यो विश्वको नागरिकको रुपमा मैले के गर्न सक्छु ?

जसले प्राकृतिक आपदा तथा मौसम परिवर्तनतृतीय महायुद्ध भविष्यवाणी २०१५ अनि त्यसपछिको विषय लेख पढ्नुभएको छ अनि विचार गर्नुहुन्छ ‘अब के?’, हामीले केहि व्यावहारिक जानकारी प्रदान गरेका छौं कि तपार्इ प्रत्येक अवस्थामा कसरी मद्दत गर्न सक्नुहुन्छ । हाम्रो मूल उद्देश्य हो  वातावरणमा विद्यमान रज-तम घटक न्यून गरि समाजमा सूक्ष्म मूलभूत सात्त्विक घटक बढाउने ।

हामीले यस कार्ययोजनालार्इ ४ भागमा विभाजित गरेका छौं ।

यो विश्वको नागरिकको रुपमा मैले के गर्न सक्छु ?

टिप्पणी : प्रत्येक वृत खण्डमा शारीरिक, मानसिक अनि आध्यात्मिक स्तरको समाधानयोजना समाहित हुन आवश्यक छ । शारीरिक स्तरको समाधानयोजनाको लागि, जस्तै कार्बनको प्रक्षेपणको मात्रा घटाउनको लागि के गर्नुपर्छ, यस विषय जान्नको लागि climatecrisis.net जस्तो अन्य जालस्थ हेर्ने सुझाव दिन्छौं । तल दिएका समाधानयोजना मुख्यत: मानसिक एवं आध्यात्मिक दृष्टिकोणबाट दिएका छन् ।

वृत खण्ड १ : प्राथमिक स्तरमा म के गर्न सक्छु ?

  • सबै भन्दा पहिला समय निकालेर जलवायु परिवर्तन, तेस्रो विश्वयुद्ध अनि राम्रो विरुद्ध नराम्रो, यी विषयहरुसँग परिचित र बुझ्ने प्रयास गर्नुहोस् । सम्बन्धित अन्य विषयहरुको पनि अभ्यास गर्नुहोस् जसले हरेक दृष्टिकोणद्वारा हामी यस विषयसँग एकरूप हुन्छौं ।
  • साधनाको छ: मूलभूत सिद्धान्त अनुसार साधना गर्नाले नै हामी स्वयमा सत्त्व गुण बढाउन सक्छौं अनि साथमा उच्च स्तरको ईश्वरीय सुरक्षा-कवच प्राप्त गर्न सक्छौं ।
  • यदि तपार्इ कुनै प्रकारको आध्यात्मिक अभ्यास गरि रहनु भएको छैन भने साधनाको लागि केहि सरल व्यावहारिक पहलू उपलब्ध गराउँछौं । सुरु गर्न आज भन्दा कुनै राम्रो समय छैन । हामी सबै आध्यात्मको छ: मूलभूत सिदान्तमा आधारभूत साधाना गर्यौं भने समग्रमा सत्त्वगुण बढाउन अनि रज-तम न्यून गर्नमा सहायक हुन्छ ।
  • यदि तपार्इ वर्तमानमा केहि साधना गरिरहनु भएको छ भने, ध्यान राख्नुहोस् तपार्इले गरि रहनु भएको साधना अध्यात्मको छ: मूलभूत सिद्धान्त अनुसार छ । गम्भीरतापूर्वक तथा गहराईबाट साधनाको छ: मूलभूत सिद्धान्तका चिन्तन-मनन एवं मन्थन गर्नुहोस् । यद्यपि यो सिद्धान्त सरल लाग्न सक्छ, तर व्यावाहारिक स्तरमा आउॅंदा अधिकतर व्यक्ति डगमगाउँछन् ।
  • साधना गर्दा हाम्रो दृष्टिकोण पूर्णतया व्यापक हुनुपर्दछन् । यो अभ्यास कुनै संस्कृतिको विषयमा बिना कुनै पूर्वाग्रहको साथ, बिल्कुल यस्तो दृष्टिकोण जुन महाविद्यालय अथवा विश्वविद्यालयमा राख्दछौं । यदि हामी अध्यात्मको सिद्धान्तको विषयमा स्पष्टता छौं भने मात्र स्वयंको साधनाको दिशा निश्चित गर्ने योग्य निर्णय लिन सक्छौं । साधकको आध्यात्मिक सोचलार्इ प्रेरित गर्नको लागि हामी विश्वको अनेक केन्द्रमा प्रवचन दिन्छौं अनि केहि प्रवचन SSRF कक्षा मा उपलब्ध गरेका छौं ।
  • यदि तपार्इसँग केहि प्रश्न छ भने कृपया हामीलार्इ यस लिङ्कमा क्लिक गर्नुहोस्,‘हामीलार्इ सम्पर्क गर्नुहोस्’ |

वृत खण्ड २ : प्राथमिक स्तरमा अरुलार्इ सहायता गर्नको लागि म के गर्न सक्छु ?

