नामजपको लाभ

१. मनविकारको लागि उपचार पद्धतिको रूपमा नामजप

अधिकांश मानसिक रोगहरुमा नामजप लाभदायी हुन्छ । नामजप, बाध्यकारी मनोग्रस्ति विकार (obsessive compulsive disorder) मा सबै भन्दा प्रभावशाली उपचारहरु मध्धे एउटा हो ।

२. नामजपद्वारा अवचेतन मन शुद्ध हुन जान्छ

नामजपबाट निर्मित तेजले अन्तर्मनको संस्कार नष्ट हुन्छ ।

जुन प्रकारले सूर्य मल तथा त्यसको दुर्गन्धलाई नष्ट गरिदिन्छ, त्यहि प्रकार ईश्‍वरको नामजपद्वारा निर्मित तेजले आन्ततरिक फोहरलाई नष्ट गरिदिन्छ । – सन्त भक्तराज महाराज

नामजपद्वारा अन्तर्मनको शुद्धि निम्नलिखित पद्धति अनुसार हुन्छ ।

२.१ नामजपमा रूचि निर्माण हुने र अन्तर्मनको शुद्धिकरण

 मनोविज्ञान अनुसार, ईश्‍वरको नामजप तथा भौतिक वस्तुको जप गर्नु धेरै समानता छ । जब आमा आफ्नो बच्चाको नाम बोलाउँछ अथवा सुन्छ, उनको अंत:करणमा वात्सल्य, प्रसन्नता, चिन्ता, आकांक्षा इत्यादि अनेक भावनाहरु उत्पन्न हुन्छ । यस्तो किन हुन्छ भने वस्तुको (यहाँ बालकको) नामसँग उनको सबै भावनाहरु जोडिएको हुन्छ । स्मरण गर्नाले अथवा व्यक्तिको नाम निरन्तर सुन्नाले भावना जागृत हुन्छ । यो आमाको जीवनमा स्वाभावीक र शक्तिशाली प्रेरणा शक्ति हो । कहिलेकाहिँ यहि शक्तिबाट प्रेरित भएर आमा आफ्नो शिशुको लागि सबै कुरा त्यागन त्यार हुन्छ ।

ईश्‍वरको नामजपप्रति पनि यहि मनोवैज्ञानिक प्रक्रिया हुन्छ । जब हामी नामजप गर्छौं, तब जानी-नजानी मनमा ईश्वरप्रति केहि भावनाहरु अथवा चित्र हुन्छ । ईश्वरको गुणको बारेमा पनि धेरै-थोरै ज्ञान हुन्छ । छलफलहरुबाट हामीलाई यो ज्ञात हुन्छ कि ईश्‍वरको कृपाबाट हाम्रो कल्याण हुन्छ र नामजप उनको कृपा प्राप्त गर्ने साधन हो । अतः हाम्रो आध्यात्मिक भाव कि हामी ईश्‍वरको नामजप गरिरहेका छौं, विशिष्ट गुणहरुले सम्पन्न हुन्छ, त्यो नामको साथ आउँदछ । यो आध्यात्मिक भावको कारण ईश्वर प्रति आदर, प्रेम, भक्ति, अनुचित कार्यहरुको भय इत्यादि भावनाहरु बढ्दै जान्छ तथा अर्कोतर्फ अनावश्यक भावनाहरु घट्दछ । यस प्रकारले बिस्तारै अन्तर्मनको शुद्धि हुन्छ ।

२.२ संस्कारहरु अल्प हुने

जब हामी नामजप गर्छौं, तब बाह्य मन, अन्तर्मनको केन्द्रहरु उदा. इच्छा एवं वासना-केन्द्र, रुचि-अरुचि केन्द्र, स्वभाव एवं बुद्धि केन्द्र इत्यादिबाट आउने सम्वेदनाहरुलाई स्वीकार गर्दैन । जब यो प्रक्रिया लामो समयसम्म निरन्तर चलि रहन्छ तब यी केन्द्रहरुको संस्कार बिस्तारै घट्न थाल्दछ र मनुष्यलाई शान्त मानसिक अवस्था अनुभव हुन थाल्दछ ।

२.३ नयाँ संस्कारहरु निर्माण हुँदैन

नामजप गरि रहदा अन्य चीजहरुको विषयमा नयाँ संस्कारहरु अन्तर्मनमा बन्दैन । अन्तर्मनमा नयाँ संस्कार नबनाउनको लागि जागृत अवस्थामा ईश्‍वरको नामजप गर्नु कदाचित सर्वश्रेष्ठ मार्ग हो । [एकाग्रताको अवस्था, ध्यान एवं समाधि (अर्थात परमोच्च ईश्‍वरीय तत्त्वसँग एकरूप हुने परम जागृत अवस्था) जस्तो अवस्थामा पनि, अन्य चिजहरुको संस्कार अन्तर्मनमा निर्मित हुँदैन ।

