Happiness landing

१. खुशीको विषयमा

१.१ विषयको मूलबाट आरम्भ गरौं

यदि हामी आफ्नो जिज्ञासाको आरम्भ, ‘कसैको जीवनको व्यक्तिगत लक्ष्य के हो ?’, यस विषयबाट गर्यौं भने यसले हामीलाई सधैं मद्दत हुन्छ।

आज हामी धेरै गतिशील जीवन जीउँदैछौं। विरलै कुनै व्यक्ति एक कदम पछि हटेर आफ्नो जीवनको बारेमा गहिरो विचार गर्दछ।

तपाईको जीवनको लक्ष्य के हो?

के तपाईले आफ्नो लक्ष्य हासिल गर्न अल्पकालीन र दीर्घकालीन लक्ष्यहरू निर्धारित गर्नुभएको छ?

के तपाईले निर्धारित गर्नु भएको लक्ष्यहरूमध्ये कुनै लक्ष्य हासिल गर्नुभएको छ?

अथवा केही वर्षपछि तपाईको लक्ष्य परिवर्तन भएको छ?

यी लेखहरू मार्फत, तपाई अन्तर्मुखी भएर आफ्नो जीवनको विषयमा चिन्तन गर्न सक्नुहुन्छ र आफैलाई जीवनको बारेमा प्रश्नहरू सोध्न सक्नुहुन्छ।

मानव जीवनको मुख्य लक्ष्य के हो बुझ्ने प्रयास गरौं। यदि हामीले आफ्नो वरपर चारैतर्फ हेर्‍यौं भने, हामी सबै फरक फरक देखिन्छौं, हामी सबैको पृष्ठभूमि फरक छ, हामीसँग फरक व्यक्तित्व छ, तर हामी सबैको जीवनको एउटा पक्ष समान छ।

श्रद्धा, लिंग र सामाजिक अथवा आर्थिक हैसियत जस्तोसुकै भए पनि, सबै मानव जातिलाई एकसाथ जोड्ने साझा सूत्र भनेको आनन्दमा बाँच्ने इच्छा हो। यो चाहना राख्ने मनुष्यजाति एकमात्र होइन। सानो कमिलादेखि विशाल हात्तीसम्म सबै जीवित प्राणी सुखको आकांक्षा गर्छन्। कमिलाको उदाहरण लिऔं। उनी कुनै पनि पीडादायी अवस्थाबाट भागेर सुखद अवस्थातर्फ जान्छ। यदि ऊ आगोको नजिक जान्छ भने, ऊ त्यहाँबाट भाग्छ, तर मिठाईतर्फ दौडन्छ।

यदि हामीले यसको बारेमा सोच्यौं भने, के हामी सबै खुशीका पलहरूलाई बढाउन चाहँदैनौं? हामी खुशी प्राप्त गर्न को लागी श्रम गर्दैनौं, तर हामी निश्चित रूपमा पीडादायी परिस्थितिबाट बच्नको लागि प्रयास गरिरहेका छौं। उदाहरणका लागि, जब टेलिभिजन सेट बिग्रन्छ, हामी यसलाई तुरुन्तै ठीक गर्छौं किनभने हामी हाम्रो रुचिका कार्यक्रमहरूको आनन्द लिनबाट बञ्चित हुन चाहँदैनौं।