पृष्ठभूमिको जानकारी

हामीहाम्रो लेख, अभिवादन(Greeting) एक आध्यात्मिक दृष्टिकोणमा परिचित हुनकोलागि प्रोत्साहित गर्दछौं I यो लेख बुझ्ने क्रममा महत्वपूर्ण पृष्ठभूमि जानकारी प्रदान गर्दछ I

१. नमस्ते अथवा नमस्कार शब्दको परिचय

नमस्कार अथवा नमस्ते भारतीय महाद्वीप (Indian Subcontinent) मा अभिवादन गर्ने एक प्रचलित चलन हो I यसको प्रयोग कुनै व्यक्तिसँग मिल्ने अथवा उनीसँग विदाई गर्ने समय, दुवैमाप्रयोग गरिन्छ I नमस्कार गर्ने समय व्यक्तिको पीठ आगाडि तर्फ झुकी, छातीको मध्यमा हात एक आपसमा जोडी, औंलाहरु आकाशतर्फ हुन्छन् । यो मुद्राको साथ साथै व्यक्ति ‘नमस्ते’ या ‘नमस्कार’ शब्द भन्दै अभिवादन गर्दछ । हातको यो मुद्रालार्इ नमस्कार मुद्रा भनिन्छ ।

जापानी तरीका जस्तै बिना स्पर्श, झुकेर हातहलाएर, अभिवादन गर्नु, लोकप्रिय तरीका भए पनि, आध्यात्मिक दृष्टिले यो अभिवादन  अन्य  सबै तरीहरु भन्दा भिन्न छ । यो लेखको माध्यमबाट हामीयसको आध्यात्मिक अर्थ तथा हामीलार्इ यसको आध्यात्मिक स्तरमा मिल्ने फार्इदा बुझ्नेछौं ।

२. नमस्ते अथवा नमस्कारको अर्थ

‘नमस्कार’ एक संस्कृत शब्द हो जुन संस्कृत को ‘नमः’ शब्दबाट लिएको हो, जसको अर्थ हो प्रणाम गर्नु । हाम्रो लेख ” मनुष्य कुन घटकले बनेको हुन्छ ?”, मा हामीले बताएका छौं कि प्रत्येक व्यक्ति भित्र परमात्मा (ईश्वरीय तत्व) हुन्छजसलार्इ हामीआत्माभन्छौं । नमस्कार गर्ने समय एक व्यक्तिको आत्मा दोस्रो व्यक्तिको आत्मालार्इ अभिनन्दन अनि नमस्कार गर्दछ ।

‘नमस्ते’ अनि ‘नमस्कार’ शब्द पर्याय हुँदाहुँदै पनि ती दुवै बीच एक आध्यात्मिक अन्तर छ I नमस्कार शब्द नमस्ते भन्दा अधिक सात्विक छ

3. नमस्कार (नमस्ते) को अर्थमा आध्यात्मिक अनुसन्धान

३.१ नमस्कार (नमस्ते) को आध्यात्मिक फार्इदा

नमस्ते(नमस्कार) को अर्थमा आध्यात्मिक अनुसन्धानगर्दा हामीले यो पायौ कि अर्को व्यक्तलार्इ नमस्कार गर्दा आध्यात्मिक रूपलेधेरै लाभप्रद अनि सात्विक पद्धति हो I यसको कारण हो :

१. नमस्कार गर्नुको उद्देश्य :

  • नमस्कार अर्थात अर्को व्यक्तिमा दैवी रूप देख्नु, यसले आध्यात्मिक शक्तिलार्इ बढ़ाउछ अनि दैवी चेतना (चैतन्य) आकर्षित गर्दछ । यदि नमस्कार यस्तो आध्यात्मिक भाव ले गर्ने कि हाम्रो सामुन्य व्यक्तिको आत्मालार्इ नमस्कार गरिरहेका छ, यसले हामीमा कृतज्ञता अनि भक्तिको भावना जागृत गर्दछ । यो आध्यात्मिक विकासमा सहायता गर्दछ ।
  • नमस्कार गर्ने समय यदि हामीयस्तो विचार राख्छौ कि “तपार्इ म भन्दा श्रेष्ठ हुनुहुन्छ, म तपार्इको अधीनस्त छु, मलार्इ कुनै पनि ज्ञान छौनअनि तपार्इ सर्वज्ञ हुनुहुन्छ”, यो अहंकार कम गर्नअनि विनम्रता बढ़ाउनमा सहायक हुन्छ ।

२. नमस्कार गर्ने समय हातको मुद्रा :