२.४ नामजपबाट इच्छाहरुको निर्मूलन

नामजपको कारण, मन बाहिरी आकर्षणबाट अल्प विचलित हुन्छ । जब यसरी मन भट्किन कम हुन्छ, तब हामीलाई मायातर्फ आकर्षित गर्ने इच्छाहरु तथा हाम्रो देहभान आफै न्यून हुन्छन्  र हामी नामजपमा एकाग्र हुन सक्छौं । इच्छाहरु पूर्ति गर्नुको सट्टा हाम्रो मन नामजपमा लिन हुन्छन् । यस प्रकार इच्छाहरु अल्प भएर अन्तमा समाप्त हुन्छ । इच्छाहरुको स्वरूप सूक्ष्म हुनुको कारण त्यसलाई न्यून गर्नको लागि सूक्ष्म-साधना (ईश्‍वरको नामजप) को आवश्यकता हुन्छ । जब इच्छा न्यून हुन्छ अथवा समाप्त हुन्छ, तब हामी आनन्दको अनुभव गर्दछौं । यो आनन्द हामीलाई आन्तरिक सन्तोष दिने गर्दछ, यो सन्तोष मनको कुनै पनि इच्छा पूर्ति भन्दा अधिक हुन्छ ।

३. नामजपबाट अन्तर्मुखता एवं अन्तर्निरीक्षणमा वृद्धि हुने

स्वयंमा सद्गुण ल्याउनको लागि अन्तर्मुखता एवं अन्तनिरीक्षण दुवै आवश्यक हुन्छ । नामजप गर्ने प्रक्रियाद्वारा दुवै गुण विकसित हुन प्रारम्भ हुन्छ ।

जब हामी अन्तर्मुख हुनको लागि प्रयत्न गरछौं, तब मात्रै सही अर्थमा नामजप आरम्भ हुन्छ । यदि हामी निरीक्षन गर्न चाहन्छौं कि मनमा नामजप भईरहेको छ की छैन, तब आफू भित्र ध्यान केन्द्रित गर्नु पर्दछ आर्थात आध्यात्मिक रुपमा अन्तर्मुख हुनु पर्दछ ।

मन भट्किन्छ र आफ्नो निहित स्वभाव अनुसार बाहिरी उत्तेजना (stimuli) मा आकर्षित हुन्छ, अतः अधिक समयसम्म नामजपमा ध्यान केन्द्रि गर्न सक्दैन । यसको भान हुने बितिक्कै, पुनः मनलाई नामजपतर्फ ल्याउने प्रयत्न गर्नु पर्दछ । यो प्रक्रियामा, मनलाई विचलित गर्ने विचार अथवा स्वभावदोष प्रति हामी सतर्क हुन्छौं । यही अन्तनिरीक्षण हो ।

४. नामजपबाट एकाग्रतामा वृद्धि हुने

नामजप गर्नाले अन्तर्मनको शुद्धि हुन्छ, अन्तर्मनबाट बाह्यमनमा आउने सम्वेदना पनि घट्दै जान्छ, तथा एकाग्रतामा वृद्धि हुन्छ । यस प्रकार, हामी कुनै पनि कार्य अधिक शान्ति, एकाग्रता एवं परिपूर्णतासँग गर्न सक्छौं, जसले जीवन अधिक यशस्वी बनाउछ, साथै आध्यात्मिक प्रगति हुन्छ ।

नामजपको कारण एकाग्रता बढ्नाले पढाईमा सुधार: नामजप कसरी गर्ने, यो सिकेपछि घर पर्के र नामजप आरम्भ गरे । याहाँ सम्मकी मामाले दूरदर्शन (Television) आरम्भ गरेपनि, म विचलित भएन । मैले मेरो पढाईमा पुरै ध्यान केन्द्रित गर्न सके । -कुमारी श्‍वेता दिलीप पारठे, मुंबई, भारत.

५. नामजपबाट वाणी शुद्धि

जब हामी दिनभरि सांसारिक कुराहरुमा संलग्न हुन्छौं, तब हामी मायासँग सम्बन्धित संस्कारहरुलाई अन्तर्मनमा अधिक शक्तिशाली बनाई मनलाई अशुद्ध बनाउँदछौं । जुन प्रकार नामजपको दैवी शक्तिले हाम्रो अन्तर्मनलाई पवित्र बनाई दिन्छ, त्यहि प्रकारले हाम्रो वाणीपनि शुद्ध हुन्छ ।

६. नामजपको लाभ मौन रहनुको लाभ समान

ईश्‍वरको नामजप गर्नु एक प्रकारले मौन धारण गर्नु हो । अतः नामजप गर्नाले मौनको निम्नलिखित मनोवैज्ञानिक लाभ पनि मिल्दछ ।

अ. सांसारिक समस्याहरु अल्प हुने : अधिकतम सांसारिक समस्याहरु हाम्रो बोलीको कारण उत्पन्न हुन्छ । मौन धारण गर्ने अभ्यासले, त्यो स्वाभाविक रूपले टलन सक्छ ।

आ. हामी असत्य बोलन टालन सक्छौं ।

इ. षडरिपुहरुमा नियन्त्रण : षडरिपु हामीलाई भौतिक संसारसँग बाधि राख्दछ तथा त्यहि हाम्रो दुखको कारण हुन् । ती षडरिपुहरु हुन् काम, क्रोध, मद, मत्सर, लोभ तथा मोह । जब क्रोध जस्तो भावना व्यक्त गारिदैन, तब नामजपद्वारा हामी बिस्तारै-बिस्तारै नियन्त्रण पाउन सक्छौं ।

७. सारांश – नामजपको लाभ

आजको तनावपूर्ण वातावरणमा, नामजपबाट जीवन तनावमुक्त बनाउन सकिन्छ। जसले उच्च फलोत्पत्ति, अन्यको साथ शान्तिपूर्ण व्यवहार गर्ने, प्रेमभावमा वृद्धि, स्वार्थ न्यून हुने एवं आध्यात्मिक प्रगति हुन्छ ।