हामी गलत हुन्छौं ।

यी गल्ती/कमजोरी तुच्छ हुन सक्छन्, उदाहरणको लागि हामी कामको लागि ढिलो हुन सक्छौं र निराशाको साथ यो कुरा महसुस गर्न सक्छौं कि लिफ्टको दस तल्लाबाट तल आई सकेपछि थाहा पायौं कि गाडीको सांचो घरमै भूल्यौं । कहिलेकाँही, हामी गम्भीर गल्ती पनि गर्छौं, जस्तै निर्णय गर्दा त्रुटि हुनु, जसले गर्दा हामी एउटा मुख्य ग्राहक गुमाउछौं । अन्तत: प्रत्येक गल्तीले केही तहमा तनाव र अप्रियता निम्त्याउँछ । गल्तीले सम्बन्धलाई ठोस पुराउने, अनावशेक पैसा खर्च गराउने, समय र उर्जालाई व्यर्थ गर्न सक्छ ।

हामी यी अप्रियतालाई आफ्नै तरीकाले प्रक्रियाहरु गर्छौं । धेरै जसो, व्यक्तिहरू गल्तीलाई द्रुत गतिमा पार गर्न चाहन्छन्, त्यसैले गल्तीको बारेमा धेरै सोचविचार गर्दैनन् । अर्कोतर्फ, हामीमध्ये कोहीले गल्तीहरूको चिन्तन गर्ने र गल्तीबाट सिक्ने कोशिस गर्दछौं ताकि हामी आफैंलाई नयाँ व्यक्ति बनाएर आफ्नो सीपहरू बढाउन सक्छौं, खराब बानीहरू सुधार्न सक्छौं र स्वयमलाई समग्रमा सुधार गर्न सक्छौं । हामी केही हदसम्म सफल हुन सक्छौं तर प्राय: हामी आफुलाई पूर्ण परिवर्तन गर्न असमर्थ हुन्छौं । यस्तो किन हुन्छ भने गलत कार्यहरु, विचारहरु र भावनाहरु हाम्रो अवचेतन मनको प्रभावबाट उत्पन्न हुन्छ र तिनीहरूलाई पार गर्न आध्यात्मिक उर्जाको आवश्यकता हुन्छ ।

मनोचिकित्सक र स्वयम-सुधार प्रशिक्षकहरूले अध्ययन गरेका छन् कि कसरी व्यक्तिहरू आफैलाई विस्तृत रूपमा परिवर्तन गर्न सक्दछन् र यसमा धेरै अनुसन्धानहरू प्रकाशित भएका छन् । जहाँसम्म, केवल केहि अनुसन्धानको अध्ययन या जानकारी उपलब्ध छ कि कसरी व्यक्तिले आफूलाई परिवर्तन गर्न सक्दछन् जुन हाम्रो अवचेतन मनको संस्कारहरु सम्बोधित गर्दछन् र त्यो पनि सतह स्तरमा । हामीले बारम्बार उस्तै समस्याग्रस्त परिस्थितिको सामना गरिरहनु पर्ने कारण हाम्रो नकारात्मक संस्कारलाई (हाम्रो अवचेतन मनमा)  सम्बोधन / सुधार गरिएको हुँदैन जसले गर्दा हाम्रो व्यवहार माथि नराम्रो प्रभाव पर्दछ । उदाहरणको लागी, हामी रिसाउँछौं जब हामीलाई बौद्धिक रूपमा थाहा छ कि यो उपयोगी हुँदैन, हामी अरू सँग ईर्ष्यालु महसुस गर्छौं जब हामी आफै त्यस्तो महसुस गर्न चाहदैनौं, वा हामी काममा जहिले पनि ढिलो पुग्छौं जबकि हामीलाई थाहा छ की यसले हाम्रो मालिकलाई अप्रसन्न बनाउँछ ।

