नयाँ वर्ष ल्याउने बारे एक आध्यात्मिक परिप्रेक्ष्य

      

. नयाँ वर्ष मनाउने आध्यात्मिक प्रभावको परिचय

नयाँ वर्षको पूर्वसन्ध्याको बारेमा सोच्नुहोस् र दिमागमा साथीभाईहरु, परिवारको समूहको तस्बिरहरु, नाच्दै र रमाइलो गर्दै, शैम्पेनका बोतलहरु खोल्दै, राजाको लागि उपयुक्त गउरमेन्ट खानाको छनौटहरुको साथ नि:शुल्क मदिरा र फायरव्क आउँछ ! बितेको वर्षलाई हेर्ने समय पनि हो, तीतो मिठा घटना र समझनाहरु सम्झने । अनि कसरी कसैले ‘नयाँ वर्षको संकल्प’ भन्ने उखानबारे कुरा गर्न सक्दैन? नयाँ वर्षको पूर्वसन्ध्या ती संकल्पहरु गर्ने समय पनि हो – जबकि केहि नयाँ छन्, तीमध्ये धेरै जसो पुराना छन् – जुन हामी नयाँ वर्षमा पूरा गर्ने वाचा गर्छौं प्रवेश गर्नको लागि केहि मिनेट टाढा छ । अनि घडीमा १२ बज्यो !

चाखलाग्दो कुरा के छ भने ३१ डिसेम्बरको साँझलाई विश्वभर रमाइलो र उत्सवको समय मानिने भए पनि नयाँ वर्षको छनोट वास्तवीक रूपमा स्वेच्छाचारी छ । वास्तवमा ४६ ईसा पूर्वमा, जुलियस सिजरले नयाँ वर्षलाई जनवरी १ मा सुरु गर्न निर्धारित गरेको थियो जसरी आज मनाइन्छ । तैपनि, १५८२ मा ग्रेगोरियन क्यालेन्डर लागू नभएसम्म नयाँ वर्षको उत्सवको मिति असंगत रह्यो ।

सबै व्यावहारिक उद्देश्यका लागि, नयाँ वर्षको पूर्वसन्धामा, हप्ताको एक दिन जुन अर्कोमा परिवर्तन हुन्छ, यसका कारणहरु थाहा नै नभइ, हामीलाई यो अवसर धूमधाम र उत्साहका साथ मनाउनु पर्दछ भनेर सोच्न बाध्य भएका छौं । उत्सव मनाउनका लागि धेरै माध्यमहरु हुन सक्छन् – नयाँ वर्षको पूर्वसन्ध्या सबैभन्दा लोकप्रिय हिपेस्ट नाइट कल्बमा मनाउने, र/वा कन्फेटी शूटरहरु खोल्ने, आतिशबाजीमा लिप्त हुने, घरमा पार्टी आयोजना गर्ने वा फेन्सी पर्यटक गन्तव्यमा जाने । अन्तर्निहित उद्देश्य लागभग एउटै हुन्छ – खाने, पिउने, नाच्ने, भोलि छैन जस्तो गरेर रमाइलो गर्ने । यसको विपरीत कोहि-कोहिले नयाँ वर्ष मनाउन पवित्र तरिका रोज्छन्, उदाहरणको लागि मध्यरातमा चर्चमा उपस्थित हुने ।

मध्यरातमा नयाँ वर्ष मनाउने समय एकदमै अनौठो र आध्यात्मिक रूपमा हानिकारक छ । यो समय हो जब अनिष्ट शक्तिको गतिविधि आफ्नो चरममा हुन्छ । त्यसैले नयाँ वर्ष मनाउन विभिन्न ठाउँमा मानिसहरुको घुइँचो लाग्दा अनिष्ट शक्तिको असर पनि पर्ने सम्भावना हुन्छ ।

