B2 स्वयम् सूचना शैली

B2 स्वयम् सूचना शैली

1. B2 स्वयम् सूचना शैलीको परिचय

के तपाईले कुनै प्रियजन गुमाएर असहनीय शोक लामो अवधिको लागि अनुभव गर्नु भएको छ ? के तपाईको मूल बस्थानमा अकस्मात बाढी आएर तपाईले सम्पत्ती गुमाउनु भयो जसले गर्दा एकै क्षणमा तपाईको जीवन सदाको लागि परिवर्तन भयो ? हुनसक्छ तपाई कठिन प्रबन्धकसँग व्यवहार गरिरहनु परेको छ जो अविवेकी हुनुहुन्छ र यो समयमा तपाईसँग काम परिवर्तन गर्ने कुनै विकल्प पनि छैन । जीवनमा यस्तो धेरै परिस्थितिहरू छन्, जुन हाम्रो नियन्त्रण भन्दा बाहिर छ । व्यक्तिहरु अप्रत्याशित तरिकामा कार्य गर्दछन् र ती हाम्रो जीवनलाई प्रायः हाम्रो सहमति वा अनुमोदन बिना प्रभाव गर्दछन् । तनावपूर्ण परिस्थितिहरूको सामना गर्दा हामी आफुलाई परिवर्तन गर्न असमर्थ हुन्छौं र हाम्रो धेरै ऊर्जा खर्च हुन सक्छ र हामी थकित र अलमल्ल पर्न सक्छौं । यदि यसलाई सम्बोधन गरिएन भने, भइरहेको तनावले डिप्रेसन, चिन्ता र अन्य मानसिक विकारहरु निम्त्याउन सक्छ । सबैले परिस्थितिको सामना गर्न आफ्नै व्यक्तिगत तरिकाहरू प्रयोग गर्दछन्, जुन हामी परिवर्तन गर्न सक्दैनौं ।

हामीमा प्राय “म किन?” (“Why me”) सिन्ड्रोम हुन्छ र हामी सोच्न थाल्छौं कि के यी नकारात्मक प्रतिक्रियाहरू रोक्नको लागि कुनै प्रभावकारी तरीका छ । कसरी हामी अनियन्त्रित परिस्थितिहरुको तनावबाट जोगिन सक्छौं ? जीवनमा चुनौती र कठिनाइहरूको सामना गर्दा हामी कसरी शान्त रहन सक्छौं ?

हामीले आफ्नै तरीकाले परिस्थितिहरुलाई स्वीकार्ने कोसिस गर्छौं । यद्यपि, अवचेतन मनमा भएको संस्कारहरुको (स्वाभाव दोषहरूको) कारण, हामी यसलाई पूर्ण रूपमा स्वीकार गर्न संघर्ष गर्छौं र यसलाई बिर्सन पनि सक्दैनौं । धेरैजसो नकारात्मक विचारहरूले हाम्रो मनमा खेली रहन्छन् र हामीलाई फेरि त्यही स्थितिमा पुर्याउँन सक्छ । यसले सधैं असहाय र निराशाको भावना भई रहन्छ । त्यसैले के यस्तो परिस्थितिहरूको सामना गर्न कुनै समाधान छ जसलाई हामी परिवर्तन गर्न असक्षम छौं ? B2 स्वयम् सूचना एउटा शैली हो जुन PDR (स्वाभाव दोष निर्मूलन) भित्रको एउटा प्रक्रिया हो जुन विशेष रूपमा प्रतिक्रिया या नकारात्मक प्रतिक्रियाहरूलाई पार गर्नको लागि हुन्छ ।

2. B2 स्वयम् सूचना शैलीको परिभाषा

B2 स्वयम् सूचना शैलीको प्रयोग तब गरिन्छ जब हामी अरूले गरेको गल्तीले गर्दा तनाव या दु:ख अनुभव गर्छौं र उनीहरूमा भएको स्वाभाव दोषहरु हटाउन या प्रतिकूल परिस्थिति परिवर्तन गर्न केही पनि गर्न सकिदैन ।

B2 स्वयम् सूचना शैलीको प्रयोग तब गरिन्छ जब हामी तनाव या दुखको अनुभव गर्छौं र यी मध्य एक

    1. अरूको स्वाभाव दोष सुधार गर्न सम्भव छैन जुन तनावको कारण हो या
    2. प्रतिकूल परिस्थिति परिवर्तन गर्न सम्भव छैन ।

