सुती (कपास) र त्यसबाट बनेको कपडाको आध्यात्मिक विशेषता

Spiritual properties of cotton cloth and clothes made from cotton

यस लेखलाई राम्रोसँग बुझ्नको लागि हामी तपाई निम्न लेखहरूसँग परिचित हुन सुझाव दिन्छौं :

१. ब्रह्माण्डको तीन मूलभूत सूक्ष्म घटक – सत्त्व, रज र तम

२. सात्त्विक जीवन सिद्धान्तको प्रस्तावना (दैनिक जीवनमा आध्यात्म)

३. कस्तो लुगा लगाउने – हाम्रो लुगाबाट हुने आध्यात्मिक प्रभाव

१. सुती (कपास) कपडाको आध्यात्मिक विशेषता – प्रस्तावना

प्राचीन समय देखि, लुगा बनाउनको लागि सुती (कपास) को उपयोग गरिन्दै आएको छ । सुती (कपास) को बिरुवाबाट निर्मित सुती (कपास) को कपडा पूर्णतया प्राकृतिक छ । विभिन्न प्रकारका कपडाहरु जस्तै शर्ट, ब्लाऊज, अन्डरवियर तथा तन्ना बनाउन पनि यसको प्रयोग गरिन्छ । यो लेखमा हामी सुती (कपास) कपडाको आध्यात्मिक विशेषता माथि गरिएको आध्यात्मिक अनुसन्धानबाट प्राप्त केहि महत्त्वपूर्ण परिणाम तपाईको अगाडी राख्ने छौं । हाम्रो अनुसन्धानको एउटा महत्त्वपूर्ण निष्कर्ष यो छ कि कपडा बनाउन प्रयोग गरिने कपडाको प्रकारले त्यो लुगाको आध्यात्मिक शुद्धतालाई असर गर्दछ । यसले लुगा लगाउने व्यक्तिलाई आध्यात्मिक स्तरमा पनि प्रभाव पार्छ ।

२. सुती कपडाको आध्यात्मिक विशेषता

सुती (कपास) प्राकृतिक सामाग्री भएको हुनाले, SSRF द्वारा गरिएको आध्यात्मिक अनुसन्धानले यो प्राकृतिक रूपमा उच्च स्तरको आध्यात्मिक शुद्धता भएको कुरा यसले देखाएको छ । सुती (कपास) र रेशम जस्ता प्राकृतिक फाइबरबाट बनेको कपडामा वातावरणबाट देवत्व आकर्षित गर्ने क्षमता हुन्छ । कृत्रिम फाइबरबाट बनेको कपडाको तुलनामा प्राकृतिक फाइबरबाट बनेका कपडाहरूमा सात्विक स्पन्दनहरू आत्मसात गर्ने र कायम राख्ने क्षमता बढी हुन्छ । फलस्वरूप प्राकृतिक फाइबरबाट बनेको कपडामा नकारात्मक ऊर्जाबाट जोगाउने उच्च क्षमता हुन्छ ।

छालाको स्वास्थ्यको लागि यस्ता सामग्रीको सम्पर्कमा रहन राम्रो हुन्छ । सुती (कपास) को कपडाले तुरुन्तै पसिना सोस्छ जसले गर्दा छालामा पसिना टाँसिन पाउँदैन । यसले छाला स्वस्थ र सुन्दर बनाउन मद्दत गर्छ ।

३. सुती (कपास) को कपडामा हुने तरंग माथि आध्यात्मिक अनुसन्धान

यस खण्डमा हामी छैठौं इन्द्रिय दृष्टि भएका पू. श्रीमती योयावालेद्वारा बनाएका सूक्ष्म ज्ञानमा आधारित चित्र साझा गरेका छौं । ईश्वरको कृपा र अनेक वर्षको नियमित साधनाले पू. श्रीमती योयाले सूक्ष्म आयाम देख्न सक्षम हुनुहुन्छ जसरी हामी स्थूल आयामलाई देख्न सक्छौं । सूक्ष्म ज्ञान माथि आधारित चित्र बनाएर, पू. श्रीमती योयाले सूक्ष्म आयामलाई देखन सक्ने अद्वितीय क्षमता हाम्रो अगाडी साझा गर्नु भएको छ । सूक्ष्म-ज्ञानमा आधारित पू. योयाको सबै रेखाचित्रहरु प्रकाशित हुनु अघि परम पूज्य डा. आठवलेज्यूले प्रमाणीकरण गर्नु भएको छ ।