मनोरञ्जन समाप्त भएपछि, हामी भोलिपल्ट हाम्रो दिनचर्यामा फर्कन्छौं । पार्टीमा गएकाहरुका लागि भोलिपल्ट ह्याङ्गओभरबाट ठिक हुन प्राथमिकता हुन्छन् । यद्यपि, के हामीले शारीरिक र मनोवैज्ञानिक रूपमा महसुस गर्न सक्ने प्रभाव भन्दा अन्य अधिक प्रभाव छ? हाम्रा धेरै छनोटहरूले हामीलाई आध्यात्मिक स्तरमा प्रभाव पार्ने क्षमता हुन्छ । SSRF र महर्षि अध्यात्म विश्वविद्यालय (MAV) ले नयाँ वर्षको पूर्वसन्ध्यामा आध्यात्मिक अनुसन्धान गरेका छन् ताकि त्यस्ता सम्भावित आध्यात्मिक प्रभावहरूमा थप प्रकाश पार्न सकोस् ।

२. महर्षि आध्यात्म विश्व विद्यालयको बारेमा पृष्ठभूमि

महर्षि अध्यात्म विश्वविद्यालय (जसलाई महर्षि अध्यात्म विश्वविद्यालय वा MAV पनि भनिन्छ) गोवा, भारतमा अवस्थित छ । महर्षि अध्यात्म विश्वविद्यालय र स्पिरिचुअल साइंस रिचर्च फाउंडेशन संसारभरका स्वयंसेवकहरूद्वारा सञ्चालित गैर-लाभकारी संस्थाहरू हो जुन एक सामान्य लक्ष्मयको लागि समर्पित छ, त्यो हो आध्यात्मिक प्रगति र सत्यको खोज । हाम्रा निर्णयहरू र दैनिक दिनचर्याहरूले हामीलाई आध्यात्मिक स्तरमा कसरी प्रभाव पार्छ भनेर मूल्याङ्कन गर्नु दुवै संस्थाहरूको मुख्य लक्ष्यहरू मध्ये एक हो । यसका लागि उनीहरुको अनुसन्धान टोलीले भारतको गोवास्थित आध्यात्मिक अनुसन्धान केन्द्र र आश्रममा संयुक्त रूपमा विभिन्न प्रयोग र अनुसन्धान परियोजनाहरू सञ्चालन गर्छन् । २०१९ सम्म, महर्षि अध्यात्म विश्वविद्यालयको आध्यात्मिक अनुसन्धान टोलीसँग ३८ वर्षको आध्यात्मिक अनुसन्धानको अनुभव छ ।

३. लोकप्रिय बार र रेस्टुरेन्टमा नयाँ वर्षको पूर्वसन्ध्या मनाउने प्रभाव अध्ययन गर्न प्रयोग

३.१ पृष्ठभूमि र उद्देश्य

आध्यात्मिक अनुसन्धान टोलीले नयाँवर्षको पूर्वसंध्यामा रात बाहिर बिताउदा मानिसमा हुने सूक्ष्म प्रभाव अध्ययन गर्न चाहन्छ । धेरै तरिकाहरु छन् जुन मानिसहरुले नयाँ वर्षको समारो मनाउनको लागि छनौट गर्न सक्छन्, अनुसन्धान टोलीले उत्सवहरु मनाउने प्रचलित रुपहरु मध्ये राती क्लबमा गएर पार्टीमा भाग लिने छनोट गरेको छ । नयाँ सालको अवधारणा प्रतिबिंब र नवीनीकरणको लागि समय हो । आध्यात्मिक दृष्टिले यो नयाँ वर्षको सुरुवात हो जहाँ हामीलाई हाम्रो जीवनको वास्तविक उद्देश्य पूरा गर्नको लागि प्राप्त भएको छ, त्यसैले नयाँ वर्षलाई शुभ समय मानिन्छ ।

के नयाँ साल ल्याउे उत्सव यस अवसरको शुभतासँग मेल खान्छ । के यी उत्सवहरुले कुनै पनि व्यक्तिलाई जीवनको उद्देश्य पूरा गर्न, जुन आध्यात्मिक रुपमा प्रगति गर्ने र प्रारब्ध पूरा गर्न मद्दत गर्छ ? कम्तिमा उत्सवहरुले हामीलाई आध्यात्मिक रुपमा खराब अवस्थामा पुराउनु हुँदैन ।

  • यी प्रश्नहरूलाई ध्यानमा राखेर अनुसन्धान टोलीले एउटा अनुसन्धान गरेको थियो । टोलीले नयाँ वर्षको उत्सवमा भाग लिने मानिसहरूलाई आध्यात्मिक स्तरमा कसरी असर गर्छ भनेर बुझ्न चाहन्थे ।

