भाग १- परातपर गुरु डा. जयन्त बालाजी आठवलेज्यूको मानवता प्रति निरपेक्ष प्रेम

बिना अपेक्षा/निरपेक्ष प्रेम गर्न धेरै गाह्रो हुन्छ, त्यसमा प्रभुत्व पाउन त झन् गारो हुन्छ । तर पनि कसैले यसरी प्रेम गर्दछ भने, त्यो उहाँको ईश्वरीय प्रकृतिको एउटा सूचक हो । हामीहरू मध्य जो ईश्वर प्राप्ति गर्न चाहन्छन्, परातपर गुरु डा. आठवलेज्यू निरपेक्ष प्रितीको एउटा मूर्त रूप हुनु हुन्छ र उहाँबाट हामी यो सिक्न सक्छौं ।

भाग १- परातपर गुरु डा. जयन्त बालाजी आठवलेज्यूको मानवता प्रति निरपेक्ष प्रेम

१. परिचय – परातपर गुरु डा. आठवलेज्यूको निरपेक्ष प्रेम

भाग १- परातपर गुरु डा. जयन्त बालाजी आठवलेज्यूको मानवता प्रति निरपेक्ष प्रेम

कहिले काही, हाम्रो विश्वको इतिहासमा, एउटा विशेष आध्यात्मिक उच्चस्तरीय सन्तको जन्म हुन्छ जोसँग सम्पूर्ण मानवजातीलाई आध्यात्मिक प्रगति गराई ईश्वप्राप्ति गराउने आध्यात्मिक छमता हुन्छ ।

परातपर गुरु डा. आठवलेज्यू एउटा यस्तो दुर्लभ र पूजनीय सन्त हुनु हुन्छ ।

उहाँले हजारौं साधकहरूको जीवनलाई प्रभावित गर्नु भएको छ र उनीहरूलाई आध्यात्मिक प्रगति गर्नको लागि सटीकता, सम्वेदनशीलता, कोमलता र प्रभुत्वको साथ मार्ग देखाउनु हुन्छ जुन केवल एउटा महान सन्तले मात्रै गर्न सक्नु हुन्छ । आध्यात्मिक अभ्यासमा उहाँको मार्गदर्शनको कारण १०० भन्दा बढी साधकहरुले सन्तपथ प्राप्त गरेका छन् र सयौं भन्दा ज्यादा साधकहरु सन्तपथ प्राप्त गर्ने क्रममा छन् । यो संसारको आध्यात्मिक इतिहासमा एउटा अद्वितीय उपलब्धि हो ।

साधकहरुलाई सोध्नुहोस् र उनीहरूले तपाईलाई आफ्नो हृदययात्रामा भएका विभिन्न आध्यात्मिक अनुभवहरूको बारेमा धेरै घटनाहरु र अनुभवहरू सुनाउन सक्षम हुनेछन्, जुन परातपर गुरु डा. आठवलेज्यूसँग सम्बन्धित छ । साधकहरूले उहाँलाई प्रेमपूर्वक परम पूज्य डाक्टर भनेर सम्बोधन गर्दछन् । परम पूज्य डाक्टर उनीहरूको मन र ओठमा आध्यात्मिक रुपमा स्वास्थ्य र आध्यात्मिक संकटको समयमा हुन्छ जसरी बच्चाको लागि आफ्नो आमाबाबा आधारको एकमात्र स्तम्भ हुन्छ ।

यदि परम पूज्य डाक्टरज्यूको एउटा ईश्वरीय गुण स्मरण गर्नको लागि भन्यौं भने सबै साधकहरूले आत्मीयताको साथ स्मरण गर्दछन्, त्यो हो, उहाँको प्रिती (अर्थात् उहाँको दिव्य निरपेक्ष प्रेम) । जसरी माहुरीहरू फूलमा आकर्षित हुन्छन् त्यसरी नै परम पूज्य डाक्टरज्यूको दिव्य ईश्वरीय गुण प्रितीको कारण संसारको सबै कुनामा रहेका साधकहरू आकर्षित हुन्छन् र उनीहरूलाई आध्यात्मिक अभ्यास (साधना) मा दृढ संकल्पको साथ निरन्तर प्रयास गर्नको लागि प्रेरणा मिल्दछन् ।

यस लेखमा, परातपर गुरु डा. आठवलेज्यूको जन्मोत्सव मनाउनको लागि हामी उहाँको असीम प्रिती तथा किन हजारैं साधकहरूको लागि उहाँ मानवताको लागि ईश्वरीय प्रेमको सगुण रूप हुनुहुन्छ यसका झलकहरु प्रस्तुत गर्दै उहाँप्रति श्रद्दासुमन अर्पित गर्नेछौं ।