स्वयम सूचनाले नकारात्मक प्रभावलाई शून्य बनाउनको लागि आध्यात्मिक शक्ति दिन्छ । पहिलाको लेखहरुमा भनिएको जस्तै , ‘स्वयम सूचना भनेको के हो? ‘, स्वयम सूचनाले हाम्रो अवचेतन मनको संस्कारलाई सम्बोधन गर्दछ, जसले गर्दा हामी आफ्नो व्यक्तित्वमा केहि सकारात्मक परिवर्तनहरू देख्न सक्छौं ।

यहाँ विभिन्न परिस्थितिलाई सम्बोधन गर्नको लागि विभिन्न प्रकारका स्वयम सूचनाहरु छन् । यो लेखमा, A1 शैलीले गलत कार्यहरू, विचारहरु र भावनाहरू सम्बोधन गर्नको लगि चर्चा गरिएको छ । थप रूपमा, A1 स्वयम सूचना शैलीले धूम्रपान, रक्सी पिउने, जुवा खेल्ने, आदि जस्ता लतहरु र खराब बानीहरू जस्तै भकभकाउनु, ओछ्यान भिजाउनु, नड़ टोक्नु आदि हटाउनको लागि प्रयोग गर्न सकिन्छ । यो खण्ड ७ मा अधिक विस्तृत रूपमा प्रस्तुत गरिएको छ ।

. A1 स्वयम सूचना शैलीको परिभाषा

A1 स्वयम सूचना शैलीले सबै गलत विचारहरू, भावनाहरू र कार्यहरू प्रति जागरूकता सिर्जना गर्दछ र मनलाई सुधार गर्नको लागि विधि दिएर नियन्त्रण गर्न सक्षम गर्दछ ।

यसको ढाँचा हो :

गलत कार्य, विचार वा भावना + जागरूकता सिर्जना गर्ने + सही कार्यद्वारा यसलाई नियन्त्रणमा राख्ने

 

ध्यान खोज्नु भ्रष्टाचार आवेगमा आउनु परिपूर्णतावाद
रूढिवादी हुनु दिवास्वप्न अनिर्णय गर्व
धेरै महत्वाकांक्षा राख्नु अवफादारी एकाग्रताको कमि हुनु स्वार्थी
अधिक विश्लेषणात्मक बन्नु अनैतिकता आलस्य शंका
धेरै घमण्ड राख्नु अधीरता गैर-समयनिष्ठा स्वच्छता

. A1 स्वयम सूचनाको संरचना र ढाँचाको अनुप्रयोग

एउटा उदाहरण दिएको छ कसरी A1 स्वयम सूचना शैली लागू गर्न सकिन्छ :

A1 स्वयम सूचना शैली

यहाँ गल्ती/ कमि यो हो की भाडा माझ्न अल्छि गरेको थियो र भाडालाई रात भरि त्यतिकै राखेको थियो ।

  • यसैले A1 स्वयम सूचनाको ढाँचा अनुसार, स्वयम सूचना यस्तो हुन्छ- जब म भाडा माझ्न अल्छि गर्छु, म यो बारेमा सचेत हुनेछु र तुरुन्तै भाडा माझ्न थाल्छु ।
  • स्वयम सूचना यसरी सुरु हुन्छ ‘ जब’ र घटनाको त्यो भाग आउछ जसले गर्दा वास्तविक ट्रीगर सुरु हुन्छ ( त्यो हो- ‘ भाडा माझ्न अल्छि गर्नु’ ) ।
  • तब, जागरूकता विकसित हुन्छ ” म यसको बारेमा सचेत हुनेछु”, यसपछि सुधारात्मक कार्य (यहाँ हुन्छ- ‘ र म भाडा माझ्ने छु’)।
  • व्यक्तित्वको प्रकारमा निर्भर गर्दै, हामी सहि परिप्रेक्ष्य माथि केहि परिवर्तन गर्न सक्छौं । उदाहरणको लागी, कसैको लागी, तुरुन्त जोड्दा तुरुन्त कार्य गर्न मद्दत हुन सक्छ । अर्कोतर्फ, कसैको लागि यसले केहि चिन्ता ल्याउन सक्छ, त्यसैले हामी हटाउन पनि सक्छौं ।