कार्यप्रणाली

यस अनुसन्धानमा आध्यात्मिक अनुसन्धान केन्द्र र आश्रमका १२ साधकहरूले भाग लिएका थिए । उनीहरूलाई २०१९ सालको शुभ आरम्भ गर्न नयाँ वर्ष मनाउनको लागि भारतको गोवाको लोकप्रिय बार र रेस्टुरेन्टमा उपस्थित हुनको लागि भनियो । यस प्रयोगको लागि छनोट गरिएको बार र रेस्टुरेन्टको निकै राम्रो प्रतिष्ठा थियो र यसले समाजका धनी वर्गका मानिसहरूलाई आकर्षित गर्दथ्यो । साधकहरूलाई कुनै पनि पार्टी-जानेले जस्तै उत्सवमा डुब्न निर्देशन दिइयो ।

. सहभागी भएका साधकहरुको बारेमा

  • सबै साधक-सहभागीहरुले नियमित रुपमा साधना गरिरहेका छन् त्यसैले उनीहरु औसत आध्यात्मिक स्तर भन्दा उच्च छन् । यसको मतलब हो यदि उत्सवको समयमा वातावरणमा कुनै आध्यात्मिक संकट आयो भने, उनीहरु औसत व्यक्तिको तुलनामा प्रभाव सामना गर्न राम्रो स्थितिमा हुनेछन् ।
  • १२ जना साधकहरूको नमूनाबाट, कसैलाई आध्यात्मिक कष्ट थियो र कसैलाई थिएन, यसको अर्थ हो आध्यात्मिक रुपमा सकारात्मक थिए । ‘आध्यात्मिक कष्ट के हो?’ भन्ने लेख पढ्नुहोस् । नमूनामा प्रतिनिधित्व गर्नका लागि दुवै खण्डहरू छनौट गर्नुको कारण यो हो कि विश्वको जनसंख्याको ठूलो हिस्सा आध्यात्मिक कष्टबाट ग्रस्त छ र दुवै खण्डहरूमा उत्सवहरूको प्रभावको भिन्नता बुझ्न महत्त्वपूर्ण थियो ।

. अनुसन्धानको लागि प्रयोग गरिको उपकरणको बारेमा

आध्यात्मिक अनुसन्धान टोलीले लोकप्रिय बार र रेस्टुरेन्टमा नयाँ वर्षको पूर्वसन्धा मनाउने प्रभाव विश्लेषण गर्न युनिभर्सल थर्मो स्क्यानर (UTS) भनेर चिनिने आभा र ऊर्जा स्क्यानरको साथमा छैटौं इन्द्रियको प्रयो गर्यो ।

युनिभर्सल थर्मो स्क्यानर (UTS) (जसलाई युनिभर्सल आरा स्क्यानर पनि भनिन्छ) अनुसन्धानमा सहभागी भएकाहरुका तथ्याङ्क संकलन गर्नको लागि प्रयोग गरिएको थियो । UTS डाक्टर मन्नेम मूर्ति (पूर्व आणविक वैज्ञानिक) द्वारा विकसित एक उपकरण हो र कुनै पनि वस्तु (जीवित वा निर्जीव) वरपरको सूक्ष्म-ऊर्जा (सकारात्मक र नकारात्मक) र आभा नाप्न प्रयोग गरिन्छ । UTS रीडिङहरूले सहभाग भएका साधकहरुको नकारात्मक प्रभामण्डल, सकारात्मक प्रभामण्डल र साधकको वरिपरिको तथ्याङ्क दियो । UTS रीडिंग कसरी लिन्छ र त्यसको मतलब के हो (चाँडै आउँदैछ) बारे थप जान्नको लागि – UTS रीडिंगको पद्धति बारे लेख हेर्नुहोस् ।

 

. रीडिंग र घटनाहरुको क्रम बारे

 

  • साँझ ७ देखि साँझ ८ – सबै सहभागिहरुको जानुअघि UTS को माध्यमबाट बेसलाइन रीडिंग लिइन्छ ।