कुनै पनि व्यक्ति एक्लै हुँदैन, हामी सबै समाजको घटक हौं । जहाँ पूरा विश्व गम्भीर परिणामले प्रभावित छ, त्यहाँ कुनै पनि व्यक्ति ती परिणामहरुबाट बाच्न सक्दैन । त्यसैले यो अत्यावश्यक छ कि विश्वलार्इ सकारात्मकताले प्रभावित गर्नको लागि हामी कदम उठाउन किन कि विश्वमा हाम्रो प्रियजन, नातेदार, मित्र, सहयोगी, सहकर्मचारी आदि छन्।

  • यो लेख आफ्नो मित्र, परिवार, परिचित अनि यस विषयमा आस्था राख्नेहरुलार्इ पठाउनुहोस् । हामी सबैलार्इ यी घटनाहरुका मूल कारण ज्ञात हुन आवश्यक छन् । त्यसपछि हामी के गर्छौं, त्यो हामीमा निर्भर छन् ।
  • जब तपार्इ अध्यात्मको सिद्धान्तको अभ्यास गर्नुहुन्छ, त्यसलार्इ पालन गर्नुहुन्छ तथा त्यसलार्इ बुझ्नु हुन्छ, शीघ्र नै अरुलार्इ बताउनुहोस् । अरुलार्इ भन्नको लागि राम्रो अभ्यास हुनेसम्म प्रतीक्षा नगर्नुहेस् । यदि तपार्इले ‘अ’ जान्नु भयो भने अरुलार्इ ‘अ’ को विषयमा बताउनुहोस्, ‘ज्ञ’ सम्म अभ्यास होस्, यसको लागि नपर्खिनुहोस् ।

वृत खण्ड ३ : व्यक्तिगत स्तरमा अर्को चरणहरु के हो ?

  • साधना आरम्भ गरिसकेपछि यो आवश्यक हुन्छ कि साधनाको गुणात्मक अनि संख्यात्मक सुधार गर्नुपर्छ । उदाहरणार्थ, यदि तपार्इ प्रतिदिन एक घण्टा नामजप गरिरहनु भएको छ भने अर्को महिना प्रयत्नपूर्वक त्यसलार्इ दुर्इ घण्टासम्म बढाउन सक्छौं । यथार्थमा हामी ईश्वरको साधक बन्नु पर्छौं । साधक अर्थात :
  • जो ईश्वर प्राप्तिको लागि नै साधना गर्छ ।
  • व्यावहारिक जीवन व्यतीत गरि रहँदा पनि जसको जीवनको केन्द्रबिन्दु साधना अनि आध्यात्मिक प्रगति हुन्छ ।
  • जो प्रतिदिन साधना गर्छ ।
  • जसको साधना अध्यात्मको छ: मूलभूत सिद्धान्तमा आधारित हुन्छ ।
  • जो सत्संगमा रहन्छ अनि नयाँ सिद्धान्त सिक्न नियमित रूपले साधकसँग सम्पर्कमा रहन्छ ।
  • जो नियमित आध्यात्मिक प्रगतिको लागि विशिष्ट ध्येय राख्छ अनि उनको साधना कुनै पनि एक स्तरमा नअटकियोस् यसको लागि सतर्क रहन्छ ।
  • जो स्वभावदोष अनि अहं-निर्मूलनको लागि प्रयास गर्छ ।
  • जो आपातकालमा उपायस्वरूप प्रदूषण न्यून (कम) गर्नको लागि अग्निहोत्र गर्छ  ।

जब कोहि यस्तो स्थितिमा हुन्छ तब उनी प्रभावकारी रूपले पृथ्वीमा सत्त्वगुण बढाउनमा योग्दान गर्न सक्छ ।

वृत खण्ड ४ : समाजलार्इ सहायता गर्नको लागि अर्को चरणहरु के हो ?

  • माथि उल्लेख गरेका साधकका गुण हामीमा आउनाले हामी ईश्वरीय कार्य गर्नको लागि प्रभावी माध्यम बन्छौं ।
  • समाजमा सर्वव्यापी अध्यात्म प्रसारमा सहायता गर्नु, यो गुरुतत्त्वको अर्थात गुरुको कृपा पाउने सबै भन्दा गतिमान मार्ग हो ।