हामी भन्दा जेठो व्यक्तिहरुले गरेका गल्तीहरू जो कुनै सुधार गर्न ग्रहणयोग्य हुँदैनन् या केही अपरिहार्य दुखद परिस्थिति जस्तै घनिष्ठ परिवारको सदस्यलाई घातक बिरामी लागेको पुष्टि, प्राकृतिक प्रकोपको सामना गर्नुपर्ने आदि । यस्तो परिस्थितिमा मनलाई दार्शनिक तर्क दिईन्छ, जसले हामीलाई शान्त रहन र परिस्थिति जस्ताको त्यस्तै स्वीकार्न मद्दत गर्दछ । यहाँ ध्यान दिने एउटा कुरा के हो भने गल्ती या परिस्थिति अरुको स्वाभाव दोषको कारण भए पनि, B2 स्वयम् सूचनाले गल्ती / परिस्थितिको लागि हाम्रो आफ्नै प्रतिक्रियालाई सम्बोधन गर्छ । त्यस कारण, स्वाभाव दोष हटाउने (PDR) प्रक्रियामा, ध्यान सँधै आफूलाई परिवर्तन गर्नमा रहन्छ । यो प्रक्रियाको माध्यमबाट हामी आफ्नै सोच र प्रतिक्रियाहरूलाई परिवर्तन गर्ने प्रयास गर्छौं, जबकि अन्य व्यक्ति या परिस्थितिले नकारात्मक प्रतिक्रिया उत्पेरित गर्न सक्छ ।

2.1 B2 स्वयम् सूचना शैली बनाउने ढाँचा

यसको ढाँचा हो:

प्रतिक्रियालाई उत्तेजित गर्ने घटना + परिस्थिति जस्तो छ त्यस्तै स्वीकार गर्नको लागि तर्कहरु

त्यसकारण, हामी एउटा परिस्थितिको उदाहरण हेरौं कसरी B2 स्वयम् सूचना शैली बनाउन सकिन्छ ।

B2 स्वयम् सूचना शैली

स्वयम् सूचना “जब” बाट सुरु हुन्छ र त्यसपछि गल्तीको त्यो अंश आउँछ जुन वास्तविक उत्तेजक हो (यहाँ आफ्नो बहुमूल्य समानहरू लुटेको छ) । त्यसपछि दार्शनिक तर्क दिन्छ सबै कुराको बाबजुद पनि, हाम्रो परिवार सुरक्षित छ र यो वास्तवमा एउटा आशिर्वाद हो ।

यहाँ, परिवार सुरक्षित छ भन्ने अनुभूतिले सबै हराएको छैन, पुननिर्माण गर्न सक्छौं किन कि सबै परिवार सुरक्षित छ, भन्नाले मनलाई राहत मिल्न मद्दत गर्दछ । B2 स्वयम् सूचनाको माध्यमले चुनौतीपूर्ण परिस्थितिको सामना गर्नको लागी ताकत मिल्छ र  हामी स्थिर रहन्छौं ।

3. B2 स्वयम् सूचना शैली प्रयोग गर्नको लागि कसरी छनौट र विश्लेषण गर्ने

निम्न फ्लोचार्टले हामीलाई दृश्यात्मक रूपमा देखाउँदछ कि हामी कसरी थाहा पाउने कहिले B2 स्वयम् सूचना शैली छनौट गर्ने ।

B2 स्वयम् सूचना शैली

हामी परिस्थितिको व्यावहारिक उदाहरण हेर्आैं जसले B2 स्वयम् सूचना शैलीको छनौट कहिले गर्ने भनेर बुझ्न सक्छौं ।

B2 स्वयम् सूचना शैली

गल्ती/कमि: ‘डाक्टरले काकी एलिसनको क्यान्सर फर्केर आयो र उहासँग धेरै समय बाँकी छैन भन्दा म (एलेन) निराश भएँ ।’

माथिको फ्लोचार्टको सन्दर्भ लिदै, निम्न प्रश्नहरू यस्तो घटना/परिस्थितिमा हामीले स्वयम्लाई सोध्नु पर्छ (यो परिस्थितिमा निराशाको भावना) । यो निर्धारित गर्नको लागि कुन प्रकारको स्वयम् सूचना उपयोग गर्ने ।