  • नमस्कार मुद्रा गर्नाले, दैवी चैतन्य बडी मात्रामा देहमा अवशोषित हुन्छ I ’नमस्ते’ अथवा ‘नमस्कार’ शब्द भन्नाले आकाशतत्व को आवाहन हुन जान्छ । यी शब्दलार्इ हातको मुद्राको साथ गर्नाले पृथ्वीतत्वको पनि आवाहन हुन्छ । मुद्रा स्वयं पृथ्वीतत्वसँग सम्बन्धित छ, यस कारण यो सम्भव हुन सक्छ । यस प्रकार पाँच सम्पूर्ण सृष्टिको सिद्धान्तलार्इ अधिकाधिक मात्रामा जागृत गरेर अत्याधिक आध्यात्मिक सकारात्मकता आकृष्ट हुन्छ । यस प्रकार एउटैबाट अधिक पंचमहाभूतको आवाहन भएर आध्यात्मिक सकारात्मकता अधिक मात्रामा आकृष्ट हुन्छ ।

३. शारीरिक सम्पर्क नहुने:

  • शारीरिक सम्पर्क दुर्इ व्यक्ति बीच सूक्ष्म-ऊर्जाको प्रवाहलार्इ सुगम बनाउछ। अभिवादनकोयो पद्धतिमा शारीरिक सम्पर्क नहुनुको कारण अन्य व्यक्तिको नकारात्मक रूपले प्रभावित गर्ने क्षमता न्यूनतम हुन जान्छ ।
  • यसबाट आध्यात्मिक फार्इदाहुनुको कारण, नमस्कार गर्नेदुवै व्यक्तिहरु बीचको नकारात्मक स्पन्दन कम हुन जान्छअनि सात्विक स्पन्दनको लाभ प्राप्त हुन्छ ।
  • अभिवादनको यो पद्धति आध्यात्मिक हुनुको कारण सत्व गुण बढ्दछ अनि यसले नमस्कार गर्ने दुवै व्यक्तिलार्इ एक अर्कालार्इ नकारात्मक स्पन्दनले संक्रमित गर्ने सम्भावना अझै न्यून हुन जान्छ । तर यदि कुनै व्यक्ति अनिष्ट शक्तिको कष्ट छ भने उनले नमस्कार गर्दा पनि नकारात्मक स्पन्दनको प्रवाह हुन्छ । अनिष्ट शक्ति त्यस व्यक्तिको आैलाहरुको माध्यमबाट अभिवादन गर्ने व्यक्ति तथा वातावरणमा नकारात्मक स्पन्दन फ्याक्न सक्छ । तर पनि हात मिलाउने, जसमा शारीरिक सम्पर्क हुन्छ, त्यसको तुलनामा, अनिष्ट शक्तिले पीडित व्यक्तिले नमस्कार गर्दा पनि नकारात्मक स्पन्दनको प्रभाव धेरै नै सीमित हुन्छ । नमस्कार भावपूर्ण भएमा नकारात्मक स्पन्दन पूर्ण रूपले नष्ट हुन जान्छ ।

३.२ नमस्कार (नमस्ते) बाट उत्पन्न आध्यात्मिक आवृति

सूक्ष्म ज्ञानमा आधारित तल दिएको चित्र नमस्कार गर्ने समय दुर्इ व्यक्तिहरु बीच उत्पन्न आध्यात्मिक आवृति दर्शाउछ ।यो उदाहरणमा नमस्कार गर्ने व्यक्तिको आध्यात्मिक स्तर ३०% छजसलार्इ नमस्कार गरेको छ, त्यस व्यक्तिको आध्यात्मिक स्तर ५०% छ। सूक्ष्म-ज्ञानमा आधारित यो चित्र कु. प्रियांका लोटलीकरले अतिसक्रिय छैटौं इन्द्रिय उपयोग गरि बनाएको हो।

निम्न तालिका सूक्ष्म ज्ञानमा आधारित माथिको चित्र प्रत्येक पक्षको विवरण प्रदान गर्दछ।I निम्ना तालिका अझै राम्रोसँग बुझ्नको लागि कृपया ‘चक्र’ शीर्षकयुक्त लेख पढ्नुहोस्।

१जब एक व्यक्ति अर्को व्यक्तिलार्इ अभिवादन यो भावनासँग गर्छ कि “मसमक्ष व्यक्तिको आत्मा प्रति आफ्नो श्रद्धा प्रकट गरिरहेको छु” तब त्यस व्यक्ति भित्र भावको एउटा चक्रको निर्माण हुन्छ।