साधकहरूलाई उनीहरूको पहिलो UTS बेसलाइन रीडिंगपछि आध्यात्मिक अनुसन्धान केन्द्र र आश्रमबाट कुनै पनि खाना वा पानी नलिने निर्देशन दिएको थियो । किनभने तिनीहरू बलियो सकारात्मक उत्तेजना हुन् । सोही कारणले उनीहरुलाई भगवानको नामजप गर्न वा भगवानको चिन्तन, आध्यात्मिक भावना जागृत गर्ने, आध्यात्मिक अनुभव आदान प्रदान गर्ने, सत्सेवा गर्ने जस्ता साधनासँग सम्बन्धित कुनै पनि क्रियाकलाप नगर्न पनि निर्देशन दिएको थियो । साधकहरुलाई उनीहरूले प्राय: पार्टीमा लगाउने लुगा लगाउन भनियो, र स्त्रिहरूलाई मेकअप लगाउन भनियो । साधारणतया, अनुसन्धान टोलीले नयाँ वर्षको उत्सवको समयमा औसत व्यक्तिको मामलामा के हुन्छ भन्ने कुराको प्रामाणिक प्रतिकृति सुनिश्चित गर्न कोशिस गरिरहेको थियो ।

  • साँझ ८:३० देखि साँझ १० – स्थलको लागि यात्रा र खाजा (शाकाहारी खाना) को लागी रोक्ने । कार्यक्रम स्थल जाने क्रममा सहभागीहरुले चर्चित गीत सुने र सँगै गाएका थिए ।
  • साँझ १० – प्रयोगमा सहभागीहरु कार्यक्रम स्थलमा आईपुगे ।
  • राती १० देखि बिहान ४:३० – कार्यक्रम स्थलमा
    • साधकहरूले बजिरहेको संगीतमा नृत्य गरे । बजाएका संगीतका विधाहरू पप र रक थिए । कुनै ट्रान्स वा हेवी मेटल संगीत बजाएको थिएन ।
    • बीच-बीचमा, सहभागी-साधकहरूले शाकाहारी फिंगर फूड खाए र कार्यक्रम स्थलबाट खरिद गरिएको मिनरल वाटर पिए ।
    • साधकहरुले रक्सी पिउने, चुरोट पिउने वा अवैध लागूऔषध सेवन गरेका थिएनन् ।
    • साधकहरु बिहान ४:१५ सम्म नाचिरहे ।
  • बिहान ४:३० – कार्यक्रम स्थलबाट प्रस्थनान गरे ।
  • बिहान ४:३० देखि बिहान ५:२० – साधकहरुले १ जानवरी २०१९ बिहान ४:३० बजे कार्यक्रम स्थल छोडे र बिहान ५:२० बजे आध्यात्मिक अनुसन्धान केन्द्र र आश्रममा फर्के
  • बिहान ५:२० देखि बिहान – आगमन साधकहरुको UTS रीडिंग तुरुन्तै आध्यात्मिक अनुसन्धान केन्द्र र आश्रम बाहिर लियो ताकि आध्यात्मिक अनुसन्धान केन्द्र र आश्रममा रहेको उच्च सकारात्मकताले रीडिंगलाई असर नहोस् ।

३.२. UTS रीडिंग

त्यहाँ ४ प्रकारका UTS रीडिंगहरु छन्

  • IR र UV: नकारात्मक ऊर्जा रीडिंगहरु २ प्रकारका हुन्छन् । IR (इन्फ्रारेड) र UV (अल्ट्राभायोलेट) द्वारा जनाएको छ । IR ले नकारात्मक ऊर्जाको कम स्पन्दनहरुलाई जनाउँछ जबकि UV ले नकारात्मक ऊर्जाको तीव्र स्पन्दनहरुलाई जनाउँछ ।
  • PA: यसले सकारात्मक आभालाई जनाउँछ ।
  • MA: यसले मापन गरिएको सहभागकर्ताको लागि कुल मापन गरिएको आभालाई जनाउँछ ।

अनुसन्धान टोलीले यस उपकरणलाई व्यापक रूपमा प्रयोग गरेको छ, अर्थात् ५ वर्षको अवधिमा वस्तुहरूको 10,000 रीडिङहरू लिइएको छ, र यो UTS सही छ र छैठौं इन्द्रिय मार्फत प्राप्त रीडिंगहरूसँग पुष्टि गर्दछ ।

नयाँ वर्षको उत्सवपछि सहभागीहरुको सबै UTS रीडिंगहरुमा उल्लेखनीय रुपमा बढी नकारात्मक भयो ।