२. युवावस्था (शुरुआत) देखि नै उहाँको मनमा आध्यात्मिक प्रेम व्याप्त

भाग १- परातपर गुरु डा. जयन्त बालाजी आठवलेज्यूको मानवता प्रति निरपेक्ष प्रेम

जब परातपर गुरु डा. आठवलेज्यू डाक्टर बन्नु भयो तब उहाँले चाँडै महसुस गर्नु भयो कि मनुष्यको मनको कारणले गर्दा नै उनलाई धेरै दु:ख हुन्छ एवं यसको प्रभाव उनको शारीरिक स्वास्थ्यमा पनि हुन्छ । तसर्थ, व्यक्तिहरूलाई अधिक समग्र रूपमा मद्दत गर्न उहाँले मन, विशेष गरी अवचेतन मनको बारेमा अनुसन्धान शुरू गर्नु भयो । उहाँको अभ्यासको बेला, कहिलेकाँही बिरामीहरूसँग चिकितसकिय सल्लाहको लागि पैसा हुँदैन थियो । ती अवस्थाहरूमा, उहाँले उपचारको शुल्क मात्र नलिने होइन उनीहरूलाई घर फर्कनको लागि बसको भाडॉ पैसा साथै नि: शुल्क औषधि पनि दिनु हुन्थियो ।

केही बिरामीहरू परम्परागत औषधीहरूले पनि निको हुँदैन थिए । त्यहि बिरामीहरूले सन्तहरुलाई भेटेपछि वैकल्पिक आध्यात्मिक उपचार अपनाएर निको हुन्थ्यो । जब उनीहरू परातपर गुरु डा. आठवलेज्यूसँग फेरि भेट हुँदा आध्यात्मिक उपचार पद्धतिले ठिक भएको बताउँदथे । त्यस समयमा परातपर गुरु डा. आठवलेज्यू नास्तिक भए पनि, व्यक्तिहरूलाई सहायता गर्ने चाहनाको कारण, उहाँले आफ्नो व्यक्तिगत विश्वासलाई पन्छाउनु भयो र उनीहरूले भनेका आध्यात्मिक अभ्यास र उपचारहरूका अन्वेषण गर्न थाल्नु भयो । उहाँले आधुनिक विज्ञानको विश्वदृष्टि भन्दा परको संसार पत्ता लगाउनु भयो, र त्यहि क्षणदेखिनै उहाँको ईश्वरीय आध्यात्मिक अभियान सुरु भयो र बाँकी इतिहास बन्यो ।

३. आध्यात्मिक यात्रा शुरुआत गर्नुहुँदै

जब व्यक्ति आध्यात्मिक अभ्यास (साधना) गर्न थाल्छ, ऊ प्रायः आफ्नो बारेमा सोच्दछ । तर परातपर गुरु डा. आठवलेज्यूको सन्दर्भमा यो कुरा फरक थियो । शुरुदेखि नै, उहाँले आफ्नो आध्यात्मिक अभ्यासलाई आफ्नो लागि मात्र होइन तर अरूहरूको लागि पनि ग्रहण गर्नु भयो । आध्यात्म उहाँको लागि अज्ञात क्षेत्र थियो (उहाँको विज्ञान पृष्ठभूमिको कारण) । सुरुमा, यो उहाँको लागि सजिलो थिएन । उहाँ प्रत्येक हपताको अन्त्यमा धेरै सन्तहरूसँग भेट गर्नको लागि, आध्यात्म सम्बन्धि असंख्य प्रश्नहरू सोध्न र सन्तहरूबाट सिक्नको लागि लामो यात्रा गर्नुहुन्थ्यो । उहाँले आफ्नो नोटहरू सावधानीपूर्वक टाइपराइटरमा लेख्नु हुन्थ्यो किनकि ती दिनहरूमा व्यक्तिगत कम्प्युटरहरू उपलब्ध थिएनन् । पछि, उहाँले ती नोटहरूलाई अरूको फाइदाको लागि साइक्लोस्टाइल (cyclostyle) गर्न थाल्नु भयो ।

चाँडैनै उहाँले आफ्नो गुरु पुजनीय भक्तराज महाराज (उच्च स्थरको सन्त) लाई भेट्नु भयो ।

भाग १- परातपर गुरु डा. जयन्त बालाजी आठवलेज्यूको मानवता प्रति निरपेक्ष प्रेम

भाग १- परातपर गुरु डा. जयन्त बालाजी आठवलेज्यूको मानवता प्रति निरपेक्ष प्रेम

छोटो अवधिमा नै, साधना र सेवाबाट प्रसन्न भएपछि, उहाँको गुरुले उहाँलाई आशीर्वाद दिनुभयो र उहाँलाई वर्तमान कालमा कसरी साधना गर्ने, यस विषयमा मार्गदर्शन गर्नको लागि आध्यात्मिक ग्रन्थहरू लेख्नको लागि भन्नु भयो ।