. कसरी निर्णय गर्ने कुन बेला A1 स्वयम सूचना शैली छनोट गर्ने

हेर्यौं कस्तो परिस्थिथिहरु अथवा कस्तो गल्तीहरु हुँदा A1 शैली प्रयोग गर्न सकिन्छ

A1 शैली सबै कार्यहरु, विचारहरु र भावनाहरुमा लागू गर्न सकिन्छ जुन गल्तीहरु आफैबाट भएको हुन्छ ।

तल, गलत कार्यहरु, विचारहरु र भावनाहरुको अर्थ दिएको छ ।

गल्ती / कमि वर्णन
गलत कार्य कार्य स्तरमा गल्ती हुन पुग्छ जब हामी कुनै गलत शरीरिक कार्य गर्छौं जस्तै बिहान उठेर आफ्नो ओछ्यान मिलाउदैनौं, आफ्नो मनपर्ने खाने कुरा जब हामी आफ्नो भाईबहिनीहरु सँग बाडेर खादैनौं ।
गलत विचार एउटा गलत विचार तब हुन्छ जब हामीमा नकारात्मक अथवा अनुचित विचारहरु आउँदछ जुन कुनै बाह्य कारणले हुँदैन । उदहारणको लागि, यदि व्यक्ति अचानक कुनै बाह्य कारण बिना महसुस गर्दछ कि उ राम्रो विद्यार्थी होइन र जीवनमा सफल हुन सक्दैन यो गलत विचार हुन सक्छ ।
गलत भावना गलत  भावना तब उत्पन्न हुन्छ जब कुनै विषेश भावना हाम्रो व्यक्तित्वमा बलियो हुन्छ र त्यो भावनको कारण मनमा धेरै विचारहरु आउँदछ । उदाहरणको लागि यदि चिन्ता गर्ने व्यक्तिमा एक मजबूत भावना हो भने व्यक्ति कुनै पनि बाह्य प्रोत्साहन बिना अनियमित धेरै विषयहरुमा चिन्ता लिन्छ ।

कृपया ध्यान दिनुहोस् कि माथिको कुराहरु गलत प्रतिक्रियाहरुसँग सम्बन्धित छैनन् । गलत प्रतिक्रिया बाह्य उत्तेजनाको कारण देखा पर्दछ र A1 शैली तिनीहरुको लागि प्रयोग गरिदैन । सम्क्षिप्तमा,

  • एउटा गलत कार्य, विचार अथवा भावना तब हुन्छ जब हामी कुनै बाहिरी घटनामा प्रतिक्रिया दिदैनौं । यदि हामीले गलत कार्य वा गलत विचार वा भावना बिना बाह्य उत्तेजना मनमा आएको छ भने हामीले A1 शैली छनौट गर्न सक्छौं ।
  • अर्कोतर्फ, गलत प्रतिक्रिया तब हुन्छ जब गलत सोच, कार्य वा भावना एवं व्यक्ति वा परिस्थितिको सम्बन्धमा हुन्छ । उदहारण्को लागि, जब हाम्रो अगाडी कसैले गाडी बिस्तारै चलाउँछ र हामी यो घटनाको कारण अधैर्य महसुस गर्छौं, यो एउटा गलत प्रतिक्रिया हुन्छ । (यस्तो प्रतिक्रियात्मक गल्तीहरुको लागि A2 स्वयम सूचनाको सन्दर्भ लिनुहोस् ।)

त्यसैले, हामी A1 शैली चयन गर्दछौं जब हामी गल्तीको लागि जिम्मेबार हुन्छौं र यो कुनै गलत कार्य, विचार अथवा भावनाले गर्दा हुन्छ । तल दिएको फ्लो चार्ट्को माध्यमबाट थाहा पाउन सक्छौं कहिले A1 शैली गल्ती सुधारर्नको लागि छनैट गर्ने ।