तलको चार्टमा यो देखाएको छ कि कसरी IR नकारात्मक आभा रीडिंग प्रयोगमा प्रत्येक सहभागीको लागि बढ्यो । आध्यात्मिक कष्ट भएका साधकहरुको लागि मिटरमा IR नकारात्मक आभामा औसत वृद्धि ३४३% थियो । सकारात्मक मानिने साधकहरुको लागि IR नकारात्मक आभा औसत वृद्धि ३५४% थियो । सकारात्मक मानिने साधकहरुले घटनाको प्रत्याशामा आफ्नो दिमाग बहिर्मुखी, कम स्थिर र आगामी नयाँ वर्षको उत्सवमा केन्द्रित भएको बताए । यो नकारात्मक  IR आभाको लागि जिम्मेदार हुन सक्छ जुन प्रयोगको प्रारम्भमा सबै सकारात्मक साधकहरुमा पाएको थियो जब बेसलाइन रीडिंग लिइरहेको थियो ।

पहिला नै भनिएझौं, UV नकारात्मक आभा रीडिंगले आध्यात्मिक कष्टको तीव्र रुपलाई संकेत गर्दछ । तलको चार्टमा देख्न सक्छौं कि आध्यात्मिक कष्ट भएका साधकहरुको UV नकारात्मक आभा रीडिंगमा औसत वृद्धि २९१% छ । सकारात्मक साधकहरुको लागि, एक साधकको UV रीडिंग असामान्य थियो । UV रीडिंगमा पत्ता लाग्नु अनिष्ट शक्तिको कब्जामा हुनु वा आध्यात्मिक कष्टको संकेत गर्दछ, जसलाई रोकेन भने भूत/प्रेतबाट अबशोषित हुन सक्छ ।

टिप्पणी : आज सम्म, यी नकारात्मक IR र UV प्रभामण्डलको उच्चतम स्तर हो जुन UTS ले आध्यात्मिक अनुसन्धान केन्द्र र आश्रममा पाएको छ । यसले सहभागी साधकहरूमा प्रयोगले पारेको आध्यात्मिक प्रभावको गम्भीरतालाई सङ्केत गर्छ, र सहभागीहरूको चेतनामा नयाँ वर्षको उत्सवको प्रभावको गम्भीरतालाई सङ्केत गर्दछ ।

यो ध्यान दिन महत्त्वपूर्ण छ कि साधकहरूले रक्सी नपिउँदा वा अन्य कुनै पनि पदार्थको दुरुपयोगमा संलग्न थिएनन् भन्ने तथ्यको बावजुद नकारात्मकतामा यस्तो तीव्र वृद्धि देखियो जुन सामान्यतया त्यस्ता घटनाहरूमा हुन्छ । यदि उनीहरूले प्रयोगको लागि यी गतिविधिहरूमा संलग्न भएको भए, परिणाम अत्यन्त खराब हुन सक्थ्यो ।

सम्पादकको टिप्पणी: नयाँ वर्षको पूर्वसन्ध्यामा पार्टीमा सहभाग हुने औसतमा धेरैले रक्सी पिउने, मासु खाने, धुम्रपान र सम्भवतः मनोरञ्जनात्मक लागूपदार्थको सेवन गर्ने गर्दछन् । माथिको तथ्याङ्कहरुले देखाउँछ कि पार्टीमा जाने मानिसहरुमा आध्यात्मिक स्तरमा प्रतिकूल प्रभाव पर्ने खतरा अझ बढी हुन्छन् ।

३.३ छैटौं इन्द्रिय मार्फत प्राप्त निष्कर्ष

जबकि UTS जस्ता उपकरणहरु उत्कृष्ट आध्यात्मिक अनुसन्धान उपकरणहरु हुन्, सूक्ष्म स्पन्दनहरुको सही मापन र विश्लेषण छैठौं इन्द्रिय मार्फत मात्र गर्न सकिन्छ, जुन धेरै उन्नत स्तरको हुन आवश्यक छ । आध्यात्मिक अनुसन्धान टोलीमा यस्ता साधकहरु छन् जसले वास्तवमा मानिसहरू र वस्तुहरूबाट उत्सर्जित स्पन्दनहरू बुझ्न सक्छन् । तिनीहरूलाई चित्रण गरेर, आध्यात्मिक एक्स-रेको रूपमा कार्य गर्छन् र नयाँ वर्षको उत्सव जस्ता घटनाहरूको वास्तविक प्रकृतिको बारेमा स्पष्टता प्रदान गर्छन् ।