४. परातपर गुरु डा. आठवलेज्यूको मानवताप्रति निरपेक्ष प्रेम (प्रिती)

परातपर गुरु डा. आठवलेज्यूको मानवताको लागि निरपेक्ष प्रेम (प्रिती) प्रत्येक जीवलाई आध्यात्मिक प्रगति गर्नको लागि सहायता गर्ने उहाँको अथक प्रयासहरुमा झल्किन्छ । गुरुको आज्ञापाल र समाजको आध्यात्मिक उत्थानको लागि उहाँको तडपको केहि उदाहरणहरू तल दिएका छन् ।

१. आध्यात्मिक ग्रन्थहरु लेख्नमा समर्पित

भाग १- परातपर गुरु डा. जयन्त बालाजी आठवलेज्यूको मानवता प्रति निरपेक्ष प्रेम

उहाँको गुरुको एउटा वाक्यको आधारमा (सेक्सन ३ मा तल दिएको छ), त्यस क्षण देखि परातपर गुरु डा. आठवलेज्यूले आफ्नो सम्पूर्ण जीवन आध्यात्मिक पवित्र ग्रन्थहरू लेख्न समर्पित गर्नु भयो, जुन साधारण व्यक्तिले पनि बुझ्न सक्छ । आजसम्म ३०० भन्दा अधिक आध्यात्मिक पवित्र ग्रन्थहरू उहाँले लेख्नु भएको छ । ग्रन्थमा भएको ज्ञान/जानकारी अन्य पवित्र ग्रन्थहरुबाट उद्धृत गरेको मात्र छैन । यो अद्वितीय ज्ञान हो जहाँ कम्तिमा ५०-७०% ज्ञान ईश्वरीय ज्ञान हो जुन उन्नत छैठौं इन्द्रियको माध्यमबाट प्राप्त गरेको छ र यो विश्वको अन्य कुनै ठाउँमा पनि उपलब्ध छैन । यी ग्रन्थहरुले कलियुगको बाँकी समयको लागि मानवताको मार्गदर्शन गर्नेछ । उहाँ बिरामी हुँदा पनि ग्रन्थ लेख्ने सत्सेवामा (ईश्वरको सेवामा) लागि रहनुहुन्छ । यी ग्रन्थहरू ज्यादै न्यून दरमा उपलब्ध छन् ।

२. मानवतालाई गुरुको कृपा (गुरुकृपायोग) मार्ग बताउनु हुने

भाग १- परातपर गुरु डा. जयन्त बालाजी आठवलेज्यूको मानवता प्रति निरपेक्ष प्रेम

गुरु शिष्य परम्परा भारतको प्राचीन आध्यात्मिक विरासत हो । यो परम्परा शिष्यद्वारा आफ्नो गुरुले बताउनु भएको अनुसार साधना हेतु लगनशील प्रयत्नमा आधारित छ । पहिलाको युगमा साधकहरूले आध्यात्मिक प्रगति गर्न कठीन तपस्या र त्यागको अत्यधिक कठिन मार्गमा अपनाउँदथे । तब वास्तविक गुरुले स्वीकार गर्नु हुन्थ्यो र साधकलाई ईश्वर प्राप्ति नभएसम्म मार्गदर्शन गर्नु हुन्थ्यो ।

तर परातपर गुरु डा. अठावलेज्यूको सम्पूर्ण मानव कल्याण प्रति तीव्र चाहनाको कारण र उहाँको गुरुको आशीर्वादले, गुरुकृपायोग मार्ग स्थापना गर्नु भयो । यो मार्ग ईश्वरसम्म लिएर जाने अन्य सबै आध्यात्मिक मार्गहरु भन्दा श्रेष्ठ छ । यस मार्ग अपनाउनुको अद्वितीय लाभ यो हो कि कुनै पनि साधक संसारको कुनै पनि कुना/स्थानबाट यहि जीवनकालमा शीघ्र आध्यात्मिक प्रगति गरि मोक्ष प्राप्ति गर्न सक्छ । यस्तो गर्दा, उहाँले प्रतेक जीवलाई (केवल आध्यात्मिक उन्नत साधकलाई मात्र होइन) आध्यात्मिक प्रगति गर्न अवसर दिनु भएको छ । यो वास्तविक आध्यात्मिक प्रेम हो ।