A1 स्वयम सूचना शैली

अब माथिको फ्लोचार्ट प्रयोग गरेर, निम्न उदाहरणले हामीलाई कसरी A1 सूचना प्रयोग गर्नेको लागि देखाउँदछ ।

A1 स्वयम सूचना शैलीगल्ती / कमी : म अव्यवस्थित भएको कारणले गर्दा, मैले राहदानी घरैमा बिर्से र मैले यो कुरा एयरपोर्टमा पुगे पछि थाहाँ पाएँ । यसको नतिजा मेरो अन्तर्राष्ट्रिय उडान छुट्यो ।

हामीले पहिलो प्रश्न स्वयम सूचनाको प्रकार निर्धारण गर्न सोध्नु पर्छ- कसको व्यक्तित्व दोष मुख्यतय परिस्थितिमा तनावको कारण हो वा गल्तीको लागि जिम्मेवार छ । यहाँ मेरो आफ्नै पासपोर्ट बिर्सिएको कारण गल्ती स्वयमको हुन्छ ।

हामीले सोध्ने अर्को प्रश्न हो, ‘के यो गल्ती गलत कार्य, सोच वा भावना को कारण हो कि यो एउटा गलत प्रतिक्रिया हो ?’ यहाँ यो एउटा गलत कार्य हो ।

विश्लेषणको आधारमा गल्ती स्वयंले गरेको गलत कार्य भएको हुनाले, A1 स्वयम सूचना प्रयोग गर्न सकिन्छ ।

A1 स्वयम सूचना बनाउने स्वरूप हो :

गलत कार्य, विचार वा भावना + जागरूकता सिर्जना + सही कार्यद्वारा यसलाई नियन्त्रणमा ल्याउने

स्वयम सूचना : जब म एयरपोर्टको लागि घरबाट निक्लन्छु, मसँग मेरो राहदानी छ कि छैन भनेर जाँच्न म सचेत हुनेछु र म राहदानी लिएर मात्र घर छोड्ने छु ।

. A1 स्वयम सूचना शैलीको उदाहरणहरू

A1 स्वयम सूचनाको केही उदाहरणहरू तल दिइएका छन् । तिनीहरू गलत कार्यहरू, विचारहरू र भावनाहरूको लागि स्वयम सूचनाको रूपमा समूहीकृत छन् ।

माथिका उदाहरणहरूले देखाउँछ कि कसरी हामी हाम्रो दैनिक जीवनमा A1 प्रकारको स्वयम सूचनाहरु लागू गर्न सक्छौं । A1 स्वयम सूचना लिनाले हामीलाई हाम्रो गलत कार्यहरू, विचारहरू र भावनाहरूबाट बच्न जागरूकता बढाउन मद्दत गर्दछ । विशेष रूपमा गलत कार्यहरूसँग सम्बन्धित जागरूकताका चरणहरू अर्को खण्डमा दिइएको छ ।

. गलत कार्यहरूको जागरूकताको चरणहरू

जब हामी गलत कार्यको लागि A1 स्वयम सूचना लिन्छौं, हाम्रो सतर्कता स्तरमा चरणबद्ध बढ्दै जान्छ । गलत कार्यहरू बारे चेतनाको चरणहरूको लागि हामी A1 लिन्छौं ।

गल्ती बारे जागरूकताको एउटा स्तरलाई ध्यानमा राख्न स्वयम सूचनाको डिजाइन गर्न सकिन्छ :

  1. गलत कार्य गरेपछि जागरूकता : यस चरणमा गलत कार्य गरिसकेपछि हामी सचेत हुन्छौं ।
  2. गलत कार्य गरिरहेको समय जागरूकता : यहाँ, हामी बुझ्न सक्छौं कि गल्ती गरिरहेको बेलामा नै गलत कार्य हुँदै छ भनेर ज्ञात हुन्छ ।
  3. गल्ती गर्नु अघि जागरूकता तर यसलाई रोक्न असमर्थ : अर्को चरणमा, हामी सचेत हुन्छौं कि गलत कार्य हुन गइरहेको छ, तर हामी यसलाई रोक्न असक्षम हुन्छौं ।
  4. धुम्रपान गर्नु अधि जागरूकता र यसलाई रोक्न सक्षम : जब मलाई चुरोट पिउने इच्छा हुन्छ, म धूम्रपानको नकरात्मक प्रभावको बारेमा सचेत हुनेछु र म आफ्नो इच्छा जित्न सक्षम हुनेछु ।