सुक्ष्म ज्ञानमा आधारित तस्बिरहरू कोर्ने SSRF का साधिका पूज्य श्रीमती योया वालेले यस्ता उत्सवहरूमा तीब्र स्तरको पीडादायी सूक्ष्म स्पन्दनहरू उत्पन्न भइरहेको दख्नु भयो । मानिसहरू कष्टप्रद स्पन्दनहरूले ढाकेका थिए, र त्यहाँ भ्रम सिर्जना गर्ने ऊर्जा (मायावी-शक्ति) उत्पन्न भइरहेको थियो । भ्रम सिर्जना गर्ने ऊर्जाले मानिसहरूलाई आकर्षक बनायो, तर यो भ्रमपूर्ण थियो। अनिष्ट शक्तिहरू उपस्थित र सक्रिय थिए, जसले मानिसहरू र वातावरण दुवैलाई सामूहिक रूपमा असर गरिरहेको थियो । समग्रमा, मध्यरातमा नयाँ वर्षको उत्सवले, त्यस्ता उत्सवहरूमा उपस्थित मानिसहरूमा अत्यधिक हानिकारक प्रभाव पारेको थियो ।

४. साधकहरुबाट सर्वेक्षण प्रतिक्रिया

उनीहरुको नियमित साधनाको पृष्ठभूमिको कारण, उनीहरुको छैठौं इन्द्रिय क्षमता जागृत हुन्छन् र त्यसकारण यस्ता कार्यक्रममा उपस्थित हुँदा हुने सूक्ष्म स्पन्दनलाई उनीहरुले बुझ्न सक्छन् । प्रयोगको क्रममा र पछि उनीहरुको भावनाहरुको सारांश निम्न छ ।

जानु भन्दा पहिला

धेरै साधकहरुले याद गरे कि उनीहरू नयाँ वर्षको पूर्वसन्ध्यामा बाहिर जाँदैछन् भन्ने सुनेपछि बहिर्मुखीका विचारहरू बढेका छन् । कसरी लुगा लगाउने, विपरीत लिंगको बारेमा र अरूको ध्यान कसरी आकर्षित गर्ने आवश्यकताको बारेमा विचारहरूले स्वचालित रूपमा उनीहरूको दिमागमा भरियो । साथै, साधनाको विचार कम भयो ।

प्रयोगको क्रममा

प्रयोगको क्रममा, साधकहरूले प्रायः आयोजनस्थलको वातावरण आध्यात्मिक रूपमा नकारात्मक थियो र भ्रम पैदा गर्ने ऊर्जा (मायावी-शक्ति) ले भरिएको देखे । आयोजनस्थलमा रहेका मानिसहरूको माध्यमबाट नकारात्मक ऊर्जाहरू प्रकट भएर नाचिरहेका थिए भन्ने साधकहरूले महसुस गरे । साधकहरूले परिसरमा भएका कष्टप्रद स्पन्दनले आफू पनि प्रभावित भएको महसुस गरे । आध्यात्मिक कष्टबाट पीडित साधकहरूले आफूमा रहेको अनिष्ट शक्तिहरू प्रकट हुन थालेको अनुभव गरे । अभिव्यक्तिहरू स्पष्ट थिएनन् र ज्यादा गरेर नृत्य गर्न मन लाग्ने र केहीको लागि यौन विचारहरूमा वृद्धि भएको थियो ।

सम्पादकको टिप्पणी : संगीत र नृत्य सूक्ष्म कालो शक्ति प्राप्त गर्न अनिष्ट शक्तिको लागि एक शक्तिशाली साधन हो । कृपया भिडियो हेर्नुहोस् – संगीत र नृत्यको आध्यात्मिक पक्षहरू । त्यसो गर्ने प्रयासमा, अनिष्ट शक्तिहरू डान्स फ्लोरमा मानिसहरू मार्फत प्रकट हुन्छन् र नृत्य गतिविधिहरू प्रदर्शन गर्छन् जसले नकारात्मकता बढाउँदछ । त्यसैले, मानिसहरू जोशका साथ नाचिरहेका छन् र मजा लिइरहेका छन् जस्तो लाग्न सक्छ, यो केवल अनिष्ट शक्तिको गतिविधि हुन सक्छ ।