क्रमांक व्याख्या
१अ जहाँ भाव हुन्छ, त्यहाँ ईश्वरको साथ समागम हुन्छ अनि हामी ईश्वरीय विचारतर्फ समीप पुग्न सक्छौं।
१आ परिणामस्वरूप, जुन व्यक्तिको अभिवादन भर्इरहेको छ उनको चारैतिर भावको एउटा चक्रको निर्माण हुन जान्छ ।
यसको फलस्वरूप, यो दैवी तत्व अथवा र्इश्वरीय शक्तिको प्रवाह आफूतर्फ आकर्षित गर्दछ।
२अ दैवी तत्वको एउटा चक्र निर्मित भएर सक्रिय हुन जान्छ।
जहाँ कही पनि दैवी तत्वको संचार हुन्छ, त्यहाँआनन्दको प्रवाह अकर्षित हुन्छ । आनन्द एक प्रकारको सूक्ष्म ऊर्जा हुन्छ जो कुनै व्यक्तिलार्इ उच्चतम हर्षको अनुभूति प्रदान गर्दछ  जो  कुनै प्रेरकमा आश्रित हुँदैन ।
३अ यो अभिवादन गरिरहेको व्यक्तिको चारैतिर आनन्दको चक्रको निर्माण गरि त्यसलार्इ सक्रिय गरिदिन्छ ।
३आ जुन व्यक्तिको अभिवादन भर्इरहेको छ, उनी पनिआनन्दको प्रवाहलार्इ आत्मसात गर्न सक्छ ।
३इ परिणामस्वरूप जुन व्यक्तिको अभिवादन भर्इरहेको छ, उनको चारैतर्फपनिआनन्दको चक्र निर्मित एवं सक्रिय हुन्छ ।
३ई यसलेसम्पूर्ण वातावरणमाआनन्दको कणलार्इ सक्रियण एवं उत्सर्जन हुन्छ।
जो व्यक्ति अभिवादनको अग्रसर लिन्छ, उनीतर्फ पनि दैवी चैतन्यको एक प्रवाह आकर्षित हुन्छ ।
४अ जसको फलस्वरूप त्यस व्यक्तिको चारैतर्फ चैतन्यको एउटा चक्रको निर्माण एवं सक्रियण हुन जान्छ ।
४आ यो चैतन्य वातावरणमा उत्सर्जित हुन जान्छ ।
४आ२ अभिवादित भर्इ रहेको व्यक्ति पनि अभिवादन गर्ने व्यक्तिबाट चैतन्यको प्रवाहको आत्मसात गर्न सक्छ ।
४इ चैतन्यको प्रवाह अभिवादित भर्इरहेको व्यक्तितर्फ अझै प्रत्यक्ष रूपमा आकर्षित हुन्छ ।
४ई अभिवादित भर्इरहेको व्यक्तिको चारैतर्फ चैतन्यको चक्र निर्माण एवं सक्रियण हुन जान्छ ।
४उ वातावरणमा चैतन्यको कण उत्सर्जित एवं सक्रिय हुन्छन् जसले सम्पूर्ण वतावरणमा आध्यात्मिक लाभ हुन्छ।

३.३ नमस्कार (नमस्ते) गर्ने समय ध्यानमा राख्ने योग्य कुरा :

  • नमस्कार गर्ने समय आँखा बन्द राख्नुहोस् : ईश्वर या कुनै व्यक्तिलार्इ नमस्कार गर्ने समय आँखा बन्द राख्नाले  हामी आफ्नो  अंतःकरण मा  झांक्न तथा  स्वयंमा  ईश्वरको स्वरुप देख्न सक्नु अनि एउटा व्यक्तिको भित्रको आत्मा (ईश्वर) माथि ध्यान केन्द्रित गर्न सजिले हुन्छ ।
  • नमस्कार गर्ने समय हातमा कुनै वस्तु नराख्नुहोस् सामान्यतः नमस्कार गर्ने समय हातमा केही वस्तु राख्नाले आैलाहरुका टुप्पा सीधा हुँदैन । जसको फलस्वरूप  सात्विकताको प्रवाह आैलाहरुको टुप्पामा प्रवेश बाधित हुन जान्छ । नमस्कार गरि रहेको व्यक्तिप्रति उत्सर्जित सात्विकता हतकेलामा राखेको वस्तुसँग ठोकेर पर्केर जान्छ । यो मात्र होइन, यदि हातमा राखेको वस्तु रज अथवा तम प्रधान छ अनि यदि नमस्कार गर्ने समय त्यको स्पर्श  मस्तक अथवा छातीसँग हुन गयो भने त्यसबाट प्रवाहित भएको रहा रज–तम नमस्कार गरिरहेको व्यक्तिको देहमा प्रविष्ट हुन सक्छ ।

४. सारांशमा

  • अभिवादनको सबै प्रकारहरुमा नमस्कार‘ (नमस्ते) लार्इ ‘Spiritual Science Research Foundation’ सर्वाधिक सात्विक अभिवादनको विधि मान्दै यसलार्इ जाहाँ सम्म सम्भव हुन्छ व्यवहारमा ल्याउनको लागि सुझाव दिन्छ ।
  • यहाँ सम्म कि, यदि कसैको नमस्कार गर्ने सांस्कृतिक प्रथा छैन, भने पनि मनबाट हामी अर्को व्यक्तिलार्इ नकरात्मक असर गर्न सक्छ ।
  • भावपूर्ण  नमस्कार (नमस्ते)  गर्नको लागिए आवश्यक हुन्छ कि हामी नियमित रूपले साधना गर्ने । यसको कारण यो हो कि साधनाले हामीमा भाव उत्पन्न हुन सक्छ  ।