हामी गलत कार्यको कुनै पनि चरण्मा भएपनि, A1 स्वयम सूचना लिएर हामी प्रगतिशील रूपमा उच्च चरणमा जान सक्दछौं र अन्ततः गल्ती गर्नबाट बच्न सक्छौं । हामी अभ्यासमा यो कसरी हुन सक्छ भनेर हेर्नको लागि अघिल्लो खण्डको उदाहरणमा फर्कौं :

A1 स्वयम सूचना शैली

गल्ति / कमी : मैले अन्तिम चकलेट डोनट खाईदिए जब मलाई थाहा थियो की जेक्ले एउटा पनि डोनट खाको छैन र उसलाई डोनटट मन पर्छ ।

  1. पहिलो चरणमा डोनट खाएपछि तपाईले गल्ती महसुस गर्नु हुनेछ ।
  2. दोस्रो चरणमा, तपाई सचेत हुनु हुनेछ कि तपाईले गल्ती गर्दै हुनुहुन्छ जब तपाईं डोनट खाँदै हुनुहुन्छ ।
  3. तेस्रो चरणमा, तपाई थाहा पाउनु सक्नुहुन्छ कि डोनटको अन्तिम टुक्रा लिदा यो कार्य गलत हो, तर तपाई आफैंलाई रोक्न असक्षम हुनुहुन्छ ।
  4. अन्तिम चरणमा, तपाईले अन्तिम डोनट लिनु अगाडी बुझ्नुहुनेछ कि यो कार्य गलत हो किन भने जेक्ले एउटा पनि डोनट खाएको छैन, र तपाईले उसलाई डोनट राखि दिनुहुन्छ ।

. A1 स्वयम सूचना लागू गरेर व्यसन र खराब बानी हटाउने

७.१ A1 शैली स्वयम सूचना प्रयोग गरेर व्यसनलाई जित्नु

गलत कार्यहरूमा व्यसन र नराम्रो बानीहरू समावेश हुन्छ । त्यसैले A1 स्वयम सूचना शैलीको प्रयोग गरेर त्यो समस्यालाई पराजित गर्न सकिन्छ, र यस्तो कसरी गर्ने भन्ने बारेमा विवरण अगाडि दिईएको छ ।

हामी मध्ये धेरैले व्यसनमा लागेको व्यक्तिलाई चिन्छौं । हामी असहाय महसुस गर्दछौं विशेष गरी जब हाम्रो परिवारको सदस्य नशाबाट आफूलाई निकाल्न असमर्थ भैरहेको हुन्छ । धेरै जसो व्यसनमा लाग्ने व्यक्ति यसको बारेमा अस्वीकार गर्छन्, र समस्या छ भनेर स्वीकार गरे पनि, यसलाई पार गर्न असमर्थ हुन्छन् र नियन्त्रण गुमाको महसुस गर्छन् । दुर्भाग्यवस, वर्तमान उपचार विधिमा कम सफलताको दर छ, केहि औषधिको रिलेप्स दर ९०% (स्मिथ, २०१०)  हुन्छ । उचित आध्यात्मिक उपचारहरू र A1 स्वयम सूचना लागू गरेर, व्यसन/लत उपचारको सफलता दरमा ठूलो सुधार गर्न सकिन्छ र एउटा लत भएको व्यक्तिले यसलाई पार गर्न सक्दछ ।

