आफ्नो कुशलता तथा क्षमता अनुसार र्इश्वरलार्इ अर्पित गर्ने
ईश्वरले हामी सबैको अधिकारमा कुनै प्रकारको साधन दिएको छ । साधनाको मूलभूत सिद्धान्त यही हो कि ती साधनको उपयोग ईश्वर सेवामा प्रयोग गर्नुहोस् । फलस्वरूप हाम्रो आध्यात्मिक उन्नति हुन्छ । हामीलार्इ प्राप्त यी साधन साधारणतः चार प्रकारका हुन्छन् ।
१. हाम्रो देह
२. हाम्रो धन अनि हाम्रो सांसारिक सम्बन्ध
३. हाम्रो मन एवं बुद्धि
४. हाम्रो छैटौं ज्ञानेंद्रिय
आउनुहोस्, यी चार अङ्ग विस्तारपूर्वक हेरौं;
१. हाम्रो देह
देहबाट सेवा गर्नुको अर्थ हो, देहलार्इ ईश्वरको सेवामा लगाउनु । उदाहरणार्थ :
कार्यक्रम स्थलको स्वच्छता गरि आध्यात्मिक प्रवचनको आयोजन गर्नु
साधकलार्इ कार्यक्रम स्थलमा लिएर जानु
आध्यात्मिक प्रवचनको प्रसारको लागि भित्तिपत्रक (पोस्टर) लगाउनु
२. हाम्रो धन अनि सांसारिक सम्बन्ध
ईश्वरको सेवाको लागि धन तथा सांसारिक सम्बन्धको उपयोगको उदाहरण क्रमशः यस प्रकार छन् :
आध्यात्मिक प्रवचनको लागि उपलब्ध कार्यक्रम स्थलको भारा तिर्ने अथवा स्थल उपलब्ध गराउने
जुन संस्थामा हामी जुडेका छौं, त्यस संस्थामा आध्यात्मिक प्रवचनको आयोजन गर्ने
अफ्नो परिचितलार्इ आध्यात्मिक प्रवचनको लागि आमन्त्रित गर्ने
३. हाम्रो बुद्धि तथा मन
मन तथा बुद्धिको उपयोग गर्नुको अर्थ हो, हाम्रो रचनात्मक अनि बौद्धिक क्षमताका उपयोग ईश्वर सेवाको लागि गर्ने । यसको केही उदाहरण यस प्रकार छन्:
आफ्नो बुद्धिको उपयोग गरि अध्यात्मशास्त्रको अध्ययन गर्ने, स्वयं साधना गरि अरुलार्इ पनि यस सन्दर्भमा बताउने (मार्गदर्शन गर्ने)
आफ्नो लेखन शैलीको उपयोग गरि अध्यात्मप्रसाको लागि लेख लेख्ने
कुनै कार्यक्रमको आयोजन तथा त्यसको अभिलेख बनाउनमा सहायता गर्ने
४. हाम्रो छैटौं ज्ञानेंद्रिय
हामी मध्ये केही व्यक्ति बाल्यकाल देखि छैटौं ज्ञानेंद्रियको दिव्य देन अर्थात सूक्ष्म आयाम बुझ्ने क्षमता प्राप्त हुन्छ । यो देन अथवा कुशलता पूर्वजन्मको अथवा यो जन्ममा गरेको साधनाको कारण प्राप्त हुन्छ । आफ्नो तथा अरुको आध्यात्मिक उन्नति सुगम बनाउनको लागि यसको उपयोग गर्ने दायित्व हामीमा हुन्छ । अफ्नो छैटौं ज्ञानेंद्रियको (सूक्ष्म आयाम बझ्ने क्षमताको) उपयोग कुनै आध्यात्मिक गुरुको मार्गदर्शनानुसार गर्नु पर्छ ।
सम्क्षेपमा, निम्न सूत्र ध्यानमा राख्न सक्छौं :
हामीसँग जे छ त्यलार्इ आफ्नो साधना मानेर निरन्तर ईश्वरलार्इ अर्पित गर्नाले हाम्रो आध्यात्मिक उन्नति हुन्छ ।
कसैसँग धन अथवा बुद्धि छैन भने पनि सेवामा केवल आफ्नो शरीर अर्पित गरेर पनि उनको आध्यात्मिक उन्नति हुन सक्छ ।
माथि उल्लेख गरेका चार प्रकारका सेवा परस्पर अनन्य छौन्न्। यदि कोही व्यक्तिसँग राम्रो बुद्धि तथा अध्यात्मशास्त्र बुझ्ने क्षमता छ भने केवल बुद्धि अर्पित गर्नमा रूचि हुन सक्छ । तर सिद्धान्त यो भन्छ कि, हामीसँग जे-जे छ अर्पित गर्नु पर्छ । बुद्धिमान व्यक्तिसँग देहको साथ केही धन छ भे त्यसलर्इ बुद्धिको साथ देह अनि धन पनि सेवामा अर्पित गर्नु पर्छ ।
मन अनि बुद्धि सेवामा अर्पित गर्नु सर्वश्रेष्ठ हो, किन कि त्यसको माध्यमबाट कोही व्यक्ति अरुलार्इ अध्यात्मशास्त्र बुझाउन तथा त्यसको आचरणमा सहायता गर्न सक्छ ।