सचेत र अवचेतन मनको अनुसन्धानको कारण, उहाँले स्वाभावदोष निर्मूलन प्रक्रिया अग्रगामी गर्नु भयो । यस प्रक्रियाले मनलाई शुद्ध पार्न मद्दत गर्दछ र शीघ्र आध्यात्मिक प्रगतिको लागि जग बसाल्न मद्दत गर्दछ । यस प्रक्रियाको लागि मार्गदर्शन नि:शुल्क प्रदान गरिछ । यसले धेरै मानिसहरुलाई स्थिरता प्राप्त गर्न मद्दत पुर्‍याएको छ, साथसाथै उनीहरूको व्यक्तित्व र जीवनप्रति दृष्टिकोणलाई पनि सुधार गरेको छ ।

३. व्यक्तिहरूलाई आध्यात्मिक स्तरमा मार्गनिर्देशन गर्दछ जसले गर्दा उनीहरू द्रुत गतिमा प्रगति गर्न सक्दछन् ।

भाग १- परातपर गुरु डा. जयन्त बालाजी आठवलेज्यूको मानवता प्रति निरपेक्ष प्रेम

मनोवैज्ञानिक स्तरमा सबैलाई मनपर्ने कुरा गरेर सबैलाई खुशी राखेर मार्गदर्शन प्रदान गर्न धेरै सजिलो हुन्छ । त्यसो गरेर, व्यापक प्रसिद्धि प्राप्त गर्न सकिन्छ । तर यस दृष्टिकोणको समस्या यो हो कि आध्यात्मिक प्रगति जस्तो हुनु पर्ने त्यस्तो हुन सक्दैन । परातपर गुरु डा. आठवलेज्यूको दृष्टिकोण सधैं साधकहरूलाई आध्यात्मिक स्तरमा पूर्णतया मार्गदर्शन गर्नको लागि रहेको छ । समय अनमोल छ र त्यसलाई एक क्षणको लागि पनि गुमाउनु हुँदैन र केवल आध्यात्मिक स्तरमा व्यक्तिलाई मार्गदर्शन गर्नाले सबै भन्दा छिटो प्रगति गर्न मद्दत हुँदछ । यी कारणहरुले उहाँको मार्गनिर्देशन सुलभ र स्पष्ट हुन्छ जसले गर्दा साधकको कुनै पनि समय बर्बाद हुँदैन । स्वाभावदोष निर्मूलन प्रक्रिया कठिन भए पनि उहाँले सबैलाई अभ्यास गर्ने सुझाव दिनुहुन्छ ।

४. मानवताको लागि आध्यात्मिक अनुसन्धान गर्ने

हामी सबै शैक्षिक प्रणालीका उत्पादनहरू हौं जुन आधुनिक वैज्ञानिक दृष्टिकोणमा आधारित छ । दुर्भाग्यवस, यस प्रकारको शिक्षा जीवनको आध्यात्मिक पक्षलाई पूर्ण रूपले उपेक्षा गर्दछ । जहाँसम्म, धेरै जसो व्यक्तिहरू जान्दैनन् कि जीवनको आध्यात्मिक पक्ष भनेको के हो जसले हामीलाई सबैभन्दा धेरै असर गर्दछ र निर्धारण गर्दछ कि हामी आनन्दित हुन्छौं अथवा हामीले पीडॉको जिन्दगी भोग्नु पर्छ । यसको लागि, परातपर गुरु डा. आठवलेज्यूले अनुसन्धान विभाग बनाउनु भएको छ जसले जीवनको हरेक पक्षको आध्यात्मिक अनुसन्धान गर्दछ ।

भाग १- परातपर गुरु डा. जयन्त बालाजी आठवलेज्यूको मानवता प्रति निरपेक्ष प्रेम

यो आध्यात्मिक अनुसन्धान, प्रभा मण्डल एवं ऊर्जा स्क्यानरको प्रयोग र आध्यात्मिक अनुसन्धान टोलीको साधकहरूको जागृत छैठौं इन्द्रिय प्रयोग गरेर गरिन्छ । परातपर गुरु डा. आठवले आध्यात्मिक अनुसन्धान टोलीलाई सल्लाह दिनु हुन्छ र परिणामको प्रमाणीकरणमा पनि महत्वपूर्ण भूमिका निभाउनु हुन्छ । आध्यात्मिक आयाममा उहाँको गहिरो अन्तरदृष्टिको कारण हामी यो जान्न सक्छौं कि सबै भन्दा पहिला के अनुसन्धान गर्ने । उदाहरणको लागि, आधुनिक अन्वेषकलाई अन्तिम संस्कारमा जादा कालो रङ्गको कपडा लगाउनु हुन्छ या हुँदैन भनेर अनुसन्धान गर्ने विचार कहिले पनि आउँदैन किनकि कालो रङ्गले नकारात्मक असरहरु गर्दछन् भन्ने यो विचार नै उनीहरुको मनमा आउँदैन, जुन आजकल लोकप्रिय भइरहेको छ ।