व्यसन गलत कार्य भएकोले, खण्ड ५ मा दिएको अनुसार हाम्रो जागरूकताको स्तरमा निर्भर गर्दै हामी स्वयम सूचना परिवर्तन गर्दछौं । जागरूकताको प्रत्येक चरणमा धूम्रपान हटाउनको लागि हामीले लिन सक्ने स्वयम सूचनाको उदाहरणहरू तल दिइएका छन् ।

A1 स्वयम सूचना शैली

  1. धूम्रपान गरि सकेपछि जागरूकता : जब म चुरोट पिउँछु, म धुम्रपानको नकरात्मक प्रभावहरु बारे सचेत हुनेछु ।
  2. धुम्रपान गर्दा जागरूकता : जब म धूम्रपान गर्छु, म त्यसको नकरात्मक प्रभावहरुको बारेमा सचेत हुनेछु र म धूम्रपान गर्न बन्द गर्छु |
  3. धुम्रपान गर्नु अघि जागरूकता तर यसलाई रोक्नको लागि असमर्थ : जब म धुम्रपान गर्न खोज्छु, म धुम्रपानको नकरात्मक प्रभावहरु बारे सचेत हुनेछु र म चुरोटलाई छेउमा राख्छु ।
  4. धुम्रपान गर्नु अधि जागरूकता र यसलाई रोक्न सक्षम : जब मलाई चुरोट पिउने इच्छा हुन्छ, म धूम्रपानको नकरात्मक प्रभावको बारेमा सचेत हुनेछु र म आफ्नो इच्छा जित्न सक्षम हुनेछु ।

जो कोही धूम्रपान रोक्न कोशिस गर्दै हुनुहुन्छ उसले आफूमा कुन स्तरको जागरूकता छ भनेर मूल्यान्कन गर्न सक्नुहुन्छ र सान्दर्भिक स्वयम सूचना लिन सक्छ । जागरूकताको स्तर बढाउदै जाँदा, स्वयम सूचना परिवर्तन गर्न सकिन्छ । रक्सी, लागूपदार्थ, जुवा तथा अन्य लतहरुको लागी स्वयम सूचना हामी समान तरीकाले बनाउन सक्छौं ।

.२ भकभकेपन (stammering) हटाउने

A1 स्वयम सूचना शैलीकल्पना गर्नुहोस् कि तपाई एउटा अन्तर्वार्ताको लागी जाँदै हुनुहुन्छ । यो तपाइँले सोचेको भन्दा पनि राम्रो हुँदैछ र तपार्इ अन्तर्वार्ताकारको सबै प्रश्नहरूको उत्तर राम्रोसँग दिदै हुनुहुन्छ । तर त्यही बेला तपाईको मन डुब्न थाल्छ किनभने अन्ततः अन्तर्वार्ताकारले तपाईलाई यस्तो प्रश्न सोध्यो कि जसको तपाईसँग जवाफ हुँदैन । तपाईले जवाफ दिने कोशिस गर्नुभयो र अचानक भकभकाउन थाल्नु हुन्छ । निराशाको साथ, तपाई महसुस गर्नु हुन्छ कि यो एउटा गल्तीको कारणले गर्दा तपाई यो कार्य राम्रो सँग गर्न सक्नुभएन ।