प्रयोगको भोलिपल्ट

साधकहरूले थकान महसुस गरे, शरीर दुखेको र कम ऊर्जा स्तरहरू थिए । उनीहरुलाई केही गर्न मन लागेन । साधक अनुसार, यी भावनाहरू पार्टी पछि १-३ दिनसम्म रह्यो । उनीहरूले यो पनि महसुस गरे कि उनीहरूको दिमाग र बुद्धिमा बादल छाएको जस्तो, र त्यसैले उनीहरूको दिनको बारेमा स्पष्टताको अभाव थियो । आध्यात्मिक कष्ट भएका साधकहरूले आध्यात्मिक उपचारका उपायहरू गरे तापनि आफ्नो सामान्य अवस्थामा फर्कन लामो समय लाग्यो ।

सम्पादकको टिप्पणी : उनीहरूको आध्यात्मिक अभ्यासको कारण, साधकहरू आध्यात्मिक कष्ट महसुस गर्न बढी संवेदनशील हुन्छन् । यद्यपि, उनीहरूको आध्यात्मिक अभ्यासको कारण, उनीहरूले छिटै कुनै पनि कालो ऊर्जाको आवरण हटाउन सक्षम हुन्छन् । तैपनि, साधकहरूले आफ्नो आध्यात्मिक स्थिति पुन: प्राप्त गर्न १-३ दिन लगाए । एक औसत व्यक्तिको लागि, उनी अनिष्ट शक्तिबाट प्रभावित भइरहेको छ भनेर बुझ्ने क्षमता र उपयुक्त उपायहरू लागू गरेर त्यसबाट निको हुनुपर्दछ भन्ने क्षमता हुँदैन । त्यसैले यस्ता उत्सवहरूको प्रतिकूल सूक्ष्म प्रभाव औसत व्यक्तिको लागि लामो समयसम्म रहन सक्छ ।

प्रयोगको क्रममा उनीहरूलाई कस्तो लाग्यो भन्ने सम्बन्धमा साधकहरूको केही टिप्पणीहरू तल छन् ।

  1. वातावरण मोहिनी (आकर्षक) र मायावी (भ्रामक) स्पनदनहरूले चार्ज भएको थियो ।
  2. गीत बजिरहेको थियो, मैले मेरो अनाहत-चक्र (हृदय चक्र) मा दबाब महसुस गरें ।
  3. यस्तो लाग्दथ्यो कि त्यस ठाउँको आफ्नै शक्ति छ, जसको मतलब म घन्टौं नाच्न सक्षम थिएँ र हामी गएपछि धेरै घण्टा जारी राख्न सक्थें । यो एक अनिष्ट शक्ति थियो र यसको आफ्नै शक्ति थियो । केही नाचिरहेकाहरूलाई आध्यात्मिक कष्ट भएको महसुस भयो ।
  4. मलाई असर गर्ने अनिष्ट शक्तिले वातावरणबाट धेरै ऊर्जा प्राप्त गरिरहेको महसुस गरें ।
  5. प्रयोगको अन्त्यमा मलाई धेरै पटक क्र्याम्प भए तापनि, मैले राम्रो महसुस गरेपछि नाच जारी राख्ने बाध्यता महसुस गरें ।
  6. साधकहरू बाहेक त्यहाँको वातावरण र मानिसहरू नकारात्मक छन् भन्ने मैले महसुस गरें । मानिसहरू मातेका थिए, र उनीहरू सपनामा जस्तै भ्रामक आनन्दमा डुबेका थिए ।