भाग १- परातपर गुरु डा. जयन्त बालाजी आठवलेज्यूको मानवता प्रति निरपेक्ष प्रेम

यो अनुसन्धानको मुख्य उद्देश्य व्यक्तिहरूलाई उनीहरूले गरेको कर्म र चलन (प्रथा) हरूले कसरी आध्यात्मिक स्तरमा प्रभावित गर्दछ भनेर बुझ्न सहयोग गर्नको लागि हो । उदाहरणको लागी, “कसरी रंग, संगीत, कला, खाना, आदिले आध्यात्मिक स्तरमा हामीलाई असर गर्दछन् ?” व्यक्ति प्राय: यो थाहा पाएर आश्चर्यचकित हुन्छ जुन दैनिक रुपमा गर्ने कृतिबाट नकारात्मक स्पन्दनहरु प्रक्षेपित हुन्छन् तथा अतत: समस्या एवं कष्य उत्पन्न हुन्छ ।

यसको साथै, आध्यात्मिक अनुसन्धानले आध्यात्मिक आयाममा प्रकाश पार्छ कि कसरी नकारात्मक उर्जाहरूले हाम्रो जीवन अत्यन्त कष्टदायक बनाई दिन सक्छ, जबकि सकारात्मक ऊर्जा देवताहरू (ईश्वरिय तत्तवको विभिन्न रूप) ले आध्यात्मिक शक्ति प्रदान गर्न सक्दछन् । उहाँले विश्वलाई सचेत गराउनमा महत्वपूर्ण भूमिका खेलनु भएको छ कि १९९९ देखि २०२३ को बीच, आध्यात्मिक आयाममा एउटा ठूलो सुक्ष्म लडॉई भईरहेको छ, जसको प्रभाव पृथ्वीमा रहेको जीवनलाई गम्भीर असर पार्दछ र त्यसको अन्त्य तेस्रो विश्व युद्धमा हुनेछ ।

नकारात्मक उर्जाको बारेमा ज्ञान र उनीहरूको कार्य प्रणालीको जानकारीले संसारभरिका हजारौं मानिसहरुलाई आध्यात्मिक समस्याहरूको स्वरुप पहिचान गर्न मद्दत गरेको छ । परातपर गुरु डा. आठवले यहि रोकिनु हुँदैन । उहाँले आध्यात्मिक समस्याहरूलाई सरल, तर शक्तिशाली स्वयं-उपचारहरु सीकाएर जीवनरक्षक ज्ञान प्रदान गर्नु भएको छ, जसले विश्वव्यापी हजारौं मानिसहरूलाई राहत प्रदान गरेका छन् । हाम्रो SSRF वेबसाइटमा विभिन्न वर्गका मानिस तथा विभिन्न संस्कृतिका मानिसहरुको धेरै प्रकारण अभ्याषहरु छन् जहाँ उनीहरुलाई शारीरिक, मनोवैज्ञानिक र आध्यात्मिक स्तरमा लाभदायक भएका छन् । यो आध्यात्मिक अनुसन्धानको कारण, उनीहरु वर्तमान युगको लागि अत्यधिक लाभदायक साधना र आध्यात्मिक उपचार पद्धतिहरु बारे सचेत भएका छन् ।

भाग १- परातपर गुरु डा. जयन्त बालाजी आठवलेज्यूको मानवता प्रति निरपेक्ष प्रेम

आध्यात्मिक अनुसन्धान केन्द्रमा भौतिक जगत (देखिने संसार) को वस्तुहरु र कलाकृतिहरूको सबैभन्दा ठूलो संग्रह छ जसलाई अस्तित्वको सूक्ष्म जगतहरु (अदृश्य विश्व) बाट अनिष्ट शक्तिद्वारा प्रभावित अथवा ती वस्तु/कलाकृति मा हेर फेर गरिएको छ । हामीले त्यस्ता चीजहरूको पहिचान गर्न, विश्लेषण गर्न र भावी पुस्ताहरूको लागि भण्डार गर्न सक्षम भएका छौं भन्ने कुरा परातपर गुरु डा. अठावलेज्यूको दूरदर्शिताको कारण हो ।

हामी कहिलेकाँही विश्वमा कतै भइरहेको केही चमत्कारपूर्ण घटनाहरूको कथाहरू सुन्छौं र कसरी श्रद्धालुहरु चमत्कार हेर्ने आशामा त्यहाँ पुगदछन् । तर, आध्यात्मिक अनुसन्धान केन्द्र र आश्रममा हामी हजारौंमा नभए सयौं त्यस्तो घटनाहरू घटित भएको देख्दै आइरहेका छौं । वास्तवमा, उच्च स्तरीय सकारात्म (दैवीय) शक्तिहरु एवं अनिष्ट शक्तिहरुको कारण यहाँ यस्तो धेरै सकारात्मक र नकारात्मक दुबै प्रकारको घटनाहरु प्रतिदिन भइरहेको छ । वास्तवमा सत्य यो हो कि केवल परातपर गुरु डा. आठवलेज्यूको उपस्थिति र उहाँको मार्गदर्शनको कारण नै हामी अधिक मात्रामा आध्यात्मिक घटनाहरुलाई चिन्न र साक्षी बन्न सक्षम भएका छौं ।