खराब बानीहरू लाजको स्रोत हुनछन् र यसले व्यक्तिको मानसिक उर्जा पनि धेरै खपत गर्दछ । माथिको उदाहरणद्वारा चित्रण गरेझैं खराब बानीले पेशा बृद्धिमा बाधा पुर्याउने जस्तो कठोर परिणामहरू पनि ल्याउन सक्छ । यस्तो बानीहरुबाट ग्रस्त धेरै व्यक्तिहरू साँच्चिकै सुधार्न चाहन्छन्, तथापि, उनीहरूलाई सचेत प्रयासले मात्र पराजित गर्न गाह्रो हुन्छन् । यस्तो किन हुन्छ भने व्यक्तिको सचेत जागरूकता नहुँदा पनि खराब बानी कार्य गर्दछ । उदाहरणको लागी, कसैले तनावको प्रतिक्रियामा आफ्नो नड़ टोक्छ र पछि आफ्नो नड़हरु देखेपछि मात्रै यो कुरा महसुस गर्न सक्छ । यदि व्यक्ति सचेत छ भने पनि आफ्नो नड़ टोक्छ किनकि अवचेतन मनको इच्छा अधिक शक्तिशाली हुन्छ कि यसले खराब बानी बन्द गर्न खोज्ने कुनै सचेत इरादालाई रोकिदिन्छ । A1 स्वयम सूचना शैली प्रभावकारी रूपमा यस्तो खराब बानीहरुलाई हटाउनको लागि प्रयोग गर्न सकिन्छ । नराम्रो बानी पनि गलत कार्य हुन्, त्यसैले हाम्रो जागरूकताको स्तर अनुरुप व्यसनको लागि खण्ड ७.१ बनाए जस्तै स्वयम सूचना हामी बनाउन सकछौं । स्वयम सूचनाको उदाहरणहरु जुन भकभकाउने खराब बानीको लागि लिन सकिन्छ यो तल दिइएको छ ।

  1. भकभकाएपछि जागरूकता : जब म छिटो बोले पछि “टी-टी-टी” भन्छु , म यसको बारेमा सचेत हुनेछु ।
  2. भकभकाइ रहदा जागरूकता : जब म छिटो बोल्दै “टी-टी-टी” भन्छु, म यसको बारेमा सचेत हुनेछु र म यसलाई सुधार गर्न सक्षम हुनेछु । त्यसपछि म सास लिन्छु र राम्ररी बोल्छु ।
  3. भकभकाउनु अघि जागरूकता तर यसलाई रोक्न असमर्थ : जब म छिटो बोल्ने समय “टी-टी-टी” भन्न खोज्छु, म गलती गर्न गईरहेको बारे सचेत हुनेछु र म यसलाई सुधार गर्नेछु ।

भकभकाउने दोषको लागि चौथो चरण हुँदैन किनभने भकभकाउने व्यक्तिलाई सचेत रुपमा यो विचार आउँदैन कि उनी भकभकाउने छ । शब्द “छिटो बोल्ने” यसलाई भकभकाउने कारण अनुसार परिवर्तन गर्न सकिन्छ । उदाहरणको लागी, यदि कुनै आवाज एउटा व्यक्ति नभकभकार्इ भन्न असमर्थ हुन्छ जस्तै “b” अक्षर, तब त्यो स्वयम सूचनामा उल्लेख गर्न सकिन्छ ।

व्यक्ति भकभकाउने या अरु कुनै खराब बानीले पीडित छ भने, माथि दएको अनुसार स्वयम सूचना बनाउन सकिन्छ । हामी खराब बानिको लागि जागरूकताका कुन चरणहरू छन् भनेर मूल्याङकन गर्न सक्छौं र त्यस हिसाबले स्वयम सूचनाहरु लिन सक्छौं ।

. निष्कर्ष

जब हामी कार्यहरू, विचारहरु र भावनाहरू सच्याउन थाल्छौं, हाम्रो सम्बन्धहरू, अन्तर्क्रियाहरू र आचरणहरु राम्रोको लागि परिवर्तन हुन्छ । अमेरिकी नौसेना अध्यक्ष, विलियम एच. म्याकरेभनले भनेका छन्, ‘यदि तपाई विश्व परिवर्तन गर्न चाहानुहुन्छ भने आफ्नो ओछ्यान बनाएर सुरु गर्नुहोस् ।’ A1 स्वयम सूचना शैली परिवर्तन गर्न मनलाई आवश्यक सकारात्मक प्रोत्साहन दिन मद्दत गर्दछ । यस प्रकार, मन शुद्ध हुन थाल्छ र हामी सकारात्मकताको अनुभव गर्छौं । हामी तपाईलाई यसलाई कार्यान्वयन गर्न प्रोत्साहित गर्दछौं, ताकि तपाई अधिक सकारात्मक व्यक्तित्वको लाभहरू अनुभव गर्न सक्नुहुनेछ ।