प्रश्न १ : कसको स्वाभाव दोष मुख्य रूपमा परिस्थितिमा तनावको कारण हो या तनावको लागि को जिम्मेवार छ ? (कृपया ध्यान दिनुहोस्: हामी यी मध्य कुनै एक प्रश्न सोध्न सक्छौं ।)

उत्तर: यो स्थितिमा एलेनलाई निम्त्याएको तनाव मुख्य रूपमा उनको काकी (एलिसन) को परिस्थितिको कारण हो ।

प्रश्न २: यो गल्ती गलत कार्य, विचार या भावना हो कि यो गलत प्रतिक्रिया हो? ‘

उत्तर: यहाँ, आफ्नो काकीको क्यान्सर फर्किएको कारण एलेनले भावनात्मक प्रतिक्रिया दिएको हो ।

प्रश्न ३: के परिस्थिति परिवर्तन गर्न सकिन्छ कि सकिदैन ?

उत्तर: यहाँ डाक्टरहरूले भने जस्तै परिस्थिति परिवर्तन गर्न सक्दैन ।

त्यसकारण, माथिको विश्लेषणको आधारमा, यो परिस्थितिको लागि, B2 स्वयम् सूचना शैली प्रयोग गर्न सकिन्छ ।

निराशाको भावना हटाउन प्रयोग गर्न सक्ने दुई सम्भावित B2 स्वयम् सूचनाहरु तल प्रदान गरिएको छ ।

  • जब म (एलेन) मेरो काकी एलिसनसँग कम समय बाँकी छ भनेर दु:खी हुन्छु, म ईश्वरलाई मेरो श्रद्धा बढाउनको लागि प्रार्थना गर्दछु कि उहाँले नै काकीको हेरचाह गर्नुहुन्छ र म शान्तपूर्वक नामजपमा ध्यान केन्द्रित गर्छु ।
  • जब म (एलेन) मेरो काकी एलिसनसँग कम समय बाँकी छ भनेर दु:खी हुन्छु, म महसुस गर्ने छु कि यो समय उनको हेरचाह गर्ने समय हो । त्यसैले, म उनको हेरचाह गर्नेछु र जुन थोरै समय बाकी छ म त्यो समय मनमा सझाउँनेछु ।

याद गर्नुहोस् – प्रत्येक घटना जहाँ अरु संलग्न छ जसले प्रतिक्रिया या तनाव उत्पन्न गर्छ, यसलाई विश्लेषण गर्न आवश्यक हुन्छ कि परिस्थिति परिवर्तन गर्न सक्छ या सक्दैन ।

उदाहरणको लागि, जोनिसको मन दुख्यो जब उसले जोनलाई मद्दतको लागि बोलायो र उसले स्पष्ट रूपमा अस्वीकार गर्यो । जब विगतमा जोनलाई सहयोग चाहिएको बेला, जेनिस तुरुन्तै मद्दत गर्न गएको थियो ।

  • अब, यदि जेनिस काममा जोनको हाकिम हुन् र जोनसँग सहयोग नगर्ने दृष्टिकोण छ भने जेनिसले जोनलाई ठीकसँग व्यवहार गर्न र यहाँ आएर मद्दत गर्न भन्न सक्दछ । किनकि जेनिसलाई तनाव उत्पन्न गर्ने व्यक्ति या परिस्थिति परिवर्तन गर्न सम्भव हुन्छ, तसर्थ यसमा B1 स्वयम् सूचना प्रयोग गर्नुपर्छ ।
  • यद्यपि, जोन जेनिसको हजुरबाबा हुनुहुन्छ जो रिसालु स्वाभावको हुनुहुन्छ र सामान्यतया अरुलाई सहयोग गर्न चाहनु हुन्न, यसमा सम्भावना छैन कि जेनिसले हजुरबाको मन बदलन सक्छ र मद्दत मिल्न सक्छ । यस परिदृश्यमा B2 स्वयम् सूचना प्रयोग गर्नुपर्दछ |

4. B2 स्वयम् सूचनाले मनलाई शान्त बानाउँछ

B2 स्वयम् सूचना लिएर दुखद परिस्थितिहरुमा मनलाई शान्त बनाउन मद्दत गर्दछ । हामीले परिवर्तन गर्न नसक्ने विषयहरुमा स्वीकृति आउँदा बोझ हटेर जान्छ त्यसैले तनावपूर्ण परिस्थिति र निराशावादी विचारहरूको सामना गर्न यो एउटा शक्तिशाली औषधि बन्छ ।