सूक्ष्म-ज्ञानमा आधारित यस रेखाचित्रको शुद्धता ८०% छ जुन औसत सूक्ष्म या क्लैरवॉयंट कलाकारको क्षमता भन्दा धेरै माथि छ ।

सुती (कपास) को आध्यात्मिक शुद्धताको कारण, त्यसले वातावरणबाट दैवी चैतन्य ग्रहण गर्दछ । सूक्ष्म ज्ञानमा आधारित उपरोक्त चित्रले यो क्रम दर्शाउँछ कि कसरी दैवी चेतना कपडामा आकर्षित हुन्छ र कपडामा बनिरहन्छ । प्रस्तुत चित्रले यो पनि दर्शाउँदछ कि कसरी सुती (कपास) को कपडा लगाउने व्यक्तिलाई ईश्वरको तारक शक्तिको लाभ मिल्दछ ।

सुती (कपास) र रेशमी कपडा लगाएर, कपडा माथि र त्यसको माध्यमबाट हामी माथि हुने अनिष्ट शक्तिको आक्रमणको प्रभावलाई कम गर्न सक्छौं ।

४. सुती (कपास) को कपडा लगाउँदा ध्यान दिनुपर्ने सूत्रहरु

यद्यपि सुती (कपास) को कपडा रासायनिक फाइबरबाट बनेको कपडाको तुलनामा धेरै अधिक सात्त्विक भएता पनि सुती (कपास) को कपडाको आध्यात्मिक शुद्धता घटाउने अथवा समाप्त गर्न निम्नलिखित कुराहरुलाई टालन सक्छौं ।

  • नधुएको र मैलो सुती (कपास) को कपडा लगाउने ।
  • कालो रंगको सुती (कपास) को कपडा लगाउने । कालो रंगको नकारात्मक प्रभाव यति तीव्र हुन्छ कि सन्तहरुले भन्नु भएका छन् कि खाना बनाउने र पस्किने समयमा कालो कपडा लगाउनबाट बचनु पर्छ, किनभने यसले भोजनमा जाने आध्यात्मिक स्पन्दनहरुलाई असर गर्न सक्छ । सामान्यतया अनिष्ट शक्तिबाट प्रभावित व्यक्तिलाई कालो रंगको कपडा लगाउन मन पर्छ ।
  • सुती (कपास) को कपडामा डरलाग्दो आकृतिहरु जस्तै खोपडी, रक्त इत्यादिले आध्यात्मिक शुद्धता घटाई दिन्छ ।

यसको विपरीत निम्नलिखित सूत्र अपनाउनाले सहायता मिल्दछ ।

  • धुएको र इस्त्री गरिएको सुती (कपास) कपडाहरु, स्वयं रंगीन भएको वा अल्प कलाकारी युक्त कपडा आध्यात्मिक सकारात्मकता ग्रहण गर्न र कायम राख्नमा सहायक हुन्छ ।
  • सेतो, नीलो र पहेंलो रंगले कपडाको आध्यात्मिक शुद्धता बढाउँछ ।
  • उत्सव र धार्मिक विधिको समयमा वतावरणमा अधिक चैतन्य हुन्छ, त्यो समयमा सुती (कपास) को कपडा लगाउन धेरै लाभदायक हुन्छ; किनभने सुती (कपास) को कपडामा रासायनिक फाइबरबाट बनेको कपडाको अपेक्षा आध्यात्मिक सकारात्मकता लामो समय सम्म रहन्छ ।

हामीले गर्ने हरेक छनोट जुन सात्विक हुन्छ, त्यसले हाम्रो आध्यात्मिक अवस्था सुधार्न मद्दत गर्दछ र हामीलाई भगवानको नजिक जान मद्दत पुर्याउँछ ।

Facebooktwitter