यस्तो भनिन्छ कि हाम्रो पूर्खाहरुले कहिले काही हाम्रो सहायत गर्छन्, के यो सत्य हो ?

अनेक व्यक्ति अनि संस्कृतिमा मानिन्छ कि उनको पूर्खाले उनीहरुको ध्यान राख्दछन् तथा जीवनमा सहायता पनि गर्छन् ।

SSRF द्वारा गरिएको आध्यात्मिक अनुसन्धान यो वास्तविकताको पुष्टि गर्छ कि हाम्रो पूर्खा हाम्रो सहायता गर्न सक्छ । सहायताको मात्रा तथा गुणात्मकता भूलोकमा भएको समयमा उनको प्रवृत्ति एवं आध्यात्मिक स्तर मा निर्भर गर्दछ । पूर्वज जो निम्न आध्यात्मिक स्तरको छ, उनी अधिक आध्यात्मिक स्तरको पूर्वजको तुलनामा अल्प सहायता गर्न सक्छ । आध्यात्मिक स्तर जति अधिक हुन्छ, त्यतिनै अधिक मात्रामा सकारात्मक सहायता सम्भव हुन्छ ।

लगभग सबै प्रकरणमा, जुन सहायता, पूर्वज आफ्नो वंशजलार्इ प्रदान गर्न चाहन्छ, त्यो भौतिक स्तरको नै हुन्छ ।

उदाहरणको लागि :

  • एउटा पूर्वज, साक्षात्कार कर्ताको मनमा, आफ्नो वंशजलार्इ नोकरीमा छनैट गर्ने सुझाव दिएर आफ्नो वंशजलार्इ सहायता गर्न सक्छ ।
  • यदि युवती कुनै पुरुषलार्इ मनपराउँछ भने पूर्वज त्यो पुरुषको मनमा त्यस युवतीको विषयमा विचार दिएर प्रेमी बनाउन सक्छ ।
  • पूर्वज पूर्वाभासको सहायताले सम्भावित दुर्घटना जानेर,  आफ्नो वंशजलार्इ घरबाट प्रस्थान गर्नमा विलम्ब गर्ने प्रयत्न गरि, उनलार्इ दुर्घटनाबाट बचाउने प्रयास गर्न सक्छ ।

पूर्वज, वंशजलार्इ सहायता गरि, वास्तवमा वंशजलार्इ भौतिक मोह, सुख तर्फ बढाउँछ तथा साथै स्वयंलार्इ पनि अट्काउँछ । पूर्वज वंशजलार्इ एउटा मात्र उचित सहायता गर्न सक्छ, त्यो हो साधना गर्नको लागि आवश्यकता परिचित गराउने । ५०% भन्दा अधिक मानवजातिको आध्यात्मिक स्तर ३०% भन्दा कम छ । त्यसैले आध्यात्मिक बल पनि कम छ । ती पूर्वजलार्इ आफ्नो वंशजलार्इ सहायता गर्नमा अधिक कठिनाई हुन्छ । कहिले काही मान्त्रिक अनि उच्च स्तरको अनिष्ट शक्ति (भूत, प्रेत, पिशाच .) ) हाम्रो निम्न आध्यात्मिक स्तरको दिवंगत पूर्वजलार्इ आफ्नो जालमा फसाएर उनलार्इ कष्ट दिन सक्छ । यस्तो समयमा उनको मनमा केवल आफ्नो अस्तित्वको रक्षाको लागि अनि मान्त्रिक द्वारा दिइरहेको कष्टबाट छुटकारा पाउने विचारमा रहन्छ ।

पूर्वज यदि वास्तवमा वंशजको सहायता गर्न मन:पूर्वक इच्छा राख्दछ, तब पनि उनको स्थिति सिसाको पिंजरामा कैद भएको समान हुन्छ । वंशजको दुर्दशा देख्न सक्छ तर, उनलार्इ संकटबाट सतर्क गर्नको लागि उचित समयमा सहायता गर्न सक्दैन । यो निम्न दुर्इ कारणहरु मध्य एउटा कारणले हुन सक्छ :

  • पूर्वज द्वारा दिएको संकेत वंशजले प्राप्त गर्न सक्दैन अथवा बुझ्न सक्दैन एवं त्यसमा विश्वास गर्दैन ।
  • पूर्वजको आध्यात्मिक शक्ति सहायताको आवश्यकताको तुलनामा कम हुन्छ ।

उदा. एउटा दिवंगत पिता आफ्नो पुत्रलार्इ सपना द्वारा एउटा व्यापारिक कार्यवाही (business deal) मा हस्ताक्षर गर्नुको विपदा बाट सतर्क गराउँछ । तर पुत्र सपना द्वारा मिलेको सङ्केतलार्इ आफ्नो कार्यवाहीसँग जोड्न सक्दैन, यदि जोड्न सक्यो भने पनि उनी सङ्केतलार्इ पर्याप्त महत्व नदिर्इ सङ्केतलार्इ अनदेखा गरिदिन्छ ।

अन्य प्रकरणमा, एउटा दिवंगत आमा आफ्नो छोराको व्यसनको लत लागेको असहाय भावले देख्दछ । त्यो लतको मूल कारण बुझिरहेको छ कि सूक्ष्म मान्त्रिक द्वारा त्यो आदत लगार्इ रहेको छ, तर उनको छोरा एवं समाज यो बुझ्न सकेको छैन । आमाको आध्यात्मिक शक्ति सूक्ष्म मान्त्रिक भन्दा कम छ त्यसैले उनी असहाय दर्शक जस्तै हेरिरहनु विवश रहन्छ ।

Datta chant
अडियो फाइल डाउनलोड गर्नको लागि कृपया तस्वीरमा दायाँतर्फ क्लिक गर्नुहोस् र “save link as / save target as” क्लिक गर्नुहोस् ! ।

Datta photos