यी सबै सकारात्मक र नकारात्मक घटनाहरूको अभिलेख गरीएको छ र धेरै मेहनतको साथ तिनीहरुलाई आध्यात्मिक संग्रहालयमा राखिएको छ ।

५. मानवताको कष्टहरु कम गर्नको लागि आध्यात्मिक ज्ञान प्राप्त गर्ने तडप 

SSRF को वेबसाइटमा एउटा लेख छ जहाँ मरेको व्यक्तिलाई गाड्ने र दाहसंस्कारको बीच फाइदा र बेफाइदाको बेरमा जानकारी दिएको छ । जब यो लेख लेखिएको थियो, तब दाहसंस्कारको लाभहरूको दृष्टिबाट प्रस्तुत गरिएको थियो जब आध्यात्मशास्त्र अनुसार अनुष्ठानको सबै पक्षहरूलाई पालना गरिन्छ; जस्तै मन्त्रहरूको पठन, केहि अनुष्ठानहरू गर्ने, अन्तिम संस्कार हेतु उचित चिता प्रयोग गर्ने इत्यादि । एक दिन एउटा साधकले हाम्रो ध्यानमा ल्याइदिनु भयो कि यदि कोही विदेशमा अन्त्येष्टि गर्न चाहन्छ भने, उनीहरूसँग एउटा मात्र विकल्प दाहगृहमा शव जलाउने हुन्छ, त्यस्ता दाहगृह केन्द्रहरुमा कुनै रीति-रिवाजहरू सञ्चालन हुँदैनन्, मन्त्रहरूको पठन या कसरी मन्त्र पठनले सूक्ष्म शरीरलाई अगाडिको यात्राको लागि अघि बढ्न मद्दत गर्दछ भन्ने बारेमा जानकारी हुँदैन ।

भाग १- परातपर गुरु डा. जयन्त बालाजी आठवलेज्यूको मानवता प्रति निरपेक्ष प्रेम

शनले परातपर गुरु डा. आठवलेज्यूलाई यो बारे भन्नु भयो । विभिन्न अन्त्येष्टि विधिहरूको सूक्ष्म निष्कर्ष पछि, परातपर गुरु डा. आठवलेज्यूले भन्नु भयो कि मन्त्रसहित अन्त्येष्टि विधिको आध्यात्मिक लाभ एउटा दाहगृहमा गरिने प्रक्रियाहरु भन्दा धेरैनै लाभदाईक हुन्छ । त्यसपछि उहाँले केहि बेर सोचेर भन्नु भयो, “हामी कसरी उनीहरूको सुक्ष्म देहलाई मद्दत गर्न सक्दछौं, जसको अन्तिम संस्कार दाहगृहमा गरिन्छ ?” लगभग तुरुन्तै, उहाँले बोल्न जारी राखनु भयो र भन्नु भयो कि हामीले वेबसाइटमा आवश्यक मन्त्रहरू अपलोड गर्नुपर्छ । जब शनले उहाँलाई सोधनु भयो कि हामीले अडियो फाईलहरू उत्पादनको सानो शुल्क लिनु पर्छ तब परातपर गुरु डा. आठवलेज्यूले जवाफ दिनु भयो, “लिनु हुँदैन, यसलाई नि:शुल्क समाजमा देउ; हामीसँग यी मन्त्रहरू माथि कुनै प्रतिलिपि अधिकार छैन ।” त्यसपछि उहाँले भन्नु भयो कि यी मन्त्रहरू पुरातन भारतको मानवताको लागि उपहार हुन् र यी मन्त्रहरुमा कसैको पनि अधिकार हुँदैन । हामीले सम्पूर्ण मानवजातिलाई नि:शुल्क नै उपलब्ध गराउँनु पर्छ ।”

परातपर गुरु डा. आठवलेज्यूले यो कुरा भनि रहनु हुँदा शनको आध्यात्मिक भावना (भाव) जागृत भयो । शनले परातपर गुरु डा. आठवलेज्यूको समाज प्रति निरपेक्ष प्रेम (प्रिती) को अनुभव गर्यो । यो घटनाबाट शनको मनमा यो कुरा थप सुदृढ भयो की कसरी परातपर गुरु डा. आठवलेज्यू निरन्तर संसार भरिको मानिसहरु लगायत मृत्युउपरान्त सूक्ष्म देहहरुले कसरी आध्यात्मिक अनुसन्धान केन्द्र र आश्रममा उपलब्ध आध्यात्मिक ज्ञानबाट फाइदा लिन सक्छन् भनेर विचार गरिरहनु हुन्छ । किन भने यसले आध्यात्मिक कारणबाट हुने आध्यात्मिक कष्टलाई कम गर्न मद्दत गर्दछ ।

