१. परिचय
सामान्य रूपमा साधना दुई प्रकारको हुन्छन् –
१. व्यष्टि साधना : जब हामी व्यष्टि साधनाको कुरा गर्दछौं तब त्यसको तात्पर्य व्यक्तिगत आध्यात्मिक उन्नतिलार्इ गति प्रदान गर्नको लागि गरिने प्रयासहरुको बारेमा हुन्छ । प्राथमिक आध्यात्मिक विकासको लागि मुख्य रुपले गरिन आध्यात्मिक अभ्यासहरु हुन्; नामजप गर्ने, आध्यात्मिक ग्रन्थ पढ्ने, व्यष्टि साधनाको अङ्ग हुन् । यहाँ जुन व्यक्ति व्यष्टि साधना गर्दछ उनलाई मात्र साधनाको लाभ हुन्छ ।
२. समष्टि साधना: समष्टि साधनाको अर्थ हो सम्पूर्ण समाजको आध्यात्मिक उन्नति हेतु गरिने प्रयास । उदा. जब साधक सत्सङ्गको आयोजनको लागि आफ्नो समय दिन्छ तथा उसको लागि प्रयत्न गर्दछ, तब उबाट समष्टि साधना हुन्छ ।
२. व्यष्टि साधना तथा समष्टि साधनामा अन्तर
वर्तमान कालमा हाम्रो आध्यात्मिक प्रगतिको दृष्टिले समष्टि साधनाको महत्व ७० % तथा व्यष्टि साधनाको महत्व ३० % हुन्छ । अत: आफ्नो आध्यात्मिक प्रगतिको लागि समाजमा धेरै भन्दा धेरै व्यक्तिहरुलार्इ साधना गर्नको लागि प्रेरित गर्न आवश्यक छ । वास्तवमा यहि सत्सेवा हो । तर यसको लागि व्यष्टि साधनामा प्रयास गरि आफ्नो आध्यात्मिक स्तर बढाउन आवश्यक हुन्छ ।
एउटा साधकले व्यष्टि तथा समष्टि साधना बिच सन्तुलन कायम गरि रहन आवश्यक हुन्छ । दीपकको उदाहरणबाट सन्तुलन कायम राख्नुको महत्त्व अझै स्पष्ट हुन्छ ।
दीपकको तेल हाम्रो व्यष्टि साधनाको सूचक हो तथा दीपको उज्यालो हाम्रो समष्टि साधनाको सूचक हो । यदि दीपकमा तेलको मात्रा अल्प हुन्छ, तब तेजीलो प्रकाश दिदैन त्यसैले हाम्रो व्यष्टि साधना बलीयो हुनु पर्छ जसले गर्दा समष्टि साधनाको लागि उर्जा प्राधान गर्दछ । (दीप बल्दा तेल घटेर जान्छ तर समष्टि साधनाले हाम्रो व्यष्टि साधना घट्दैन तर समष्टि साधनाले हाम्रो व्यष्टि साधना अझै बढार्इ दिन्छ ।)