जब दैनिक परिस्थितिहरुमा अन्य व्यक्ति संलग्न हुँदा प्रयोग गरिन्छ, B2 स्वयम् सूचनाले हामीलाई वस्तुनिष्ठ, पृथक र गैर-प्रतिक्रियाशील रहन मद्दत गर्दछ, ताकि हामी आफ्नो दिन राम्रोसँग बिताउन सक्छौं । हामी अरूको गलत छनौट र नकारात्मक कार्यहरूबाट प्रभावित हुँदैनौं जसले हामीलाई पहिला थकित र क्रोधित बनाउथ्यो ।

जीवनमा प्रमुख घटनाहरूको बारेमा, B2 स्वयम् सूचनाले दार्शनिक दृष्टिकोण प्रदान गर्दछ किनकि हामी बुझ्दछौ कि यस्ता धेरै घटनाहरू प्रारब्धको कारण हुन्छन् । यदि एउटा व्यक्ति प्राकृतिक प्रकोपमा फसेको छ र आफ्नो सबै भौतिक सम्पत्ति गुमाउँछ भने, त्यो व्यक्ति साँच्चै भाग्यशाली हुन्छ किनभने उसले यो घटनामा जीवन दान पायो । धेरै व्यक्तिहरु अनजान छन् कि हाम्रो जीवनमा जे हुन्छ त्यसको ६५% अन्तर्निहित कारण नै प्रारब्ध हो, जस्तै विवाह र मृत्यु जस्ता सबै प्रमुख घटनाहरू । यो ज्ञानले मात्र हामीलाई अधिक दार्शनिक दृष्टिकोण दिन मद्दत गर्दछ कि जीवनमा जुन घटनाहरू घट्छन् त्यसमा आध्यात्मिक कारणहरु हुन्छ ।

5. B2 स्वयम् सूचनाको उदहारणहरु

आउनुहोस् हामी केहि परिस्थितिहरू लिऔं जहाँ B2 स्वयम् सूचना प्रयोग गर्न सकिन्छ । यी उदाहरणहरूमा, परिस्थिति वा अन्य व्यक्तिको व्यवहार परिवर्तन गर्न केहि गर्न सकिदैन ।

6. निष्कर्ष

उत्तम-योजनाबद्ध कार्यहरू अप्रत्याशित जीवन परिवर्तन गर्ने घटनाहरू जस्तै गम्भीर बिमारी, बेरोजगार हुनु या सम्बन्ध विच्छेदको कारणले रोकिन सक्छ । जीवन सधै अपेक्षित जस्तो हुँदैन । धेरै तरीकाहरू छन् कसरी हामी खराब परिस्थितिहरुप्रति आफुलाई तयार पार्न सक्छौं । हामीसँग सबै भन्दा राम्रो तयारी छ र राम्रो विशेषज्ञता छ, तरपनि धेरै घटनाहरु नराम्रो हुन्छन् र परिस्थितिलाई सम्हाल्न हामीलाई एक्लौ छोडि दिन्छ ।

त्यसकारण, जब उत्तम-योजनाहरू असफल हुन्छन्, ती विभिन्न परिस्थितिहरुप्रति हामी के नियन्त्रण गर्न सक्छौं भन्ने हाम्रो दृष्टिकोणहरू/प्रतिक्रियाहरू र मनोवृतिहरु । तर यो गर्नु भन्दा भन्नु सजिलो हुन्छ । चुनौतीपूर्ण परिस्थितिको सामना गर्नुपर्दा, सकारात्मक दृष्टिकोण कायम राख्न धेरै प्रयास र साहस चाहिन्छ तर हाम्रो मनको उचित कन्डिशनिंगबाट यो सम्भव छ । B2 स्वयम् सूचना एउटा समाधान हो जसले हामीलाई त्यस्तो सबै परिस्थितिहरूसँग सम्झौता गर्न सक्षम गर्दछ जुन हाम्रो नियन्त्रणमा हुँदैन । नियमित रूपमा यी स्वयम् सूचनाहरु लिदा मनलाई स्वीकार्न सहयोग मिल्छ जुन कुराहरु हामी परिवर्तन गर्न सक्दैनौं । त्यसो गर्दा, शान्त र स्थिरता अनुभव गर्न हामी सक्षम हुन्छौं ।