६. आउँदो पुस्तालाई आत्मनिर्भर बनाउने र साधकहरुलाई उनीहरुको विषय/क्षेत्र मा आध्यात्मिक दक्षता प्राप्त गर्न सहयोग पुर्‍याउने

भाग १- परातपर गुरु डा. जयन्त बालाजी आठवलेज्यूको मानवता प्रति निरपेक्ष प्रेम

परातपर गुरु डा. अठावलेसँग अत्यधिक उन्नत छैठौं इन्द्रिय र ईश्वरीय ज्ञानको पहुँच छ, उहाँसँग विभिन्न विषय र कलाका लागि साधकहरुलाई अद्वितीय मार्गदर्शन दिने क्षमता छ । धेरै साधकहरू साक्षी छन् कि कसरी उहाँसँग हरेक क्षेत्रमा आध्यात्मिक क्षमता र प्रभुत्व छ । उहाँमा हरेक क्षेत्रको परियोजनामा आध्यात्मिक रुपमा सकारात्मक (सात्त्विक) स्पन्दन आकर्षित एवं उत्पन्न गर्ने क्षमता छ । साधकहरु र सन्तहरुलाई प्रत्येक क्षेत्रमा आत्मनिर्भर नभएसम्म विकास गर्नु हुन्छ, यसले उहाँको निरपेक्ष प्रेम र महानतालाई दर्शाउँदछ ।

भाग १- परातपर गुरु डा. जयन्त बालाजी आठवलेज्यूको मानवता प्रति निरपेक्ष प्रेम

यी सबै हुनको लागि, उहाँ धेरै मेहनतको साथ प्रत्येक परियोजनाको सानो भन्दा सानो विवरणहरु हेर्नुहुन्छ ताकि उहाँले निर्देशन दिने प्रत्येक साधक त्यस क्षेत्र सम्बन्धित बुझ्न र अन्तरदृष्टि विकास गर्न सक्दछ । प्रत्येक परियोजनाको अन्त्यमा उहाँले परियोजना सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्नु भए पनि, उहाँ सारा श्रेय ईश्वर र परियोजनामा ​​संलग्न सबै साधकहरुलाई दिनुहुन्छ ।

७. सिद्धान्त उन्मुख हुने

परातपर गुरु डा. आठवलेले सधैनै सिद्धान्तमुखी कसरी हुने भनेर सिकाउनु हुन्छ र आध्यात्मलाई नियन्त्रण गर्ने विश्वव्यापी सिद्धान्तहरूमा श्रद्धा राख्ने सिख दिनुहुन्छ । यसरी उहाँले साधकहरुलाई केवल उहाँमा भर नपरि आध्यात्मशास्त्रमा पूर्ण श्रद्धा राख्नमा मद्दत गर्नु हुन्छ । उदाहरणको लागी, यदि साधक आध्यात्मिक समस्याबाट ग्रस्त छ; यस्तो संस्कृति सृजना गर्ने जहाँ व्यक्ति गएर साधकलाई निको पार्नुको अपेक्षा उहाँ साधकलाई आध्यात्मिक उपचार पद्धतिहरु सिक्न प्रोसत्साहित गर्नुहुन्छ जसले गर्दा स्वयंलाई उपचार गर्न सकिन्छ ।

उहाँको आध्यात्मिक प्रेमबाट परातपर गुरु डा. आठवलेज्यू बारम्बार साधकहरुलाई भन्दै आई रहनु भएको छ की उहाँको आफ्नो शारीरिक रूपमा होइन तर उहाँको अनन्त रूप जुन निर्गुण गुरु तत्व हो त्यसलाई देख्न बताउनु हुन्छ । यसले साधकहरूलाई सबै परिस्थितिमा स्थिर रहन मद्दत गर्दछ किनकि निर्गुण गुरु तत्त्वको लागि समय र ठाउँको सीमितता हुँदैन ।

८. उहाँको निरपेक्ष प्रेम र सम्भब भएसम्म धेरै भन्दा धेरै मानिसहरुलाई ईश्वरीय राज्यको साक्षी बनाउने तडप