५. समापन टिप्पणी

नाइटक्लब वा बारमा नयाँ वर्षको पूर्वसन्ध्या मनाउनु कुनै उत्सवको अवसर मनाउनको लागि हानिरहित तरिका जस्तो लाग्न सक्छ, तर यो प्रयोगले देखाउँछ कि यसले आध्यात्मिक स्तरमा महत्त्वपूर्ण रुपमा प्रभावित गर्न सक्छ । यसो गर्दा जम्मा हुने आध्यात्मिक नकारात्मकताले व्यक्तिलाई लामो समयसम्म असर गर्न सक्छ । यद्यपि पछिका प्रभावहरू तुरुन्तै स्पष्ट नहुन सक्छ, आध्यात्मिक कष्टमा वृद्धिले पीडा, नकारात्मक विचारहरू र आध्यात्मिक रूपमा कमजोरी जस्ता लक्षणहरू बढाउन सक्छ । आध्यात्मिक रुपमा सकारात्मक साधकहरुको लागि पनि UTS द्वारा डरलाग्दो बढेको UV नेगेटिभ प्रभामण्डल रीडिंगहरूबाट थाहा हुन्छ कि यस्ता आयोजनमा भाग लिनुको परिणामस्वरूप बढ्दो आध्यात्मिक कमजोरीलाई संकेत गर्दछ । UV नकारात्मक प्रभामण्डलको रीडिंग निरन्तर उपस्थिति एक संकेत हो कि व्यक्ति अनिष्ट शक्तिद्वारा आविष्ट हुन सक्छ । यी निष्कर्षहरू नयाँ वर्षको पूर्वसन्ध्या मनाउन मात्र लागू हुँदैनन् तर सामान्यतया बार र नाइटक्लबहरूमा बाहिर जाँदा आध्यात्मिक स्तरमा नकारात्मक असर पार्छ भनेर संकेत गर्दछ । यसबाहेक, मध्यरातमा नयाँ वर्ष मनाउने समाजले यसलाई मूल्याङ्कन गर्न आवश्यक छ । किनभने यो त्यो समयको बिन्दु हो जब अनिष्ट शक्तिका गतिविधिहरू वातावरणमा व्याप्त हुन्छन् र एक आध्यात्मिक समस्या घटित हुन पर्खिरहेको हुन्छ ।

जसरी हामी भौतिक स्तरमा दूषित ठाउँहरूमा नजानको लागि ध्यान दिन्छौं, आध्यात्मिक स्तरमा पनि यो महत्त्वपूर्ण छ कि हामीले आध्यात्मिक रूपमा प्रदूषित ठाउँहरूमा भ्रमण गर्न वा बस्नबाट टाढा रहनु महत्त्वपूर्ण छ । यदि कोही नियमित र इमानदारीपूर्वक अध्यात्मिक अभ्यास (साधना) गर्दैछ भने, उनीले आफैलाई आध्यात्मिक रूपमा हानिकारक उत्तेजनाबाट मुक्त गर्न मद्दत गर्दछ । जसको जीवनमा कुनै प्रकारको साधना छैन, उनीहरूको लागि आध्यात्मिक सुधारको प्रक्रिया कहिल्यै नहुन सक्छ । उनीहरू अनिष्ट शक्तिको कालो ऊर्जाको आवरणमा डुबिरहेका हुन्छन्, जसले उनीहरूको जानकारी बिना प्रतिकूल र कपटपूर्ण प्रभाव पारि रहन्छन् ।

नियमित आध्यात्मिक अभ्यासले हामीलाई यस्ता उत्सवहरूमा ग्रहण गरेका कुनै पनि नकारात्मकतालाई हटाउन आवश्यक सकारात्मक ऊर्जा प्राप्त गर्न मद्दत गर्छ । यसले हामीलाई थप आध्यात्मिक रूपमा शुद्ध (सात्विक) पनि बनाउँछ, जसले हाम्रो रोजाइ र जीवनशैलीलाई आध्यात्मिक रूपमा सकारात्मक रूपमा प्रभाव पार्छ, त्यसैले हामी स्वाभाविक रूपमा त्यस्ता गतिविधिहरू मन पराउँदैनौं । त्यसैले, हामी आध्यात्मिक रूपमा सकारात्मक रूपमा जीवन बिताउन सक्षम हुन्छौं र ईश्वर-साक्षात्कार तर्फ अघि बढ्न सक्छौं, जुन जीवनको आध्यात्मिक उद्देश्य हो ।

गुढीपाडवा विरुद्ध नयाँ वर्ष मनाउने आध्यात्मिक प्रभावको बारेमा हाम्रो फलो-अप अध्ययन पढ्नुहोस् ।