भाग १- परातपर गुरु डा. जयन्त बालाजी आठवलेज्यूको मानवता प्रति निरपेक्ष प्रेम

परातपर गुरु डा. आठवलेज्यूको लक्ष्यको एउटा मुख्य पक्ष पृथ्वीमा आध्यात्मिक जागरण को नयाँ युग निर्माण गर्नको लागि मार्ग प्रशस्त गर्नु हो । यस युगलाई प्रायः पृथ्वीमा ईश्वरीय राज्य भनेर उल्लेख गरिन्छ । तर, यो नयाँ युगको लागि बाटो, २०२४ मा सुरू हुन्छ जुन प्रकोप र विनाशले भरिएको हुन्छ जहाँ विश्वको जनसंख्याको ठूलो भाग नष्ट हुनेछ ।

SSRF को वेबसाइटमा २०२४ सम्ममा के हुने त्यसको विवरण मितिहरू २००७ मा नै प्रकाशित गरीएको थियो । सुरुमा, गम्भीर विनाशको अवधि २०१५ देखि २०२३ सम्मको भविष्यवाणी गरिएको थियो । नयाँ युग हेर्नको लागि व्यक्ति जीवित रहनको लागि, परातपर गुरु डा. आठवलेज्यू सधैं भन्नु हुन्छ छ कि यो उनीहरुले आध्यात्मिक स्तरमा प्रगति गर्ने प्रयासहरुमा निर्भर हुन्छ । जब हामी तीव्र विनाशको अवधि तिर नजिक आइपुग्यौं, एक दिन परातपर गुरु डा. आठवलेज्यूले २०१५ – २०२३  बाट २०१९ – २०२३ सम्म तीव्र विनाशको मिति परिवर्तन गर्नु भन्नु भयो ।

यो सुनेपछि, त्यहाँ रहेका साधकहरुले आध्यात्मिक भाव जागृत भएको अनुभव गरे । त्यस क्षणमा उनीहरूले परातपर गुरु डा. आठवलेज्यूको मानवताप्रति अपार प्रिती र उहाँको आध्यात्मिक बलको साक्षी बने जुन मानवजातीले भोग्नु पर्ने दु:खको समयलाई पछि धकेलि दिनु भयो । केवल उच्च स्तरको सन्त नै आफ्नो संकल्पले त्यस प्रकारको परिवर्तन मानव इतिहासमा गर्न सक्नु हुन्छ । मितिहरू परिवर्तन गर्दा, हामीले महसुस गर्‍यौं कि उहाँले वास्तवमै खराब अवधिलाई खुम्चाइ दिनु गर्नुभयो, जसले मानवतालाई आउँदो कालको लागि तयारी गर्ने समय दिनु भयो । त्यो क्षणको परिमाण र गम्भीरता जुन साधकहरुले देखे त्यो जीवनभर उनीहरूसँग रहनेछन् ।

५. निष्कर्ष

ईतिहास यो समयलाई पछाडि फर्केर हेर्नेछ र परातपर गुरु डा. आठवलेज्यूले मानवजातीको आध्यात्मिक उत्थान र आध्यात्मिक आयाम बुझ्नको लागि सामाजमा आध्यात्ममिक जागृति गर्नु भएको माहानताको बारेमा कुरा गर्नेछ । उहाँ दुर्लभहरुमा पनि दुर्लभ – समष्टी परातपर गुरु (जसले अखिल मानवजातीलाई ईश्वर प्राप्ति गराउन सक्नु हुन्छ) हुनुहुन्छ । यद्यपि उहाँको लक्ष्य यति विशाल भएपनि, जुन नम्रता र प्रेमले उहाँ आफ्नो दैनिक कार्यहरु गर्नु हुन्छ र अरूसँग व्यवहार गर्नुहुन्छ ती सबै हामी अनुसरण गर्न चाहान्छौं ।

सबै साधकहरुको लागि, उहाँसँगको कुराकानी र उहाँसँगको सम्बन्धको सम्झनाहरू अति विशेष हुन्छन् किनकि ति सबै उहाँले दिनु भएको अनन्य प्रितीले भरीएको हुन्छ । हामी साधकहरु जसले उहाँलाई प्रत्यक्ष रुपमा अनुभव गर्ने मौका पायौं, ‘उहाँको सानिध्यमा रहन पायौं, जीवनभरी त्यो अवसरको लागि कृतज्ञ रहनेछन् र जुन प्रेम उहाँले दिनु भयो, त्यो सदैव हाम्रो हृदयमा अंकित रहनेछन् । उहाँ यस अवधारणाको मूर्त रुप हुनुहुन्छ कि नेतृत्व अरुको लागि निरपेक्ष प्रेममा स्थापित हुनुपर्छ ।

बस हाम्रो यहि प्रार्थना छ की हामी मानवतालाई प्रेम र सेवा गर्नको लागि सिक्न सकोस र त्यसको अभ्यास गर्न सकोस् जुन उहाँले हामीलाई सिकाउनु भएको छ र यदि हामी त्यसको थोरै मात्र पनि अनुकरण गर्छौं भने हाम्रो जीवन सार्थक हुनेछ ।